• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

वीपी प्रतिष्ठान : छानबिन आयाेगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायाे

  • २६ कार्तिक २०७८, शुक्रबार १६:११ मा प्रकाशित
  • काठमाण्डाै – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

    आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा स्वास्थ्य मन्त्री खतिवडाले अबको हप्ता दिनभित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो । उहाँले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहरूलाई छलफल गरेर बनाइएको बताउनुभयो ।

    स्वास्थ्य मन्त्री खतिवडाले हप्ता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताउनुभयो । उहाँले सिनेटले प्रतिवेदनमा पेस भएको कुरालाई आधार मानेर नै निर्णय लिने पनि बताउनुभयो ।

    स्वास्थ्य मन्त्री खतिवडाले भन्नुभयो, ‘वीपी कोइराला प्रतिष्ठानलाई लिएर आयोग बन्नुको अर्थ नै त्यहाँ केही न केही समस्या थियो भन्ने कुरा त पुष्टि हुन्छ । तीन सदस्यीय आयोग बनेको थियो, जसमा यस मन्त्रालयका सचिव र धरान नगरपालिकाका मेयर, मेरो अध्यक्षतामा कुलपति प्रधानमन्त्रीले गठन गर्नुभएको थियो । हामीलाई २१ दिनको समय दिइएको थियो, ५ गते हामीले प्राप्त गरेका थियौँ, त्यही हिसाबले २१ दिनभित्रै हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायौँ । हामीले यो प्रतिवेदन तयार गर्ने क्रममा धरानमा रहेकाे प्रतिष्ठानमै गएर आन्दोलनरत पक्ष, त्यहाँ जसको विरुद्धमा आन्दोलन भएको थियो ती पदाधिकारी, शिक्षक र विद्यार्थी, कर्मचारी, धरान नगरपालिकाका मेयरसहित जनप्रतिनिधि, विभिन्न राजनीतिक  दलका प्रतिनिधिलाई समेटेर प्रतिवेदन बनाएका छौँ । नियमावलीअनुसार बैठक बोलाउनुपर्ने अवधि पाँच/सात दिनको समय दिएर सिनेटको बैठक बोलाउँछौँ, प्रधानमन्त्रीजीले बोलाउनुहुन्छ, त्यहीबाट नै यस प्रतिवेदनलाई आधार मानेर हामी निर्णयमा पुग्छौँ, २५ प्रतिशत सदस्य अर्थात् ६ जनाले त्यहाँ भइरहेका अनियमितताको बारेमा छानबिनको माग गरेपछि आयोग गठन भयो, प्रतिवेदन बुझाउँदा योभन्दा अघिका प्रतिवेनलाई पनि आधार मानेका छौँ ।’

    स्वास्थ्य मन्त्री खतिवडाको अध्यक्षमा बनेको छानबिन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका मेयर तिलक राई हुनुहुन्छ । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।  आन्दोलन थप चर्किँदै गएपछि सरकारले वार्ता टोली गठन गरेर प्रदर्शनकारीकाे माग सम्बोधन गर्ने सहमति गरेको थियो ।  

    Posted in ताजा अपडेटLeave a Comment on वीपी प्रतिष्ठान : छानबिन आयाेगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायाे

    प्रधानसेनापति शर्मा सैन्य विमानमा भारत प्रस्थान

  • २३ कार्तिक २०७८, मंगलवार १३:४१ मा प्रकाशित
  • प्रधानसेनापति प्रभुराम शर्मा भारतको चारदिवसीय औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्किएका हुन् ।

    नेपाली सेनाको मध्य एयरबेस, गौचरामा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए।प्रधानसेनापति शर्मा नेपाली सेनाको ५० सिटे इन्डोनेसियाली कासा २३५ जहाजमा भारत गएका हुन्।

    प्रधानसेनापतिमा नियुक्ति भएपछिको शर्माको यो पहिलो विदेश भ्रमण हो। प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले मंगलबार नै भारतीय रक्षा सचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गर्नेछन्।

    प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय रहेको छ। महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कनेछन्। प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ।

    Posted in ताजा अपडेटLeave a Comment on प्रधानसेनापति शर्मा सैन्य विमानमा भारत प्रस्थान

    ८ महिनादेखि प्यारालाइसीस अबस्थामा रहेका एक नेपाली एनआरएनए अल कासिम र नेपाली राजदुताबास रियाद्को सहयोगमा नेपाल फर्के ।

  • २३ कार्तिक २०७८, मंगलवार ००:५० मा प्रकाशित
  • समर्पण रम्जान

    ९ नोभेम्बर २०२१, साउदी अरब ! नेपाल घर धनुषा भइ बिगत २१ बर्षदेखि साउदी अरबको अल वतानिया कम्पनीमा कार्यरत रहदै गर्दा ८ महिना देखी प्यारालाइसीस भएर किङ फहाद हस्पिटल बुरैदामा उपचारर्थ 52 बर्षका राम लखन महतो कोइरी, गत आइतबार ८ नोभेम्बरका दिन सकुशल नेपाल फर्कन सफल भएका छन् ।
    एनआरएनए आरसिसी अल कासिम र नेपाली दूतावास रियादको अमुल्य सहयोगमा हिमालय एरलाइन्सको H9/5732 को फ्लाइटमा स्पेसल चीयर मार्फत रियादबाट काठमाडौं पठाउन सफल भएको एनआरएनए आरसिसी अल कासिमका सचिब ध्रुब कटुवालले जानकारी गराउनु भएको छ ।

    उहाँको नेपाल फिर्तिका लागि नेपाली राजदुतावास रियादको प्रत्यक्ष सम्लग्नता सहयोग र एनआरएनए आरसिसी अल कासिमको निरन्तर प्रयासमा पाचौं पटकको कोशिसमा सफलता मिलेको कुरा कटुवालले जानकारी गराएका छन् ।

    यस कार्यको लागी प्रत्यक्ष सम्लग्न भएर हिमालय एरलाइन्ससंग समन्वय गरेर ब्यबस्था मिलाइ दिनुहुने नेपाली राजदुतावास रियादका कार्यबाहक राजदुत श्री दिलीप पौडेल ज्यु , हरपल समन्वय तथा उद्वार गर्नको लागि प्रत्यक्ष फलो गर्नुहुने श्री टिकाराम उपाध्याय ज्यु, द्वितीय सचिब नेपाली राजदुतावास रियाद, दम्मामबाट फ्लाइट गराउनको लागी प्रयास गर्नु हुने श्री हरी घिमिरे ज्यु, भु. पु. पुर्बी क्षेत्र जन सम्पर्क सहायक नेपाली राजदुतावास रियाद, कठिनाईका बाबजुद पनि अनुरोधलाई सहर्ष स्वीकार गरेर सहयोग गर्नुहुने हिमालय एरलाइन्सका कन्ट्री मेनेजर श्री सुवास तिमिल्सिना ज्यु, निरन्तर समन्वयको भुमिका निर्बाह गर्ने आर सि सी अल कासिम टिम, साथै राम लखनको स्वास्थमा नाजुक अबस्था रहेको बेलादेखी आजका दिनसम्म करिब करिब ८ महिना हरपल सेवा गर्नुहुने श्री मन कुमार राई ज्यु, श्री इसराइल राइन ज्यु श्री हेम चन्द्र लिम्बू ज्यु, श्री राकेश मन्डल ज्यु, श्री दुर्गा कुवर ज्यु सबैको सामुहिक प्रयासले यो सफल भएको कटुवाल ले जानकारी गराएका छन ।

    अल वातनीय पोल्ट्री कम्पनीले उहाँको उपचारमा कहिँ कतै कमी नगरेको कहिल्यै पनि कम्जोरि महसुस नगराएको र हिजो फ्लाइटमा बसुन्जेल सम्म पनि कम्पनीको प्रत्यक्ष सम्लग्नता साथै उपचारमा भारी रकम करिब करिब एक लाख एघार हजार रियल बराबरको खर्चका बाबजुद पनि उहाले पाउने हर पाई पाई उहालाई हस्तान्तरण गरेर परिवार सम्म पठाउने काम गराएको थियो ।
    अहिले उहाँ परिवार सम्म सकुशल पुगिसकेको भनेर कटुवालले जानकारी गराउनु भएको छ ।

    समाचार भिडियो फोटो उपलब्ध :- ध्रुब कटुवाल ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ८ महिनादेखि प्यारालाइसीस अबस्थामा रहेका एक नेपाली एनआरएनए अल कासिम र नेपाली राजदुताबास रियाद्को सहयोगमा नेपाल फर्के ।

    प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साथ नदिने राजनीतिक दलविरुद्ध जान सक्छौँ : बार उपाध्यक्ष

  • २२ कार्तिक २०७८, सोमबार १४:३२ मा प्रकाशित
  • नेपाल बार एसोसिएसनले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै भइरहेको आन्दोलनलाई साथ नदिने राजनीतिक दलहरूविरुद्ध जाने चेतावनी दिएको छ ।

    एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उपाध्यक्ष ईश्वरी भट्टराईले न्यायपालिको स्वतन्त्रताको पक्षमा भइरहेको सर्वोच्च परिसरबाट बाहिर पनि हुनसक्ने चेतावनी दिए ।

    ‘राजनीतिक दलहरू कानमा तेल हालेर बसेका छन् । नेपाल बार, नागरिक समाज र जनताले उठाएको विषय राजनीतिक दलले सुन्नुपर्छ कि पर्दैन ? राजनीति दलले उपयोग गर्न पाउन्जेलसम्म यो आदलातभित्रको कुरा हुन्छ ? उपयोग गर्न नपाउने भएपछि दलहरू जाग्ने छन्’ भट्टराईले भने, ‘न्यायपालिकाको स्वतन्त्र, जनताको आस्था र लोकतन्त्रको रक्षाका निम्ति कुनै पहल गर्नुभएन ? त्यस समयमा हाम्रो आन्दोलन राजनीतिक दलहरु प्रति सोझिन सक्छ । त्यस समयमा को कहाँ हुन्छ हामीलाई थाहा छैन ।’ उनले नेपाल बार एसोसिएसन सर्वोच्च अदालतको प्रांगणमा मात्रै सीमित नहुने चेतावनी दिए ।

    ‘हामी अहिलेसम्म तोकिएको घेराभित्रै छौँ,’ उनले भने, ‘हामीले भद्रतापूर्व सम्माननीय प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छौं । यो एकाएक आएको विषय होइन । यो साढे २ वर्षदेखि नै घटनाक्रम विकास हुँदै आएको हो । नेपाल बारको नयाँ नेतृत्व आएपछि न्यायपालिकाको सुधारका लागि जनताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्यायौँ । त्यो कार्यान्वयन गर्न चाहनु भएन । अटोमेटिक सिस्टम हो । एक वर्षभित्र लागू हुन्छ भन्नुभयो । तर लागू गर्नु भएन ।’

    न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् ।

    Posted in ताजा अपडेटLeave a Comment on प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साथ नदिने राजनीतिक दलविरुद्ध जान सक्छौँ : बार उपाध्यक्ष

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको सातौं शृङ्खला सम्पन्न; ४१ जना सर्जकहरूको सहभागीता

  • २१ कार्तिक २०७८, आईतवार २३:३४ मा प्रकाशित
  • काठमाडौ, २१ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको सातौं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४१ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको सातौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जनप्रेमी सरकारको तर्फबाट महङ्गी उपहार,
    मोज गरौं जनता जनार्दन तिहारमा गरी स्वीकार।

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १)
    ऋणकाे बाेझमात्र थप्ने कस्ताे सरकार आयाे?
    चाडपर्वका खुसिहरू सबै महँगीले खायाे।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    २)
    पुलिस चै रातैभरी जुवा खालमा बस्ने,
    बालबच्चाले भैलो खेल्दा हत्कडिले कस्ने।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ३)
    महङ्गीले ढाडै भाच्यो उठ्नै नसक्ने गरी,
    सुती सुती खान्छु म पुर्याइदेऊ हे हरी।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ४)
    वर्षामा आँखा फुटेको गोरुले सबैतिर हरियो देख्छ,
    जुन सरकारले पनि चाडपर्वमा महङ्गीले सेक्छ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४झापा

    ५)
    जनताको ढाड सेकाई नेता भुँडी भर्ने,
    अब जसो तसो उहीँ गरिबनै हो मर्ने ।
    ✍️
    ललिता अभागी
    सुनकोशी५-सिन्धुली

    ६)
    ब्यापारीसँगको मिलिमतोमा कमिसनको चक्कर,
    माखेसाङ्लोमा परे जनता मिल्ने भयो खाली ठक्कर।
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ७)
    आश देखाउँछन् जनतालाई दिएर महङ्गी उपहार
    भित्रभित्रै के चाल रच्छन् खोइ? साह्रै नमिठो प्रहार ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ८)
    हाम्रो अनुमतिमा उनले बिरालोलाई सिंह बनाए,
    हाम्रै ढाड सेक्नेगरी सिंहको मूल्य बिरालोले जनाए।
    ✍️
    म्यामराज राई,भोजपुर

    ९)
    भलाद्मी नेताहरु पाल्न महंगाई झेल्दैछौं हामी,
    लाग्छ झारफुक गर्न अब बोलाउन पर्ला धामी।
    ✍️
    दीपक ठटाल ” जलन”,खरसाङ।

    १०)
    महङ्गीले हैन सरकार रोजगारीले थप्पड हान,
    ऑफूलाई केही ऑउदैन तर अरुको हेरेर जान।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    ११)
    महङ्गीको पिरले गर्दा सरकार भयो सिद्रा,
    सोचेजस्तै व्यापार भयो आज कति मिठो निद्रा।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १२)
    हेर! जनताको सरकार छरे लौ! सबैजनाले खुलेर जिऊँ,
    समृद्ध मानेर आफुलाई अरुलाई अर्थिक सहयोग दिऊँ।
    ✍️
    परिक्रमा श्रेष्ठ

    १३)
    महङ्गीले गर्दा हो म दैनिक नसामा डुबेको,
    रक्सी, मासु दिएर जनताले मलाई चुनेको।
    ✍️
    कल्पना थामी
    सिन्धुपाल्चोक

    १४)
    तिहारको बेला देउसी भैलो अनि भाइटिका घरैमा,
    खाल जमाइ बस्यो लौ हेर त गुमाने जाडको भरैमा।
    ✍
    नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ ।

    १५)
    माग्नेका घर जोगी भिक्षुक भए भिक्षा त के पाउँथ्यो,
    त्यस्तै देश बन्यो दरिद्रहरुको समृद्धि के आउँथ्यो ।
    ✍️
    रामजी लामिछाने

    १६)
    मोजमात्रै गरे हुन्थ्यो मस्ती नै गर्छन् झोले,
    जनतालाई उपहार दिएका छन् खोले ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    १७)
    सर्वहारा बन्छ सरकार,
    कर्महारा रुन्छ बारबार।
    ✍️
    गणेश तिमल्सिना
    गणेशमान चारनाथ नगरपालिका १० धनुषा / गोदार

    १८)
    नेता सबै हाँडीघोप्टे भुँडी भिरेका,
    जुन जोगी आए पनि कानै चिरेका ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा ।

    १९)
    ठन्डाराम भुँडीहरु सधैँ भोकभोकै छन्
    देशको अवस्था बिग्रदै छ झन पछि झन् ।
    ✍️
    तेजप्रसाद खनाल लमही दाङ।

    २०)
    जनप्रिय सरकार आफैमा छ मारामार ,
    जनताकाे भाेटकाे त भयाे अब्बल सत्कार ।
    ✍️
    प्रद्युम्न चालिसे

    २१)
    महंगीको उपहार दिई जनता नै गरीब भए,
    व्यापारीलाई राहत दिई सितैमा कार चडी गए।
    ✍️
    धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ जुम्ला , हाल सुर्खेत

    २२)
    खुत्रुक्कै पार्यो महँगीले जनताको ढाँडै भाँच्यो,
    जनता फेरि खुशीसँग मह नै पिएर नाँच्यो।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग

    २३)
    धेरै नै पाईयो राष्ट्रघाती सरकारबाट उपहार,
    देखाए नेपाली गरिब जनता सबैलाई चमत्कार।
    ✍️
    लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    २४)
    पूर्वदेखी पश्चिमसम्म रेल आयो,
    जनता सास्ती नेता जति मेल खायो!
    ✍️
    शरद प्रधानाङ्ग,विराटनगर-७

    २५)
    नजाने झैँ गर्छ हाम्रो सरकार,
    दु:खी गरिव रुवायाे बारम्बार ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल रुपन्देही

    २६)
    गर्छु भन्ने नेता जति सबै अर्कै लोक गए,
    अहिलेका जो जो छन सबै बेईमानी भए।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
    पनौती-३,काभ्रे

    २७)
    स्यालको शिकारमा जस्तै चुनाव गर्दै बजेटमा छ नेताको आँखा,
    नेपालको नदी बेची डुबान आफै खाए रहेन गरीवको पाखा।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंशेपाटी,ललितपुर हाल परदेश

    २८)
    जुन पार्टीको सरकार आएनी उहि हो दुख,
    गरिब जनतालाई सास्ती पीडा भएन सुख।
    ✍️
    तारा घिमिरे संखुवासभा

    २९)
    देशको विकास गर्नुपर्छ कर तिरौँ टन्न,
    जनता गरीव भोकै बस्छन् सकिँदैन भन्न।
    ✍️
    पौडेल विमुन्स

    ३०)
    जुनै नेता आएपनि निल्छन् आफ्नै मुलुक,
    विचरा ती गरिब हेर्छन् पल्याकपुलुक।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर,१०, झापा

    ३१)
    कर तिर कर्तव्य पुरा गरि सभ्य नागरिक बनेको बेश,
    सिंगापुर हैन अब छिट्टै हाइटी बनाउछौ हामी यो देश।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    ३२)
    महंगीले छ साह्रै अताएको,
    जनतालाई निकै सताएको।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ३३)
    मिलेका छन् नेता टोकाटोक किन होला फेरी,
    छिमेकिले देशलाई खायो चारैतिर घेरी।
    ✍️
    सुरेशकुमार पान्डे
    घोराही१८ (हाल भारत)

    ३४)
    तिहारमा देउसी भैलो माथि रोक लगाए,
    सोझा साझालाई कानुन दोषीलाई भगाए।
    ✍️
    विशाल सुवेदी
    मकवानपुर मनहरी ९

    ३५)
    पश्चिम महाकाली देखि फैलिएको पुर्वमा मेची,
    पुर्खाले आर्जेको देशको सिमाना खाई दियो बेची।
    ✍️
    राम रावल (सागर)
    कैलाली

    ३६)
    अखबारमा छापियो प्रमुख समाचार,
    पेट्रोल डिजल मुल्यले गर्यो सिमा पार।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ, भारत।

    ३७)
    आन्दोलन उनैले गर्छन् उनकै हातमा सत्ता हरे,
    देशको विकास त के गर्थे नेताले आफ्नै भुँडी भरे।
    ✍️
    पवन कुमार बुढाथेाकी

    ३८)
    छैन् सरकारको नियन्त्रण कस्तो बजार,
    हिजोअस्ति सय पर्ने आज भन्छ हजार।
    ✍️
    भगवती दवाडी

    ३९)
    न देश बन्यो जनता सदैव छन् दुखी,
    निमुखा हामी जनता तर नेता सुखी।
    ✍️
    सूर्य मणि रेग्मी
    चितवन

    ४०)
    विदेशबाट झिकाएको खाने लाउने गर्दा ,
    मख्ख पर्छ मेराे सरकार निर्भरमा पर्दा।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा

    ४१)
    बाध्यताको शिकार हामी स्वीकार नै छ सबै उपहार,
    बानी छ मेहनतले मोज किन्ने निर्लज्ज हे सरकार।
    ✍️
    मित्र कुमार आचार्य, काठमाडौं ।

    ::::::::जय टुक्का! जय साहित्य!!:::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको सातौं शृङ्खला सम्पन्न; ४१ जना सर्जकहरूको सहभागीता

    एनआरएनए आरसिसि अल कासिमले गर्‍यो दशै, तिहार साथै छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम ।

  • २१ कार्तिक २०७८, आईतवार २३:०१ मा प्रकाशित
  • ७ नोभेम्बर २०२१! गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल-कासिम द्वारा दशै, तिहार साथै छठ पर्वको पावन अबसरमा अल कासिम क्षेत्रमा रहेका दाजुभाइहरुलाइ भेला गरि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।।

    बिगत दुई बर्षदेखि कोरोना कहरले गर्दा राम्रोसँग आफ्नो चाडबाड मनाउन नपाएको र यो बर्षमा अबस्था सामन्य रहेकोले गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल- कासिमले गत शुक्रबार, ५ नोभेम्बर २०२१ का दिन सिग्गा बुरैदा स्थिति एक इस्त्राहमा दशै, तिहार साथै छठ पर्बको अवसरमा भब्य तथा सभ्य कार्यक्रम आयोजना गरेको क्षेत्रीय समितिका सचीव ध्रुब कटुवालले जानकारी दिए ।

    बुरैदा आस पासमा रहनु हुने नेपाली दाजु भाइ तथा दिदी बैनीहरुलाइ नेपालमा रहेर परिवार संगै मनाइएको आभास महसुस गराउनका लागि गरिएको उक्त कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सचिब ध्रुब कटुवालले संचालन गरेका थिए ।

    उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण दाजुभाइहरुले यसरी कार्यक्रम संचालन गरेकोमा एनआरएनए आरसिसी टिमलाइ धन्यवाद प्रदान गर्दै देउसिको सांस्कृतिक मनोरञ्जन लिदैं एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
    कार्यक्रममा आर सि सी अल-कासिमका सम्पुर्ण पदधिकारी लगायत बुरैदा आस पासमा रहनु हुने ४०- ५० जना नेपाली दाजुभाइहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रम सहभागीहरुलाई दिपावलीको मौलिक परिकार सेलरोटी लगायत नेपाली खाना खुवाइएको थियो ।

    उक्त कार्यक्रमलाइ सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने आफ्नो सम्पुर्ण आरसिसि टिम साथै विशेष गरेर श्री धमेन्द्र कार्की ज्यु, श्री सबिन श्रेष्ठ ज्यु लगायत सम्पुर्ण उपस्थित हरुमा आर सि सी अल कासिम आभार प्रकट गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमले गर्‍यो दशै, तिहार साथै छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम ।

    साप्ताहिक उदक वाचन कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न : बाइस उदक यात्रीहरूद्वारा उदक वाचन !

  • २१ कार्तिक २०७८, आईतवार २२:३५ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचन कार्यक्रमको तेस्रो शृङ्खला मिति २०७८ साल कार्तिक महिनाको २१ गते आइतबार सम्पन्न भएको छ ।

    उदक वाचन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम साहित्य कला संगीत प्रतिष्ठान टीकापुरका उपाध्याय बालकृष्ण खनालले उदक नेपाली साहित्यमा काव्यिक विधा अन्तर्गत अब्बल रहेको बताउँदै आफ्ना उदकहरू गेयात्मक रूपमा वाचन गर्नु भएको थियो ।

    सो कार्यक्रमका विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले समाज र राजनीतिक अवस्था परिवर्तन गर्न खातिर साहित्यिक भूमिका महत्वपूर्ण रहेको जानकारी गराउँदै थोरै समयमा धेरै भाव अभिव्यक्त गर्न सहज भएकाले उदक भविष्य उज्यालो भएको बताउनु भयो ।

    जम्मा बाइस जनाको उपस्थिति रहेको सो उदक वाचन कार्यक्रममा कविता आचार्य, पुष्प रानामगर, देवेन्द्र शाक्य, सरस्वती श्रेष्ठ, धर्मी शाक्य, लक्ष्मीप्रसाद मिश्र, जमुना कायस्थ, बादल गुरुङ वियोगी, सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, वसन्त अनुभव, तिला लेकाली, प्रद्युम्न चालिसे, श्रीकृष्ण शर्मा, श्रद्धा आचार्य, कमला देवकोटा, बुद्धिप्रसाद लामिछाने लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजकी उपाध्यक्ष सविता केसीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक वाचन कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न : बाइस उदक यात्रीहरूद्वारा उदक वाचन !

    सल्यान बस दुर्घटना ९ जनाको मृत्यु

  • २१ कार्तिक २०७८, आईतवार १४:२० मा प्रकाशित

  • दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेकोे छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

    शनिबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सल्यान बस दुर्घटना ९ जनाको मृत्यु

    साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २५ औं भाग सम्पन्न, ५३ जना स्रष्टाहरूको सहभागीता

  • २० कार्तिक २०७८, शनिबार १८:२५ मा प्रकाशित
  • काठमाडौ, २० कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २५औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। नेपालीहरूको दोस्रो महान पर्व तिहारको दिनमा आयोजित उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    photo:social media

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :

    १)
    भाइटिका
    गलामा माला
    प्रेम सद्भावको प्याला!
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    भाइटीका
    दिदीको आशिष
    गाडा सम्बन्धको  रेखा!
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी नगरपालिका १० कैलाली

    ३)
    भाइटिका
    सप्तरङी टीका
    दाजुभाइको सम्बन्ध गाढा !
    ✍️ 
    मिलन के.सी.(थापा)
    पोखरा

    ४)
    भाइटिका
    दिदिबहिनीको आशिर्बाद
    माया प्रेम सद्भाव!
    ✍️
    रमा पन्त
    पाल्पा।

    ५)
    भाइटिका
    सप्तरङ्गी थाली
    माइतिको निधार सजाउदै !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ६)
    उदक
    भाइटिका
    मखमली माला
    दिदीबहिनीले  आशिर्वाद  दिएको!
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे भक्तपुर ।

    ७)
    भाइटिका
    रवाफी सिक्का
    ब्यवसायले सम्बन्ध फिका!
    ✍️
    अगस्टीन राई, सिक्किम, भारत

    ८)
    टीका
    सजिएको निधार 
    दीदी र भाईको प्यार!
    ✍️
    मंगला उपाध्याय
    बारा ,कलैया १

    ९)
    माइतीलाई
    चेलीको आशिर्वाद
    सप्तरंगी टिकाकाे साथ!
    ✍️
    सावित्री अधिकारी ,काठमाडौं

    १०)
    निधार
    चेली माइती
    दिगाे सम्वन्धकाे कामना!
    ✍️
    राेशन पराजुली,धरान।

    ११)
    भाइटिका
    दिदीभाइको प्यार
    रीतिरिवाजको अनौठो विज्ञान !
    ✍️
    शिव खनाल जीवम

    १२)
    भाइटिका
    सप्तरङ्गी टिका
    चेली माइती सम्बन्ध!
    ✍️
    गोपाल प्रसाद पौड्याल

    १३)
    तिहार
    उज्यालाे मुहार
    फूलको वसन्त बहार!
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    १४)
    भाइटिका
    दिर्घायुको कामना
    प्रगाढ सम्बन्धको चाहना!
    ✍️
    राम न्यौपाने”बिन्ती”
    घोडाघोडी कैलाली

    १५)
    फूल
    सतर्ङ्गी टीका
    खानाका परिकार मिठा!
    ✍️
    बालकृष्ण खनाल

    १६)
    तिहार
    दिदिबहिनीको साथ
    सदासर्वदा उमङ्गको टीका!
    ✍️
    कमल जि.सी. रामु
    बाग्लुङ्ग हाल अबुधाबी युएई

    १७)
    सप्तरंगी
    निधारमा टिका
    युगौंयुग चलिरहने उमङ्ग!
    ✍️
    घनश्याम पौडेल, कैलाली

    १८)
    तिहार
    विशेष पर्व
    टीका माला ग्रहण !
    ✍️
    रिता खराल,रुपन्देही

    १९)
    भाइतिहार
    बहिनीको प्यार
    उज्यालो भाइको निधार!
    ✍️
    टिकाराम जाेशी, टीकापुर

    २०)
    दिर्घायु
    सप्तरंगी टीका
    मखमली फूलकाे माला!
    ✍️
    बलराज गिरी
    कैलाली

    २१)
    तिहार
    महान पर्व
    सम्पूर्ण नेपालीको गर्व!
    ✍️
    भागवत पोख्रेल लमही दाङ

    २२)
    भाइटिका
    यमुनाको हात
    आत्मिक जीवन्त सद्भाव !
    ✍️
    आर्त अकुलीन, कैलाली

    २३)
    पंचरङ्ग
    शिरको शोभा
    प्रगाढ सम्बन्ध भाईबैनी !
    ✍️
    अबोध निर्मल कञ्चनपुर

    २४)
    तिहार
    भाइको निधार
    सप्तरङ्गी टीका झलल !
    ✍️
    सविता के.सी.

    २५)
    तिहार
    दिदी भाइको
    पावन संस्कृतिको उजागर!
    ✍️
    वेद प्रसाद रिजाल, इलाम

    २६)
    भाइटीका
    सप्तरङ्गी निधार
    मिलनको पर्व तिहार ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    २७)
    भाइटिका
    आत्मीय प्रेम
    यात्राका अनगिन्ती अनुभव !
    ✍️
    सपना भट्टराई, रुपन्देही

    २८)
    भाइटीका
    गरौँ सुरक्षा
    लगाई सप्तरंगी टीका!
    ✍️
    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही।

    २९)
    तिहार
    सप्तरंगी टीका
    भाइ बहिनीको आत्मियता!
    ✍️
    नारायण प्रसाद उपाध्याय

    ३०)
    तिहार
    सप्तरंग होस्
    भाइ तिम्रो निधार !
    ✍️
    पुष्पा सायरा, विराटनगर

    ३१)
    तिहार
    भाईको निधार
    सप्तरङ्गी टिकाले सिङ्गार!
    ✍️
    सरस्वती श्रेष्ठ रूपन्देही बुट्वल

    ३२)
    आशीर्वाद
    दिदी बहिनीको
    बदलिन्छ जिन्दगी यो!
    ✍️
    तेजप्रसाद खनाल
    दाङ।

    ३३)
    भाइटिका
    दिदीबहिनीको प्यार
    उर्लेर पोखियो अपार!
    ✍️
    केशव नेपाल , झिल्टुङ्ग, नुवाकोट

    ३४)
    भाइटिका
    दशैंपछिकाे तिहार
    सबैलाई शुभकामना बारम्बार!
    ✍️
    खड्गबहादुर गुरुङ
    टिकापुर कैलाली

    ३५)
    तिहार
    सुमधुर  सम्बन्ध
    दिदीबहिनी  दाजुभाइ  बिचको!
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी इटहरी ।

    ३६)
    टीका
    दिदीबहिनीको हात
    साथमा शुभ आशिर्वाद!
    ✍️
    धर्मी शाक्य,बुटवल ,लुम्बिनी ,प्रदेश

    ३७)
    तिहार
    सप्तरङ्गी टीका
    आशिर्वाद चेलिकाे माइतिलाई!
    ✍️
    रामराजा के.सी.
    काठमाडौं

    ३८)
    भाइटीका
    वर्षदिनकाे चाड
    भाइबहिनीकाे जीवनभरकाे सम्बन्ध!
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    ३९)
    भाईटिका
    पर्व भाइबहिनीको
    परम्परा सदियौ देखिको !
    ✍️
    खेमराज पुरी कैलाली

    ४०)
    तिहार
    पर्व खुसियालीको
    साटाैं आत्मिय प्रेम।
    ✍️
    शिव ज्ञवाली
    रुरु गुल्मी

    ४१)
    तिहार
    दिदीभाइकाे प्यार
    दिर्घायु सप्तरङ्गी टीका!
    ✍️
    राम सुन्दर थारु
    कैलाली

    ४२)
    भाइटिका
    सन्ततिकाे सामिप्यता
    अपार हिन्दू सभ्यता!
    ✍️
    खलविर नाराज

    ४३)
    भाइटिका
    दिदीबहिनीको आशिर्वाद
    संस्कृतिको धरोहर तिहार!
    ✍️
    पशपती राई खोटाङ

    ४४)
    लगाएर
    सप्तरंगी टीका
    सङ्गै माला थरिथरिका!
    ✍️
    पारस अधिकारी

    ४५)
    भाइटीका
    आत्मिय सम्बन्ध
    दाजुबहिनी बिचको माया!
    ✍️
    बुद्धि प्रसाद लामिछाने कैलाली

    ४६)
    भाइटीका
    भातृत्व सम्बन्ध
    वर्षदिनको महान चाड!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ४७)
    भाइटीका
    सप्तरङ्गी टीका
    दाजुभाइकाे दीर्घायूकाे कामना!
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ४८)
    भाइटिका
    दाजुभाइ दिदीबहिनीको
    विशेष मौलिक चाड!
    ✍️
    अन्जिता राउत
    नेचा सल्यान ५ सोलुखुम्बु

    ४९)
    भाइटीका
    दाजुभाइको दीर्घायु
    शिरमाथि दिदीबहिनीको आशिर्वाद!
    ✍️
    शाेभा अर्याल

    ५०)
    भाईटिका
    आशिर्वादको बर्षा
    दाजुभाई माथी दिदिबहिनीको!
    ✍️
    पुर्ण श्रेष्ठ हृदयङ्कृत

    ५१)
    टीकामन
    सधैँ भएमात्र
    हुन्छ सच्चा जीवन!
    ✍️
    कलानिधी दाहाल

    ५२)
    भाईटीका
    दिदी बहिनी
    श्रद्धा अर्पण गर्ने!
    ✍️
    जमुना कायस्थ

    ५३)
    सप्तरङ्गी
    टीका तिहारकाे
    नाता प्रगाढ हियारकाे!
    ✍️
    केशव ढकाल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २५ औं भाग सम्पन्न, ५३ जना स्रष्टाहरूको सहभागीता

    वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईंका तिहार विशेष टुक्काहरू

  • १९ कार्तिक २०७८, शुक्रबार २३:०८ मा प्रकाशित
  • १.
    झिलिमिली तिहारमा गुञ्जियाे देउसी र भैलाे,
    लक्ष्मीकाे आशिर्वादले हटाेस् मनकाे कालो मैलाे ।
    २.
    धनधान्यपूर्ण हुन्छ लक्ष्मी दाहिना भए,
    दु:खका दिन नष्ट भई रुने दिन गए ।
    ३.
    चेली माइती चाेखाेमाया हट्याे यमराज,
    संस्कृति याे जाेगाउँदै खुसी मनाऔँ आज।
    ४.
    घरकाे यादले सताउँछ दसैँ तिहार आउँदा,
    परदेशीकाे मनमा पीडा गढ्याे छुट्टी नपाउँदा।
    ५.
    यसपाली नि तिहारमा निधार रित्ताे भयाे,
    चेली सम्झी ज्यान मेरो परदेश तड्पिरह्याे ।
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईंका तिहार विशेष टुक्काहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P