• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १००

  • १९ कार्तिक २०८१, सोमबार ०९:१० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/०१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १००[एकसयऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१

    सुन्दर बस्तीबाट हिमाल हेर्न पाइन्छ।
    हिमालबारे केही अक्षर केर्न पाइन्छ।
    हेर्दा मनै आन्नद हुने छ हिमाल पनि,
    हाम्रो तनावयुक्त दिमाग फेर्न पाईन्छ।
    हिमालको चिसो लिँदै मन घेर्न पाइन्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    हिमालकाे देश नबिगार ।
    टाउकोकाे केश नविगार ।
    चपक्क मिल्ने लुगा लगाऊ ,
    नेपालीको भेष नबिगार ।
    आफैँ रिसाइ फेस नबिगार ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    बिहानीसँगै क्षितिजमा हाम्रो हिमाल हेर्न पाइन्छ
    मनमाेहक यो दृश्यबाट नै अक्षर केर्न पाइन्छ
    हेर्दा अत्यन्त सुन्दर मनै लाेभ्याउने हिमाल आहा !
    अति सफा स्वच्छ वातावरणमा सास फेर्न पाइन्छ
    प्राकृतिक साैन्दर्य बस्तुलाई मनमा घेर्न पाइन्छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष)
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।

    पञ्चाङ्ग:०४
    उत्तरमा हिमालको काखमा बस्न पाएको हामी
    सगरमाथाले विश्वमा उँचा छानो छाएको हामी
    सुन्दर देश सुन्दर शैली संस्कार हाम्रो सुन्दर
    बेरोजगारी देशका युवा विदेश धाएको हामी
    डाँफे मुनाल कोइली चरीले माया लाएको हामी ॥

     गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०५
    यहाँ अनेकौँ जीवन्त वस्तु हिमालमा किन ?
    सदाबहार यहाँ प्रभु राख्ने कालमा किन ?
    हुनु पर्छ प्रभुकै शरणमा शरणागती
    मानिस आज सबै किन आफ्नै चालमा किन ?
    आखिर चिन्तन उपाय हर हालमा किन ?
    ‌ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०६
    नेपालीको सान हो हिमाल
    हाम्रो जलपान हो हिमाल
    सेतो घुम्टो ओढेकी अटल ,
    आयस्रोत खान हो हिमाल
    नेपालीको मान हो हिमाल !!

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०७
    हिमालको काखमा छ मस्त रमाउने मेरो गाउँ
    विश्वमा नै वीरताको नाम कमाउने मेरो गाउँ
    सधैं पग्लिदा पनि नसिद्धिने मन पनि छ उस्तै
    मनमा बस्नेलाई मनैमा जमाउने मेरो गाउँ
    फेरि जान्छु भन्नेलाई मनै थमाउने मेरो गाउँ ।
    -पशपती राई खोटाङ ।

    ॐ

    पञ्चाङ्ग:०८

    यो सगरमाथकाे काख पाएको हाम्राे नेपाल
    हिमाली असंख्य ओखती छाएको हाम्रो नेपाल
    संरक्षण गर्नेकाे अदूरदर्शीले गर्दा खेरि
    सम्पत्ति बगेर अरुले खाएको हाम्राे नेपाल
    पुर्खाकाे शाखले विश्वमा गाएको हाम्राे नेपाल ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०९
    म घरको आगनबाट हिमाल हेर्ने गर्छु
    स्वास्थ्य वातावरणमा लामो स्वास फेर्ने गर्छु
    हिमनदी ताल तलैया मनमोहक पनि
    क्षितिज पारीको बस्तिबाट सधैं केर्ने गर्छु
    पुर्खाले दिएको उपहारलाई घेर्ने गर्छु।

    -कला ढकाल झापा

    पञ्चाङ्ग:१०
    प्रकृतिमा अति रम्न मन छ मलाई।
    यसमै लीन भै जम्न मन छ मलाई।
    कति निस्वार्थ प्रेम छ यसको सबैमा,
    फूलसँग निकै गम्न मन छ मलाई।
    समय पर्ख न थम्न मन छ मलाई।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- ११६

  • १९ कार्तिक २०८१, सोमबार ०९:०२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय सोह्रौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११६ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०६/२१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    खडक हातमा लिएकी दुर्गा।
    उग्रचण्डी रूप दिएकी दुर्गा।
    शुभकामना दसैंको सबैमा,
    असुरको रगत पिएकी दुर्गा।
    रणभूमिमा एक्लै जिएकी दुर्गा।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    “””””””””
    कमाइ छैन कसरी खानु भात हेर
    सारै नै मुस्किलकाे छ सानू बात हेर
    दु:ख पाए आफन्तहरु हुनेछन् टाढा
    गरिबलाई कस्ले पाे लानु साथ हरे
    समय हान्दाे रहेछ नानु लात हरे ।

    पञ्चाङ्ग:०३
    दसैँकाे मुखमा छौँ ।
    अत्यन्त दुःखमा छौँ ।
    प्रकृति लाग्दा आज ,
    सुकेको रूखमा छौँ ।
    हराको सुखमा छौँ ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    विकासले जताततै डोजर चलाउँदा प्रकृति रिसाइन्
    कोतारी कोतारी चुरे पहाडै ढलाउँदा प्रकृति रिसाइन्
    प्रकृतिलाई त देवता मानी पुज्ने गर्थ्यौँ उहिले-उहिले
    आज त मान्छेले वनपाखा नै जलाउँदा प्रकृति रिसाइन्
    मान्छेको बुद्धिमा यसरी स्वार्थ पलाउँदा प्रकृति रिसाइन्।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    धनीलाई मोज गर्न आउँदैछ दसैं तिहारमा
    दु:खीले कपडा किन्न धाउँदैछ दसैं तिहारमा
    गरिबलाई चाडपर्व धान्नै कठिन भयो यहाँ
    निमुखा जनताले के पाउँदैछ दसैं तिहारमा
    फाटेको लुगा कसरी लाउँदैछ दसैं तिहारमा।

    सोमनाथ लुइटेल ।

    पञ्चाङ्ग:०६


    सबैको घरमा दशैँ आयो मेरोमा आएन आमा।
    सबै घरमा मालश्री गाए मेरोमा गाएन आमा।
    पर्देशबाट ज्वाइँ पनि नआउने भएपछि झन्।
    हामी कसैलाईपनि हाँसो खुसिले छाएन आमा।
    छोरा छोरी हरुलेपनि मीठो खान पाएन आमा।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०७
    चाडपर्वले छोपेर छपक्क भयो
    चारैतिर रमाइलो धपक्क भयो।
    धनीलाई खुसी गरिबको अभाव,
    घरमा आमाको काख थपक्क भयो
    आगन लिप पोतले लपक्क भयो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८
    राम्राे गरी दशैँ मानाैँ जे छ खाऊँ खुसी भई
    लुगा किन्न सके मात्र नयाँ लाऊँ खुसी भई
    घाँटी हेरेर नै निल्ने बानी बसान्नु हाेस् सदा
    बडाका सामुमा टीका थाप्न जाऊँ खुसी भई
    थाेरै नै दक्षिणा मिल्दा त्यै समाऊँ खुसी भई

    २०८१/०६/२३
    काँडाघारी,काठमाडौं

    पञ्चाङ्ग:०९
    दुःखीको लागि शक्ति र साहस भएर आओस् दसैँ।
    जहाँ त्यही सत्य रहोस् असत्य हटेर जाओस् दसैं।
    दसैंमा सबै रमाउन सकुन् टिका जमरा लगाई,
    हरेक घर आँगनमा हर्ष उल्लास छाओस् दसैं।
    रमाएर चरीले पनि दशैंको धुन गाऔस् दसैं।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:१०
    राम्रो हुने चिन्तनमा मन लगाउनु नित्य
    अहम्ता मन भित्रको पर्छ भगाउनु नित्य
    नवरात्रिमा गरौ भवानी माताको साधना
    सत्मार्ग जीवनमा पर्दछ जगाउनु नित्य
    व्यर्थ मोहमाया जाललाई डगाउनु नित्य ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:११
    घुमी फिरी आयो दर्द पीडा लिएर दसैं।
    खुसी, हाँसो छैन कर्द खुँडा दिएर दसौं।
    नमानिनी नहुने कस्तो पर्व नेपालीको
    राहत पुगोस् मल्हम बनी सब सिएर दसैं।
    घाँटी हेरि हाड निलौँ सबै जिएर दसैं।

    कमला देवकोटा, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    लघुकथा साहित्यिक महोत्सव- २०८१ सम्पन्न; २६ लघुकथा कृतिहरूको एकसाथ लोकार्पण

  • १४ कार्तिक २०८१, बुधबार १८:२३ मा प्रकाशित
  • चितवन, १० कार्तिक/वसन्त अनुभव

    चितवन जिल्लाको राप्ती नगरपालिकामा अवस्थित जुमेरा होटेल एण्ड लजको सभाहलमा शनिवार लघुकथा साहित्यिक महोत्सव, २०८१ सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २६ लघुकथा कृतिहरूको लोकार्पण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुरका ब्याण्डबाजा समूहले राष्ट्रगानको धुन बजाएको थियोे भने विद्यालयका शिक्षक तथा बहिरा विद्यार्थीहरूको समूहले सांकेतिक भाषामा राष्ट्रगान गाएको थियो ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा.चुडामणि बन्धुले स्टेज अगाडि लहरै राखिएका २६ वटा कृतिमा पुष्प अर्पण गर्दै कृतिको लोकार्पण गर्नुभएको थियोे । लोकार्पित भएका लघुकथा कृतिहरूमा-
    १. घनश्याम डल्लाकोटी कृष्णजी शर्माकृत ‘महाकम्प’
    २. यमुना प्रधानाङ्ग मुनाकृत ‘उपहार’
    ३. वसन्त अनुभवकृत ‘नेपाली नस्ल’
    ४. मीठूकुमारी पाठककृत ‘सुन्दरी’
    ५. श्रीकृष्ण पौडेलकृत ‘लोपाञ्जन’
    ६. कर्ण दयालकृत ‘दोपानी’
    ७. होमप्रसाद नेउपानेकृत ‘प्रयोगशाला’
    ८. सुरेशकुमार पाण्डेकृत ‘जेईको सम्झना’
    ९. अवधेश सिंहकृत ‘मरजाद’
    १०. म्यामराज राईकृत ‘बुन्छत’
    ११. कुमार काफ्लेकृत ‘सपना कतिपय’
    १२. ज्यो.नानी बिवुकृत ‘इज्जत’
    १३. विष्णु पन्थीकृत ‘भेटी’
    १४. मुक्ति गौतमकृत ‘चाक चारब्रा’
    १५. विष्णु भण्डारी आचार्यकृत ‘बकसपत्र’
    १६. अनुग्रह राना मगर पुष्पकृत ‘तमासा’
    १७. राजन ग्याल्दाङ घलेकृत ‘मारुनी’
    १८. रञ्जुश्री पराजुलीकृत ‘विभीषिका’
    १९. विजय चालिसेकृत ‘हात्तीको दाँत’
    २०. गङ्गा कर्माचार्य पौडेलकृत ‘अखबार’
    २१. लक्ष्मी रेग्मी खनालकृत ‘अन्त्य’
    २२. गुप्तबहादुर श्रेष्ठकृत ‘थेरापी’
    २३. भूमिका गैरे तिमिल्सिनाकृत ‘नमस्ते’
    २४. डा.विदुर चालिसेकृत ‘शताब्दम् महाशक्ति’
    २५. गोपाल अश्ककृत ‘लघुकथा प्रक्रिया र पाठ’
    २६. लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन् ।

    कार्यक्रममा आफ्नो जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिनुहुने वरिष्ठ साहित्यकारहरूलाई माला, खादा र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियोे । अभिनन्दित हुनेमा वरिष्ठ साहित्यकार, कथा- कुथुङ्ग्री नायक पुष्कर लोहनी र वरिष्ठ साहित्यकार, समालोचक ध्रुव मधिकर्मी हुनुहुन्छ । ‘कथा- कुथुङ्ग्री सिर्जना विशिष्ट नायक’का रूपमा लोहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन गरिएको थियोे ।
    त्यस्तै कार्यक्रम वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई ‘आदर्श लघुकथा साधक सम्मान’ वरिष्ठ साहित्यकार विजय चालिसेलाई ‘अग्रज लघुकथाकार सम्मान’ र वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मान’ द्वारा सम्मानित गरिएको थियोे ।
    साथै कार्यक्रममा वरिष्ठ लोक गायक/डेउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ आधुनिक गायक आनन्द कार्कीलाई पनि सम्मान गरिएको थियोे । ‘डेउडा लोकगायक विशिष्ट सम्मान’ जोशीलाई र लघुकथा बन्दना गायक विशिष्ट सम्मान’ कार्कीलाई प्रदान गरिएको थियोे ।
    साथै उक्त अवसरमा यस वर्षको पूर्व घोषित ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८१’ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियोे ।
    त्यस्तै पहिलोपटक ‘नमस्ते झिल्का पुरस्कार-२०८१’ वृहत् लघुकथा कृति ‘शताब्दम् महाशक्ति’का लागि डा.विदुर चालिसेलाई प्रदान गरिएको थियोे, जसको पुरस्कार राशि रु. २२,२२२/- रहेकोे छ ।

    त्यस्तै ‘लघुकथालय पुरस्कार- २०८१’ वरिष्ठ साहित्यकार/लघुकथाकार ललिता दोषीलाई उहाँ उत्कृष्ट लघुकथाकृति ‘पहिरो’का लागि प्रदान गरिएको थियोे, जसको राशि ११,१११/- रहेको छ ।
    साथै यसवर्षको ‘वर्ष लघुकथाकार सम्मान- २०८१’ र ‘वर्ष पाठक सम्मान- २०८१’ द्वारा साहित्यकार, लघुकथाकार/पाठक सुरेशकुमार पाण्डेलाई सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि क्रमशः ७०००/- र ५०००/- रहेको छ ।
    उक्त अवसरमा मञ्च द्वारा प्रकाशित एवम् लोकार्पित २२ वटा कृतिहरूका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान- २०८१’ द्वारा सुशोभन गरिएको थियोे ।

    त्यस्तै कार्यक्रममा ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’ सम्मान द्वारा रेडियो सारथि १०७.४ मेगाहर्ज, बडिगाड खर्बाङ, बागलुङलाई र ‘वर्ष उत्कृष्ट सामाजिक पत्रिका’ सम्मान द्वारा हिमालयन दृष्टि मिडिया प्रा.लि. नागार्जुन, काठमाडौलाई सम्मान गरिएको थियोे ।

    त्यस्तै ‘वर्ष स्तम्भकार सम्मान पत्र’ द्वारा हिमालयन दृष्टि प्रा.लि.का लघुकथा स्तम्भकार वसन्त अनुभवलाई, ‘वर्ष वाचक लघुकथा सम्मान- २०८१ द्वारा उत्कृष्ट लघुकथा वाचक विवेक काफ्लेलाई र ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मान द्वारा अनिष पाठक (रेडियो सारथि), अमित प्रधानाङ्ग(वीरगन्ज) र आयुष बडाल (धूलिखेल)लाई सम्मानित गरिएको थियोे ।
    त्यस्तै उक्त अवसरमा संस्थाको छैटौँ वार्षिकोत्सव प्रायोजन गर्नुहुने १२ जना प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक-२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियोे । प्रशंसा पत्र प्राप्त गर्नेहरूमा श्री हिमालयन अर्गानिक चिया (चितवन), यमुना प्रधानाङ्ग मुना (वीरगन्ज), वसन्त अनुभव (दाङ), मीठूकुमारी पाठक (चितवन), श्रीकृष्ण पौडेल (कास्की), अमरनाथ साह (अमेरिका), अनुग्रह राना मगर पुष्प (मलेसिया), देवी परियार (चितवन), दीपक खड्का (चितवन), कलावती गिरी (चितवन), राजु उपाध्याय (चितवन) र सरिता उप्रेती (चितवन) हुनुहुन्छ ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धु, कथा-कुथुङ्ग्री सिर्जना विशिष्ट नायकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार पुष्कर लोहनी, अविश्रान्त लघुकथा साधकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, अग्रज लघुकथाकारबाट सम्मानित वरिष्ठ साहित्यकार विजय चालिसे, आदर्श लघुकथा साधक र नमस्ते झिल्का पुरस्कार-२०८१ बाट सम्मानित एवम् पुरस्कृत वरिष्ठ साहित्यकार डा.विदुर चालिसे, डेउडा लोक गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ लोक गायक नन्दकृष्ण जोशी, लघुकथा वन्दना गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ गायक आनन्द कार्की, लघुकथालय पुरस्कार- २०८१ बाट पुरस्कृत वरिष्ठ साहित्यकार ललिता दोषी, विमोचित कृतिहरूका कृतिकारहरूमध्येबाट भारतबाट आउनुभएका लघुकथाकार एवम् संस्थाका आजीवन सदस्य मुक्ति गौतम, मञ्चका संरक्षकहरूमध्येबाट मञ्चका संरक्षक एवम् विशिष्ट आजीवन सदस्य अवधेश सिंह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
    कार्यक्रममा वरिष्ठ साहित्यकारहरू गोपाल अश्क, नर पल्लव, डा.शंकरप्रसाद गैरे, गङ्गा कर्माचार्य पौडेल, लक्ष्मण अर्याल, डा.शेखर कुमार श्रेष्ठ, रचना शर्मा, विष्णु डल्लाकोटी एवम् बेलिमाया डल्लाकोटी (लघुकथा विकास कोषदाता), विष्णुप्रसाद काफ्ले, यमुना प्रधानाङ्ग मुना, वसन्त अनुभव, मीठूकुमारी पाठक, श्रीकृष्ण पौडेल, होमप्रसाद नेउपाने, कुमार काफ्ले, विष्णु पन्थी, विष्णु भण्डारी आचार्य, सुरेशकुमार पाण्डे, प्रभादेवी पौडेल(हेमलता स्मृति लघुकथा सम्मान-२०८१ बाट सम्मानित व्यक्तित्व), सुनिता निरौला पौडेल, खगेन्द्र बस्याल, तुलसी पण्डित, रामराजा के.सी., कमल पौडेल, विवेक काफ्ले, अनिष पाठक, आयुष बडाल, सन्तकुमार चौधरी लगायत मञ्चका पदाधिकारी, अति/विशिष्ट/आजीवन सदस्यज्यूहरू, वाचकहरू, प्रायोजकहरू, पत्रकारहरू, विभिन्न साङ्गीतिक/सांस्कृतिक टोलीका प्रमुख एवम् सदस्यहरू, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।

    उक्त अवसरमा अभिनन्दित एवम् सम्मानित महानुभावहरूलाई रथारोहण गराइएको थियोे ।
    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोकर्मी एवम् कुशल उद्घोषकद्वय कमल पौडेल र विवेक काफ्ले गर्नुभएको थियोे ।

    ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’

    लघुकथा साहित्यिक महोत्सवको प्रथम चरणको कार्यक्रम समापन पश्चात् सोही दिन साँझ ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’ को आयोजना गरिएको थियोे । जसमा सुपरिचित वरिष्ठ गायक आनन्द कार्की र वरिष्ठ लोक/देउडा गायक नन्दकृष्ण जोशीले आफ्ना प्रस्तुति दिनुभएको थियोे ।
    आफ्ना पुराना चर्चित आधुनिक गीत गाएर वरिष्ठ गायक आनन्द कार्कीले स्टेज तताउँदै उपस्थित दर्शक/श्रोताहरूको मन जित्न सफल हुनुभएको थियोे ।
    त्यस्तै अर्का वरिष्ठ लोक गायक/देउडा गायक नन्दकृष्ण जोशीले विभिन्न चर्चित देउडा गीत गाएर सबै दर्शक/श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको थियोे ।
    उक्त साङ्गीतिक एवम् सांस्कृतिक साँझमा हरूका चर्चित गायकको गायन सँगसँगै विभिन्न सांस्कृतिक समूहले आ-आफ्नो प्रस्तुति दिएका थिए ।
    जसमा मगरहरूको सांस्कृतिक कौडा नाच, थारूहरूको सांस्कृतिक फगुवा नाच, डम्फु नाच, झम्टा नाच, धौलागिरीको नौमति पञ्चेबाजा, पुन समाजको सोरठी नाच, मारुनी नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव

    रास्वपा निकट प्रवास विभाग साउदीअरबले नेपाली राजदुताबास रियादमा सहकारी पिडितको रकम फिर्ता गर्न दबाब दिदै बुझायो ज्ञापन पत्र ।

  • ९ कार्तिक २०८१, शुक्रबार २२:०६ मा प्रकाशित
  • साउदी अरब! रास्वपा निकट प्रवास विभाग “प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरबले आज मिति २५ अक्टोबर शुक्रबारका दिन साउदीअरवको रियाद स्थित नेपाली कुटनितिक नियोग – नेपाली राजदुताबासमा सहकारी पिडित को रकम फिर्ता गर्न दबाब दिदै ज्ञापन पत्र बुझाएको छ ।

    नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै रास्वपा साउदीअरबले बिबिध बुँदामा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापन पत्र बुझाएको प्रबास बिभागका उप सचिब घनश्याम खत्री घायल ले अबगत गराएका छन् ।

    प्रवास नेपाल सम्पर्क विभाग साउदी बाट उपसचिव घनश्याम खत्री घायल, सहकोषाध्यक्ष – पदम थापा वतार, सदस्य दलबहादुर बुढा, शाखा रियाद बाट सभापति मनिष लामा, सचीव उमेश भट्ट द्वारा दूतावास रियादका प्रथम सचिव टोप नारायण गीरी लाई बुझाइएको थियो ।

    दूतावासमा बुझाइएको ज्ञापन-पत्र जस्ताको त्यस्तै
    विषय: ज्ञापन-पत्र पेश गर्ने सम्बन्धमा
    सम्माननीय प्रधामन्त्री ज्यु,
    उपरोक्त सम्बन्धमा सहकारी ठगीसम्बन्धि संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार सहकारी ठगीमा संग्लन वास्तविक व्यक्तिहरुलाई खोजि कार्य गरि कानुनी कारबाही गरी पिडित जनताको रकम फिर्ता गराउन पर्ने नेपाल सरकारको दायित्वप्रति सरकार बेखबर रहेको देखिन्छ| सहकरीबाट कुनै पनि रकम अपचलनमा कुनै संलग्नता नभएको स्पस्ट प्रमाणित भईसकेको अवस्थामा पनि, जनताले ठुलो आशा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रबि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटनाप्रति प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब घोर निन्दा र आपत्ति प्रकट गर्दछ|
    तपशिलमा उल्लेखित बुदाँहरुलाई नेपाल सरकारले यथाशिग्र कार्यन्वयन गर्नु पर्ने माग सहित नेपाली राजदूतावास रियाद, साउदी अरबका कार्यवाहक महामहिम राजदूत, श्रीमान डा. डमरु बल्लब पौडेल ज्यु मार्फत नेपाल सरकारलाई यो ज्ञापन-पत्र बुझाएका छौँ|
    तपशिल:
    १. राजनीतिक प्रतिशोधको अन्त्य: सहकारी प्रकरणको सत्यतथ्य छानबिन गर्न बनेको संसदीय छानबिन समितिले माननीय रबि लामिछानेको सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भईसकेको अवस्थामा पनि सरकारद्वारा उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटना प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं| उहाँलाई तुरुन्त रिहा गरी न्यायिक प्रणाली मार्फत निष्पक्ष छानबिन गरियोस भन्ने हाम्रो माग छ|
    २. सहकारी ठगीको न्यायिक कारबाही: सहकरीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने अपचलन गर्ने दोषीहरुबारे विस्तृत छानबिन गरि कानुन अनुसर कारबाही गरियोस| सहकारी र मिटर ब्याजी पिडितहरुको समस्या समाधानका लागि जिल्ला प्रशाशन कार्यालयहरुमा हेल्प डेस्कको स्थापना तुरुन्त गरियोस|
    ३. सहकारी पिडितहरुको संरक्षण: सरकारको तर्फबाट आवस्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई सत्यतथ्य छानबिन गरी कारवाही गरियोस|
    ४. भुटानी शरणार्थी प्रकरणको छानबिन: भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
    ५. जग्गा प्रकरणको छानबिन: ललितानिवास, बाँसबारी, टिकापुर जस्ता जग्गा प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
    ६. भष्ट्राचारजन्य जग्गा दान छानबिन: सत्तारुढ दल नेकपा एमाले र ललितानिवास जग्गा प्रकरणमा संलग्न ब्यापारी बीचको जग्गा दान सम्बन्धि भष्ट्राचारजन्य अपराधको गहिरो छानबिन गरियोस|
    ७. विशेस छानबिन आयोगको गठन: २०४६ सालपछि भएका सम्पूर्ण भष्ट्राचारजन्य अपराधहरुको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय विशेष छानबिन आयोग गठन गरि दोषीहरुलाई कडा कानुनी कारबाही गरियोस|
    धन्यवाद!

    प्रवास नेपाली सम्पर्क विभाग,
    साउदी अरव

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    साउदी अरबका विभिन्न शहरमा नेपालीहरुले मनाए दशैं

  • २८ आश्विन २०८१, सोमबार १८:०६ मा प्रकाशित
  • साउदी अरेबियामा रहेका नेपाली समुदायले बडा दशैं हर्षोल्लासपूर्वक मनाएका छन्। घर जान नपाएका नेपाली श्रमिकहरूले कर्मभूमी साउदीमा आफ्नै शैलीमा टीका र जमरा लगाएर दशैंको उल्लास मनाएका हुन्। प्रमुख शहरहरू रियाद, जेद्दा, दम्माम, जुबेल, खोबर, अल कासिमलगायतका स्थानमा नेपाली समुदायले विशेष कार्यक्रम गरी दशैं मनाएको छ ।

    यसै सन्दर्भमा, जुबेलस्थित इभेन्ट म्यानेजमेन्ट ग्रुपले शुक्रवार एक विशेष टीका कार्यक्रम आयोजना गर्यो। जुबेल हाईवेको सफ्वा क्षेत्रमा रहेको एक हलमा आयोजित यस कार्यक्रममा साउदीका नेपाली श्रमिकहरूको अभिभावक, पर्यटनदूत तथा एनआरएनए (गैरआवासीय नेपाली संघ) का मध्यपूर्व संयोजक राजेन्द्र अर्याल र उहाँकी धर्मपत्नी एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले टीका प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। आयोजक रबिन गुरुङले घर जान नपाएका नेपालीहरूलाई घरको सम्झना मेट्न र आपसी भाइचारा कायम राख्न मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए। कार्यक्रममा सहभागी साउदी अरेबियामा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका नेपाली दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई अझै उल्लासमय बनाएको थियो। नेपाली साझा मञ्च साउदीका प्रमुख सल्लाहकार अकल प्रधानले घर जान नपाएका नेपालीहरूले साउदीमा आफ्नै समुदायबाट टीका ग्रहण गर्न पाउँदा आफैं घरमै दशैं मनाइरहेको जस्तो अनुभव गर्न पाएको बताए। यसले आपसी सम्बन्ध मजबुत बनाउनुका साथै नेपाली संस्कृतिलाई जोगाइराख्न पनि महत्वपूर्ण भूमिका रहेको छ। साउदीका अन्य शहरहरूमा पनि यस्तै कार्यक्रमहरू सम्पन्न भएका छन्।

    जेद्दामा नेपाली सामाजिक समूहले विशेष सांस्कृतिक कार्यक्रमसहित दशैंको टीका कार्यक्रम आयोजना गरे। रियादमा नेपाली समाजको पहलमा दशैं मनाइयो जहाँ टीका, जमरा तथा आशीर्वाद वितरणका साथै नेपाली सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। अल कासिम र दम्माममा पनि नेपाली श्रमिकहरूको बाक्लो सहभागितामा दशैं कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यसरी टीका र जमरा लगाएर साउदीका विभिन्न शहरमा दशैं मनाइने परम्पराले नेपाली संस्कृतिलाई बचाइराख्न महत्वपूर्ण योगदान गरेको छ। घरपरिवारबाट टाढा भए पनि, नेपाली श्रमिकहरूले आफ्नो संस्कृति र परम्परालाई कायम राख्न हरेक वर्ष यसरी हर्षोल्लासपूर्वक दशैं मनाउने गरेका छन्। यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीचको एकता, भाइचारा, र सद्भाव बढाउने मात्र होइन, नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको चेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर2 Comments on साउदी अरबका विभिन्न शहरमा नेपालीहरुले मनाए दशैं

    जुन छुने रहर गजल सङ्ग्रहको समीक्षा

  • २७ आश्विन २०८१, आईतवार १७:५५ मा प्रकाशित
  • दाङ
    राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९३ औँ श्रृङ्खलामा साहित्यकार धनसिंह गिरिको “जुन छुने रहर” गजलसङ्ग्रह समीक्षा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमदाङको नेपाल पत्रकार महासङ्घ दाको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।
    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता संविधानविद्, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्यको प्रमुख आतिथ्यता राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासीले गजल संग्रहको समीक्षा गर्नुभएको थियो। गजलहरू सबै गाउन लायक भएको समीक्षक डा. टीकाराम उदासीले बताउनु भयो । उहाँका अनुसार गजल मायामा आधारित छन् ।
    कानुनकै व्यक्तिले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि डा. आचार्यले बताउनुभयो । साहित्यकार गिरि पनि कानुनकै कर्मचारी भएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।

    सो अवसरमा विशिष्ट अतिथि राप्ती साहित्य परिषदका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले आज जुनसुकै काम गर्दा पनि लगन हेर्नु नपर्ने शुभ दिन भएकाे बताउँदै अर्को सङ्ग्रह छिटै आउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन अघि ज्ञातालाई देखाउन समेत आग्रह गर्नुभयो ।

    लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने , वरिष्ठ साहित्यकार नारायण नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, पत्रकार महाशाखा दाङका अध्यक्ष दुर्गालाल केसी,सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली ,राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
    त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, साहित्यकारहरूमा एक नारायण चापागाईं ,रमेश पाण्डे, एकराज शर्मा अधिकारी, शरद गौतम, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, दिलिप कार्की, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र थापा, सुवाष न्यौपाने , मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, महेश कुमार न्यौपाने कमला रिजाल, नवराज देवकोटा ,रिशब पाण्डे लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।
    कार्यक्रममा “जुन छुने रहर” पुस्तकका लेखक धनसिंह गिरिलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
     

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, विविध4 Comments on जुन छुने रहर गजल सङ्ग्रहको समीक्षा

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७७ सम्पन्न

  • २७ आश्विन २०८१, आईतवार ०७:५५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    उदक अभ्यास १७७ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –

    [१]
    दसैँ
    साँस्कृतिक पर्व
    समग्र हिन्दुहरूको गर्व !

    • वसन्त अनुभव
      [२]
      दसैँ
      वर्षको चाडपर्व
      मान्नुपर्छ सबैले गर्व !
    • दुर्गा आचार्य, मोरङ
      [३]
      दसैँ
      सांस्कृतिक रीतिरिवाज
      टीका जमरा आशिर्वाद !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४]
      दसैँ
      हिन्दुकाे पर्व
      गर्दछन् नेपालीले गर्व !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५]
      दसैँ
      मनाउँ रमाएर
      दुःख पीडा भगाएर !
    • कला ढकाल, झापा
      [६]
      दसैँ
      संस्कार संस्कृति
      टीका जमराकाे रीति !
    • भवानी घिमिरे, सर्लाही
      [७]
      दसैँ
      महान पर्व
      सबैको त्यसैमा गर्व !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
      [८]
      पर्व
      विजया दशमी
      सत्यको जितमा हर्ष !
    • सरस्वती श्रेष्ठ, रुपन्देही
      [९]
      दसैँ
      खुसी मनाउने
      वर्ष दिनमा रमाउने !
    • सानु जाेसी
      सुदूर पश्चिम, दार्चुला
      [१०]
      दसैँ
      हिन्दुहरूकाे पर्व
      सबैलाई लाग्छ गर्व !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल: भारत
      [११]
      दसैँ
      महान चाड
      असत्यमाथि सत्यको विजय !
    • पशपती राई, खोटाङ
      [१२]
      दसैँ
      महान चाड
      खर्चमा राखौँ आड !
    • दीपा समभाव
      दुबेकोल, कोटाङ्ग
      [१३]
      निधार
      रातो टीका
      आशिषविना सबै फिका !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१४]
      दसैँ
      हराउन नहुने
      एउटा महत्त्वपूर्ण चाड !
    • ध्रुव श्रेष्ठ, खोटाङ बजार
      [१५]
      दसैँ
      टीका लगाएर
      मनाऔँ खुसी जगाएर !
    • सरिता सेढाई, धादिङ
      [१६]
      दसैँ
      गरौँ गर्व
      हिन्दुहरूकाे महान पर्व !
    • नवराज भट्ट, कञ्चनपुर
      [१७]
      दसैँ
      हराउँदै संस्कृति
      रौनक आचारसंहिता मौलिकता !
    • अगस्टीन राई
      मरिया कागे, भारत
      [१९]
      दसैँ
      हर्षको तारो
      कहिले तताउँछ कन्पारो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२०]
      दसैँ
      आफन्त भेटघाट
      ठुलाबाट प्रशस्त आशीर्वाद !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२१]
      एकासी
      बडादसैँ पर्व
      नसरोस् कोही बसाइँ !
    • दुर्गा अधिकारी भमरकोटे, कपन
      [२२]
      दसैँ
      मनाऔँ खुसीले
      करले होइन रहरले !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      दसैँ
      नेपालीहरूको पर्व
      मनाउँ गर्दै गर्व !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२४]
      दसैँ
      पुर्खाको रित
      मनाऔँ सबैले हिंसारहित !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [२५]
      कामना
      शुभ भावना
      विजया दशमीको शुभकामना !
    • हिमाल अम्मै
      घोडाघोडी कैलाली
      [२६]
      दसैँ
      देवीको उपासना
      सत्य सन्देशको वासना !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२७]
      दसैँ
      हाम्रो संस्कृति
      चलनसँग नित्य प्रकृति !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८, कैलाली
      [२८]
      दसैँ
      गरिबीको आर्तनाद
      भाग्यले ठगिएका निधारहरू !
    • आर्त अकुलीन
      [२९]
      दसैँ
      नवदुर्गाकाे पूजा
      आसुरी शक्तिकाे नाश !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३०]
      आयो
      दशै पर्व
      यसैमा लाग्छ गर्व !
    • रमा पन्त, पाल्पा
      [३१]
      दसैँ
      महान पर्व
      हिन्दु हुनुमा गर्व !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [३२]
      दसैँ
      शक्तिको पर्व
      गर्छन् हिन्दुहरूले गर्व !
    • विवश पारदर्शी, झापा
      [३३]
      दुर्गा
      मात्रै होइन
      शासकले दुष्टमुक्त बनाओस् !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [३४]
      दसैँ
      उत्सवको दिन
      अफसोच कसैलाई ऋण !
    • पृथक प्रकृति, झापा
      [३५]
      दसैँ
      खुसीको पर्व
      मेचीदेखि कालीसम्म गर्व !
    • कविता आचार्य, कैलाली
      [३६]
      दसैँ
      भेटघाटको मौसम
      खुसियाली रहन्छ अनुपम !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३७]
      दसैँ
      उत्साहले मनाउनू
      रिसराग सबै भगाउनू !
    • सङ्गीता खरेल, काठमाडौं
      [३८]
      दसैँ
      दुर्गा भवानी
      रक्षा गरुन् सबैमा !
    • सरस्वती वली, बर्दिया
      [३९]
      नवदुर्गा
      भवानी माताले
      दिऊन् अथाह उर्जा !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४०]
      मौलिक
      सम्पत्ति हाम्रो
      दसैँ न्यायको प्रतीक !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रूपनगर, सप्तरी
      [४१]
      दसैँ
      मानेकाे चाड
      मनाऔँ खुशीसाथ रमाइ !
      -भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      बधरान-८, सुनसरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५६ सम्पन्न

  • २७ आश्विन २०८१, आईतवार ०७:४३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~<•>~
    प्रतिनिधि टुक्का- १५६
    नरहोस् निधार बाँझो, नरहोस् हात खाली
    सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५६ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    १)
    नरहोस् निधार बाँझो, नरहोस् हात खाली
    सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
    -वसन्त अनुभव
    २)
    जाेगाउनु छ संस्कृति लाेभ माेह छैन
    आशीर्वाद त थापियाे पुग्ने हाे कि हैन ?
    -ताराप्रसाद चापागाईँ
    ३)
    दसैँमा टीका जमरा आशिर्वाद मानेर
    सांस्कृतिक परम्परा जगाउन जानेर
    -अम्बिका अधिकारी
    झनपा बिर्तामोड
    ४)
    आफ्नो त निधार रह्यो बाँझो, हात पनि रह्यो खाली
    फेरि पनि दशैंँमा घर जान सकिन यसपालि ।
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५)
    नरहोस् है भन्छन् निधार खाली
    प्रकृतिले नदिए भाँजो हाली ।
    -मोती योन्जन सुब्बा दार्जिलिङ।
    ६)
    चाडपर्व हाे हाम्रो आफ्नै सान
    इष्टमित्र सबैको राखौँ मान।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ७)
    प्रकृतिले लगिदियो जनधन नै लुटेर
    अभागीको निधार बाँझो टीका फुर्का छुटेर ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    ८)
    टीका लगाउने समातौँ हेर पाटो
    घाँटी हेरी हाड निल्ने निकालौं बाटो ।
    -विष्णु पंगेनी (पाण्डे)
    वालिङ स्याङ्जा
    ९)
    ठूलाबडाको हातमा
    टीका जमरा साथमा ।
    -साहित्य प्रेमी सुशील
    धनगढी
    १०)
    बरु महत्वाकांक्षी हुनू, नहुनू बदमास
    हामीहरू लाग्नुपर्छ सत्यको पक्षमा खास ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ
    ११)
    खुसी भएर याे दसैँमा सबै मिठाे र मसिनाे खाउन्
    सम्पूर्णका दुःख र पीडाहरू टाढा भैं भागेर जाउन्।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट
    १२)
    टीका लगाउँदै उकाली ओराली
    हात निधार नहोस् कसैको खाली ।
    -प्रेम सुनार दैलेख
    १३)
    जोगाउँ संस्कार संस्कृति मोहमा परेर हैन
    ठुलाको आशीर्वाद थाप्नुछ लानु त केही छैन
    -बेदु न्यौपाने
    १४)
    आशीर्वाद दिदै टीका जमरा लगाउॅंछु अरूलाई
    आफूले थाप्न नपाए नि खुसीका साथ बस्छु रमाई ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    १५)
    टीका, प्रसाद र जमराले सजिएको छ नि पुजाको थाली
    जसलाई मिल्छ दुर्गा मताको आशीर्वाद उहीँ भाग्यशाली ।
    -सुशीला शिखा
    काठमाडौँ कगश्वरी
    १६)
    मान्यजनको हातबाट टीका लगाउने
    एक आपसमा पनि सम्बन्ध बढाउने।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    १७)
    धेरैलाई रुवायो बाढिले दसैँको मुखमा
    सहारा कोही कतै भेटिँदैन पीडा दुखमा ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    १८)
    धुप दिप नैवेद्यसहित घण्टी बज्यो मन्दिरमा
    अब निधारमा टिका र जमरा लगाऊॅ शीरमा।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    १९)
    जे जे भन्नू भयाे मेराे लागि त्यही नै भयाे
    याे सालकाे चाडपर्व दुखैदुखमा गयाे ।
    -भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ कपिलवस्तु
    २०)
    नव दुर्गा भवानीले सदैव रक्षा गरुन्
    शुभ शुभ आशीर्वाद सबै माथमा परुन् ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    २१)
    बेमौसमी झरी पनि दशैँमा आइ दियो
    खोला किनारमा घर हुनेको ज्यान लियो ।
    -कला ढकाल, झापा
    २२)
    खाली नहोस् कसैको निधार होस् जमरा टीका
    छाओस् सबैमा खुसियाली नहोस् कसैको फिका ।
    -अनिता भण्डारी, ताप्लेजुङ
    २३)
    खेतबारी बाँझै छन्, निधारको के कुरा
    दसैँको यही बेला चेलीको फुट्यो चुरा ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    सबैमा मिलेर कुरा आनन्दको मनमा भरौँ
    झमेला होइन बरु मनको मिठो बात गरौँ ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    २५)
    टीका र जमराको साथमा आशीर्वाद लिने चलन
    मौलिकता हरायो भित्रियो विकृति मनमा जलन ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    २६)
    दुर्भाग्यलाई आशिषले गाल्नू
    लगाएर टीका दुर्भाव फाल्नू ।
    -विवश पारदर्शी
    झापा
    २७)
    थाप्न चाहिँ थपियो आशीर्वाद पुग्छ कि पुग्दैन
    प्रकोपले पनि रुवायो अझै अरू छ कि छैन ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    २८)
    उत्साह अनि उमङ्गको बनोस् विजयादशमी पर्व
    टीका र जमरा थापी बनाउनु छ आफूलाई गर्व ।
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    २९)
    कसैको निधार खाली
    दैव नि भएका जाली !
    -आर्त अकुलीन
    ३०)
    विजयाको प्रतीक टीका जमरा नि लगाएर
    आशीर्वाद पाउन सकूँ पिरव्यथा भगाएर ।
    -नवशिला
    बेलबारी-२, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ३१)
    दशैँमा पनि भोकले भोजन डाक्नुपर्ने
    सचेत भई होसले जीवन हाँक्नुपर्ने ।
    -नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
    ३२)
    कसैको मनमा हिनताबोध नहोस्
    चाहन्छु यो दशैँ मङ्गलमय रहोस् !
    -सरिता सेढाई धादिङ
    ३३)
    सजाएर टीका अनि जमराले पूजाको थाली
    आशिष् अनि प्रसाद बाँड्न पाइएन यसपालि l
    -बाबुराम गौतम, गुल्मी
    ३४)
    दशैँ नबनोस् कसैकालागि दशा
    छाडौँ आजैदेखि मादकको नशा ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ३५)
    निधारमा रातो टीका जमरा सबले लगाई
    आफन्तसँग थाप्नु आशीर्वाद नमाग्नु कमाइ ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३६)
    सबैले पर्व मनाउन् नहोस् कसैको उदर खाली
    समानता बनोस् सबैमा शुभकामना यसपालि ।
    -सङ्गीता खरेल
    काठमाडौं
    ३७)
    दसैँकाे दिन मान्यजनबाट टीका लगाउनू
    जमरा पुगेपछि मेराे घरबाट मगाउनू ।
    -नवराज भट्ट
    कञ्चनपुर
    ३८)
    डाँडाकाँडा ढाकुन् भन्थे उहिले आशिष दिँदाखेरी,
    काम्छ जीउ अहिले डाँडाकाँडा सुन्दा विनाश हेरी ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३९)
    सबका झुपडीमा हर्षोल्लास आओस् नेपालीकाे
    यहीँ छ शुभकामना सबैलाई यसपालिको ।
    -ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ४०)
    मौलिक सम्पत्तिको गरौँ रक्षा
    दशैँ बुझाउन नै लिऊँ कक्षा ।
    -लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
    ४१)
    हाँसो खुसी भित्रियाेस् दशैँ मान्ने हर घरमा
    मिलिजुली बाँचाैँ सधैँ एक अर्काकाे भरमा ।
    -मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
    ४२)
    दशैँभन्दा ठूलो चाड छैन नेपालीको जसले जे भन
    नमनाउनेहरूको नि रुन्छ अवश्यै भित्रभित्रै मन ।
    -निमा शेर्पा
    ४३)
    यसपालिको दसैँ भेलले लुट्याे
    प्रकृतिले पनि चुट्नुसम्म चुट्याे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४४)
    आउँछ्यौ भन्ने कुरा सुने, अनि पर्खी बसेँ बाटो हेरी
    यहीँ थियो मनको चाहना , पूरा हुने भो अब फेरि ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा ६ द्सन्खुभा।
    ४५)
    विकृति र कुसंस्कारलाई हटाई दशैँ मान्नुपर्छ
    आफूभन्दा ठूलाबडालाई देउतैसरि ठान्नुपर्छ ।
    -जानुका जानुका
    ४६)
    निधारमा टीका शिरमा जमरा राख्ने पर्व हाम्रो
    नेपालीहरूको महान् चाड बडादसैँ लाग्छ राम्रो ।
    -कृष्ण बजगाई भक्तपुर
    ४७)
    पाएँ आशीर्वाद मान्यजनबाट चाहेसरी
    चुहिएकाे तक्दिर यो टालाैँ खोइ कसाेगरी ?
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    ४८)
    जे छ त्यसैमा बस्नु छ रमाइरमाइ
    दु:खमा आफन्त नै जीवनको कमाइ ।
    -प्रेम थापा “मन”बागलुङ
    ४९)
    विजयादशमी टीका निधारमा लगाउनू
    विपत्तिकाे ठुलाे दशैँ जेनतेन मनाउनू ।
    -शालिकराम दाहाल
    चा न पा ३ झाैखेल३ भक्तपुर
    ५०)
    गरिबीले डाँडो काटेको पकाउने भाडो खाली
    टिनको छानो चुहिने भयो छाउनु पर्ने पाली ।
    -दुर्गा आचार्य
    मोरङ
    ५१)
    दैवले चुडी लग्यो मेरो सबै घरको सुख
    रमाइलो नै छैन केही आज दशैँको मुख ।
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ५२)
    महान् पर्व हो दशैँ रमाइलो गर्न पर्छ
    समस्या जे जति भए पनि त्यो आफैँ टर्छ।
    -अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ ,भारत।
    ५३)
    सबैलाई शान्ति हाेस् नहाेस् कसैको नि निधार खाली
    आशीर्वाद लागाेस् ठूलाबडाकाे बन्नु देशको माली ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ५४)
    महङ्गीले सेक्नुसेक्यो निम्न जनको ढाड
    परै छ दक्षिणा त के राख्ने मुखमा माड ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५५)
    पीडा मनमा लुकाई दसैँ मनाउन हाँसेर
    ठूलाको आशिष् लिई निधारमा अछेता टाँसेर ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५६ सम्पन्न

    अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडा कारबाही गरिनेछ :डोनाल्ड ट्रम्प

  • २७ आश्विन २०८१, आईतवार ०१:४० मा प्रकाशित
  • अमेरिकाका भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चुनावमा अवैध अप्रवासी हरूलाई देशदेखि लखेट्ने मुद्दा उठाएका छन्।

    उनले यो विषयमा उपराष्ट्रपति तथा राष्ट्रपतिकी उम्मेदवार कमला हैरिशमाथि पनि निशाना साधेका छन्।

    उनले भने, हामी अमेरिका आउने अप्रवासीहरूलाई स्वागत गर्छौं। तर सिधा बाटो भएर आउनुपर्यो।

    होइन भने अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।
    आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ। जस अन्तर्गत कमला हेरिस र डोनाल्ड ट्रम्प बीच कडा प्रतिस्पर्धा रहेको छ।

    जस अन्तर्गत चुनावी विषय लाई लिएर एकले अर्कालाई आरोप प्रत्यारोप गरी घेर्ने सिलसिला चल्दै आएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर3 Comments on अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने अप्रवासीहरूलाई कडा कारबाही गरिनेछ :डोनाल्ड ट्रम्प

    साताका उत्कृष्ट झिल्काहरू- ३०

  • २६ आश्विन २०८१, शनिबार ०९:१८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ~<•>~
    [१]
    १)
    भाषण मिठा राम्रा
    लाग्छ छेपारा हुन्
    देशका नेता हाम्रा !
    २)
    बसाले कस्तो थिति
    स्वार्थबाहेक केही नसोच्ने
    घिनलाग्दो भो राजनीति !
    ३)
    पिट्छ्न् केही बोले
    अगाडि पछाडि हुन्छन्
    चम्चा र झोले !
    ✍️
    वसन्त अनुभव
    ~<•>~
    [२]
    १)
    नराम्रो कसैले नभनोस्
    फजुल खर्चले दसैँ
    कसैको दशा नबनोस् !
    २)
    ऋणले सेकिन्छ ढाड
    दु:ख पाउँछ घाँटीले
    नहेरी निल्दा हाड ।‌
    ३)
    बसेपछि जुवाको खालमा
    उजाडिन्छ सुन्दर घर
    डुबिन्छ ऋणको आहालमा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [३]
    १)
    फूलजस्ताे मुस्कान छरी
    नजिक आउन खाेजिन्
    उनी मेराे वरिपरि ।
    २)
    दुबाेले भुइँ छाेपेछ
    हरियाली वसन्त भन्दै
    मन भने उजाडिएछ ।
    ३)
    दैलाेमा दसैँ आयाे
    बाेकेर आशीर्वाद पुर्खाकाे
    खुसीले मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- ३०

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P