१२ भदौ २०८० ! सिरानचोक गाउँपालिका-३ बयापानी गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० शनिबारका दिन आफ्नो प्रथम साधारणसभा कार्यक्रमबाट सफि महमदको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
१३ सदस्यीय तदर्थ समितीलाई विघटन गर्दै सिरानचोक मुस्लिम समाजले प्रथम साधारणसभा कार्यक्रमबाट १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने ४ जना सल्लाहकार मनोनीत गरेको छ।
कार्यसमितिको अध्यक्षमा सफि महमद मकुन्डाँडा रहेका छन् भने उपाध्यक्षमा आएसा खातुन ठुलागाउँ, सचिबमा मुहम्मद रफि मियाँ ठुलागाउँ, सह सचिबमा साजिद मियाँ ठुलागाउँ, कोषाध्यक्षमा तस्बिरा मियाँ किपट, सह कोषाध्यक्षमा जमल दिन मियाँ किपट, सदस्यहरूमा अलाउदिन मियाँ पिपलथोक, समिम मियाँ ठुलागाउँ, अमिन दिन मियाँ ठुलागाउँ , मुहम्मद सरिफ मियाँ अर्चले, मदिना मियाँ मकुन्डाँडा, अप्सना खातुन बरख, अफ्जल हुसेन बानागाँ, सलिम मियाँ ठुलागाउँ, नातिकाजी मियाँ सन्तेबारी, अब्दुल अजिज मियाँ थुम्की, मुहम्मद सिद्दिक ठुलागाउँ, इमामुदिन मियाँ नवलपुर, चयन भएका छन भने एकजना सदस्य नयाँ साँगु बाट राख्ने गरि पद रिक्त राखिएको छ ।
यसैगरी साधारणसभाले ४ सदस्यीय सल्लाहकार प्रा. सलाउदिन मियाँ काठमाडौ, अहमद दिन मियाँ थुम्की, रम्जान दिन मियाँ मकुन्डाँडा, र प्रो. मोहम्मद रमजान अलि काठमाडौं हरुलाइ चयन गरेको छ । नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमका बिशिस्ट अतिथी सलाउदिन मियाँले सपद ग्रहण गराएका थिए ।
१२ भदौ २०८०, मकुन्डाँडाँ ! सिरानचोक गाउँपालिका-३ गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० का दिन १९ सदस्यीय कार्यसमितिको चयन गर्दै आफ्नो प्रथम साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष सफि महमद मियाँको सभापतित्वमा सचिब मुहम्मद रफि मियाँ र समर्पण रम्जान दिन मियाँद्वारा संचालित सिरानचोक गाउँपालिका-३ बयापानी स्थित ठुलागाउँ जामे मस्जिदको प्राङ्गणमा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समाजसेवी अब्दुल सत्तारले प्रमुख अतिथीको आशन ग्रहण गर्नु भएको थियो । बिशिस्ट अतिथीहरुमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी सलाउदिन मियाँ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रिता देबकोटा, बिशेष अतिथीहरुमा सिरानचोक गाउँपालिका- ३ का वडा अध्यक्ष जगदिश्वर ढकाल, नेकपा एमालेका युवा नेता अब्दुस मियाँ र अतिथीहरुमा नेपाली काङ्ग्रेसको वडा सभापति बल बहादुर खत्री, सिरानचोक गाउँपालिका-३ का निबर्तमान वडा अध्यक्ष वीर बहादुर थापा, वडा सदस्य निजामुदिन मियाँ, सल्लाहकार तथा गाउँपालिका अधिकृत अहमद दिन मियाँ, गाउँपालिका-३ का निबर्तमान वडा सदस्य टोपबहादुर बोगटी, एमाले का ३ न. वडा कमिटी अध्यक्ष मोहन बहादुर बोगटी, पुर्व कार्यपालिका सदस्य योगेन्द्र रसाइली, वडा सदस्य युद्ध बिलास घिमिरे, समाजसेवी इस्लामदिन मियाँ, कृष्ण घिमिरे, नेपाल शिक्षक संघका प्रतिनिधि रामचन्द्र सापकोटा, शिखरजोति प्रा.वि. का रामचन्द्र थापा,चम्पावती मा वि का रमेश पराजुली, रबिन्द्र अधिकारी, वडा सदस्य रुमाया गुरुङ, सीता सुनार हरुले आसनग्रहण गरेका थिए ।
ठुलागाउँ जामे मस्जिदका हाफिज अलाउदिन मियाँले कुरानको केही अंसको पाठ गर्नुको साथै संस्थाको परिचय दिदैं सुरु भएको कार्यक्रममा समर्पण रम्जान दिन मियाँले स्वागत मन्तव्य दिएका थिए भने साजिद मियाँले संस्थाको कार्ययोजना प्रस्तुत गरेका थिए । उद्घाटन र बन्दसत्र गरि दुई चरणमा सुरु गरिएको उक्त कार्यक्रममा उपस्थित अतिथी, बिशेष अतिथी, बिशिस्ट अतिथी हरुको मन्तव्य सकिए सँगै पहिलो चरणको उद्घाटन समारोह कार्यक्रमका समापन भएको थिए ।
उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकामा अबस्थित मुस्लिम तथा गैर मुस्लिम ( करिब १३० जना ) जनताहरुको बाक्लो उपस्थिति रहेको थियो । अतिथीहरुले कार्यक्रममा बोल्दै गर्दा सिरानचोक मुस्लिम समाजको यो पहिलो साधारणसभा ऐतिहासिक रहेको र यस कार्यक्रममा उपस्थित भएर आफ्नो मन्तव्य राख्न पाउँदा खुशी व्यक्त गरेका थिए । साथै सबै मुस्लिम समुदाय एकत्रित भएर अगाडी बड्नु पर्ने र यस समाज समुदायलाइ आवस्यक पर्ने कुनै पनि कुराको लागि पहिले पनि सहयोग गर्दै आएको र भबिस्यमा पनि आफुहरुले सहयोग गर्ने कुरा अतिथीगणहरु बिशेष गरि गाउँपालिका प्रमुख,उपप्रमुख तथा वडाका अध्यक्ष साथै अन्य जन प्रतिनिधिहरुले जानकारी गराए । शुभकामना मन्तव्यमा बोल्दै प्रमुख अतिथी अब्दुल सत्तार तथा बिशिस्ट अतिथी सलाउदिन मियाँले आफू जन्मेको गाउँ ठाउँमा युवाहरुले संस्था स्थापना गरेकोमा प्रसंसा र खुशी व्यक्त गर्नुको साथै धन्यवाद तथा बधाइ दिदैँ आगामी दिनहरुमा संस्थाको प्रगतिको कामना सहित गाउँ समुदायको बिकासका लागि आफुहरु जुनसुकै अबस्थामा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । साथै सिरानचोक गाउँ पालिका भित्र रहेका सम्पुर्ण मुस्लिम समुदायको उत्थानका लागि सबैजना एकीकृत भएर हरेक क्षेत्रमा अगाडी बढ्न पनि सुझाब दिएका थिए । मन्तव्य कै क्रममा प्रमुख अतिथी अब्दुल सत्तारबाट संस्थालाई ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
अतिथीगणहरुको शुभकामना मन्तव्य सकिए सँगै उद्घाटन समारोह समापन गर्ने क्रममा सभापति सफि महमद मियाँ ले आफ्नो गैर राजनीतिक, गैर नफामुलक, नितान्त सामाजिक सेवाका लागि भर्खरै स्थापित यो सिरानचोक मुस्लिम समाजलाइ हरेक पाइलामा सहयोग गर्न सबै प्रमुख, बिशिस्ट, बिशेष तथा अन्य अतिथीहरुलाइ, स्थानीय तहका जन प्रतिनिधिहरुलाइ, उपस्थित समुदायका सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाइ विनम्र अनुरोध गरेका थिए । सभापति मियाँले संस्था स्थापना देखि प्रथम साधारणसभा सम्पन्न गराउनका लागि हरदिन खटिनुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरु, कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथीहरु,तथा बा-आमा,दाजुभाइ दिदिबहिनीहरु सबैलाई लाइ विशेष धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम समापान गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा कार्यक्रम संचालक समर्पण रम्जान दिन मियाँले निव निर्वाचित कार्यसमितिहरुको पदिय जिम्मेवारी सहित १९ सदस्यीय पदाधिकारी हरुको नाम घोषणा गरेका थिए । प्रथम साधारणसभाबाट अध्यक्षमा सफि महमद उपाध्यक्षमा आएसा खातुन, सचिबमा मुहम्मद रफि मियाँ , सह सचिबमा साजिद मियाँ, कोषाध्यक्षमा तस्बिरा मियाँ , सह कोषाध्यक्षमा जमल दिन मियाँ, सदस्यहरूमा अलाउदिन मियाँ, समिम मियाँ, अमिन दिन मियाँ , मुहम्मद सरिफ मियाँ , मदिना मियाँ, अप्सना खातुन, अफ्जल हुसेन, सलिम मियाँ , नातिकाजी मियाँ , अब्दुल अजिज मियाँ, मुहम्मद सिद्दिक , इमामुदिन मियाँ, चयन भएका छन ।
नव निर्वाचित पदाधिकारीहरुलाइ बिशिस्ट अतिथी सलाउदिन मियाँले खादा लगाइ सम्मान गर्नुको साथै सपद ग्रहण गराइ नव निर्वाचित कार्यसमितिको टिमलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खला यही भाद्र २ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
सुनेर खबर छोरा जन्मेको, खाडीमा मात्तिएँ, पाँच वर्षै भो घर नगएको, सम्झिई आत्तिएँ । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] दु:ख नै नगरेर फल मिल्यो रहेछौ भाग्यमानी, खेती कसले गर्यो छोडिदेउ कसले हाल्यो पानी ? वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] बिहान साँझ आमाले भात थालमा दिउञ्जेल, जानेको केही थिएन मैले दिएको लिउञ्जेल । गुणनिधि घिमिरे अमेरिका
[३] दुखी होइन सदैव खुसी बन सित्तैमा मिल्यो फल, धन्यवाद देऊ उसैलाई जसले गर्यो मलजल । त्रिलाेचन भण्डारी मेचीनगर,१०, झापा
[४] पाँच वर्षको चमत्कार जन्म्यो उता एउटा छोरो, बिना बाबुको भनी सम्झन्छु कस्तो अभागी म मोरो । अर्जुन प्रसाद चौलागाई रामेछाप, सुनापति-१ हाल: अमेरिका,बोस्टन।
[५] खुसियाली मनाउनु विदेशमा पसेर, घरमा श्रीमती रुँदैछन् पिडामा बसेर । दुर्गा आचार्य मोरङ
[६] छैन मेरो अहिलेसम्म मन अन्त गएको, कति चाँडै बिर्सियौ खै भिडियो कल भएको । मन्दिरा सेढाई मलेखु,धादिङ
[७] कस्तो जमाना आयो बिना मलजल नै भएछ छोरो, सपना सबै टुट्यो परदेशमा भयो ऊ एकोहोरो । अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
[८] सधैँभरि सुखी अनि खुशी हुनु, मलाई छाडी गएपनि, मन बुझाई बिर्सने प्रयास गर्छु, भाग्यमा रहेछ भनी। शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर।
[९] हेर्दाहेर्दै आकाशमा उड्यो उनको विश्वास, फर्केर आउलान् भन्ने नै मर्यो उनको आस । Dinesh Koirala
[१०] तिम्रो नै अभावमा पराइले मन जितेपछि, पछुतो बाहेक हात लाग्दैन बेला बितेपछि। प्रभादेवी पौडेल चितवन
[११] मत विदेशिएकाे आजभन्दा दुईचार वर्ष पहिले, राम्रा नराम्रा खबर सुन्दैछु छाेरो जन्मियाे रे अहिले । राज कुमार राजभण्डारी “खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम कालाेनी भक्तपुर
[१२] चुरो नपुगी सुखमा नमात्तिनू, हुनु भइगो दु:खमा नआत्तिनू । कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
[१४] छाेराे जन्म्याे न्वारन गर्न बाउकाे ठेगान चाहियाे, बाउ काे हाे भन छिटाे नबाेली सुख कहाँ पाइयाे? भवानी पाेखरेल ( बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[१५] अनौठो यो खबरले म त रन्थनमा कल्ले छर्यो बीज पानी पार्यौ बन्धनमा ? कमला देवकोटा, पाल्पा
[१६] श्रीमान गयो विदेशमा कमाउन धन, घरमा छोरो जन्मेको सुन्दा बिग्रियो मन । बेदु न्यौपाने काठमाडौँ
[१७] सोचेजस्तो जिन्दगानी त भएको छ कसको ? यस्तै हुन्छ पैसा पछाडि कुदेका छन् जसको । चन्द्रप्रकाश `कमल´ तिनाउ-१,कचल,पाल्पा।
[१८] चुरो कुरो बिगारी ठुलो कुरो किन गर्छौ ? भनेजस्तो नभएपछि किन घृणा भर्छौ ? टिकाराम पुन टिपु सल्यान
[१९] घर जान नै पाइनँ पाँच वर्षसम्म मालिकको करमा, म नभए पनि, छोरा पाउन मेरा दाजुभाइ छन् घरमा । राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौ
[२०] परिवारलाई सुख दिउँला भनी म परदेश आएँ, न पैसा कमाएँ न सँगै बसेँ उल्टै श्रीमती नै गुमाएँ । एस वि प्रगति प्यूठान (हाल:पाल्पा)
[२१] साँझका पाहुना देउता भनी बास दिएँ, आउँ आफैँ फैसला गर म पनि आत्तिएँ । पुष्पा सुवेदी नेपालगञ्ज, बाँके ।
[२२] विडम्बना बिहे गरेकै भोलिपल्ट छोरो परदेश जानु, बाध्यताको नियति छ बिचरी दुलहीले घर गरी खानु ! बिबस पारदर्शी
[२३] बुढाले विदेशको धुपमा पसिना बगाउँछ, घर आउँदाखेरि त बुढी अर्काले भगाउँछ । बाबुराम पाण्डे अर्घाखाँची
[२४] विर्य दान लिएको हो, असत्य हुँदै होइन, छोरो जन्माउन तिमी नै चाहिन्छौ भन्ने छैन । नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
[२५] दुख जिलो गरेर हो कमाएको धन, घर छैन , घाट छैन , घुम्छु रनबन नागेन्द्रप्रसाद यादव , दाङ
[२६] यस्तै यस्तै चमत्कार हुन्छ अब जतासुकै विज्ञानले थालेपछि छाउन, पहिले नै राखेको भण्डारित स्वस्थ शुक्रकिटले सजिलो भाे छोरा पाउन । शुसिला शिखा काठमाडौं कागेश्वरी मनोहरा २
[२७] विना परिश्रमकाे फल मिल्यो कस्तो भाग्यमानी, फुर्सदै थिएन त के गर्नु ? स्वीकार आफ्नै ठानी। मित्र उराठी गाैतम तिलाेत्तमा-२,रुपन्देही
[२८] छोरा विदेशमा बस्दैछ, नाति नेपालमा जन्मेको, हर्षले मन यो थामेन, विपना मैले के भन्नेको। एवाइ प्रभात सहिदभुमि३,छेन्ताङ धनकुटा
[२९] सफा सुन्दर र प्रिय हुनुपर्ने मान्छेको ज्ञानले भरिएको मन, मान्छे बस्ने ठाँउ फोहर भयो बरु सफा छ जनावर बस्ने वन ! पवन कुमार बुढाथेाकी काठमाडौं
[३०] तिमी गएपछि तिम्रो त्यो सुन्दर सहर, ओइलिएर मरेका हुन् मनका रहर ! आर्त अकुलीन, कैलाली
[३१] पसिना बगाउँछौ तरतर सम्झेर आफ्नो घर, धानेकि छ पियारीले घर बिथोल्ने कुरा नगर । ध्रुव श्रेष्ठ, खोटाङ वजार, हाल नरेफांट,काठमाडौ ।
[३२] घर भाड्ने छिमेकी वरपर थुप्रै छन् कसैको कुरा नसुन, मेहनतले काम गर भन्नेले जे जे भनुन् नछोड है धुन । चिरञ्जीवी श्रेष्ठ, धनकुटा ।
[३३] लगाएर आएको थिएँ भरोसाको प्याड, दुस्मनले बिउ छरेछ किचोलेर ब्याड l बाबुराम गौतम, गुल्मी
[३४] रहेछ कि हामी दुवैको मायामा खोट, पाँच वर्ष हराउँदैमा दियौ है चोट । सुस्मिता पौडेल अधिकारी , काठमाडौँ
[३५] म मात्र हो कि मायामा तड्पिने, तिमी किन हो यसरी भड्किने ? Krishna Ghimire
[३६] तिमीलाई भनी साँचेको माया मेटौँ कि सङ्गालौँ, अर्काको नासो त गलाको पासो किन पो अङ्गालौँ । अनमोल चन्द्र राई दार्जीलिङ
[३७] किलो दाम्लो छोड्या छैन पाखा भित्ता चरेको, पाँच वर्षमा घर आउँदा छक्कै परेको । पद्मा पाण्डे पथरी मोरङ
[३८] समयमा घर पुगेनौ, गल्ती ठुलो भयो, मुख देखाउनै लाज भो, इज्जत नै गयो । बिके मुखिया दार्जीलिङ, भारत।
[३९] बुढेसकालमा हाम्रो पनि काँध थाम्ने छोरा भयो खुसीले छौँ गदगद, चार महिनाको हुँदा छोडेर आइयो अब त ठुलो भैसके छन् सायद। कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४०] मैले सम्झाएकी थिएँ तिमीलाई राम्रो घर गर, तिमीले मानेनौ बाबु बेगर छाेरा पाउन डर । कल्पना भण्डारी सिन्धुपाल्चोक , हाल काठमाडौँ
[४१] घर सम्झँदै, विदेश मै बस्छु रोई, देश र आमाको माया आँसुले धोई। होम प्रसाद नेउपाने धरान,सुनसरी।
[४७] सबै कुरा थाहा पाई बुझ पचाउने, कुरा सानै त हो किन ठुलाे बनाउने ? भाेला मान बर्देवा धरान ८ सुनसरि
[४८] देखेको थिएँ खेतबारी गोड्न खेताला लाएको, म छु विदेशमा कसरी प्यारी त्यो छोरो पाएको ? नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।
[४९] लाग्छ साह्रै घर परिवार अनि ती साना छाेराछाेरीकाे नै पिर, कस्तो रहेछ बरै के गर्ने मेराे याे अभागी कर्महारा तक्दिर। सहयात्री शाेभा अर्याल बुटवल रुपन्देही नेपाल
[५०] खै कुन्नी कुन बीउ पुगेछ ? सम्झी ल्याउँदा शिर नुगेछ । प्रेम थापा “मन”बागलुङ
[५१] छिट्टै आउँनेछु धन ल्याउँछु प्रिया घर सम्हाल, मन र घर थाम खेताला खाेजी इज्जत नफाल । रामकृष्ण रिजाल बागलुङ
[५२] बाध्यताले ठेलेर हुत्याउँदा खाडीमा पति, स्वास्नीले छोरो पाई घरमा निको छैन गति । अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[५३] जहाँ जादा पनि सन्तानको हुने पिर, बस्छु विदेशमा तर मन छैन थिर। दुर्गा भट्टराई मोरङ
[५४] सबका छोरा विदेश गए धन कमाउन मेरो अलि सानै भयो, देख्छु सबै चालीस कटेपछी रमाएको मेरो इच्छा बेकार गयो । यामनाथ आचार्य, पर्वत
[५५] विदेशमा श्रीमान गएका पैसा कमाउन, श्रीमतीले थालिन् छाेराे जन्माएर रमाउन । शोभा आचार्य गौतम काठमाडौँ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बयालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०५/०७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४२[ बयालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
पञ्चाङ्ग:०१ कति राम्रो मकै बारी रहेछ। मकैकाे त लामाे दारी रहेछ। नारी सजिएकि हरियाे बन्दै मान्छे जस्तै मकै घारी रहेछ। मकैकाे खाेस्टा झैं सारी रहेछ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२
सजियौ चिटिक्क हरियो सारीमा तिमी। झनै सुन्दर त्यो पहेँलो पारीमा तिमी। मकै हो कि मान्छे उस्तैउस्तै लाग्ने भयौ, अप्सरा झैँ देखिन्छ्यौ मकै बारीमा तिमी। पार्वतीकै झल्को मेट्दिन्छ्यौ नारीमा तिमी।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०३
सजिएकी निकै हरियो सारीमा तिमी। जानु हुन्न थियो त यस्तो घारीमा तिमी। नारी घरको एक अभिन्न अंग मान्छन्, घर नबसी किन मकै बारीमा~~ तिमी। देख्छु खेतको गरा अनि टारीमा तिमी ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०४
परी हाे की सारी भन्छु छुट्याउन गाह्राे । मकै हाे की घारी भन्छु छुट्याउन गाह्रो । प्रविधिकाे दुनियाँमा भएको विकास , जुँघा हाे की दारी भन्छु छुट्याउन गाह्रो । खेत हाे की टारी भन्छु छुट्याउन गाह्रो ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०५
हरियो बालीमा सुहाएकी हरियो सारीमा हेर। दुधै दुधले भरिपूर्ण हुने मकै हारीमा हेर। प्रकृति जननी हुन् उत्पादन दिई पाल्छिन सबै, जताततै सुहाउँछिन् नारी खुलेकी बारीमा हेर। लाग्छ हिलो फाेहर मैया त्यो सारीकाे पारीमा हेर।
रामप्रसाद पुरी बादेल, खाेटाङ ।
पञ्चाङ्ग:०६ घरमुनि मकै बारी रहेछ। मकै आकारमा नारी रहेछ। कति राम्रोसँग सजिएकी हुन्, मान्छे आकारको घारी रहेछ। मकैले बनेको सारी रहेछ। ह्यारिस
पञ्चाङ्ग:०७
सजिएकि छिन् नानी राम्रो हरियो सारीमा यहाँ। प्रकृतिसँगै रम्दै छिन् नानी मकै घारीमा यहाँ। नारी एक अति अभिन्न अङ्ग हुन् घर घरको, अल्छि नगरी काममा जाने तिमी बारीमा यहाँ। खेतमा भन्दा नि धेरै फल्ने मकै टारीमा यहाँ।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:०८ सुन्दर देखियो हरियो सारीमा हेर। चिटिक्क मकै सारी कस्तो बारीमा हेर। आहा सुन्दर मन मोहित दृष्य देखे, सुन्दरता झल्कियो त्यहाँ घारीमा हेर। सबैको मन गयो बरै पारीमा हेर।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:०९
मकैको जुँगाको लामो लामो केश भएको। मकैको पत्ताको नै हरियो भेष भएको। हरियो साडीमा परी झैँ सुन्दर देखिने, बारी परी जस्ती सुन्दरी को देश भएको। हरियो साडी पारी गोरो त्यो फेस भएको। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:१० उस्तै उस्तै देखिएको चित्र अचम्मको। बाहिरको मिले पनि भित्र अचम्मको। मानिसले प्रकृतिको देखाबटी गर्दा, बन्छन् दुई आपसका मित्र अचम्मको। बस्यो माया दुबैको पबित्र अचम्मको। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग;११ नारी अनि प्रकृति दुवै उस्तै उस्तै लाग्यो मलाई। नारीले प्रकृति र प्रकृतिले नारी माग्यो मलाई। यी दुइ बीचको अन्तर्सम्बन्ध देखेर छक्क परें, मनमा अनेकौं प्रश्न र कौतुहल्ता जाग्यो मलाई। प्रश्न मनभित्रै रह्यो कौतुहल्ताले नाग्यो मलाई। पशपति राई खोटाङ ।
पञ्चाङ्ग:१२
लीला हुन्छ अपार याे प्रकृतिकाे देखिन्छ बाँचे यहाँ। मिल्ला खान फलेर अन्न जगमा पाकेर भाँचे यहाँ। देख्छाैँ केश समान निर्मित यहाँ याे अन्न बाली मकै, खाऊँ याे सबले र जे जति यहाँ बच्नेछ साँचे यहाँ। नारीकाे तनले उचाेँ हुन गए छैनन् नि ग्वाँचे यहाँ।
ताेयानाथ सुवेदी काठमाडौं
पञ्चाङ्ग:१३ हरियो बस्त्रमा नारी खुलेकी कति। मकैबारीमा सुन्दरी झुलेकी कति। मकै, नारीको सुन्दरता मिलेको छ, मकै सँगै ढकमक्क फुलेकी कति। प्रकृतिमा आफैलाई भुलेकी कति। शोभा आचार्य गौतम काठमाडौँ
पन्चाङ्ग:१५ नेपालको हरियालीसँग सिमसिम पानी छ। प्रकृतिमै रमाउने नेपालीको राम्रो बानी छ । मकैकाे सुत्ला कपाल झैँ हरियो छ है फरिया , आकृती देखियाे बोट जस्तै हरित भाे नानी छ । सबैलाई लोभ्याउने दृश्य पहिरन खानी छ ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:१६ आँखालाई आरामै दिने त्यो हरियो सारीमा हेर। भोकलाई बिरामै दिने मकै छन् त्यो बारीमा हेर। दुवैजना प्रकृतिका सुन्दर सृष्टिहरु जसरी, छन् त दुवै गरामै कति सुन्दर छ घारीमा हेर। पहेलो छ जरामै मकै पहेलो छ पारीमा हेर। सुस्मिता पौडेल ( अधिकारी), काठमाडौँ
पञ्चाङ्ग:१७
सृष्टिको सम्पूर्ण रूप नारी हुन्। नरित्तिने मायाकी बारी हुन्। परेमा सत्यताको खडेरी, सुन्दरता झल्काउने सारी हुन्। घरकी मूल देवता रानी हुन् ।
प्रभा
पञ्चाङ्ग:१८ मान्छेकाे जस्तै मकैकाे पनि कैलाे केश रहेछ। खाेस्टाकाे सपक्क पारी लगाएकाे भेष रहेछ। कला भए बन्दाेरहेछ मकै पनि मान्छे जस्तै, हरियाेले परी जस्तै चट्ट खुल्ने फेस रहेछ। प्रकृतिले भरिपुर्ण हराभरा देश रहेछ। उर्मिला के.शी धनकुटा
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] बस्ती मानव आकृति अनुपम छ प्रकृति !
वसन्त अनुभव [२] मानव संसार विचित्र रमाउने आफ्नै पारा !
दुर्गा आचार्य, मोरङ [३] प्रकृति मानव आकृति रूप नहोस विकृति !
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३७औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘छाती’, लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘फाँसी’ र लघुकथाकार शिवहरि अधिकारीको लघुकथा ‘भत्केको घर’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: छाती
✍️ डा. विदुर चालिसे सास अड्किएकाे थियाे । नि:श्वास पनि थिएन । चिकित्सक हैरान थिए । अफसाना लत्रक्क परेर ओछ्यानमा पल्टिरहेकी थिइन् । उनकाे मुटुकाे सञ्चालन लगभग गतिहीन भइसकेको थियो । पसिना पसिना भएका चिकित्सकले नजिकैकाे ताेदीरामलाई साेधे- “कति भयाे बिरामी परेकाे ?” “केही दिन भयाे हाेला !”
थप जिज्ञासाले ताेदीरामकाे मन बतासिएकाे थियाे नै । उनले वेदना, संशय, निरू परायता र करूणाकाे भाव घुलित शब्दले बिरामीकाे माया माथि प्रश्न थपे- “बिरामीलाई के भएकाे रहेछ ?” “उसलाई मानसिक तनाव चर्काे चढेकाे थियाे ।” बाँच्ने आशामा अस्पतालमा पुर्याइएका अफसानाकाे अवस्था देखेर ताेदीराम कालाेनिलाे भए । छेउमा बसेर रुन र कराउन थाले । चिकित्सकले उनीहरूलाई सम्झाउँदै भन्न थाले- “यस बिरामीकाे मुटु पनि सानाे थियाे ।” ताेदीराम खुम्चिएकाे निधार चाउरी पारेर चिकित्सककाे मुख हेर्न थालिन् । रुन्चे रुवाइमा फेरि साेधे- “अनि अरू ?” “अरू त कलेजाे पनि सानाे ।” “मन नि ?” “त्याे पनि निकै सानाे थियाे ।” “हृदय ?” “त्याे त छँदै थिएन ।” “उसाेभए बिरामी बामपुड्के हाे र ?”
चिकित्सक भने अफसानाकाे राेकिएकाे सास ब्युँताउन उनकाे शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले ताेदीराम लगायत आफन्तहरूलाई अन्तिम घाेषणा गरिदिए- “यसलाई पार्किन्सनकाे दीर्घ राेग पनि रहेछ ।” “अर्थात ?” “बेलाबेला नसा कामिरहने ।”
ताेदीराम अफसानालाई अत्यन्त बेदित भावमा अबिर, फूल, माला र धुप चढाएर अफसाेची किर्तन भट्याउन थाले- “यस्तै रहेछ चलेकाे लघुकथा ।” ठुला छातीका मानिसहरूकाे छातीभरि किलाेका किलाे माला लत्रिएकाे थियाे । तर अत्तरकाे साथमा झिङ्गा पनि भन्किरहेकाे थियाे ।
२) लघुकथा: फाँसी
✍️एलपी पराजुली “हाम्रो पूजनीय जनावरलाई मार्ने अपराधीहरूलाई सिधै फाँसी दिनुपर्छ ।” -धर्मगुरूले आक्रोशित हुँदै भनेपछि हजारौँ भक्तजनहरूले जोसका साथ ताली पिटे र जयजयकार गरे । सधैँ शान्त रहने धर्मगुरु आज आक्रोशित थिए ।
अनुहार रातो पार्दै उनले थपे- “परम्परा छोड्दैनौँ, संविधान मान्दैनौँ भन्दा रहेछन् । त्यसो भन्न पाइन्छ ? नेपाली भएपछि नेपालको संविधानमा जे लेखेको छ, त्यो त मान्नुपर्छ नि ! संविधानमा नलेखेको मागेर पाइन्छ ?”
धर्मगुरूको कुरा बुझेर हो वा नबुझेर हो यसपटक धेरै कमले मात्र ताली पिटे । भिडियो खिचिरहेको एक सञ्चारकर्मी युवकलाई धर्मगुरुको भनाइमा चित्त बुझेनछ, उसले क्यामेरा बन्द गर्दै प्रश्न गर्यो :
“अनि नेपालको संविधानमा व्यवस्थै नभएको मृत्युदण्ड वा फाँसीको अनुचित माग चाहिँ राख्न मिल्छ र गुरुजी ?”
कपन, काठमाडौँ ५ भाद्र २०८०
३) लधुकथा: भत्केको घर
✍️ शिवहरि अधिकारी गहभरि आँसु लिएर आमाले भनिन् – “बाबु ! घर भत्क्यो ।” “घर बनाउने ठेगदार नै गतिलाे नभएपछि । यता टाल्याे उता भत्किन्छ, उता टाल्याे यता भत्किन्छ । जताततै मुसाहरूले भ्वाङ मात्रै पारेका छन् ।” छाेराले गुनासो पाेखे।
“कुरा गरिसाध्य छैन बाबु ! मुसापनि साना छन र ! बिराला भन्दा ठुल्ठुला छन् । बिरालाेदेखि मुसा डराउनु पर्नेमा, यहाँ त मुसादेखि बिरालाहरू डराउँछन् । उनीहरूकै राज चलेको छ । बिरालाे पनि छटटु रहेछ; साना मुसालाई च्याप्पै समाउँछ । ठुलो मुसा देख्ना साथ म्याउँ गर्छ, पछि पछि सर्छ ।” फाटेकाे मजेत्राेकाे छेउले आँसु पुछ्दै भनिन्।
आमाको कुरा सुनेपछि छाेराले भने- “आामा अब याे भत्केको घर टालटुल गरेर हुँदैन । अब मुसाहरू नपस्ने गरि नयाँ घर बनाउनु पर्छ ।” २०८०/५/७ भरतपुर महानगर पालिका वडा नं ७ कृष्णपुर ।
भदाै ७ झापा, टुक्का साहित्य समाजकाे आयाेजनामा त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापामा टुक्का कविताका सर्जक भेटघाट, रचना वाचन तथा सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे सभापतित्व तथा त्रिफला राष्ट्रिय पुस्तकालयका संरक्षक प्रेम प्रकाश फलहारी ज्यूकाे प्रमुख अतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
hdrpl
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि फलहारीले नेपालमा नै दुई हरफकाे कविता लेखन अभियान शुरु भई देश विदेशमा समेत लाेकप्रिय भई सकेकाे जानकारी पाउँदा अत्यन्त खुसी व्यक्त गर्दै नेपालमा नै शुरुवात भएकाे काव्यिक उपविधा टुक्का कविताकाे प्रकाशन र प्रचारप्रसारमा सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुकाे साथै त्रिफला राष्ट्रिय पुस्तकालयकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रममा टुक्का कविताकाे चाैथाे वार्षिकाेत्सवकाे अवसरमा घाेषणा भई वितरण गर्न बाँकी रहेका टुक्काकारहरू राजेन्द्र प्रधान पासालाई टुक्का साहित्य समृद्धि सम्मान २०८० र टुक्काकार परिक्रमा श्रेष्ठलाई टुक्काश्री साहित्य सम्मान २०८० प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा टुक्का साहित्य समाजकाे तर्फबाट अध्यक्ष चापागाईँ, राजेन्द्र पासा तथा भगवती दवाडीले त्रिफला राष्ट्रिय पुस्तकालयलाई टुक्का कविता सङ्ग्रहरू लगायत विभिन्न पुस्तकहरू उपहार स्वरुप प्रदान गर्नु भएकाे थियाे ।
कार्यक्रममा टुक्काकारहरू राजेन्द्र प्रधान पासा, भगवती दवाडी, परिक्रमा श्रेष्ठ, भानु पाेख्रेल, त्रिलाेचन भण्डारी, बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छाे), भेालामान बर्देवाले टुक्का कविता तथा साहित्यकारहरू राधा घिमिरे, दुर्गा सिग्देल लगायत विभिन्न साहित्यकारहरूले समेत रचनाहरू वाचन गर्नु भएकाे थियाे ।
साहित्यकार लक्ष्मी अच्युत ढुङ्गानाकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रम टुक्काकार त्रिलाेचन भण्डारीले सञ्चालन गर्नु भएकाे थियाे भने टुक्काकार भानु पाेख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा सहभागी साहित्यकारहरूले टुक्का कविताकाे श्रष्टा भेटघाट कार्यक्रमकाे क्रममा त्रिफला राष्ट्रिय पुस्तकालयकाे समेत अवलाेकन भ्रमण गर्ने अवसर प्राप्त भएकाेमा खुसी व्यक्त गरेका थिए ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सन्ताउन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५७ (सन्ताउन्नौं)——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०५/०४गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ समय केहाे कस्ताे हुन्छ कहिले चिन्न सकिन्न। समय खराब राम्रो कतै कसैकाे छिन्न सकिन्न। निरन्तर बगिरहने नदी जस्तै गतिमा हिड्ने, त्याे समयलाई सुदृढ बनाउन पिन्न सकिन्न। पैसाले घडी किन्न सकिन्छ समय किन्न सकिन्न। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ खुसुक्क घरभित्र पसेर यहाँ। हिँड्छन् उनीहरू नै डसेर यहाँ। मानिस पनि अजिवका हुन्छन् हो, अघि कुराले चिल्लो घसेर यहाँ। कुरा काट्छन् बाहिर बसेर यहाँ। ह्यारिस
पञ्चाङ्ग:०३
पूजा सर्पको हाेइन शक्तिको गरिदै छ । भाव भक्ति र अधिक श्रद्धाले भरिदै छ । विष सारा निली दिँदैछौ शुद्ध हावा यहाँ , तिम्रो कृति आजभोलि चौतर्फी छरिदै छ । बिज्ञानकाे अध्ययनशालामा सरिँदै छ ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४
पूजा गर्नु घरको छेउ नाग देवता। पखाल्नु छ मनको लेउ नाग देवता अरू केही माग्नु छैन तिमीसँग आज, दुःख र कष्ट हरि देऊ नाग देवता, जिन्दगीको पाइनँ भेउ नाग देवता ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०५ मान्छे रहने त समाजमा नै हो जहाँ जहाँ बसे पनि। समाज बिहिन हुनै सक्दैन समाजबाटै खसे पनि। मेरो शरीर मेरो खुशी अरुलाई के चासो भन्नेले नै, फेरि कुरा काट्छ त कसैले आँखामा गाजल घसे पनि। कस्ती बुढी मान्छे जस्ती रे कम्मरमा पटुकी कसे पनि। -पशपति राई खोटाङ ।
पञ्चाङ्ग०६
दैलामाथि नागलाई लाउॅदैछन् अब। लामबद्ध चाडबाड अउॅदैछन् अब। बर्षाकाल सकिएर जाॅदैछ बिस्तारै, रमाइलो तीज गीत गाउॅदैछन् अब। दर खान माइतीमा धाउॅदैछन् अफ। घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०७
नेपालिको पसिना जमाउन सक्दैनौ नेता। श्रमिकको मोल त कमाउन सक्दैनौ नेता। लाजलाग्नु पर्ने हो जनतालाई यिनै मान्दा , जनताको खुनमा रमाउन सक्दैनौ नेता। गणतन्त्रले केहि समाउन सक्दैनौ नेता।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग०८ अक्षर-१५
गरिबलाई जहाँ गए पनि बास छैन। भाडामा अन्न हुन्न मुख खाली गाँस छैन। सड्कको पेटीमा मसंगै सुतेको साथीको, उस्को बिहानै उठेर हेर्दा त सास छैन। त्यसैले सधैँदर्द कुनै दिन खास छैन।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०९ कृष्णको पाऊ शिरबाट छोडे नाग देव आज। मनका बिष सबैलाई तोडे नाग देव आज। खडेरीमा पानी दिई सबैको पुण्य गरेका थियौ, अन्यायको संजाललाई फोडे नाग देव आज। देशको मंगलमा हात जोडे नाग देव आज। सुस्मिता पौडेल (अधिकारी ),काठमाडौँ
पञ्चाङ्ग:१० अक्षर-१६
गरिबको जुनी जहाँ गयो त्यही बास छैन। भाडामा हुन्न अन्न पेट छ खाली गाँस छैन। सधैं सड्क पेटीमा बिताउनु छ रात यहाँ, कसैले उसको ब्यथा सुन्ला भन्ने आस छैन। त्यसैले त दु:खिको जिन्दगी कुनै खास छैन।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:११ घर सफाई गरे वरपर आज। नागको पूजा गरे घरघर आज। सुरुवात भयो अब पर्वहरूको, पानी पनि बर्सियो दरदर आज। मुटु मेरो कमायो थरथर आज। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:१२ समाएर हात उठायौ मलाई। सकेपछि बात उठायौ मलाई। आखिर उठाएर फाल्नै रहेछ, लगाउन लात उठायौ मलाई। देखाउन घात उठायौ मलाई।
✍️अच्युत घिमिरे, सरपाङ, भुटान🇧🇹
पञ्चाङ्ग:१३
घर घरमा नागपूजा लगायौँ आज। प्रार्थना गरि दुःख कस्ट भगायौँ आज। विविध संस्कृति बाेकेकाे याे देश हाम्रो, दियाे र फूलले शान्तिकाे जगायौँ आज। धर्म संस्कार बचाँउन सगायौ आज। शोभा आचार्य गौतम काठमाडौँ