“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्साठीमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-५९[ उनान्साठी] ——————- विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०५/१८गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य ……………………………………………… पञ्चाङ्ग:०१ धन सम्पत्तिमा जो सुकै पनि फस्छन् कुनै दिन। सबै राम्रो राम्रो चीजमा आँखा बस्छन् कुनै दिन। आफूले आफैलाई महान् ठान्दै घमण्ड गर्नेको, अहंकार उम्लिएर धर्तीमा खस्छन् कुनै दिन। लिइ जान्छन् के अन्त्यमा खरानी घस्छन् कुनै दिन । सुशीला पाैडेल
पञ्चाङ्ग:०२ परको त के कुरा, घरमै शत्रु बसेपछि यहाँ। मन मुटु मिलाएर मस्तिष्कमा पसेपछि यहाँ। खुसीका लहर निमेक लगाएर टोक्नेले अब, उमङ्ग जलाएर अन्धकारमा खसेपछि यहाँ जिउँदै मरिने भो अडकाउमा फसेपछि यहाँ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३ म सित जे थिएन त्यही चिज हेर्यो सबैले। यौटाले हैन दुइटाले हैन घेर्यो सबैले। म सङ्ग त्यही चिज बाहेक धेरै चिज थियो, तर मलाई नभाकै चिजले बेर्यो सबैले। भएको चिज चाहिँ नलेखेर केर्यो सबैले। -पशपति राई खोटाङ ।
पञ्चाङ्ग:०४ अक्षर-१५
गरिबलाई जहाँ गए पनि बास छैन। भाडामा अन्न हुन्न मुख खाली गाँस छैन। सड्कको पेटीमा मसंगै सुतेको साथीको, उस्को बिहानै उठेर हेर्दा त सास छैन। त्यसैले सधैँदर्द कुनै दिन खास छैन।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५
हाम्रै अगाडि छिमेकी चन्द्र छुन पुगेका छन् । तिनिहरू अब चन्दबासी हुन पुगेका छन् । हामीले त नेपाल बिगार्न तल्लिन भए छौँ, स्वतन्त्रता माग्न आँसु झार्दै रुन पुगेका छन् । नेताहरू भारतीको पाउ धुन पुगेका छन् । सोमनाथ लुइँटेल
पञ्चाङ्ग:०६ तीज आयो बाबाको आगनीमा घुर्घुर घुर्छ मलायो हेर। माइतीघरमा जान पाईँदैन मुटु मेरो जलायो हेर। चेलीबेटी टाढाहुँदा माइती लाई के भ्यालु हुन्छ तीजको, बेंसी फाँट घुम्न गएथ्यौँ सँगी साथी जलुको पलायो हेर। खेतीबाट कृषकले मुरी रोपी धान कति फलायो हेर। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०७
अरुले हैन आफुलाई आफै जाँच्ने गर सधै । इशारामा होइन मन देखि नाँच्ने गर सधै । आफ्नो जीवनको मालिक तिमी आफुनै हौ बुझ , हृदयको पानाभरी पिरती साँच्ने गर सधै । निस्फिक्री आफ्नै तरिकाले तिमी बाँच्ने गर सधै ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
पञ्चाङ्ग:०८ अरु देशको विकास ट्वाल्ल हेरेर भएन। नेपाल बन्द संघ नामले घेरेर भएन। पूर्वाधारको विकासले पूर्ण छोएको कहाँ ? छैन अझै खै निर्यात पथ फेरेर भएन। माकुराको जालो जस्तो देश बेरेर भएन।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०९ भन्नेले भन्दै गरून् फरक नपर्ला। खन्नेले खन्दै गरून् फरक नपर्ला। आफ्नो जिन्दगी आफै हो चलाउने, खराब गन्दै गरून् फरक नपर्ला। मलाई बन्दै गरून् फरक नपर्ला। ह्यारिस
पञ्चाङ्ग:१० तिजमा दुखीलाई कुनै खास छैन। काम नगरीकन खान अास छैन। पर्व अाओस या नआअोस उस्तै छ, बस्ने गतिलो कतै कुनै बास छैन दुः ख नगरेको खै कुनै मास छैन। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:११ माया उस्तै थियो बानीले पराई भयौ आज। यात्रा संगै थियो लक्ष्यले हराई गयौ आज। सोच मेरो देश बनाउने तिमी आफू बन्ने , सफल भयौ ठग्न घाऊ भराई लयौ आज। जिउने जीवन त हो लाग्छ युग सयौ आज। सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:१२
मौरीले मेहनत गर्याे गाेलाे बनायो । किसानले चउर खन्दै काेलाे बनायो । श्रम,सीप ,एकतामा हुँदा धेरै बल , थाेपा थाेपा पानीले यहाँ खाेलाे बनायो । सद्दे लुगा काटेर हेर चाेलाे बनायो ।
मुग्लिन ! मिति २०८० भदौ १८ गते सोमबारका दिन दोस्रो इच्छाकामना महोत्सवका आयोजकद्वारा एक पत्रकार सम्मेलन गरि दोस्रो इच्छाकामना महोत्सव २०८० हुने जानकारी गराएको छ ।
“कृषि पर्यटन, उद्योग र व्यापार इच्छाकामनाको मुल आधार” भन्ने मुल नाराका साथ इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह आयोजनामा, इच्छाकामना गा.पा.-४ कुरिनटार, भानु ग्यास अगाडी “दोस्रो इच्छाकामना महोत्सव २०८०” हुने भएको छ ।
आज एक औपचारिक कार्यक्रम सहित पत्रकार सम्मेलन गरि इच्छाकामना गाउँपालिकाको आर्थिक गतिविधिको चलयमान तथा स्थानीय उत्पादनको बिक्रीवितरण,प्रचारप्रसार र पर्यटन प्रबर्द्धनको बिकासका लागि महोत्सव गर्न लागिएको आयोजकद्वारा आधिकारिक जानकारी दिएइको छ ।
उक्त कार्यक्रममा महोत्सवका संयोजक उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पहिलो महोत्सव २०७५ मा गराउन सफल रहेको र पछिल्लो समयमा कोरोना तथा विविध कारणबस महोत्सव गराउन नसकिएको र आगामी बर्षहरुबाट प्रत्येक बर्ष गरिने बताए । महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरि काम गरिरहेको र यसको उद्देश्य पछिल्लो अबस्था कोरोनाबाट शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई हरेक क्षेत्रबाट चलायमान बनाउन यो महोत्सव महत्त्वपूर्ण रहेकोले सबै इच्छाकामना बासी मिलेर सफल बनाउन अनुरोध गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यहाँको आर्थिक गतिविधिहरुलाइ वृद्धि गर्न यहाँ रहेको स्थानीय पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्ने , लुकेका कला साहित्य, संस्कृतिको कलाकारहरुको उजगार तथा संरक्षण गर्न यो महोत्सवको आवाश्यक रहेको बताएका छन् । स्थानिय उत्पादनका प्रोत्साहन गर्न १५ वटा स्टलहरुलाई निशुल्क व्यवस्था गरिने पनि जनाएका छन्। यसै गरि महोत्सवको आर्थिक पाटोलाइ पारदर्शी बनाउदैं यसबाट प्राप्त फाइदाको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने बताएका छन् । महोत्सव मा बिक्रीवितरण गरिने सम्पुर्ण चिजबिज हरु सहुलियत मुल्यमा गुणस्तर हुनु पर्ने, दिन दैनै गाउँपालिकाबाट चेक जाँज गरिने पनि अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा उपस्थित रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संग संस्थाका प्रतिनिधिहरु, स्थामनीय निकायका प्रतिनिधिहरुले यस क्षेत्रमा गर्न लागेको महोत्सवको सफलताको शुभकामना दिदै महोत्सवले इच्छाकामनाको सामाजिक आर्थिक र सांस्कृतिक बिकासमा टेवा पुग्ने बताउँदै गुणस्तरहिन चिजहरु नराख्न, जुवा तास हरुलाइ नराख्न र महोत्सव को उचित ढङ्गले गराउन आयोजकलाइ समेत सुझाव दिए।
महोत्सवका संयोजक, कार्यक्रमका सभाअध्यक्ष इच्छाकामना गाउँपालिका का वडा नम्बर ४ का वडाध्यक्ष रुद्र उप्रेतीले पत्रकारहरुको जवाफ दिदै यो समयमा अन्य ठाउँमा महोत्सव नहुने र महोत्सव को लागि चाहिने श्रोत साधन सजिलै उपलब्ध गराउन सकिने भएकोले महोत्सव सुन्तलाको मौसममा नगरि तिजको अबसर पारेर गरिएको बताए । महोत्सव मा करिब १ लाख भन्दा धेरै दर्शकहरुले अवलोकन गर्ने पनि जानकारी दिए! महोत्सवमा बाहिरबाट आगन्तुकलाई १०० रुपैयाँ र स्थानिय बिद्यार्थीहरुलाइ ८० रुपैयाँको टिकट लाग्ने साथै कार्यक्रम स्थलहरु धमाधम बनिरहेको जानकारि गराए । साथसाथै आयोजक टिमले दोश्रो महोत्सवका आकर्षणहरु उद्देश्य हरु पनि प्रस्तुत गरिएको थियो जुन निम्नप्रकार रहेका छन् !
१) धार्मिक तथा पर्यटकिय स्थलहरू इच्छाकामना मन्दिर, जय बाल गौरी पाथीभरा सिंहदेवी मन्दिर, सिराइचुली, उपरदाङगढी लामो झरना तथा मनकामना मन्दिरको विशेष प्याकेजमा पदयात्रा तथा अवलोकन गराइने | २) त्रिशूली नदीमा र्याफ्टिङ गराइने ३) आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभुषा, रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी गराइने ४) औद्योगिक प्रदर्शनी गराइने ५) घरेलु एवं कृषि प्रदर्शनी गराइने ६) राष्ट्रिय स्तरका हाँस्य कलाकारहरुद्वारा दैनिक मनोरञ्जनात्मक कार्यक्रम हुने ७) राष्ट्रिय स्तरका कलाकारहरुका साथमा दैनिक सांस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा दैनिक मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने ८) विविध बाल मनोरञ्जनका खेलहरु खेलाइने ९) दोश्रो इच्छाकामना डान्स आइडल कार्यक्रम गरिने । १०) बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गरिने । ११) खाना महोत्सव संचालन गर्ने १२) साथमा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने
विविध बिसयका जानकारी सहित पत्रकार सम्मेलन कार्यक्रम समापन गरिएको थियो ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०० औँ शृङ्खला यही भाद्र १६ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
मेरो काम आगो फुक्ने, गरेकै हो मिलाएर, के दोष मेरो हजुर ? जान्छ भने बिलाएर । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] छैन ! छैन ! तिम्रो दोष, दोष हो स्याउलाको, हर्लक्क हौसीने ती, आलाकाँचा पाउलाको ! वसन्त अनुभव घोराही, दाङ [२] नबस्नु आफ्नो सिप लुकाएर, बरु बसुँला ! दिल फुकाएर । दुर्गा भट्टराई मोरङ [३] फुकेपछि कतै आगाे दन्दनी पो बल्नुपर्छ, बिलाउँदा अर्थ हुन्न झोसे जति जल्नुपर्छ । त्रिलाेचन भण्डारी मेचीनगर,झापा [४] आगो पनि धुँवा बन्यो अनि बन्यो खरानी, आगोलाई पनि लाग्यो राजनीतिको बानी। सुरेशकुमार पाण्डे दाङ घोराही १८ [५] गर्नु काेसिस गरेकै हाे, सँगसँगै हिँड्न भनेर, पाइला तिमी नसार्ने, बस है अब दिन गनेर । शोभा आचार्य गौतम काठमाडौँ [६] तिम्रो दोष नभए नि सतीले सरापेको देश पर्यो , सायद तिम्रो कसुर देखाउन कसैले दाउ गर्यो । गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ [७] गार्हो छ हिजोआज, असल मान्छे पाउन, खप्पिस हुन्छन् , काँचो खरमा आगो लाउन । शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। [८] आगो लाग्दा सकिएन पानी लगाउन, बल्लबल्ल सिकेँ मैले आँसु बगाउन ! कमला देवकोटा, पाल्पा [९] जनता सबै भेडिया भए देश भयो दुर्गति, अरूको इसारामा चल्नेको कहिले फिर्छ मति। सरस्वती श्रेष्ठ इटहरी [१०] जाने मिति तोकेकै थियो नि, भद्रा छलेर, तिमी लड्यौ मलाई देख्दा, रिँगटा चलेर। होम प्रसाद नेउपाने धरान,सुनसरी । [११] आगो फुक्यौ तिमीले मट्टीतेल छर्किएर, आफ्नो स्वार्थ पुरा गर्यौ हेरेनौ फर्किएर । सरिता सेढाई धादिङ [१२] आगो फुकेर तताउँदा पनि कराई नतात्ने भाँडो, भुटुन मसला थाकेपछि पनि कस्तो नपाक्ने फाँडो। Acharya Jamuna [१३] राजनीतिमा लाग्ने गर्छन् नेता देश सेवा भनेर, सत्तामा पुगेपछि भ्रष्ट नेता बस्छन् पैसा गनेर । शिव कुमार रेग्मी पोखराथोक,पाल्पा [१४] फुक्नु जति फुकिसकेंँ निभ्छ भने मेरो मात्रै छ दोष, बिग्रे जति सब कुरामा पोख्छौ अहिले मलाई रोष । अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [१५] काटेर सक जम्मै ठुला रुखको घाँस, जङ्गल किन चाहियो ? अब सबै मास । भगवती दवाडी ,दमक ,झापा [१६] दाेष तिम्राे हैन बाबु ! दाउराकै हाे दाेष, नमिलेर हो कि मिलाऊ नदेखाऊ रोष । Bhawani Pokhrel [१७] ताप दिनुपर्ने आगो राप बनी जलाउँदा, खुसी लाग्छ त्यस्ता सबै चुलाभित्रै सेलाउँदा । सुशीला थापा काठमाडौँ [१८] मनकाे सारा कुरा तिमीलाई सुम्पिदिएँ, तिमीले धाेका दिदा नसालु पदार्थ पिएँ । राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [१९] फुक्नेको दोष हैन मेरो गुण हो जलाउने, पालुवा होइन म हावापानीले पलाउने । पुष्पा सुवेदी नेपालगञ्ज, बाँके । [२०] आगो फुक्या हो कि यहाँ लगाएको, आफ्नै मान्छे जानीजानी भगाएको । राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौ [२१] तिमीले मात्र आगो फुक्यौ फुक्न लाउने थियो मालिक, रापसँग पग्ली बग्यो तिमी बनेउ केवल सालिक । ध्रुव श्रेष्ठ, खोटाङ वजार, हाल काठमाडौ । [२२] कस्तो नाजुक समय आयो श्रावणमा नि आगो लाग्ने, चुर्लुम्म डुबाएर अरूकै इसारामा सुटुक्क भाग्ने । टिकाराम पुन टिपु सल्यान [२३] बालेकै हो आगो दर्क्यो ठुलो पानी, के बल्थे चिसा दाउरा फुक्दा सानी ? सुस्मिता अधिकारी, काठमाडौँ [२४] आगो मात्र फुकिरहेँ दिएन नि ताप, जस्तोसुकै भए पनि नलागोस् है पाप । डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. – ६, दोलखा । [२५] कहिलेसम्म हो अर्कालाई दोष थुपार्ने गर्छौ ? जब काम गर्ने पालो आउँछ अनि पछि सर्छौ । अम्विका अधिकारी झापा बिर्तामोड [२६] तेल बेसार लगाएर दिलभित्र छुन्छु, सियो बनी पसेपछि मुसल जत्राे हुन्छु । केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा [२७] आगो बाल्न किन खोज्छौ देखी देखी झास, अवकाश लेउ बरु दिन पुग्यो खास। बेदु न्यौपाने काठमाडौँ [२८] चुलोमा दाउरा दनदनी बल्यो, दोष स्याउलाको, रहेनन् केही टाकनटुकुन नै, गर्भका चुलाको । कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [२९] लगाएको हो आगो कसले, निभाउने हैन ? तिमी अब फर्किनलाई त बाटो पनि छैन । दुर्गा आचार्य मोरङ [३०] धुनी लायौ सल्कायौ है चिसो पराल, आलाकाँचा कलिला मन नबराल । प्रदीप के रिमाल [३१] फुकेर मात्र कहाँ हुन्छ र ? दाउरा पनि थप्नु, चिसो होला हे भगवान, बलिदेऊ मन्त्र जप्नु। अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [३२] दाेष हाेइन तिम्राे कतै, पापी पैसा दाेषी भयाे, मानवता तिमीबाट निस्किएर खै कता गयाे ? निरज कोइराला इटहरी [३३] सम्बन्धमा आफैँ आगो लगाउने, आखिर तिमी हौ सत्य भगाउने ! आर्त अकुलीन, कैलाली [३४] सबै ठुला, आफैँ मपाईँ, छैन कोही सानो, अर्कालाई दोष दिई बन्ने आफू ओभानो । पद्मा पाण्डे पथरी मोरङ [३५] झिल्काे फुकी मर्छ भन्ने न ठानाैँ है कहिल्यै, सुकेकाे घुसान पाए सल्कन्छ है जहिल्यै । G.b. Chintan [३६] देश विकासमा टेवा दिन सुनको व्यापार थाले, सरकारलाई साथ दिने राम्रा भ्रष्ट्राचारी पाले ! बिबस पारदर्शी झापा [३७] खुसीका लागि रुँदा बाँकी खुसी पनि बगायाे आँसुका धाराले, पलपल मरेकाे छ जिन्दगी कसरी बाचाैँला यस्तो पाराले ? एस वि प्रगति [३८] फुकेकाे थिएँ आगाे त्याे, दुनियाँलाई देखाउन, आफ्नै घर डडाएर, सकिन नाम लेखाउन । ताराप्रसाद चापागाईँ धुनिबेसी । [३९] सबै काम गरेकै हुँ , बिधि पुर्याएर, फेरि कसले आँखा लायो, यता आएर । बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [४०] छैन है छैन तिम्रो दोष नआत्तिएर गर, पकाऊ पकाऊ मीठो गरी अनि पेट भर । प्रेम थापा “मन”बागलुङ [४१] चाहिँदो काममा फुक्नु छैन बेकाममा अल्झनु, यस्ता नामर्दको पछि लागे पर्छ आफैँ बल्झनु । नन्दलाल आचार्य, बेलका २, उदयपुर । [४२] आगो फुक्यौ धुँवा निस्कियो बल्यो आगो दन्किएर, बेहोसीमा गयो बस्ती नै अकस्मात रन्किएर । चिरञ्जीवी श्रेष्ठ, धनकुटा । [४३] हाँसेर बोल थाहा छैन जीवन कहिले ढल्छ ? सधैँ मनमुटाउले यो सम्बन्ध कसरी चल्छ ? सञ्जना शर्मा [४४] घरमा आगो लगाएर, खरानी अन्तै खोज्ने, घरकी प्यारी छोडेर त,, बाहिर अर्कै रोज्ने । नागेन्द्रप्रसाद यादव , दाङ [४५] आलाकाँचा दाउरा बाले पुतपुताउँछ धुवाँलो, ओसिलो जमिनमा मात्र जुरमुराउँछ तुवाँलो । शुक्रराज कुँवर धरान १० [४६] काम गर्दा दोष पाउने परम्परागत चलन, परिश्रम गरेर सफल नहुँदा हुन्छ जलन ! रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल ! [४७] झुप्राे जल्दा थाहा भयो ओत चाहिन्छ भनेर, त्यहीँ बेला मित्र नि आउछन् शत्रु झैँ बनेर । खुनराज काेईराला सिद्दलेक -३ गैरीगाउँ,धादिङ [४८] हैन हैन तिम्रो गल्ती त रतिभर हैन, पानीमाथि ओभानो छौ कहीँ भिजेको छैन ! Indira Devkota [४९] आगो फुकेकै हो तिमीले, निभ्न बेर लागेन, एकता नै बल भन्ने, जनचेतना जागेन । बिके मुखिया दार्जीलिङ भारत। [५०] चुलो चिसो थियो र त आगो जलेन, मन बल्यो दनदनी ज्यान बलेन । मन्दिरा सेढाई मलेखु,धादिङ [५१] पानीमाथि बलेको दिप कसरी त्यो बल्दै बग्दै छर ? टुक्काकार कविहरूले अहिले देखे अध्यारो घर । Balaram Pokharel [५२] सलाई काेरेर देश जलायाै, सिद्धान्त बेचेर सत्ता चलायाै । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [५३] भनेजस्तो सजिलो हुँदैन नि काम गर्न, दुनियाँको मुहारमा सजिलै खुसी भर्न । प्रविना प्रयासी ओखलढुंगा [५४] भाले सामु चल्ला किन गर्न खोज्छन् उत्पात ? भुल्नुहुन्न कसैले पनि आआफ्नो औकात । बाबुराम गौतम, गुल्मी [५५] बाध्यता हो गरिबको मोजमस्ती मेरो, सही बोलेपनि ठान्छ समाज अप्ठेरो। अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [५६] राम्राे हाेस् भनेर सकेसम्म मिहिनेत हो मैले गरेकै, बिरानी पारेर सबैथाेक परपर हो तिमी सरेकै । उर्मिला के.शी. धनकुटा [५७] लाग्दैन बिझाए झैँ आफ्नाे, कहाँ देखिन्छ र दाेष, देखाउने त अरूमाथि मात्र हो प्रचण्ड रोष । पुष्पा राई बादेल,खाेटाङ। [५८] गर्नु काेसिस गरेकै थिएँ राम्रो गर्छु भनेर, बुढेसकाल लागिसक्यो बसी छु दिन गनेर । शोभा अर्याल
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिचालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०५/१४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४३[ त्रिचालिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~
पञ्चाङ्ग:०१ संस्कार,संस्कृतिको जगेर्ना गर्नु पर्छ। आफ्नै रीतिरिवाजको भर पर्नु पर्छ। सबैमा रक्षा बन्धनको शुभकामना, हाम्रो परम्परा धान्न अघि सर्नु पर्छ। परम्परा विरोधीको खुसी हर्नु पर्छ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ अक्षर-२० रक्षा बन्धन चेलिले माइतीको दु :ख हर्ने दिन भन्छन् , आज मात्र हैन नि सधैँ सधैँ कामना गर्ने दिन भन्छन् । हो चेलिबेटी हुदाको घर त्यसै उज्यालो देखिनु पर्ने , जतिनै टाढा भएपनि माइती जानू पर्ने दिन भन्छन्। सुख दु:खका कुराको आशिषले झोली भर्ने दिन भन्छन् ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३
हाम्रो परम्परा सबैको लागि राम्रो लाग्दछ। विदेशीलाई हिन्दु संस्कृति नै चाम्रो लाग्दछ। नेपालीको छाती टेक्ने नेताहरू भएपछि, विदेशीले नि भन्न लागिसके हाम्रो लाग्दछ। यहाँ हाम्रै नेतालाई हिन्दुत्व दाम्रो लाग्दछ ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०४ सम्बन्ध नजिकको बनाउँछ रक्षा बन्धनले। स्नेहले दाइ बैनी भनाउँछ रक्षा बन्धनले। यहि परम्पराले नाता अमर राखि रहन्छ, वृत्तान्त मौलिकता छनाँउछ रक्षा बन्धनले। सधैँ कौतुहलता जनाउँछ रक्षा बन्धनले।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५ वर्ष दिनको चाडपर्व मनाउनु पर्छ। हामी सबैले उपस्थिति जनाउनु पर्छ। रक्षा बन्धनको सबैलाई शुभकामना, सबै मिलेर पर्व भव्य बनाउनु पर्छ। चाडपर्व विरोधीलाई हनाउनु पर्छ। ह्यारिस
पञ्चाङ्ग:०६
आज रक्षाबन्धनकाे डाेरी बान्नुपर्छ सबैले। पर्व जगेर्ना गर्दै संस्कृति धान्नुपर्छ सबैले। अनेकतामा एकताले भरिएका हाम्रा पर्व, ठूलादेखि सानासम्म पर्व मान्नुपर्छ सबैले। नेपाली संस्कार र संस्कृति जान्नुपर्छ सबैले । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ काँधमा जनै फेर्ने पर्व जनै पुर्णिमा। हातमा रक्षा बेर्ने पर्व जनै पुर्णिमा। ऋतु अनुसार सस्कृतिको महत्व छ , क्वाटिले जाडो घेर्ने पर्व जनै पुर्णिमा। कला सस्कृति हेर्ने पर्व जनै पुर्णिमा। सुस्मिता पौडेल अधिकारी , काठमाडौँ
पञ्चाङ्ग:०८ हाम्रो परम्परा बाँचे मात्रै हामी पनि बाँच्न सक्छौ। देशलाई पनि जिवितै राखेर युगौ साँच्न सक्छौ। हाम्रा हरेक चाड पर्वले जोडेको छ हामीलाई, जुटेर एउटै आगनीमा छमछमी नाच्न सक्छौ। नाची-नाची हासी-हासी आफ्नो बल आफै जाच्न सक्छौं । -पशपति राई खोटाङ ।
जनैपूणिर्मा रक्षा बन्धन धर्म जान्ने। संस्कार र संस्कृतिको को छ मर्म जान्ने। हिन्दु पर्व मान्नलाई कोलाहल हुन्छ, मानवीय समाज ले छैन सर्म जान्ने। प्राणी जगत संसार को छ कर्म जान्ने। बेदु न्यौपाने काठमाडौँ ❤️
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] जोखिम यात्रा मजबुर सपना हाम्रो सिङ्गापुर !
वसन्त अनुभव [२] हालत देशको यस्तो हिलोबाट मोटर चल्ने !
साउदी अरब ! गैर आवासीय नेपाली संघ साउदी अरबले माननिय सांसद राजेन्द्र लिङ्देन मार्फत नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री शरद सिंह भण्डारी लाई नेपाली श्रमिकहरुको हक हित सम्बन्धित बिबिध पक्षलाई लिएर पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ।
माननिय सांसद राजेन्द्र लिङ्देन नेपाली प्रवासी एकता मंच साउदीअरबको प्रथम वार्षिकोत्सव समारोहमा रियाद आउनुभएको अवसरमा संघको तर्फ बाट अध्यक्ष रबिना अर्याल लगायतका अन्य पदाधिकारीहरूले ५ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
संघद्वारा जारी गरिएको ज्ञापन पत्र यस प्रकार छ ।
श्री शरद सिंह भण्डारी । माननीय मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सिंह दरबार काठमाडौ मार्फत : माननीय श्री राजेन्द्र प्रसाद लिङ्देन । विषय: ज्ञापनपत्र । माननीय, उपर्युक्त सम्बन्धमा वैदेशिक रोजगारमा नेपाली नागरिकहरु श्रम स्वीकृति लिएर जान थालिए पश्चात् उनिहरुको हक हित नियमन गर्न श्रम मन्त्रालयले २०६४ साल भदौ १९ मा ” वैदेशिक रोजगार ऐन २०६४” जारी गर्यो । उक्त ऐनको परिच्छेद -७ ( अनुगमन र जाँच बुझ सम्बन्धि ब्यबस्था) को दफा ३५ (१) अनुसार रोजगारदाता संस्थाले करारको दायित्व पुरा नगरेको वा इजाजतपत्र वालाले करारमा उल्लेखित शर्त पुरा गराउन आवश्यक र उपयुक्त कार्बाही नगरेको सम्बन्धमा कामदारको उजुरी परेमा विभागले आवश्यक जाँचबुझ गर्ने गराउने छ । उपदफा १ बमोजिम गरिएको जाँचबुझबाट सम्बन्धित कामदारलाई स्वदेश फिर्ता गर्न आवश्यक देखिएमा निजलाइ स्वदेश फिर्ता गर्नको लागि चाहिने रकम उपलब्ध गराउन विभागले इजाजत पत्रवालालाई आदेश दिनेछ। दफा ( ३६) ले क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने उपदफा १ बमोजिम परेको उजुरी उपर आवश्यक जाँचबुझ गर्दा ब्यहोरा मनासिब देखिएमा वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराइदिने आदेश दिन सक्नेछ । तर, १) मन्त्री परिषदको अघिल्लो निर्णय ” फ्री भिसा फ्री टिकट” को नाममा कामदारलाई दस हजारको भर्पाइ थमाएर दुई लाख सम्म अनुचित रकम असुली गरेको तथ्य जग जाहेर छ ।तथापि, यस कु-कार्यलाई रोक्न वैदेशिक रोजगार विभाग, मन्त्रालय अन्जान बनेर मुक दर्शक बनेको घाम झैँ छर्लङ्ग छ, यो अनुचित कार्य रोक्न सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस। २) कामदार पठाउने म्यान पावरले कामदारलाई जहाज चढाएर आफूहरु उम्किने गर्ने गरेकोले वैदेशिक रोजगारमा बिकृती झन्झन् मौलाएको अवस्था सिर्जना भएकोछ । त्यति मात्र होईन, झुक्काएर नेपाल सरकारले तोकिदिएको न्यूनतम ज्याला १०००+३०० लाई करारमा लेखिएर एयरपोर्ट सम्म मात्रै देखाउनलाई द्वैध करार गराइएको पाइएको छ । यसर्थ,नेपाल सरकारको ऐन कानुनलाई चुनौती दिने यस प्रकारको म्यानपावर कम्पनीहरुको स्विकृति सदाको लागि खारेज होस। ३) महिला कामदारको अवस्था खाडी मुलुकमा दयनीय नै छ, कम्पनीको भिषा भनेर कतिपय ठाउँमा हाउसमेडको काम गराउने, कुवेतबाट अवैध तरिकाले साउदीमा नेपाली घरेलु कामदारहरु अझै पठाउन ल्याउन रोकिएको छैन । तसर्थ महिला कामदारको विषयमा नेपाल सरकारको ध्यानाकर्षण होस। ४) करार अवधि २ बर्षको भए पनि कुनै कुनै रोजगार दाताले नेपाल बाटै म्यानपावरको आन्तरिक सहमतिमा यहाँ आएर दबाबमा तीन वर्षको करार गराउने गरेको पाइएको छ, दुई वर्षको करार सकिएर स्वदेश फर्कने व्यवस्थाको नियमन होस। साथै, कामदारको बिमाको म्याद तीन वर्षीय गर्ने ब्यबस्था होस । ५) नेपाल सरकारले नागरिकको मौलिक हक अन्तर्गत जनतालाई जनार्दन भनिए पनि विदेशमा आउने नेपालीहरु लाई उपेक्षा गरेको छ, नागरिक स्वदेश विदेश जहाँ भए पनि नागरिक हक पाउनुपर्ने अधिकार हो । तसर्थ: प्रवासमा पनि मतदानको अधिकार प्रदान गरियोस । अन्तमा “सुरक्षित र मर्यादित रोजगार हामी सबैको अधिकार “
धन्यवाद ! बोधार्थ नेपाली राजदुतावास , रियाद गैर आबासिय नेपाली संघ, केन्द्रिय सचिवालय, बालुवाटार काठमाडौ ।
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब
साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्धा द्वारा १९ जुन २०२३ मा दुर्गा बहादुर सुनारलाई उद्दारार्थ लागि ठूलो रासी ४५ हजार रियल आवस्यक परेको र समस्त नेपालीहरुसित सहयोगको लागी गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबद्वारा संकलित रकम सा. रि. १५,८१७.०० (साउदी रियाल पन्ध्र हजार आठ सय सत्र मात्र) नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरेको छ |
संकलित रकम हस्तान्तरण गरिएको कुरा एनआरएनए एनसिसि साउदी अरबले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराएको छ । संघले सुनार उद्दारका लागि रकम संकलनका अभियान संचालन गर्दै आफ्नो मातहतका रहेका ४ क्षेत्रिय समन्वय समितिहरुबाट, आफ्ना केन्द्रिय सदस्यहरूबाट तथा नेपाली जनसमुदायहरु सँगको समन्वयमा दुर्गा बहादुर सुनारको उद्दारका लागि उक्त सहयोग रकम संकलन गरिएको जनाएको छ ।
रकम संकलन अभियानमा जोडिएका सम्पुर्ण संघका पदाधिकारीहरु, सहयोगी मनका धनी तथा दानवीर दाताहरु, अपिल पश्चात् अभियान संचालन गरी सहयोग रकम संकलन गरएका विभिन्न संघ संस्थाहरु एवम् समाजसेवी तथा सहयोगी दाताहरुप्रति एनआरएन एनसीसी साउदी अरब धन्यवाद ज्ञापन गरेको छ I
साथ साथै सुनारको उद्धारको प्रक्रियालाई अगाडी बढाइ आवास्यक सहयोग रकम संकलन गर्न सफल भएकोमा नेपाली महावाणिज्यदूतावास जेद्धाका लागि कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल तथा नेपाली महावाणिज्यदूतावास जेद्धा परिवार प्रति पनि एनआरएनए साउदीले बिशेष धन्यवाद दिनुको साथै आभार व्यक्त गरेको छ I
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:अन्ठाउन्नमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५८ (अन्ठाउन्नौं)——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०५/११गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
……………………………………………… पञ्चाङ्ग:०१ गरिबीले पार्नुसम्म चपेटामा पारेको छ। यहाँ भोको पेटमा दिनहुँ मान्छे मारेको छ। हुने खाने, हुँदा खानेमा धेरै भिन्नता हुँदा, संघर्ष गर्ने ठाउँ जताततै नै टारेको छ। मान्छे आफैले आफ्नो भाग्य सराप्दै हारेको छ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
खुसी खुसी मन हुँदा । हृष्टपुष्ट तन हुँदा । चार जना अघि पछि, छ हातमा धन हुँदा । हरियाली वन हुँदा ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ अक्षर-१५
ठगेको भरमा जिन्दगी चलाउछन् यहाँ , बाचेर मान्छेले रहर जलाउछन् यहाँँ। सधैँ मारेर आशाहरु खुम्चियको मन, मन हो अनेक कुराले गलाउछन् यहाँँ, श्रमले कौसी खेती पनि फलाउछन् यहाँ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ दुनियाँले गर्नु गरेको छ। आफ्नै मात्र पेट भरेको छ। मानिसको जीवन अजीब, प्रगतिमा आँखा तरेको छ। अरु भन्दा माथि परेको छ। ह्यारिस
पञ्चाङ्ग:०५
जातीय द्वन्द हुने हावा चल्न थाल्याे यहाँ। चाेक चाेकमा फेरि आगाे बल्न थाल्याे यहाँ। कानून विराेधीलाई कार्वाही नगरेर, कतिकाे सवारी साधान जल्न थाल्याे यहाँ। शाशक सत्य लुकाएर छल्न थाल्याे यहाँ।
नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०६
प्रगति हुनेबेला कसैले रोक्न सकिँदैन। अतिवादी आडम्बरीलाई बोक्न सकिँदैन। नीति होस् वा नैतिक ज्ञानहुनु पर्छ हामीमा, अनायास नबुझ्नेलाई त ठोक्न सकिँदैन। परम्परा भनेर कहिले घोक्न सकिँदैन।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०७
झिल्को है फाली जंगल बलायौ यहाँ। सित्तैमा गाली मनमा जलायौ यहाँ। उघार्न कति गार्हो चेतनाको ढोका , पाकेको बालीमा हावा चलायौ यहाँ। आशाका पालीमा खम्बा गलायौ यहाँ। सुस्मिता अधिकारी
पञ्चाङ्ग:०८
सम्झनामा को याद छैन भएँ बिरानी। मुटु भयो छिया छिया नै सएँ बिरानी। कति घुम्छौ माया छैन के लाज पचायौ, पर्खिबसेँ तिमी आएनौ गएँ बिरानी। गरीबको महल छैन तएँ बिरानी। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०९
विकृती र बिसङ्ती मात्र फल्न थालेको छ यहाँ। जातीय दङ्गा हुने हल्ला चल्न थालेको छ यहाँ। चार जात छतिसबर्णको फूलबारी के भा खै , सडक सडकमा गाडी जल्न थालेको छ यहाँ । सरोकारवाला सत्यता छल्न थालेको छ यहाँ ।
दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:१०
फेर्दा फेर्दै त्यो सास हराउनु कस्तो अचम्म। मान्छेदेखि मान्छे लौ डराउनु कस्तो अचम्म। जिउँदोमा सबैलाई हसाउदै हिड्ने मान्छे, मरेपछि बोल्नु न कराउनु कस्तो अचम्म। मसान घाटमा बर्बराउनु कस्तो अचम्म।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
पञ्चाङ्ग:११ जसले पनि हल्लाएर देश कमजोर बनाए हजुर। हल्लाएर बेसरी आफैंलाई बहादुरी भनाए हजुर। यो देशलाई थामौ न भन्ने त म एक्लैछु कोहि सुन्दैनन् खै, बरु मेरै विरुद्धमा पो लागेर खोइरो खनाए हजुर। यहाँ दलालको वास आयो देशभक्त चैं गनाए हजुर। -पशपति राई खोटाङ ।
पञ्चाङ्ग:१२
नाग देव आज तिम्रो पूजा गरेँ मैले । धूप दीप चढाइ सरण परेँ मैले । पक्कै पनि दुःखका ती मेरा दिन गए, विश्वासको भेटी राखी माथ धरेँ मैले । तिम्रै नाम शब्दमा किर्तन भरेँ मैले ।
पञ्चाङ्ग :१३
जनैको महत्व हराउँदै गयो । विदेशी चलन भराउँदै गयो । आजभोलि बाटो युवाको अलग , जनै लाउन नि डराउँदै गयो । कुसंस्कार मन पराउँदै गयो ।
सरिता सेढाइ धादिङ
पञ्चाङ्ग:१४
साेचेकाे जस्तो जिन्दगीमा कसकाे नै भाछ र। भाेली के हुँदैछ भन्ने कसलाई पाे थाछ र। जिउने क्रममा हाँसाे राेदन आइरहँदा, एकसराे लुगा भन्दा बढी कसले लाछ र। धनीले नि एकपेट भन्दा बढी के खाछ र।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:१५
गाउँ सहरमा छाएको तिज पर्व। दिदीबहिनीमा लाएको तिज पर्व। नेपाली महिलाको याे महानचाड, वेदनाका गीत गाएको तिज पर्व। रमाउने मौका पाएकाे तिज पर्व। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:१६
पर्व अाउँछ तिजको फुर्काएर मन। दुःख पीडा पोल्टा भित्र सुर्काएर मन। साथीसंगी अामा बाबा भेट दाजुभाइ, मिल्दछ मीठो अानन्द लुर्काएर मन। बितीजान्छ दुई दिन खुर्काएर मन।
होम प्रसाद नेउपाने धरान,सुनसरी।
पञ्चाङ्ग:१७
खाली गाेडाले मसिनो ढुङ्गामा टेके पछि दुःखाई थाहा भयो गरिबीले सेके पछि । जिन्दगीमा खुसी किन चाहिन्छ भन्थे सबै , अझै दुख्ने भयो भाग्य पर्दाले छेके पछि। संघर्ष मैदानमै नियतिले लेटे पछि।
१५ भदौ २०८०, मुग्लिन ! “कृषि पर्यटन, उद्योग र व्यापार इच्छाकामनाको मुल आधार” भन्ने मुल नाराका साथ इच्छाकामना उद्योग वाणिज्य संघ र इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह आयोजनामा, इच्छाकामना गा.पा.-४ कुरिनटारको, भानु ग्यास अगाडी “दोस्रो इच्छाकामना महोत्सव २०८०” आयोजना हुने भएको छ ।
२०८० भाद्र २७ गते देखि असोज ७ गते सम्म आयोजना गर्न गइरहेको उक्त कार्यक्रममा विविध कार्यक्रमहरु गरि महोत्सव संचालन गरिने जानकारी महोत्सव आयोजक समितिका सचिब बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त महोत्सवमा सहभागी भई महोत्सवको अवलोकन गरि महोत्सव भब्यताका साथ सम्पन्न गराउन पनि इच्छाकामना गाउँपालिका तथा अन्य छिमेकी पालिकामा अबस्थित सबैमा आयोजक टिमले अनुरोध गरेको छ ।
उक्त दोश्रो महोत्सवका कार्यक्रम तथा आकर्षणहरु निम्नप्रकार रहेका छन् !
१) धार्मिक तथा पर्यटकिय स्थलहरू इच्छाकामना मन्दिर, जय बाल गौरी पाथीभरा सिंहदेवी मन्दिर, सिराइचुली, उपरदाङगढी लामो झरना तथा मनकामना मन्दिरको विशेष प्याकेजमा पदयात्रा तथा अवलोकन गराइने | २) त्रिशूली नदीमा र्याफ्टिङ गराइने ३) आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभुषा, रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी गराइने ४) औद्योगिक प्रदर्शनी गराइने ५) घरेलु एवं कृषि प्रदर्शनी गराइने ६) राष्ट्रिय स्तरका हाँस्य कलाकारहरुद्वारा दैनिक मनोरञ्जनात्मक कार्यक्रम हुने ७) राष्ट्रिय स्तरका कलाकारहरुका साथमा दैनिक सांस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा दैनिक मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने ८) विविध बाल मनोरञ्जनका खेलहरु खेलाइने ९) दोश्रो इच्छाकामना डान्स आइडल कार्यक्रम गरिने । १०) बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गरिने । ११) खाना महोत्सव संचालन गर्ने १२) साथमा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने
इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन को संयुक्त संरक्षकत्वमा उक्त महोत्सव हुनेछ ।
१२ भदौ २०८० ! सिरानचोक गाउँपालिका-३ बयापानी गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० शनिबारका दिन आफ्नो प्रथम साधारणसभा कार्यक्रमबाट सफि महमदको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
१३ सदस्यीय तदर्थ समितीलाई विघटन गर्दै सिरानचोक मुस्लिम समाजले प्रथम साधारणसभा कार्यक्रमबाट १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने ४ जना सल्लाहकार मनोनीत गरेको छ।
कार्यसमितिको अध्यक्षमा सफि महमद मकुन्डाँडा रहेका छन् भने उपाध्यक्षमा आएसा खातुन ठुलागाउँ, सचिबमा मुहम्मद रफि मियाँ ठुलागाउँ, सह सचिबमा साजिद मियाँ ठुलागाउँ, कोषाध्यक्षमा तस्बिरा मियाँ किपट, सह कोषाध्यक्षमा जमल दिन मियाँ किपट, सदस्यहरूमा अलाउदिन मियाँ पिपलथोक, समिम मियाँ ठुलागाउँ, अमिन दिन मियाँ ठुलागाउँ , मुहम्मद सरिफ मियाँ अर्चले, मदिना मियाँ मकुन्डाँडा, अप्सना खातुन बरख, अफ्जल हुसेन बानागाँ, सलिम मियाँ ठुलागाउँ, नातिकाजी मियाँ सन्तेबारी, अब्दुल अजिज मियाँ थुम्की, मुहम्मद सिद्दिक ठुलागाउँ, इमामुदिन मियाँ नवलपुर, चयन भएका छन भने एकजना सदस्य नयाँ साँगु बाट राख्ने गरि पद रिक्त राखिएको छ ।
यसैगरी साधारणसभाले ४ सदस्यीय सल्लाहकार प्रा. सलाउदिन मियाँ काठमाडौ, अहमद दिन मियाँ थुम्की, रम्जान दिन मियाँ मकुन्डाँडा, र प्रो. मोहम्मद रमजान अलि काठमाडौं हरुलाइ चयन गरेको छ । नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमका बिशिस्ट अतिथी सलाउदिन मियाँले सपद ग्रहण गराएका थिए ।