• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७६

  • १० चैत्र २०७९, शुक्रबार १६:१७ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७६ औँ शृङ्खला यही चैत ४ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    संसारमा अरू को छ, म झैँ जान्ने हेर ?
    दुनियाँ सारा भुसुना हुन्, म सवा शेर ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    यतिविधि दम्भ किन ? गर्छौ आडम्बर,
    आज छ भोलि फुस्स, छैन सासको भर ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    अरूले तपाईं भनुन् या नभनुन् आफैँ ठूलो बन्नुहुन्न,
    आफैँलाई फसाउने खाडल कवै आफैँले खन्नुहुन्न ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [३]
    जीवनको भर छैन है कतिबेला के हुन्छ ?
    मान्छे बिग्रिएको देखेर भित्री हृदय छुन्छ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४]
    पैसा फिँजेर ज्यादा, सामर्थ्य नै किनेर,
    नेपालभित्र ऐले, बन्छन् नि स्याल शेर।
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [५]
    जान्ने सुन्ने मै हुँ भन्दै तिमीले धक्कु लाउने,
    हेर्दै जाऊ न आखिरमा पक्का दु:ख पाउने।
    🌑धन कुमारी रेग्मी
    चितवन

    [६]
    मै जान्ने, मै तान्ने, मै छान्ने, अरू काे सक्ने ?
    म जतिको ठूलो कुरा को छ र बक्ने ?
    🌑दीपक ठटाल जलन,१७.०३.२३

    [७]
    यही दम्भ लिएर हो तिम्रो भाउ छैन,
    दुनियाँले के भन्या छ कुरो बुझ्ने हैन ।
    🌑सरिता सेढाई
    धादिङ

    [८]
    अहङ्कार ले भरिएको पोको, कुनैदिन अवस्य नैँ फुट्छ,
    त्यसैले घमण्ड गर्नुहुँदैन, स्वतन्त्र भई अधिक जुट्छ।।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [९]
    ठूला मान्छे जान्ने बुझ्ने आफू नै हाे भन्छन्,
    अरूलाई तल झार्दै नजान्नेमा गन्छन्।
    🌑शाेभा आचार्य गाैतम,
    काठमाडौँ

    [१०]
    काम कुनै गर्नुछैन, बकम्फुसे गफै चाहिँ धेर,
    गाउँमा खान नपाउने, सिंहदरबारको शेर।
    🌑शंकर कार्की
    मकवानपुर

    [११]
    देखियाे देखियाे धाकभन्दा धक्कु ठूलाे,
    तिमीले चालेकाे पाइला त साह्रो लुलाे ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [१२]
    अहिलेसम्म बोलेको कुरा गएको छैन खेर,
    गर्व गर्ने गर्छु आफूले आफूलाई यहाँ हेर ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [१३]
    शेर भनी ढाेगी रा’काे भए छ नि धेर,
    एक भई पुल्ठाे बाल्छाैँ गर्जिएर हेर ।
    🌑निरज कोइराला
    बेलका१ उदयपुर, हाल, इटहरी

    [१४]
    महान् भनी कसैले गिन्ती गर्ने हैन,
    बुद्धि भन्ने शून्य छ काम छँदै छैन ।
    🌑योगेन्द्र भट्टराई
    खोटाङ

    [१५]
    आँखामा त पट्टी रैछ त्यही माथि लाएछ घमण्डको जालो,
    आफूलाई शेर मान्ने रैछौ बस्छौ होला मन बनाई कालो ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [१६]
    धन सम्पत्तिको के धाक लगाउँछौ, पछाडि फर्की हेर,
    धनाढ्य पनि मर्छ एकदिन, कुबुद्धिले के हुनु शेर ।
    🌑टिकाराम ओउन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २

    [१७]
    जो शक्तिमा गए पनि यहाँ त आफ्नो मात्रै भुँडी भर्ने,
    सामान्य जनताको भलाइ हुने काम कसले गर्ने ?
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [१८]
    दम्भको भाव बोकेर हिँड्ने गाउँ र सहर,
    संसार सारा सबैमा बढ्यो हेर लौ कहर !
    🌑आर्त अकुलीन, कैलाली

    [१९]
    तिम्रै नाम तिम्रै जप म गर्दछु,
    कुर्सी पाइन्छ भने साँच्चै मर्दछु !
    🌑राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    हाल- प्रवास

    [२०]
    जान्ने सुन्ने आफैँ भई नगर त्यो दम्भ धेर,
    दुनियाँ अगाडि लम्पसार बन्नु पर्ला शेर ।
    🌑बेदु न्यौपाने
    काठमाडौ ❤️

    [२१]
    सर्वेसर्वा हुँ भन्नेको झार्नुपर्छ सेखी,
    सावधान हुनुपर्छ त्यस्ता मान्छे देखी ।
    🌑बाबुराम पाण्डे
    शीतगंगा अर्घाखाँची

    [२२]
    आफूलाई ठूलो ठानी मात्र अरूलाई दिँदा दुःख,
    सधैँ यस्तै नहोला कुनै बेला कुच्याईदेलान् मुख।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [२३]
    सबै छन् जान्ने सुन्ने मपाइँ बन्नेहरू,
    आफू मात्र महान् देख्छन् भुसुनाे झैँ अरू।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [२४]
    ठूलो गर्जन निकालेर आकाश छुन खोज्छु,
    जेसुकै भनून् साराले फराकिलो बाटो रोज्छु ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [२५]
    मै हो संसार देखेको र अरू सबै अन्ध
    मै हो दुधले नुहाएको अरू सबै गन्ध ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२६]
    गधाले बाघको खोल ओढेर बाघ बन्दैन,
    असली बाघ भेटिएमा यसको काम छैन।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [२७]
    मै हुँ जङ्गलको राजा, म नै हुँ शेर,
    म गर्जिए थर्कमान हुन्छ, लौ हेर ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [२८]
    घमण्ड नगर एकदिन त्यो अवश्य तोडिन्छ,
    भुल स्वीकार गर, जीवन असलमा मोडिन्छ ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [२९]
    घमन्डले यहाँ हेर न को अघि बढेको,
    कुर्सीको धाकमा महङ्गाे गाडी चढेको ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [३०]
    दम्भको झण्डा गाडेपछि हल्लिरहने भो तुल,
    वरिष्ठ मै हुँ भन्नेले कैले देख्दैन आफ्नो भूल।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [३१]
    म नै हुँ देशको राजा मलाई सम्मान गर,
    हो तिमी जस्ता सोझासाझाको लाग्दैन नि डर !
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [३२]
    भाषण मात्र ठूला काम छैन उस्तै मति पारा,
    भुलाएर जगत दुनो आफ्नै सोझ्याउँछौ सारा।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३३]
    मान खोज्दछन्, घरकी स्वास्नी कुट्ने,
    इमानदारी भन्दछन् देश लुट्ने।
    🌑होम प्रसाद
    धरान,सुनसरी ।

    [३४]
    दम्भ बोकी हिँडिराख लड्नेछौ एकफेर,
    सत्यताकै जीत हुन्छ जहिले पनि हेर ।
    🌑कमला देवकोटा

    [३५]
    स्यालले पनि बाघ हुँ भन्छ, कुरा के गर्छौ धेर,
    भुसुनै काफी हुन्छ पक्कै, हात्तिका शिरमा हेर ।
    🌑लक्ष्मण अधिकारी ” प्रयास “
    हाल : काठमाडौ

    [३६]
    आफ्नो ओैकात भन्दापनि लगाउँछन् धाक नै ठूलाे,
    आइपर्दाखेरि अघि सर्न परे खुट्टा हुन्छ लुलाे।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    [३७]
    संसारमा मपाईँत्व चुलिएर गयाे,
    स्वार्थसँगै दम्भकाे ठूलै राज पाे भयाे ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [३८]
    आँट गरेउ बधाई छ, बुद्धि पनि चाहिन्छ,
    घमन्डले नै जित्छु, भन्ठानेमा दुःख पाइन्छ।
    🌑रोजिन श्रेष्ठ
    खोटाङ

    [३९]
    सर्वश्रेष्ठ आफूलाई नै ठान्छौ भने हेर,
    फोस्रो घमण्ड चुर हुन लाग्ने छैन बेर ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [४०]
    स्यालले पनि त्यसै भन्छ, म हुँ जङ्गलको राजा,
    जब पर्छ सिंहको सामुन्ने, बनाइदिन्छ खाजा।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [४१]
    मानवता क्षीण हुँदै जान थाल्यो हेर,
    परायाकाे संस्कृतिमा चासो दिँदा धेर ।
    🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४२]
    जहिल्यै घमण्ड गर्ने हो हामी अमिलाले,
    हात्ती ठूलो हुन्छ नि तर खान्छ कमिलाले।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [४३]
    मै हुँ जान्ने मै हुँ सुन्ने यो सन्सारका कुरा,
    मै हुँ ठूलो व्हेल माछा अरू सब हुन् भुरा।
    🌑नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [४४]
    आफूभन्दा दायाँबायाँ कोही छैन भन्ने,
    सबै भए सानातिना आफैँ ठूलो बन्ने।
    🌑दुर्गा आचार्य
    मोरङ

    [४५]
    संसारमा आफूलाई मात्र ठुलो ठान्ने,
    अरूलाई हेर यहाँ भुसुना झैँ मान्ने ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [४६]
    म नै जान्ने सुन्ने बन्दै छु नभन धेर,
    कहिलेकाहीँ बाहिर तर्फ पनि हेर।
    🌑भगवती दवाडी

    [४७]
    आफूमात्र जान्ने भनी भाषणमात्र गर्छन्,
    केही काम गर्नुपरेमा हठात् पछि सर्छन्।
    🌑सरस्वती श्रेष्ठ इटहरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७६

    पञ्चाङ्ग लेखन शृङ्खला- ३६

  • १० चैत्र २०७९, शुक्रबार ०७:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३६ [छत्तिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१२/०७  गते  समय :- साँझ ८ बजे

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️जात र भात भनी-भनी बलि दियो नेताले [०१]
    ✍️विकासको नाममा माटो दलि दियो नेताले [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢यही माटो धर्ती माताको कसम  खाएपनि [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️प्रत्येक   पटक-पटक    छली दियो नेताले [०४]
    ✍️भ्रष्टाचारको बीज रोपि  चली दियो नेताले [०५]

    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    ………………………

    ✍️जात र भात भनी-भनी बलि दियो नेताले [०१]
    ✍️विकासको नाममा माटो दलि दियो नेताले [०२]
    💢यही माटो धर्ती माताको कसम  खाएपनि [०३]
    ✍️प्रत्येक   पटक-पटक    छली दियो नेताले [०४]
    ✍️भ्रष्टाचारको वीज रोपि  चली दियो नेताले [०५]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

    ……………………………………………………………

    पञ्चाङ्ग:०१

    आफ्नाे पाउलाई आफैं  जमाउनु पर्छ।
    सुकर्म    गरेर     नाम    कमाउनु पर्छ।
    एक्लै आयाैं संसारमा जानू पर्छ एक्लै,
    उचाइ   पुग्ने   लहराे      समाउनु पर्छ।
    खुशी   सँग   जिन्दगीमा  रमाउनु पर्छ।

    ✍️सुशीला पाैडेल ।
    ……………………………………………

    पञ्चाङ्ग:०२

    हामी आपसमा मिलेर रमाउनु पर्छ
    अखण्ड नै रहने बाटो समाउनु पर्छ।
    दुष्टहरूले जातिय क्षेत्रीय जाल फाले
    हामी सहि गलत  बाटो ठमाउनु पर्छ
    सङ्कटपर्छ की एकता जमाउनु पर्छ।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही१८ ।
    …………………………………………………

    पञ्चाङ्ग   ०३
                                                                                         मेल किन किन मिलाप भएको कुनै गाउँ छैन।
    यहाँ भ्रष्टाचार नगर्ने सोझाहरूको भाउँ छैन।
    जहाँ जानू राजनिती कै छ चर्चा अनि परि चर्चा,
    टोल बस्ती बस्तीमा राजनीति नभको ठाउँ छैन।
    खोलामा पुलको त कुरै छोडौँ एउटा नाउँ छैन।

    ✍️दुर्गा आचार्य, मोरङ ।
    ……………………………………………………

    पञ्चाङ्ग  ०४

    जात जाति पक्ष पात किन गर्छ मान्छे।
    भ्रष्टाचारी बलत्कारी अघि सर्छ मान्छे ।
    आपस  सबै   एउटै  किन  द्रोह  गर्छौ ,
    सुमार्ग को बाटो नलि त्यसै मर्छ मान्छे।
    अति गर्छ  भगवान्  सरण  पर्छ  मान्छे।
    [०२]
    हामी आपसमा मिलोमतो रमाउन छ।
    अखण्डनीय बाटो हामीले समाउन छ।
    जातीय भेदभाव दुष्ट हरूले ती गर्छन् ,
    मानवले सहि गल्ती बाटो ठमाउन छ।
    मानवले एकताको बाटो  बनाउन छ।
    [०३]
    देखेर पनि त हुँदैन रैछ ।
    सपनाले पनि छुँदैन रैछ।                           
    भावीले लेखेको त पाइन्छ,            
    मनरुँदा तन रुँदैन  रैछ ।                 
    तिमी बाट कुरा चुँदैन रैछ। 

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    …………………………………………

    पञ्चाङ्ग ०५

    मेरो मुखमा  राखेको सुर्तिले के गर्छ ।
    तिम्रो धाक घमण्ड र फुर्तीले के गर्छ ।
    पाउने केही छैन् घमण्ड गर्छ मानिस,
    पुजा  अर्चना  गरेको मुर्तीले के गर्छ । 
    बिना वितरणको त्यो पुर्तिले के गर्छ ।

    ✍️सोमनाथ लुइटेल  “रवि पाल्पाली” ।
    …………………………………………………

    पञ्चाङ्ग-०६

    खोजी गर्नु पर्छ हराको भेटेपछि फेरि लाउन सकिन्छ ।
    यदि कोरा रैछ भने त्यसलाई आफैंले साउन सकिन्छ ।
    नकारात्मक मात्रै ठान्नु हुदैन है हरेक कुरामा हेर्नुस् ,
    नकारात्मकतामा पनि पो सकारात्मक पाउन सकिन्छ।
    फ्याँकेको घस्यौटा पनि जम्मा गरेर घर छाउन सकिन्छ।

    ✍️पशपती राई, खोटाङ ।
    ……………………………………………………………………

    पञ्चाङ्ग:०७

    छिया छिया परेको कलेजी सिलाएर राखेॅ।
    केही   हुन्न  भनेर भरोसा  दिलाएर  राखेॅ।
    भन्छन् यहाॅ भन्नेले अनेक नानाभाॅती कुरा,
    कुनै दिन  मिल्ला कि भनेर  मिलाएर राखेॅ।
    कहाॅ मान्नु फकाई फकाई पिलाएर राखेॅ।

    ✍️घनश्याम पौडेल,पोखरा ।
    ……………………………………………………

    पञ्चाङ्ग:०८

    विपनामा तिम्रै नाम छ सपनामा तिमी ।
    यो मुटुको धड्कन अनि जपनामा तिमी ।
    तिमीनै हौ दिलका राजा तिमी नै हौ सास,
    ईश्वर सम्झी पुजा गर्छु थपनामा तिमी ।
    प्रीतिको फूल फुलाउने नपनामा तिमी ।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग:०९

    गाउँ समाज परिवर्तन गर्न मन छ।
    उजाड बस्तीतिर बसाई सर्न मन छ।
    धेरैको बसाई शहरमा भएको हुँदा,
    गाउँ बस्तीमा नै खुसीयाली छर्न मन छ।
    दुःखमा रमाउनेको खुसी हर्न मन छ।

    ✍️ह्यारिस,  काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग:१०

    हामीले उमेर छउन्जेल कमाउनु पर्छ ।
    दुई चार पैसा भए पनि जमाउनु पर्छ ।
    भविष्यका लागि भनेर नै केही सोच राखी ,
    अहिलेदेखि सहि निर्णय ठमाउनु पर्छ।
    आफूसँग जस्तो छ त्यसैमा रमाउनु पर्छ ।

    ✍️सम्झना थापा मगर, स्याङ्जा ।
    ………………………………………………

    पञ्चाङ्ग   ११
    १
    छानी छानी  बिचारेर  ठमाउने तिमी ।
    मौका मिले पाएसम्म समाउने तिमी ।
    जिन्दगीका सुखदुःख  बराबरी मान्दै ,
    पौरखले   भ्याएसम्म  जमाउने तिमी ।
    जिन्दगीका  खुसीहरू लमाउने तिमी।
    २
    नखाने र खाने  यो उ बताउने तिमी ।
    कैले भने  मस्त पारी मताउने तिमी ।
    जिन्दगीका सबै रहर पुरा गरि दिँदै ,
    चाहिँदो र अचाहिँदो जताउने तिमी ।
    आफूले नै आफूलाई सताउने तिमी ।
    ३
    कोमल ति  हातहरू छमाउने तिमी ।
    मेहनत  दुःख  गरि   कमाउने तिमी ।
    कर्मनिष्ठ  संघर्षमा  दिन  बिताउँदै,
    बल   बुद्धि  पौरखमै  रमाउने तिमी ।
    हातमाथी हात राखी थमाउने तिमी ।
    ४
    कैलेकाहीँ हाट मेला घुमाउने तिमी ।
    आनन्दले  लट्ठ पारी चुमाउने तिमी ।
    जवानीको  रँग  चढे  तिमी रमाउँदै,
    मोहनीले   मस्तसँग  झुमाउने तिमी ।
    थकित यो जिन्दगी नै उमाउने तिमी ।
    ५
    मन्द हाँसो मुस्कानमा लजाउने तिमी ।
    प्रकृतिको  फूलबारी  सजाउने तिमी ।
    मायाप्रीति   बराबरी   सबैसँग   गर्दै ,
    आफूले नै आफैँलाई  कजाउने तिमी ।
    परिश्रम    भक्तिप्रेम   भजाउने तिमी ।

    ✍️गुणनिधि घिमिरे, पाँचथर खान्द्रोङ्गबाट
    हाल अमेरिका ।
    …………………………………………………

    पञ्चाङ्ग   १२

    पिँध नभएको लोटाको  कुनै भर हुँदैन।
    सोझासाझा जनताहरूको त डर हुँदैन।
    चोक्टा खाने जालझेलहरु गए  मौलाउँदै,
    उन्मादी दिप छन् दायाँ बायाँ कुनै घर हुँदैन।
    अचलमय विधि  शासनमा  कर हुँदैन।

    ✍️मन मुटु संगम घिमिरे
    भुमिका स्थान ९ , अर्घाखाँची ।
    ………………………………………………

    पञ्चाङ्ग   १३

    वियोगको त्यो रात सम्झेर ।
    झरेको उही पात सम्झेर ।
    आँसु सागर बन्यो जिन्दगी,
    सौम्य फूलको घात सम्झेर ।
    दु:ख पिरको खात सम्झेर ।

    ✍️आर्त अकुलीन, कैलाली
    …………………………………

    पञ्चाङ्ग   १४

    काेही आज गाँसकाे निम्ति  लडेका छन्  ।
    काेही यहाँ वासकाे  निम्ति लडेका छन् ।
    शक्ति प्रदर्शनीको हाेडमा दुनियाँ ,
    गर्दै युद्ध  नासकाे निम्ति  लडेका छन् ।
    राेगी बाँच्ने आशका निम्ति लडेका छन् ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   १५

    खुसी कति छ आफ्नै त्यो मनमा हेर।
    दुःख कति छ दु:ख त्यो जनमा हेर।
    सुख र दु:ख सिक्काको दुई पाटा हाे,
    आनन्द कति छ आफ्नै तनमा हेर।
    शान्तिकाे लागि हरियाे वनमा हेर।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    पन्चाङ्ग   १६

    आफै  भित्र खाेजाैँ शान्ति बाहिर कोचेर पाइँदैन ।
    कुरा सुधार्दै लानुपर्छ, केही लोचेर पाइँदैन ।
    हाँसेर हेरे दुखभित्र पनि जिवन छनै पक्कै
    जे चितायाे त्यस्तो कुनै  कुरानि साेचेर पाईदैन ।
    कर्म गरे खुसी मिल्छ रे फल घाेचेर पाइँदैन

    ✍️उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    पञ्चान्ङ्ग    १७
    [०१]
    थकानले त   फत्रक्क  गल्छ जिन्दगी।
    कलियुगमा   यन्त्र  झैँ  चल्छ जिन्दगी।
    घमण्ड      नगर   ए    सम्पुर्ण  मानव ,
    एक दिन     अवश्य त  ढल्छ जिन्दगी।
    आगोको चितामा राखे जल्छ जिन्दगी।
    [०२]
    तिम्रो मुखको सुर्ती र ज्यानको फुर्तीको काम छैन ।
    प्रेमका खातिर देखायौ  तिम्रो घुर्कीको काम छैन ।
    यस्तै हो प्रिय जिन्दगी सुख  दु:खको समुन्द्री आधी ,
    आस्था छैन भने  कुनै शालिक वा मुर्तिको काम छैन ।
    प्रिय समय घर्के पछि क्षति  पुर्तिको काम छैन ।

    ✍️पुजा आराधना  , बिराटनगर ।
    …………………………………………………………

    पञ्चाङ्ग   १८

    सबैलाई सजिलो मलाई मात्रै गारो भएर पो ।
    अरूलाई त खुल्ला मलाई चाहिँ भारो भएर पो।
    सम् योगदानको कदर समान हुनुपर्ने पक्कै,
    देख्दछु अन्त फूल मेरो ढुङ्गाझैँ सारो भएर पो।
    सम्पूर्णलाई खाना मलाई खोइ चारो भएर पो ।

    ✍️कल्पना दाहाल, झापा ।
    ………………………………………………………

    पञ्चाङ्ग    १९

    राजनीति चलाउने सबैकाे धन्दा भयो ।
    नचल्नेकाे राजनीति खेलनै मन्दा भयो ।
    चारैतिरबाट आफ्नो खल्ती भरेकाले नै ,
    नेताहरूले खेलेको भूमिका गन्दा भयाे ।
    देश गरिब छ भनेर माग्ने चन्दा भयो ।

    ✍️प्रविणा “पल्लवी” , महोत्तरी ।
    ……………………………………………

    पञ्चाङ्ग   २०
                                        
    आखिरीमा छिरियो जून खोजेर ।      
    खानाको साथैमा त नुन खोजेर ।          
    अकस्मात आखिरी सफा पहल ,         
    भेटिएको  जमात   गुन  खोजेर ।        
    अब पनि  बसेको  कुन  खोजेर ।       

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………

    पञ्चाङ्ग   २१  [ पहिलो प्रयास ]

    मायामा हाम्रो चल्यो भने हुरी तिमी के गर्छौ।
    तिम्रै सन्तापमा  भएछु  लुरि  तिमी के गर्छौ।
    टाढिनु  पर्ला  समय दिन नसकिएला प्यारा ,
    यस्तै गरि बढ्दै गयो भने दुरी तिमी के गर्छौ।
    प्रहार  होलान्  वचनका  छुरी तिमी के गर्छौ।

    ✍️रेणु चन्द, डोटि ।
    ……………………………………………………

    पञ्चाङ्ग   २२

    कति निष्ठुरी है याे   मान्छेको     जात   हुँदैन ।
    काेमल् मुटुभित्रै     हानिदिन्छन्   लात हुँदैन ।
    स्मृतिका पानामापल्टिँदिन्छन्  सम्झना किन?
    सम्हालेर    राख  बन्छन्   आफै खात  हुँदैन ।
    अन्धकारमा  आज   पूर्णिमाका    रात हुँदैन ।

    ✍️लक्ष्मी घिमिरे दाहाल, झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   २३

    हिजो आजका छोरा बुहारीले बा,आमालाई सभार सम्झिन्छन्।
    त्यसैले होला आमा बाउ बृद्ध आश्रम लान हतार सम्झिन्छन्।
    दुखगरेर   हुर्काई   बढाई   पढाई  लेखाई   ठूलो बनायो,
    तिनै  छोरा छोरीले  हजुर  बाउ आमालाई गवार सम्झिन्छन्।
    मिठो मसिनो खान नदिई सारा सम्पतोको हक्दार सम्झिन्छन्।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   २४

    बालकैमा आमाको काख छोडी आऊन पर्यो।
    संधै हिंडेका बाटाहरु मोडी आऊन पर्यो।
    लेखान्तमा लेखेको नै यस्तै रहेछ र होकी,
    बा आमाको मायाको डोरी तोडी आऊन पर्यो।
    माईतिको ममतालाई गोडी आऊन पर्यो ।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला- ३६

    गीत – म मरेँ भने प्रिया !

  • ७ चैत्र २०७९, मंगलवार २१:५४ मा प्रकाशित
  • गीत – म मरेँ भने प्रिया !

    अविचल आस्था मणि
    तनहुँ ।

    म मरें भने प्रिया तिमी कहिल्यै नरूनू
    अकस्मात् पर्छ चोट विचलित कहिल्यै नहुनू

    निर्दोष र पूर्ण मान्छे, कहिले को पो बन्न सक्छ ?
    मर्ने म कहिले भन्दै कस्ले पो र भन्न सक्छ ?

    सम्झेर मेरा गल्ती सबै निर्मल मनलाई ढाढस दिनू
    बाँच्छु एक्लै संघर्ष गरी, भन्दै मनमा शाहस लिनू

    बितेका पल ती फर्कदैनन्, अप्ठेरा बढेका तर्कदैनन्
    सञ्जीवनी बुटी ल्याई कुनै वैद्यले छर्किदैनन्

    हौसला बढ्यो यो फैसला गरी नभर्नू आँसु आँखा भरी
    म भेट्ने छु प्रतीक्षा बैकुण्ठ स्वर्ग माथि परी !

    २०७९/१२/०७, साँझ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on गीत – म मरेँ भने प्रिया !

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ९५ सम्पन्न

  • ७ चैत्र २०७९, मंगलवार ०७:०९ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास – ९५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू !!!

    /उदक/
    देखासिकी
    मौलाउँदै विकृति
    धरापमा मौलिक संस्कृति !

    • वसन्त अनुभव
      घोराही, दाङ

    [१]
    विदेशी
    संस्कृति भित्रिँदै
    नेपाली संस्कार मेटिँदै !

    • भगवती दवाडी, झापा

    [२]
    विदेशी
    संस्कृति आएको
    नेपालको स्वाभिमान खाएको !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [३]
    नक्कल
    विदेशी संस्कृतिले
    बिगार्‍यो स्वदेशमा चलन !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [४]
    विकृती
    केकमा श्रद्धाञ्जली
    पश्चिमा संक्रमित संस्कृति !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [५]
    विकृति
    कुण्ठित मनाेभाव
    देखा अनदेखा प्रवृत्ति !

    • राेशन पराजुली, धरान

    [६]
    संकृति
    विपरीत दिशा
    भाेलि हुन्छ निशा !

    • नवराज भट्ट, कञ्चनपुर

    [७]
    अहो!
    कस्तो समवेदना ?
    केकमा लेखिन्छ श्रध्दाञ्जली !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [८]
    कुरिती
    बिगारियो थिती
    मिलेर सपारौं नीति !

    • टीकाराम पुन ‘टिपु’
      छत्रेश्वरि गाँउपालिका-२, सल्यान

    [९]
    नक्कल
    भालुको कञ्चट
    संस्कृतिको नाममा विकृति !

    • आर्त अकुलीन, कैलाली

    [१०]
    विनाश
    विपरीत बुद्धि
    हराउँदै संस्कार संस्कृति !

    • प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे

    [११]
    संस्कृति
    मौलायो विकृति
    समाजको भयो अधोगति !

    • पशपती राई, खोटाङ

    [१२]
    नक्कल
    नेपालीको अक्कल
    केकमा समवेदनाको बक्कल !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [१३]
    देखासिकी
    हराउँदै संस्कृति
    पश्चिमी शैलीको फेसन !

    • उर्मिला के.शी., धनकुटा

    [१४]
    विकृती
    देशमा ल्याएका
    विदेशी भित्र्याए संस्कृति !

    • बेदु न्यौपाने, काठमाडौ

    [१५]
    संस्कार
    अरुको नक्कल
    आफ्नो देखियो सक्कल !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [१६]
    मौलिकता
    हराउँदै गएको
    हाम्रो साँस्कृतिक विविधता !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [१७]
    दिमाग
    घुम्दै फनफनी
    पूर्व न पश्चिम !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [१८]
    चलन
    पनि कस्तो
    श्रद्धाञ्जली केकमा सस्तो !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१९]
    सम्झना
    जन्मदिनमा आमाको
    श्रद्धासुमन अश्रुका भाव !

    • चक्र आलेमगर ‘लाफा’, कैलाली

    [२०]
    जन
    मानव मन
    चटक्कै बिर्सेर आफ्नोपन !

    • भवानी घिमिरे, सर्लाही

    [२१]
    कुसंस्कार
    आमाको मृत्युमा
    पिण्डको ठाउँमा केक !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [२२]
    श्रद्धाञ्जली
    उल्टो संस्कार
    लिनेलाई पनि तिलाञ्जली !

    • घनश्याम पौडेल, पोखरा

    [२३]
    नक्कल
    बिर्सेर संस्कृति
    हदैसम्मको देखियो विकृति !

    • दुर्गा भमरकोटे सुसेली, काठमाडौँ

    [२४]
    बिलखबन्द
    अनौठो दृश्य
    बाटो बिराएका मानवहरू !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२५]
    अचम्म
    बिकृति मौलायो
    जमाना कस्तो आयो !

    • सरिता सेढाई, धादिङ

    [२६]
    अचेल
    विदेशी चलन
    आफैंले सजाएको बडप्पन !

    • मनाेज थापा, कैलाली

    [२७]
    विकृती
    धर्म हरायो
    मान्छेमा कुसंस्कार पलायो !

    • रिता खराल, रुपन्देही

    [२८]
    आमा
    संसार सृष्टिकर्ता
    सम्मान माया सदैव !

    • साहित्य प्रेमी सलिन, जुम्ला

    [२९]
    समाज
    माैलाउँदै विकृति
    बिर्सेर माैलिक संस्कृति !
    -श्रद्धा आचार्य, पोखरा

    [३०]
    अचम्म
    बिर्सेर संस्कृति
    भित्रिन थाल्यो विकृति !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३१]
    नक्कल
    निभाउने दियो
    कुसंस्कार देशमा भित्रियो !

    • धनमाया चौधरी, कैलाली

    [३२]
    संस्कृति
    मारमा पर्दा
    बन्यो कस्तो विकृति ?

    • रमेश प्रभात, चितवन

    [३३]
    पिण्ड
    आमाको नामको
    विसर्जन आफ्नै पेटमा !

    • मानन्धर रमेश

    [३४]
    संसार
    पराकाष्ठ विकृतिको
    उल्टो चल्दै संस्कार !

    • सरस्वती वली

    [३५]
    वास्तविक
    हाम्रो परम्परा
    कथितद्वारा संस्कृति धरापमा !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    [३६]
    पापी
    जिउँदैमा रुआइ
    मरेर छोरा हँसाइ !

    • हीरा तामाङ

    [३७]
    विकृती
    मौलाउँदै आयो
    खायो नेपाली संस्कृति !

    • इन्दिरा देवकोटा, कपिलवस्तु नपा-३

    [३८]
    आश्चर्य
    संस्कार हिनता
    स्वधर्ममा कालो धब्बा !

    • यानेन्द्र जोशी

    [३९]
    श्रद्धाञ्जली
    संस्कारमा खल्लीबल्ली
    केकमा चढाए अञ्जली !

    • अम्बिका अधिकारी, झापा,बिर्तामोड

    [४०]
    आफ्नै
    बाटो बिर्सँदै
    हिँड्दै समाज घिर्सँदै !

    • बालकृष्ण खनाल, टीकापुर

    [४१]
    संस्कृति
    बिगार्यौ दुष्ट
    छिट्टै भोग्नेछौ अनिष्ट !

    • मङ्गला उपाध्याय, बारा

    [४२]
    संस्कृति
    मौलाउँदै विकृती
    रहेन सामाजिक थिती !

    • दुर्गा भट्टराई

    [४३]
    संस्कार
    विकृति अधमरो
    मुर्दालाई केक दह्रो !

    • जमुना कायस्थ, पोखरा

    [४५]
    संस्कार
    कता हरायो
    खराब नालायक छाराे !

    • सुदिप पुर्कुटि(लुरे)
      सिन्धुली हाल: ललितपुर

    [४५]
    संस्कार
    सोचको आकार
    समयले दिएको उपहार !

    • म्यामराज राई, भोजपुर

    [४६]
    मातृत्व
    रगतको छाल
    सन्तान भए बेहाल !

    • सविता के.सी., काठमाडौँ

    [४७]
    भावना
    सुखदुःखको सबै
    विकृतिको आडम्बरमा थन्किएको !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [४८]
    नक्कल
    विदेशी संकृतिकाे
    मननीय विषय विकृतिको !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४९]
    संस्कृति
    हराउदै गएको
    मौलाउँदै बाहिरी संस्कार !

    • खेमराज पुरी, कैलाली

    [५०]
    संस्कार
    विदेशी नक्कल
    रहन्न अब भक्कल !

    • त्रिलोक रामदाम
      भैरहवा, रुपन्देही

    [५१]
    नेपाली
    मृत्युमा खुसीयाली
    हाँस्छौं कुसंस्कार बसाली !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [५२]
    विकृति
    देखासिकी बढ्दै
    आफ्नो पहिचान भुल्दै !

    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला – ९५ सम्पन्न

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • ७ चैत्र २०७९, मंगलवार ०६:५० मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    वसन्त
    कैदी भावनाबिच
    आर्तनादमा फुलेका फूलहरू !

    २
    दुर्व्यसन
    प्रदुषित वातावरण
    आखिर अकालमा मृत्यु !

    ३
    ज्वालामुखी
    धरतीकै विनासकारी
    वेदनामा सम्पूर्ण चौतारी !

    ४
    गुराँस
    भिरमा फुल्ने
    पिरमा पनि मुस्कुराउने !

    ५
    चौतारी
    उकाली ओराली
    गमलामा मुस्कुराउँदै जिन्दगी !

    ६
    पिँजडा
    चराको जेलघर
    मूक दर्शक मानिस !

    ७
    गुराँस
    राष्ट्रिय फूल
    राष्ट्र राष्ट्रियताको मूल !

    ८
    नक्कल
    भालुको कञ्चट
    संस्कृतिको नाममा विकृति !

    ९
    फूलहरू
    प्राकृतिक उपज
    सृष्टिको अनुपम उपहार !

    १०
    लालुपाते
    प्राकृतिक उपज
    जीवनका अनेक रङ्गहरू !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    विराटनगर घोषणा पत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

  • ६ चैत्र २०७९, सोमबार ०८:१० मा प्रकाशित
  • नेपालको कोशी प्रदेशको सुन्दर सहर विराटनगरको राम जानकी सेवा सदनमा जारी तीन दिवसीय नेपाल-भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ ।
    महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियोे । महोत्सवको अन्तिम दिन १० बुदे विराटनगर घोषणा जारी गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियोे ।

    उक्त महोत्सवको औपचारिक उद्घाटन चैत ३ गते भएको थियो । उद्घाटन सत्रको समापन सँगै लघुकथा वाचन कार्यक्रम सञ्चालन गरिएको थियोे । जसको संयोजन नेपालमा सर्वप्रथम लघुकथामा विद्यावारिधि गर्नुभएका व्यक्तित्व डा.पुष्करराज भट्टले गर्नुभएको थियो । उक्त अवसरमा मनोहर पोखरेल, निरज कोइराला, पुष्पा सायरा लगायत नेपाल तथा भारतका दुई दर्जन बढी लघुकथाकारहरूले आ-आफ्ना लघुकथा वाचन गर्नुभएको थियोे ।

    प्रथम दिनको दोस्रो सत्रमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियोे । जसको अध्यक्षता दाङका साहित्यकार एवम् चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनालले गर्नुभएको थियोे । उक्त अवसरमा नेपाल र भारतका वरिष्ठ कविहरूले आ-आफ्ना कविता वाचन गरेका थिए ।

    महोत्सवको दोस्रो दिन पनि कविता वाचन कार्यक्रमलाई निरन्तरता दिइएको थियोे । टुक्का साहित्य समाजका केन्द्रिय उपाध्यक्ष एवम् साहित्यकार वसन्त अनुभवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता भारतका कवि एवम् साहित्यकार राजकुमार जैनले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा.विजय पण्डितले गर्नुभएको थियोे । कार्यक्रममा नेपाल तथा भारतका थुप्रै कवि तथा साहित्यकारहरूले आफ्ना रचना वाचन गर्नुभएको थियोे ।

    पुस्तक विमोचन कार्यक्रम

    विमोचित पुस्तक अनमोल रत्न

    जारी महोत्सवको दोस्रो दिन नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका आधा दर्जन पुस्तकहरू लोकार्पण गरिएका थिए । साहित्यकार एवम् कार्यक्रमका प्रमुख अतिथि वसन्त अनुभवले उक्त पुस्तकको लोकार्पण गर्नुभएको थियोे ।

    विमोचित पुस्तक आदिकवि भानुभक्त आचार्य केही विचार

    विमोचित पुस्तकहरूमा नेपालका १२ जना मुक्तककारहरू (अमृता रसाइली रामदाम, अम्बिका खरेल उप्रेती, सीता शर्मा पन्थी, रमा दाहाल खतिवडा, सुनिता बराल, सन्जना शर्मा, गणेश लोहनी, घनश्याम पौडेल, तेजप्रसाद खनाल, यज्ञलाल सुबेदी, नागेन्द्र यादब, प्रेम सुनार) को संयुक्त सङ्ग्रह “अनमोल रत्न”, साहित्यकार लक्ष्मीकान्त शर्माको पुस्तक “आदिकवि भानुभक्त आचार्य केही विचार”, भारतीय कथाकार डा.अलका वर्माको हिन्दी कहानी सङ्ग्रह “गुलमोहर”, भारतीय कवि Preeti Saini को poems and prose poems “The Essence Of A Fulfilled Life” लगायतका पुस्तकहरू रहेका छन् ।

    विमोचित पुस्तक गुलमोहर

    विमोचन पश्चात् जारी कार्यक्रममा नेपाल लगायत भारतका कवि तथा साहित्यकारहरूले टुक्का कविता, कविता, गजल, चारु, मुक्तक आदि वाचन गर्नुभएको थियो ।

    महोत्सवको अन्तिम दिन साहित्यमा अनुवादको महत्व बारे छलफल गरिएको थियो । जसमा डा. पुष्कर राज भट्ट, डा. घनश्याम परिश्रमी, विभारानी श्रीवास्तव, राजेन्द्र गुरागांई, डा. देवी पन्थी लगायतको सहभागीता रहेको थियो । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, वसन्त अनुभव, तेजप्रसाद खनाल लगायतको रहेकोे सक्रिय सहभागीता रहेको थियोे ।

    विमोचित पुस्तक “The Essence Of A Fulfilled Life”

    महोत्सवको अन्तिम दिन जारी घोषणापत्रमा नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एकअर्को देशमा प्रवर्द्धन गर्ने, महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने, आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने, युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एकअर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्ने लगायतका कुराहरू रहेका छन् ।

    महोत्सवमा नेपालका सातै प्रदेशका र भारतको महाराष्ट्र, उत्तर प्रदेश, झारखंड, असम, अरूणाचल प्रदेश, सिक्किम, मध्य प्रदेश, राजस्थान, दिल्ली, पंजाब, हरियाणा, उत्तराखंड, बिहार, छत्तीसगढ लगायत क्षेत्रका ३५० भन्दा बढी कवि/ साहित्यकार/ कथाकारहरूको सहभागीता रहेकोे थियोे । जसमध्ये २५० भन्दा बढीले रचना वाचन गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विराटनगर घोषणा पत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७४

  • १ चैत्र २०७९, बुधबार २२:१९ मा प्रकाशित
  • साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७४ औँ शृङ्खला यही फागुन २० गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सदा कुर्सी मिलिरहोस् यसै गरी हरदम,
    चितामा नपुगुन्जेलसम्म कृपा नहोस् कम ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    साम, दाम, दण्ड र भेद, गरिराख झेल,
    मरेपनि कुर्सी लैजाऊ, उतै खेल्नु खेल ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    थर्थरी कामेका छौ हिँड्न सक्ने कोही छैन,
    कुर्सी तान्ने खेल खेल्छौ गर्ने केही त हैन ।
    🌑भगवती दवाडी
    दमक, झापा

    [३]
    लडाइँ गर्छन् जो पनि पद र कुर्सीकै लागि,
    विडम्बना देश चलाउँछन् अरुसँग मागी ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४]
    विदेशीका पाउ माेल बेचीबेची आमा,
    कुर्सी तिम्रो लड्ने छैन, बाँड काका मामा ।
    🌑निरज कोइराला
    इटहरी

    [५]
    कुर्सीमा बस्छाै मिलिजुली पालै पालाे,
    काेही अधि बढ्न खाेजे फिँजाछाैँ जालाे ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [६]
    सत्ता र कुर्सीको मोहमा मरिमेट्ने, लोभीपापीहरु,
    देशमा ताण्डव देखाउँदै छन् हेर ! मिलिजुली बरु ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [७]
    राजनीति गरेकै यस्कै लागि हत्तपत्त छोड्नु नै किन,
    सास रहुन्जेल यस्तै गर्छु, त्यही प्यारो कुर्सीलाई लिन।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमरिका,म्यासाचुसेट्स बोस्टन।

    [८]
    अरूलाई भ्रम दिएर शिखरमा पुग्नु छ हामी,
    विना निती राज गर्नुपर्छ सधैभरी नाडी छामी ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [९]
    अरू देश विकासमा अघिअघि सर्याे,
    कुर्सीमाेह मात्र बढ्ने बानी यस्तै पर्याे ।
    🌑धन कुमारी रेग्मी
    भरतपुर चितवन

    [१०]
    देश भक्तहरु हो कुर्सी हल्लाएर देखाऊ, छ भने दम,
    हामीलाई पनि लाग्छ देशको माया तर पार्टिभन्दा कम ।
    🌑 पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [११]
    कुर्सीमाेह नेतागणमा चुलिरहँदा यहाँ जहिल्यै,
    शान्तिपूर्ण सास फेर्ने दिनहरू आएन है कहिल्यै ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [१२]
    खाली कुर्सी मात्र भन्ने होइन, देशको चिन्ता गर,
    भोट दिइ पठाएका छन् जनतामा विश्वास छर।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [१३]
    बॅाचुन्जेल छोड्नु छैन, छलेर पाएको कुर्सी र शक्ति,
    चाहिया भए तिमीलाई, आई गर मेरै मात्र भक्ति ।
    🌑राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    हाल- प्रवास

    [१४]
    बाघ ती हेर कुर्सीको लागि अगाडि बढेका,
    आफैँले मात्र जान्ने छु भनी कुन्नि के पढेका !
    🌑आर्त अकुलीन
    कैलाली

    [१५[
    सधैँभरि लगातार मेरै छालाको घ्याम्पे भुँडी भर्न पाऊँ,
    जे गरे पनि केही नगर्ने जनतासँग यस्तै माया लाऊँ ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१६]
    कस्तो हो त्यो कुर्सीको मोह जसलाई पनि हुने,
    अनुभव भएन नशाले कहिले होला छुने ।
    🌑सरिता सेढाई
    धादिङ

    [१६]
    सत्ता स्वार्थमा किन नपल्कु ?
    जता ढल्कु मिल्छ उतै मल्खु !
    🌑बिबस पारदर्शी ,

    [१७]
    चिताएपछि कुर्सीमा पुर्‍याइदेउ चट्ट,
    इच्छाएका मनोकामना पूरा हुन्छन् फट्ट।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१८]
    बाेकेरै लैजान्छन् घाटमा, चिता पनि हाे उच्च आसन,
    बाँचुन्जेल मस्तिले गर्नै पर्याे जनता माथि शासन ।
    🌑मित्र उराठी गाैतम

    [१९]
    तिम्रो कानुन तिम्रो कुर्सी उसको ठूलो सत्ता,
    देशको विकास केहि छैन पचाकाछन् भत्ता।
    🌑मनोज खत्री अछामी

    [२०]
    नभरिने यो लोभको भाँडो,
    उमेरले काटे पनि डाँडो ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [२१]
    जनताले चाहेजस्तो अब राम्रो आओस् एउटा,
    मुलुक बनाेस् रामराज्यझैँ, मान्छे बनाेस् देउता ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि -३, कपिलवस्तु।

    [२२]
    पालो युवाको भनेर नधम्क्याइ सत्ता दिन जान्नुपर्छ,
    पिण्ड खानेबेलामा कुरा जनताले भनेको मान्नुपर्छ ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [२३]
    सत्तामा पुग्न भोट माग्दा चिच्याएर नेता ‘जनता नै मेरा हुन् भन्छन्,
    पद पाएपश्चात आफन्तलाई मात्र फाइदा दिनको लागि गन्छन् ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [२४]
    सदा कुर्सी एक अर्कोमा नै तानातान गर्छौ,
    जनता हेर्दा थाकिसके, शान्ति कहिले भर्छाै।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [२५]
    सुनकै कुर्सी मिलेपनि देशको निम्ति केही छार्ने हैन,
    थचक्क कुर्सीमा बसिसकेपछि दायाँ बायाँ देख्नु छैन।
    🌑दीपक ठटाल जलन

    [२६]
    देशमा अनेक रूपमा ~ छेपारे ~ छाए,
    सत्ताको लिसो चिप्लो घस्दै चेपारे आए ।
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २
    सल्यान

    [२७]
    विकासको नाममा कुर्सी मात्र सबै तान्ने,
    बाहिर आस देखाउँदै भित्र छुरा हान्ने ।
    🌑योगेन्द्र भट्टराई
    खोटाङ्ग दि.चु.गा.पा.४

    [२८]
    आफूलाई पो चाहिएको अरु अघि सर्छन्,
    आफ्नै बाबुको जन्मजात ल्याएको झैँ गर्छन् ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२९]
    जसो गर्यो त्यसै हुने भगवान दाहिना हुँदा,
    भएकै छ, बज्र पनि मैन हुन्छ तिमीले छुँदा ।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ ।

    [३०]
    कुर्सी पाउन अनेक तिगडम अपनाउँछन् खाली,
    सज्जनहरू सबै पाखा लगाई पुग्छन् केवल जाली ।।
    🌑बाबुराम पाण्डे
    शीतगंगा अर्घाखाँची ।

    [३१]
    राजनीतिमै त हो जालझेल गर्ने,
    जनतालाई मार्दै आफ्नो पेट भर्ने ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [३२]
    लुछिराख है बाँचुन्जेल न अघाउन्जेल टम्म,
    मरे कसले दिन्छ कुर्सी तिम्रा छोरा, नातिसम्म।
    🌑म्यामराज राई
    भोजपुर ।

    [३३]
    मर्ने बेला भइसक्यो कुर्सी अझै तिमीलाई प्यारो ,
    किन गर्छौ जालझेल किन बन्छौ जनताको तारो ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [३४]
    कुर्सीकै मात्र कुरा छन् आफू मात्र जान्ने जस्तो,
    नीति नियम पनि यहाँ लाग्दछ कस्तो कस्तो ॥
    🌑गुणनिधि घिमिरे
    सूर्यविनायक

    [३५]
    सधैँ कुर्ची मिलिरहोस् यसै गरी हरदम,
    बाँचुन्जेल नै चलिरहोस् आफ्नै हरहैकम ।
    🌑बाबुराम गौतम, गुल्मी

    [३६]
    साम, दाम, दण्ड ,भेदको कसैले नि कुरै नगर ,
    यो देश विकास गर्ने त म नै हुँ सबै भर पर ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [३७]
    ललाट तिम्रो बलियो रहेछ मर्ने बेलासम्म कुर्सीमा जाऊ,
    देशको युवालाई विदेशमा बेच्ने राजनीति गरेर खाऊ ।
    🌑शंकर कार्की
    मकवानपुर थाहा नगरपालिका ३,

    [३८]
    ईर्ष्यालु मान्छे सधैँ अरूहरूकाे रिस गर्छ,
    कहाँ मिल्छ त्यसै कुर्सी साम दाम जान्नुपर्छ ।
    🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३९]
    कुर्सीका कति कुपात्रहरू अघि बढेका,
    देश बेचेर आफ्नो घरमा मोती जडेका।
    🌑दुर्गा भट्टराई
    माेरङ

    [४०]
    चुनावमा जनतालाई झुक्याउने सिद्धान्तको आडमा ,
    चुनाव पछि महङ्गी बढाई सेक्ने जनताकाे ढाडमा ।
    🌑प्रद्युम्न चालिसे

    [४१]
    विदेशी प्रभु छन् हाम्रा, जनता छन् गुलामीमा,
    अधिकार त मुठ्ठीमा, राजकीय छ हामीमा ।
    🌑रामशरण न्यौपाने
    भक्तपुर

    [४२]
    कुर्सीकाे नै पद पाउन मात्रै अनेकौ कुरा खाली,
    राम्रो काम गर्नेलाई पाखा लगाउन थाल्छन् जाली।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    [४३]
    ठूला टाउकेका आँखा अघि घुम्छ केवल कुर्सी मात्रै
    हेर्नु कति अब जताततै कुर्सी प्रेमीहरूको जात्रै ।
    🌑रचना शर्मा प्रतीक्षा
    ललितपुर, नेपाल ।

    [४४]
    भागबन्डामा छ राज्यको प्रमुख अङ्ग,
    त्यसै जताततै भएको छ भङ्ग भङ्ग ।
    🌑सुमित्रा पोखरेल काठमाडौं

    [४५]
    असल शासक छैनन् यहाँ कुर्सीबादी गा’छन्,
    जनतालाई हेर्ने न्यायिक आँखा बन्द भा’छन् ।
    🌑Kopila Adhikari

    [४६]
    रत्तिभर सिन्का भाँच्दैनौ छैन कुनै काज,
    सत्ता हजुरकै भो नेता ज्यू गर्नुहोस् राज ।
    🌑बि.कुलुङ

    [४७]
    अब कति राजनीति गर्दै जालझेल गर्छौँ,
    मरिसकेका जनता मार्दै आफ्नो पेट भर्छौँ ।
    🌑दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ७४

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५ औँ शृङ्खला सम्पन्न

  • ३० फाल्गुन २०७९, मंगलवार २३:१३ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५ औँ शृङ्खला यही फागुन २७ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    काम होइन महोदय ! कुरा ठूला गरे हुन्छ,
    दुनियाँ छ यस्तै सारा, कामचोरकै कुरा सुन्छ ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    गफाडिकै दिन छ हजुर, गफ लाए हुने,
    काम गर्ने मेहनती त पर्छ जहिल्यै रुने ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    काम हैन हजुर कुरा बिक्ने सहर याे हाम्राे,
    फटाहा र कामचाेरलाई देख्छन् सबले राम्राे ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [३]
    दुरदृष्टि देखाउँदै सबै ठूला कुरा गर्छन् ,
    राज्यको धन भेटेपछि यि आफ्नै भुँडी भर्छन् ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [४]
    गफ मात्र गर्नेको दिन गएन कहिल्यै पनि,
    कम्मर कसौँ सब दुःखीको दिन ल्याउॅंन भनी ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।

    [५]
    काम गर्नु फिटिक्कै होइन, गफ लगाउँदै बस्छन्,
    यी कामचोरहरू एकदिन, दुई बल्ड्याङ खस्छन् ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [६]
    जसले बोल्छ झुठा कुरा उही पुग्छ माथि,
    काम गर्ने होइन है यी अल्छे तिघ्रे साथी ।
    🌑सरिता सेढाई धादिङ

    [७]
    कति वर्ष कटिसके देशमा रोजगारी र विकास छैन,
    गरिब दु:खी जनतालाई खै त देशमा शान्ति अनि चैन ।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [८]
    जो चोर उसैका हुन्छन् ठुल्ठुला कुरा,
    आफू बाहेक अरू, देख्छ साना भुरा ।
    🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [९]
    गफले बाँचेका छन् गफैले टिक्दैछन्,
    त्यस्तो ठालुबाट अरूले के सिक्दैछन्?
    🌑म्यामराज राई
    भोजपुर।

    [१०]
    देशको लागि दिलो ज्यान दिन्छु त भन्छन् कामभन्दा कुरा ठूलो गर्छन्,
    देश कता तिर गयो थाहा छैन । हरे ! खाली आफ्नै मात्र थैलो भर्छन् ।
    🌑सरस्वती श्रेष्ठ इटहरी

    [११]
    कामचोरकै पो जमाना छ साना कुरा कसले सुन्छ,
    जसले बोल्छ सत्य वचन उही यहाँ जहिल्यै रुन्छ ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [१२]
    जानेदेखि सानो हुन्न कुनै पनि काम,
    कुराले फल्छ कहाँ सुक्का मोहर दाम ?
    🌑बिके माकजु
    भक्तपुर ।

    [१३]
    सधैँभरि कुराले टार्न खोज्छ हुदैन काम कहिले पनि,
    विश्वास गर्नु मुर्खता हो चोरहरूले विकास गर्लान भनि।
    🌑शंकर कार्की
    थाहा ३ मकवानपुर

    [१४]
    चाेरलाई चाैताराे साधुलाई सुली चरितार्थ भयाे,
    देखाउने नेपाली दाँत चपाउने अर्कै देश गयाे ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर, हालः इटहरी

    [१५]
    गर्नु केही छैन गरेको छु भन्दै कुकुर जस्तो भुक्छन्,
    हे दैव जनता किन भेडा भए तिनैको सामु झुक्छन् ।
    🌑प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१६]
    अस्थिरताको हुरी चलाएर मपाइत्वले चढ्यो,
    काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर बढ्यो ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [१७]
    बेकाम जन अगाडि बढे कुरा नै गरेर,
    जन्मेको भूमि छोडेर गए समुद्र तरेर !
    🌑आर्त अकुलीन
    कैलाली

    [१८]
    बिचरा दुखी गरिब सधैँ मर्छन्,
    कसैले भने ठगेर खाने गर्छन् ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [१९]
    आएको बजेट आधा नै छिनिदिन्छ,
    सोध्यो भने नदेखेको झैँ गरिदिन्छ ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [२०]
    धाक धम्की कुरा ठूला अरे,
    काम गर्दा खुट्टा लुला गरे !
    🌑बिबस पारदर्शी ,

    [२१]
    कामचोर कुरौटेका दिन आए हेर,
    कर्म गर्ने मेहनती खेरा गए केर !
    🌑कमला देवकोटा, पाल्पा

    [२२]
    लुकिचोरीमा काम ठग्नेको मिलेमतो कुरा ,
    गतिविधि ठप्प राखेर बजेट झ्वाम पूरा ।
    🌑जमुना आचार्य सिन्धुपाल्चोक

    [२३]
    बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन,
    त्यसैले त यो ठाउँमा सिधासाधाको काम छैन ।
    🌑रत्ना पुन मगर

    [२४]
    नेपालीमा उखानै छ, बोल्नेको पिठो बिक्छ,
    गफाडिको अगाडि खै !, को मेहनती टिक्छ ?
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [२५]
    कामचोरले कुरा गर्छन्, पुरै तारा झार्ने,
    ठगी खाने अघि लाग्छन्, मेहनतीले हार्ने।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२६]
    ठूला कुरा गरेर पेट भर्नु पनि धन्दा नै भयो,
    यस्तै दुर्मतिले त राज्यको कोष पनि खेर गयो।
    🌑दीपक ठटाल जलन,११.०३.२३

    [२७]
    काम छैन जस्को किन हो उस्कै कुरा बिक्ने,
    कैले होला राम्रा कुरा हाम्रो देशमा सिक्ने !
    🌑दुर्गा आचार्य
    मोरङ

    [२८]
    काम होइन कुरा मात्रै गर्ने,
    मिलिजुली सबैले पेट भर्ने ।
    🌑योगेन्द्र भट्टराई खोटाङ्ग

    [२९]
    जाओस् काम जतासुकै, झुठो बोल्दा बढ्छ सान,
    समृद्ध नेपालको प्रगति, बढ्न सक्छ मान।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३०]
    कामकाे पछि किन पर्ने ? बाेल्न अघि सर्ने,
    लुटेराले कुम्ल्याई हाल्याे अब कसाे गर्ने ?
    🌑रामकृष्ण दुवाडी
    पाेखरा

    [३१]
    केका कामको मुल्याङ्कन भो र,
    यहाँ सबै जना छन् कामचोर ।
    🌑साँग्रीस मानन्धर मोती

    [३२]
    कामभन्दा धेरै अचेल गर्ने गर्छन् कुरा,
    मुखमा ठिक्क पार्नेको मनमा हुन्छ छुरा ।
    🌑बाबुराम पाण्डे
    शीतगंगा अर्घाखाँची

    [३३]
    अल्छे तिघ्रो स्वादे जिब्रो उखान गर्थे बुढापाका,
    जसले काट्छ मौरीको घार उसले खान्छ चाका।
    🌑नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३४]
    काम भने सिन्काे छैन गफ लगाउँछन् ठूला,
    हाम्रो देशका फटाहा सामन्त हुँ भन्ने मुला ।
    🌑केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपशश्चिम अछाम ।

    [३५]
    सोझा-साझा जेल पर्ने काम गर्छन् हेर,
    स्याबासी पाउने झोलेहरू हुन्छन् धेर।
    🌑परिक्रमा श्रेष्ठ
    धरान- १५, सुनसरी ।

    [३६]
    कानुन के कामका लागि भन्नेहरूको के भर,
    इमान्दारिताले संसार कहाँ नै चलेको छर ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [३७]
    कामभन्दा कुरा गर्नु बढी आनन्द मिल्छ
    मिठा मिठा कुराहरू बढी उसैले निल्छ।
    🌑रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।

    [३८]
    देश विकासको मीठो मीठो सपना भर्छन्,
    कामको भन्दा नि भाषणको विश्वास गर्छन्।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [३९]
    गफ कै खेलो फड्को छ सारा, दुनियाँमा चकित कुराले पार्छु,
    जे बोले हुन्छ लोकतन्त्रमा, अरुले फुकाउँछन् गोरु म नार्छु ।
    🌑रामप्रसाद पुरी
    बादेल खोटाङ

    [४०]
    कुरामात्र ठूलाठूला काम धाम छैन,
    कुरा मात्र गरेर नि हुने रै’छ चैन ।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [४१]
    कामको खोजी कसलाई छ, गफ दिए हुन्छ,
    गफाडीले नै आजकल हेर शिखर छुन्छ।
    🌑राजेशराज गड्तौला
    कॅाडाधारी, काठमाण्डौ
    हाल- प्रवास

    [४२]
    कुरा त ठूला अरुका हुन् मैले काम गर्छु,
    सुनिश्चित मेरा कुरा पाउमा शिर धर्छु ।
    🌑धन कुमारी रेग्मी
    चितवन

    [४३]
    चुनाव आयाे सबै दलकाे विकासको नारा घन्कियाे,
    चुनाव जिती गयाे विकास बजेट गाेजीमा थन्कियाे।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [४४]
    विकास छ ठप्प यहाँ नेता हुँदा हरामखोर,
    कहिल्यै माखो मार्ने हैनन् अल्छी अनि कामचोर ।
    🌑बाबुराम गौतम, गुल्मी

    [४५]
    रीत नै यस्तो बसेपछि कसको के लाग्छ,
    कामचोरको अगाडि नैतिकता नि भाग्छ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [४६]
    यस्तो गर्छु उस्तो गर्छु भनेर ठूला कुरा गर्छन् ,
    देशको ढुकुटी रित्याएर आफ्नै भकारी भर्छन् ।
    🌑सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    [४७]
    काम बन्दैन पैसामा, बिक्ने मान्छे ठूला भए,
    दूध के मिल्छ गोठालो, साँढेका गोठमा गए।
    🌑रामशरण न्यौपाने,भक्तपुर

    [४८]
    जाली फटाहाको भनाइ कसले सुन्छ,
    आफ्नो मनले जे देख्छ त्यही गरे हुन्छ ।
    🌑सुशीला पौडेल

    [४९]
    गफैले सम्मान मिल्छ दाम अनि नाम,
    सिको उनकै गर्दछु म को गर्छ काम ।
    🌑शान्ति चन्द पाल
    धनगढी कैलाली

    [५०]
    सधैँ झुठा भाषणले मात्र देश चलाउनेले
    के गर्लान् र राष्ट्रकाे हित जनता ढलाउनेले ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५१]
    राजनीतिलाई पेसा बनाए लुटेर खाने,
    जनताले पनि सधैँभरि उस्तैलाई छाने ।
    🌑सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [५२]
    कुरो र कुलोलाई त जता लगे पनि हुन्छ,
    कामभन्दा तिम्रा गफले आकाश पनि छुन्छ ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [५३]
    यस्तो तालले नि सबै निमुखा गरिब जनताका चुलामा आगो बल्छ ?
    जसलाई केही गर्लान् कि भनेर पदमा पठायो उसैले बढी छल्छ !
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [५४]
    काम गर्ने होइनन् ती कुरा गर्छन् ठूला,
    जुन जोगी आएपनि उहीँ ड्याङ्का मुला ।
    🌑कोपिला अधिकारी
    गोरखा सिरानचोक

    [५५]
    लुटेरा नेताले देश कङ्गाल बनाएका,
    सत्ताकाे लागि छन् विदेशीलाई कनाएका ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७५ औँ शृङ्खला सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – ३५

  • ३० फाल्गुन २०७९, मंगलवार २१:०७ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३५ [पैंतीसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/२२ र २३ गते  समय :- साँझ ८ बजे

    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️कहिले देवता त  कहिले धाम हराउँछ [०१]
    ✍️कंस भेटिन्छ कलियुगमा राम हराउँछ [०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    ✍️ज्यानै अर्पेर  जसले  बचायो देशलाई [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️नागरिकताबाट  उसैको  नाम हराउँछ [०४]
    ✍️कहिले देवता त  कहिले धाम हराउँछ [०५]
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  
    …………………

    उदाहरण पञ्चाङ्ग
    ………………………

    कहिले देवता त  कहिले धाम हराउँछ [०१]
    कंस भेटिन्छ कलियुगमा राम हराउँछ [०२]
    ज्यानै अर्पेर  जसले  बचायो देशलाई [०३]
    नागरिकताबाट  उसैको  नाम हराउँछ [०४]
    कहिले देवता त  कहिले धाम हराउँछ [०५]

    💢पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०१]

    घरी जून  हराउँछ  घरी  घाम हराउँछ ।
    कंस भेटिन्छ कलियुगमा राम हराउँछ ।
    ज्यानै अर्पेर  जसले  बचायो देशलाई ,
    नागरिकताबाट  उसैको  नाम हराउँछ ।
    कहिले देवता त  कहिले धाम हराउँछ ।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०२]

    नजर  जुधाउन  आयौ  र  त ठाउँ  दिएँ मैले।
    इरादा  बुझाउन  आयौ  र  त  नाउँ दिएँ मैले।
    मेरो खुशी भन्नू नै तिम्रो  चाहना हो भन्ने बुझ,
    निवास  सुधाउन  आयौ  र त  गाउँ दिएँ मैले।  

    नसोचेको कुरा तिमीलाई त्यो  भाउ दिएँ मैले।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    पञ्चाङ्ग    [०३]

    पढेर पनि   झरेको मान्छे हो ऊ ।
    छलेर अघि सरेको मान्छे हो ऊ ।
    खराब सङ्गतको तालमा नाच्दा ,
    आँशु पिएर मरेको मान्छे हो ऊ।
    दिनहुँ दु:ख गरेको मान्छे हो ऊ ।

    ✍️प्रभा पोखरेल, हाल काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [०४]

    तिम्रो अहमताले उठिबास लाग्ने छ एकदिन।
    भएको धन दौलत सबै नै भाग्ने छ एकदिन।
    सम्झना रहोस् महोदय अरूलाई बोल्ने गरेका,
    त्यहि शब्दहरूले आफैँलाई दाग्ने छ एकदिन।
    मेरा  प्रश्नहरुले नि उत्तर माग्ने छ एकदिन ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………

    पञ्चाङ्ग   [०५]

    आँखाले  हेर्छु  तर  तिम्रो दिलमा राम रहेनछ ।
    खोजी  गर्दै  हिँडे  भेटिने  समय गाम रहेनछ ।
    माया गर्दा राम्रो बोलेर त विश्वास भएन हाम्रो,
    बिसाउन खोज्छु बिसाउने राम्रो ठाम रहेनछ ।
    टेक्ने थिएँ  राम्रोसँग त्यो  मसँग दाम रहेनछ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………………

    पञ्चाङ्ग   [०६]

    लुटमार  गर्न जुटेका फुटेर जान्छन् ।
    घर भित्रकै ढुकुटी नै भुटेर  जान्छन् ।
    कसले  बुझ्ने व्यबहार उनीहरूको
    सबैको मन र मस्तिष्क लुटेर  जान्छन्।
    नालायकले आफ्नैलाई कुटेर जान्छन्।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    मान्छे साँच्चै मान्छे हुने दिन कहिले आउँछ?
    दुखी  देख्दा  मन  छुने दिन कहिले आउँछ?
    दिनरात   नभनी   बटुली,  गाँठो  पारेको छ,
    चित्त  अघाइ  त्यो, फुने दिन कहिले आउँछ?
    अरुलाई  दुख्दा  रुने  दिन, कहिले  आउँछ?
                             
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०राँझा एयरपोर्ट बाँके ।
    ………………………………………………

    पञ्चाङ्ग   [०८]

    अशुभ समाचार सुन्छु, छानामा काग कराउँछ।
    जताततै अभावै अभाव  भोको राग कराउँछ।
    कराउँदैछ सडकमै न्याय अन्याय स्वरहरू,
    तेरो मेरो  पदमा असन्तुष्टका भाग कराउँछ।
    “कारबाही गर” अपराधी फाल्ने माग कराउँछ।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ………………………………………………

    पञ्चाङ्ग    [०९]

    अभ्यास गर्दै जादा अवश्य आउँछ यहाँ ।
    खोला होईन तिर्खा जहिले नि धाउँछ यहाँ ।
    जीवन भन्नु यस्तै नै रहेछ यहाँ के गर्ने ?
    हरेक कुरा जान्न,सुन्न, गर्न मन लाउँछ ।                 

    निमुखाको दु:ख पीडाले नै  छाउँछ यहाँ ।

    ✍️लक्ष्मी घिमिरे दाहाल, झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    सारा बोट खाने किराहरू ।
    पाए नोट खाने किराहरू ।
    लेक बेंसी सबै सकेपछि,
    आफैँ चोट खाने किराहरू ।
    अनि खोट खाने किराहरू ‌।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………

    पञ्चाङ्ग   [११]
    [०१]                                
    रातमा जून दिनमा घाम आउँछन्।
    देश संकट ले गर्दा राम आउँछन् ।
    धर्तीमा भगवान सधैं जन्मेको छन्,
    मन सम्झ सधैं देव धाम आउँछन्।
    स्वार्थी चुनावमा नेता गाम आउँछन् ।
    [०२]
    देशमा बर्बरता को अवस्थाले  राम आउँछन् ।
    चहकिला पूर्व उदाएर पश्चिम् घाम आउँछन् ।
    देशमा अस्थिरता ले गर्दा राम आउँन बाध्य ,
    सत्ता खिचातानी गर्छन् खै सुधार्न गाम आउँछन् ।
    जैले नि सत्ताको कुर्सीमा बस्न हराम आउँछन् ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१२]

    हेर्दा  सुन्दर   देखिने  गाउँ  मेरो हो।
    मिलेर  बस्ने जनको   ठाँउ मेरो हो।
    हाम्रो नेपालको  वर्णन कस्तो  गरुँ,
    त्यही ठाउँमा खेलेको पाउ मेरो हो।
    काली  भनेर  बोलाए नाउँ मेरो हो।

    ✍️कला ढकाल , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [१३]

    काँडाबिच जब  गुलाफ फुल्दछ धेरै ।
    प्रकाशमा  त्यो सूर्य फूल खुल्दछ धेरै ।
    कठिनाई र सहजताकाे  याे जीवन,
    सङ्घर्षकाे सफलतामा झुल्दछ धेरै
    परिश्रमको फलमा मन डुल्दछ धेरै।

    ✍️टीकाराम जाेशी, इमाडोल ।
    …………………………………………

    पञ्चाङ्ग   [१४]

    नानाथरि कुरा गरि  आगो  बनायौ मलाई ।
    तानेर छिनिने काचो धागो  बनायौ मलाई ।
    आपसी मतभेद  बढ्नाले द्वन्द सुरु भयो,
    जिस्काउने गर्नाले नै खागो बनायौ मलाई ।
    एकै ठाउँ उभिने त्यो टाँगो  बनायौ मलाई ।

    ✍️संगिता शर्मा , सिन्धुली  ।
    …………………………………………………

    पञ्चाङ्ग   [१५]

    निमूखाको लाठी बन्नु तिमी ।
    आफ्नै पाखा बारी खन्नु तिमी ।
    पसिना    बगाऊ   यही माटो ,
    यहीँको   कमाई  गन्नु   तिमी ।
    यहीँ अर्ती सबैलाई भन्नु तिमी ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [१६]

    पत्र  लेखेर मात्र  हुँदैन नी   पठाउन  खाम चाहिन्छ।
    खामको दायाबाया पठाउने पाउनेको नाम चाहिन्छ।
    पत्रमा  बहुत  ईमर्जेन्सी कुरा   लेखिएको  भएपनि,
    हल्करा दाईलाई हिँडन पनि त तातो घाम चाहिन्छ।
    हिँडदा हिँडदा थकाई लाग्छ अनि खान माम चाहिन्छ।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१७]

    नराख भो त्यो दिलभित्र भुले हुन्छ अब।
    डाली छानी छानी नि कतै डुले  हुन्छ अब।
    तिम्रो मेरो सम्बन्धमा धमिरा  लागे पछि,
    बादल फाटी अर्कैतिर खुले हुन्छ अब।
    अन्त कतै को  बगैंचामा फूले हुन्छ अब।

    ✍️चेतना पोखरेल, मोरङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१८]
    [०१]
    नेताको घैंटोमा अब घाम लागे हुन्थ्यो।
    यदि घाम नलागे जनता जागे हुन्थ्यो।
    कति हो सहने राणा शासन यिनका,
    काम गर्न नसके त अन्तै भागे हुन्थ्यो।
    बाटो बाटो झोलीमा यिनले मागे हुन्थ्यो।
    [०२]
    सोच आउँछ नानाथरी घुरी बसेको छु।
    आला घाउका टाटाहरु पुरी बसेको छु।
    तिम्रै तस्बिर समाएर रुने बानी पर्यो,
    तिमी आउने दोबाटोमा कुरी बसेको छु।
    सम्झिँदै ति बितेका पल फुरी बसेको छु।

    ✍️सरिता सेढाइ, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१९]

    आज न्यानो घाम लाग्यो।
    लुगा सुक्न काम लाग्यो।
    झरीले दिक्क लाएथ्यो,
    यो पारिलो ठाम लाग्यो।
    र  पवित्र धाम लाग्यो।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………

    पञ्चाङ्ग   [२०]

    फाटेको  भए नि  टालो  लाउन   पर्छ ।
    बर्षदिन   भए   छानो   छाउन पर्छ ।
    बिचल्ली छौ हामी कहिले न्याय हुन्छ ,
    गरिब    भएसी   मानो   पाउनु  पर्छ ।
    बाँच्न  पनि  हामी  कति  धाउनु  पर्छ ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]
              
    अन्धकार रातपछि त उज्यालो हुन्छ यहाँ ।
    सत्कर्म गर्यौ भने सुखको बाटो छुन्छ यहाँ ।
    भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिदैन,
    कर्मशील हातले ठुलो सपना बुन्छ यहाँ ।
    बुद्धि र विवेकले आफ्नो भविष्य चुन्छ यहाँ ।

    ✍️वीणा रोका , दाङ घोराही ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    बालपनकाे यो शुद्ध मन ।
    आध्यात्मिक हाे बुद्ध मन ।
    शिकार हुँदा कुसंस्कारकाे ,
    जानेछ बन्दै त्यो रुद्ध मन ।
    दबाएमा हुने युद्ध मन ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    हाँसेर बोल सधैं  मायाको के कुरा भयो।
    गर्मी बढेछ धेरै  छायाको के कुरा  भयो।
    बाटो उही हुन्छ सबैको लक्ष्य बोकी हिँड,
    गर केही त दायाँबायाँको के कुरा भयो ।
    पुरानै निति  राम्रो नयाको के कुरा भयो।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ……………………………………………

    पञ्चाङ्ग    [२४]

    हजुरको बोली कति मीठो सुनुँ सुनुँ लाग्छ ।
    धेरै  बोली  रहनु भो  कान  थुनुँ थुनुँ लाग्छ ।
    मौका मिले हाँस्दै खेल्दै बस्न पाए हुने थियो ,
    सँगै बसी मीठा मीठा वार्ता बुनुँ बुनुँ लाग्छ।
    आँखा कान नाक मुख सबै तुनुँ तुनुँ लाग्छ ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२५]

    नारद जस्तो नबन्नू राम्रो हुन्न  हजुर।
    मानव हो तर पनि मन छुन्न हजुर।
    सदासयता सहयोग छैन कत्ति पनि,
    देख्दा त्यस्ता ब्यवहार मन रुन्न हजुर।
    सकिएला त फाटेेको मन तुन्न हजुर।

    ✍️तेजप्रसाद खनाल, लमही दाङ।
    ………………………………………………

    पञ्चाङ्ग   [२६]

    शीतल निवासले आफैँले मात्रै शीतल ताप्नु हुँदैन।
    सबैलाई समान दिने हो आफैँले  मात्र खाप्नु हुदैन।
    आशा भरोसा सबैले गरेका छन् शीतल निवास माथि,
    राखिराख्नु  पर्छ  जन विश्वास यसलाई हाप्नु हुँदैन।
    देशकोलागि खम्बा बनेर उभिदा खुट्टा काप्नु हुँदैन ।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [२७]

    तिमीलाई बेहुलीमा बर्काे सजाउँला ।
    सिउँदाेमा सिन्दुरको धर्को सजाउँला।
    जिन्दगीभरि साथ दिने कसम खाई।
    बेण्ड बाजा बजाएर घर्काे सजाउँला।
    सुनको चुरा हातमा अर्को सजाउँला।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    बालपनकाे यो शुद्ध मन ।
    आध्यात्मिक हाे बुद्ध मन ।
    शिकार हुँदा कुसंस्कारकाे ,
    जानेछ बन्दै त्यो रुद्ध मन ।
    दबाएमा हुने युद्ध मन ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    हाँसेर बोल सधैं  मायाको के कुरा भयो।
    गर्मी बढेछ धेरै  छायाको के कुरा  भयो।
    बाटो उही हुन्छ सबैको लक्ष्य बोकी हिँड,
    गर केही त दायाँबायाँको के कुरा भयो ।
    पुरानै निति  राम्रो नयाको के कुरा भयो।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ……………………………………………

    पञ्चाङ्ग    [२४]

    हजुरको बोली कति मीठो सुनुँ सुनुँ लाग्छ ।
    धेरै  बोली  रहनु भो  कान  थुनुँ थुनुँ लाग्छ ।
    मौका मिले हाँस्दै खेल्दै बस्न पाए हुने थियो ,
    सँगै बसी मीठा मीठा वार्ता बुनुँ बुनुँ लाग्छ।
    आँखा कान नाक मुख सबै तुनुँ तुनुँ लाग्छ ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२५]

    नारद जस्तो नबन्नू राम्रो हुन्न  हजुर।
    मानव हो तर पनि मन छुन्न हजुर।
    सदासयता सहयोग छैन कत्ति पनि,
    देख्दा त्यस्ता ब्यवहार मन रुन्न हजुर।
    सकिएला त फाटेेको मन तुन्न हजुर।

    ✍️तेजप्रसाद खनाल, लमही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [२६]

    शीतल निवासले आफैँले मात्रै शीतल ताप्नु हुँदैन।
    सबैलाई समान दिने हो आफैँले  मात्र खाप्नु हुदैन।
    आशा भरोसा सबैले गरेका छन् शीतल निवास माथि,
    राखिराख्नु  पर्छ  जन विश्वास यसलाई हाप्नु हुँदैन।
    देशकोलागि खम्बा बनेर उभिदा खुट्टा काप्नु हुँदैन ।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२७]

    तिमीलाई बेहुलीमा बर्काे सजाउँला ।
    सिउँदाेमा सिन्दुरको धर्को सजाउँला।
    जिन्दगीभरि साथ दिने कसम खाई।
    बेण्ड बाजा बजाएर घर्काे सजाउँला।
    सुनको चुरा हातमा अर्को सजाउँला।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी। ………………………………………………

    पञ्चाङ्ग   [२८]

    हाँस्दै वबोल्दै मायाँ लाउँने भावनाकाे गीत रहेछ।
    सुख,दुख मिल्नु,छुट्नु समयकाे रित रहेछ।
    शुन्दर शान्त तलाउझैँ कहाँ हुन्छ र जिन्दगानी,
    आशै आशमा जीवन काट्ने यही जीत रहेछ।
    कहिले टाढा कहिले नजिक हाम्रो हित रहेछ।

    ✍️उर्मिला के.शी. ,धनकुटा ।
    ………………………………………………

    पञ्चाङ्ग   [२९]

    माया गर्दा सबै थोका खाने भए यहाॅ।
    आफ्नै घर छोडी टाढा जाने भए यहाॅ।
    अचम्मको छ दुनियाॅ बयान के गर्नु,
    ऑफू जादा इज्यत नि लाने भए यहाॅ।
    बस्नेले त ठूलै धोका खाने भए यहाॅ।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [३०]

    बिकास निर्माणका ज्ञान सिक्न जानुन्।
    जन प्रतिनिधि ठुला याेजना झिक्न जानुन्।
    नेताकाे हैसियत  ताैलने बेला अाएकाे छ,
    गर्भ तुहिएझैँ हैन पुरै अवधि टिक्न जानुन्।
    जनताकाे मानस पटलमा बिक्न जानुन् ।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [३१]

    के कति कदम चाल्यौ सिकाइ देउन मलाई !
    कसरी जिउन थाल्यौ सिकाइ देउन मलाई !
    म पनि तिमिलाई दिलबाट निकाल्न चाहन्छु ,
    तिम्ले कसरी निकाल्यौ सिकाइ देउन मलाई !
    टुक्रिएको मन टाल्यौ सिकाइ देउन मलाई !

    ✍️बुद्धिमान द्नुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग – ३५

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९४औँ भाग सम्पन्न

  • २८ फाल्गुन २०७९, आईतवार ०६:३० मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    सहानुभूति
    मानवता जनियाे
    उदार हृदय खनियाे ।

    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

    [२]
    मानवीयता
    समान बिचार
    एकात्मक सुन्दर उद्धार !

    • बेदु न्यौपाने, काठमाडौँ

    [३]
    मानवता
    आत्मा परमात्मा
    सम भावकाे जग !

    • भवानी घिमिरे, सर्लाही

    [४]
    मानवीय
    आत्मिक भावना
    देखियो राम्रो समानता !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [५]
    सेवा
    सेवकको सहारा
    आफ्नै जिन्दगीलाई टेवा !

    • मनोज थापा, कैलाली

    [६]
    मानवता
    अझै पनि
    सम्झिएँ रहेछ भनी !

    • सरिता सेढाई, धादिङ

    [७]
    सतकर्म
    दुबैजनामा बास
    मानवताको ठूलो रास !

    • डुकछिरिङ लेपचा, डुपटिन, भारत

    [८]
    मानवता
    सुखमय संसार
    भगवान्को अमूल्य उपहार !

    • म्यामराज राई, भोजपुर

    [९]
    मानवता
    उदार दिल
    दयाको सुन्दर झिल !

    • वसन्त अनुभव, घोराही, दाङ

    [१०]
    चरित्र
    भन्नु पर्दैन
    व्यवहारमा देखिन्छ स्पष्ट !

    • घनश्याम पौडेल, पोखरा

    [११]
    मानवता
    यस्तै सद्भाव
    हट्नेछ सारा तनाव !

    • प्रेम थापा “मन”, बागलुङ

    [१२]
    जिन्दगी
    एक रथको
    हुने दुई पांग्रा !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [१३]
    सहयात्रा
    परेवाको जोडी
    नङ मासुको सम्बन्ध !

    • आर्त अकुलीन, कैलाली

    [१४]
    दया
    अन्तर्निहित सद्गुण
    मानवियताको साक्षात उदाहरण !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली

    [१५]
    मानवता
    घाम छाया
    देखियो आपसमा माया !

    • धनमाया चौधरी, कैलाली

    [१६]
    मानवता
    देखियो चालमा
    खुसी भेटियो हालमा !

    • सविता के.सी., काठमाडौँ

    [१७]
    मानव
    सबैको सहारा
    गर्नैपर्ने खान आहारा !

    • टीकाराम पुन ‘टिपु’, सल्यान

    [१८]
    मानव
    जिन्दगी चल्दै
    एकअर्काको बलियो सहारा !

    • सावित्री अधिकारी

    [१९]
    मानवता
    आपसी सदभाव
    आत्मियताले बेरेको व्यवहार !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [२०]
    मानवता
    परिस्थितीलाई हेरेर
    गर्नपर्छ अरूलाई सहयोग !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [२१]
    नारी
    देखाउँदै परोपकार
    मानवको भित्रको संस्कार !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [२२]
    जिन्दगी
    चल्ने चलाउने
    यही हो काइदा !

    • अमृत सुवेदी

    [२३]
    सहयात्रा
    सुख दु:ख
    जीवनका तितामिठा अनुभव !

    • चक्र आलेमगर “लाफा”, कैलाली

    [२४]
    मानव
    चेतनाको वाहक
    प्रगतिशील बिशिष्ट प्राणी !

    • विवस पारदर्शी

    [२५]
    दया
    सहयोगी भावना
    हुनुपर्छ जरूर मानवमा !

    • प्रयासी प्रविना पौडेल

    [२६]
    नारी
    ममताकी खानी
    कोमलताको आदर्श बानी !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२७]
    मानव
    परोपकारी स्वभाव
    ढुङ्गाको भर माटो !

    • कमला देवकोटा, काठमाडौँ

    [२८]
    यात्रु
    रिक्सा चालक
    वर्षा हुदैछ बाधक !

    • बालकृष्ण खनाल, टीकापुर

    [२९]
    गरिब
    खुट्टामा घाउ
    परिवार पाल्ने साहस !

    • श्रद्धा आचार्य, पोखरा

    [३०]
    सम्वन्ध
    फूलको जस्तो
    दुई मुटुको धड्कन !

    • कविता आचार्य, कैलाली

    [३१]
    भरोसा
    आफ्नै नहुने
    अरुको के विश्वास ?

    • कृष्ण जोशी, मेरिल्याण्ड

    [३२]
    संर्घष
    सहयात्री जीवन
    मिलेर एकअर्काको साहारा !

    • सरस्वती वली, बर्दिया

    [३३]
    यात्रा
    बाधक वर्षा
    दुबैकाे आ-आफ्नै बाध्यता !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [३४]
    सहयोग
    यात्रारत नारी
    बाधा बनेको झरी !

    • खेमराज पुरी, कैलाली

    [३५]
    करुणा
    नारी विशेषता
    सहज गतिशील सांसारिकता!

    • टीकाराम जाेशी, इमाडोल

    [३६]
    यात्रा
    हाम्रो सहयोग
    परस्पर एकले अर्कालाई !

    • मङ्गला उपाध्याय, बारा

    [३७]
    साथ
    यात्रामा रथ
    गुडिरहेको जीवन पथ !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [३८]
    मान्छे
    बुझ्ने मर्म
    सबैको कल्याण कर्म !

    • योगेन्द्र भट्टराई, खोटाङ्ग

    [३९]
    मानव
    अटुट सम्बन्ध
    सहयोगको अतुलनीय उदाहरण !

    • समुन्द्रा शर्मा, सुनसरी, इटहरी

    [४०]
    मानवता
    हृदयमा बास
    समाजमा छायाे उल्लास !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [४१]
    जीवन
    सङ्घर्षै सङ्घर्ष
    कारुण क्रन्दन महाप्रस्थान !

    • योगेन्द्र जोशी

    [४२]
    मान्छे
    कर्तव्यमा भिजेर
    मानवताको छाता ओढाउँदै !

    • पशपती राई, खोटाङ

    [४३]
    संवेदना
    मानवीय पुकार
    परिपक्व चेतनशील संस्कार ।

    • होमप्रसााद, धरान, सुनसरी

    [४४]
    यात्री
    नारी पुरुष
    सुखदुःखमा अनन्त सहयात्री !

    • दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ

    [४५]
    करुणा
    नाता मानवको
    सङ्घर्षमय जीवन यात्रा !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [४६]
    मजदुर
    नाङ्गो आङ
    नारी दिवसलाई सम्मान !

    • कोमलप्रसाद अधिकारी, कैलाली

    [४७]
    मानिस
    खुला यात्रा
    जिम्मेवारीको गहन पात्र !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

    [४८]
    मानव
    कठोर यात्रा
    पीडित जीवनको पराकाष्ठा !

    • अम्बिका अधिकारी, झापा, विर्तामोड

    [४९]
    सहयोग
    मानवताको नाता
    इतिहासले गाउने गाथा !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल

    [५०]
    यात्राको
    ठेगाना नहुने
    दौडिने उद्देश्यको खोजीमा !

    • नारायण कोइराला, तानसेन, पाल्पा

    [५१]
    सहयोग
    आपसमा माया
    सुन्दर शितल छाया !

    • शारदा गौतम आचार्य

    [५२]
    पात्र
    मनाेभावमा एक
    मित्रताकाे सुन्दर सचित्र !

    • राेशन पराजुली, बरगाछी, धरान

    [५३]
    वर्षात्
    ओढाएर छाता
    मानवताको एक उदाहरण !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [५४]
    मानवता
    अनुपम नमुना
    परिवारमा दृढ मित्रता !

    • इन्दिरा देवकोटा, कपिलवस्तु न.पा.-३

    [५५]
    चिन्ता
    आफ्नो नहुने
    सहयोगी यात्रुको भावना !

    • सोमनाथ लुइटेल “रवि पाल्पाली”, पाल्पा
      हाल: बर्दिया

    [५६]
    साथी
    एक अर्काको
    दुःख सुखको सहयात्री !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [५७]
    मानव
    सहयाेगी मन
    एकअर्कामा दृढ विश्वास !

    • सुरेशचन्द्र घिमिरे, काठमाडौँ

    [५८]
    भलाइ
    आफूलाई कष्टकर
    ओढाएर छाता सुन्दर !

    • जमुना कायस्थ, पोखरा

    [५९]
    मानवता
    सङ्घर्षरत प्राणी
    सहयोगी भावनाको एकता !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९४औँ भाग सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P