काठमाडौ, २५ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
social media
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
काठमाडौ, १८ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४०औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४३ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४०औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
कृषिमा क्रान्ति हुन्छ भन्थे भित्र्याउँछौ नयाँ प्रविधि, साच्चिकै भित्र्याएरै छाडे, मान्नैपर्छ ज्ञानका निधि। वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] नयाँ प्रविधिमा कृत्रिमता छ पौष्टिकता छैन, विषादी खाएपछि कहाँ हुन्छ र जीवमा चैन। ✍️ दीपक ठटाल जलन, ०१.०७.२३
[२] धानको अपमान गरी, के लागे अब छोप्न, खेतको फाँट सम्झेर, गमलामै आँटे रोप्न । ✍️ प्रेम थापा
[३] गमलामा रोपेर धान पुर्याउने कहिलेसम्म, चित्रमा हेर्दा पनि मलाई त लाग्यो साह्रै अचम्म। ✍️ लालीमाया थापा मगर प्युठान
[४] गुनासो अब केही गर्दिनँ, भन्दिनँ मल पाइन्न, व्यर्थ किन खेत जोत्नु, धान रोप्न खेत नै चाहिन्न । ✍️ वसन्त अनुभव घोराही -१४, दाङ
[५] क्रान्ति अरे धन थाेपर्ने, खाेज्दै लोकप्रियता सस्ताे, इज्जत भुली पैसासँग आमा नै साट्ने रुचि कस्ताे । ✍️ निरज कोइराला बेलका१ उदयपुर हाल इटहरी
[६] धान दिवसको नाममा सम्पूर्ण खल्ती टन्न भर्यौ, गमलामा धान राेपी किसानको बदनाम गर्यौ । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे भक्तपुर ।
काठमाडौ, १८ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
social media
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
ऊ गल्लीमा मरेको युवा कसैले भुस्याहा कुकुर नभन्नु है पागल पनि नभन्नु है कुनै बेला ऊ एक सहासी योद्धा थियो आफ्नो छातीमा गोली थाप्ने ऊ शासकको रक्षा कवच थियो समाज रुपान्तरणको खोक्रो आदर्श बोकेको शासकको अन्धभक्त चेलो ऊ शासककै लागि गोली थाप्दा उसका छाती गोलीले भरियो उसको फोक्सो बारुदको धुवाँले भरियो फलामजस्तो देह उसका काँच जस्तो जताततै चर्किए त्यसपछि शासकको लागि उसको शरीर अयोग्य भयो शरीरका गोलीको घाउ उपचार गर्न शासकलाई बिन्तीपत्र चढायो उसले भोको पेटको लागि एक गास माग्यो न्यायको लागि अनशन बस्यो ऊ शासकले उसको बिन्ती सुनेन ऊ माथि उल्टै लात बजारी रह्यो अन्ततः उसले गल्लीमा नै प्राण त्याग्यो त्यसै गरी धेरै योद्धाहरू शरीरमा गोली बोकेर एक गासको लागि चिच्याइरहेका छन् आज पनि तर शासक बहिरोको अभिनय गरिरहेछ विगतदेखि वर्तमानसम्म !