
१.
तुलसी
धर्म संस्कार
भित्र रहेको अक्सिजन !
२.
पर्व
मनाउने चलन
परम्पराले दिएको ज्ञान !
३.
चेतना
महसुसको कमी
आधुनिक जमनाको खाका !
४.
समाज
घरका सदस्य
बदलिनु आवस्यक खाँचो !
५.
विकृति
विवेक हीन
आधुनिकताले जन्माएको प्राणी !
- दुर्गा आचार्य, मोरङ

१.
तुलसी
धर्म संस्कार
भित्र रहेको अक्सिजन !
२.
पर्व
मनाउने चलन
परम्पराले दिएको ज्ञान !
३.
चेतना
महसुसको कमी
आधुनिक जमनाको खाका !
४.
समाज
घरका सदस्य
बदलिनु आवस्यक खाँचो !
५.
विकृति
विवेक हीन
आधुनिकताले जन्माएको प्राणी !
राघवेन्द्र चौवे

कपिलवस्तु
मायादेवी गाउँपालिकाको दशौं गाउँसभाले आगामी आव ०७९/०८० को बार्षिक बजेटसहितको योजना तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ। मंगलबार बसेको चालु गाउँसभाको दशौ बैठकले उक्त बजेटसहितको कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो। गाउँसभामा अध्यक्ष वलीउद्दिन मुसलमानले प्रस्तुत गरेको आगामी आव ०७९/०८० का लागि ६२ करोड ७९ लाख ६१ हजार बजेट सभामा पेश गर्नु भएको थियो।
बजेटमाथि विभिन्न छलफल पश्चात मंगलबार गाउँसभाले पास गरेको हो। मायादेवीले विशेष गरि बजेटमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई मजबुत बनाउने लक्ष्यसहितको कार्यक्रमलाई प्राथमिकता दिएको छ। बजेट भाषण गर्दै गाउँपालिका भित्रका ८ वटै वडाको विकासका लागि सुक्ष्म ढङ्गबाट बजेटले समेट्ने प्रयास गरिएको पनि अध्यक्षले दाबी गर्नुभएको छ।

काठमाडाैँ,
आदिकवि भानुभक्त जन्म जयन्तीकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३९” सम्पन्न भएकाे छ । २०७९ असार २८ गते टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गरेका थिए । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ८४ टुक्काकारहरूकाे सहभागिता भएका थिए । कार्यक्रममा सहभागीहरूले “आदिकवि भानुभक्त” विषयमा केन्द्रित भएर चाेटिला टुक्का कविताहरू सिर्जना गरेका थिए ।
भाषा साहित्यको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकवि भानुभक्त आचार्यको याे वर्ष २०९ औँ जन्म जयन्ती हाे । हरेक वर्ष असार २९ गते विविध साहित्यिक कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइँदै आएकाे छ । सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ”, भनी अर्ती उपदेश दिएकाले उनि रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएकाे साथै उनकाे ‘बधूशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता चर्चित कृतिहरू प्रकाशित भएका छन् ।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष/ संयाेजक चापागाईंले भानु जयन्ती सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरूमा हार्दिक आभार व्यक्त गर्दै सबै टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा भानु जयन्तीकाे अवसरमा शुभकामना व्यक्त गरेका थिए।
अभ्यासका क्रममा सङ्कलन गरिएका भानु जयन्ती सम्बन्धी टुक्का कविताहरू
[१]
१.
हो नेपाली जगतमा राष्ट्रिय विभूति पाए,
पाइलैपिच्छे नेपाली भाषामा कविता गाए।
२.
जस्तै एउटा घाँसीबाट लिएर शिक्षा हिंडे,
भानुभक्तले थुप्रै साहित्य सँग पनि भिडे।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८
[२]
१.
लेखे कविता जनको ती भानु भएर,
घाँसीको अर्ती बसेछ मनमा रहेर ।
२.
फुलाए काव्य रस यो कविताको फूल,
चुदी रम्घामा फुट्यो आहा साहित्य मूल।
✍️ नवशिला
बेलबारी -२,लालभित्ती,मोरङ।
[३]
१.
आदिकवि उपाधिका सौम्य यिनै पात्र
घाँसीको उपदेश पाए भानुले मात्र ।
२.
नेपाली भाषाको श्रीवृद्धि गर्ने
कवितामा भाव र रस भर्ने ।
✍️ प्रेम थापा मन
बागलुङ्ग
[४]
१.
कविता उनका धेरै मिठा सबै मख्ख पर्ने,
कविताकै माध्यमबाट सबको मन हर्ने।
२.
साहित्यमा भानुभक्तको धेरै उच्च पद,
नेपाली भाषा साहित्यको उसै बढ्यो कद।
✍️ प्रदीप के रिमाल
इटहरी-आठ, सुनसरी।
[५]
१.
भानुभक्तका कीर्तिहरू नि मुद्रण गरेका,
अमूल्य वाणी ज्ञान र गुण संसारै छरेका ।
२.
जीवनी लेख्ने कामको पनि सुरुवात गरेथे,
साहित्य बोकी ती मोतीरामले सागरै तरेथे ।
✍️ रचना मोक्तान यात्री
काभ्रे
[६]
१.
भानुले त कलम चलाए
आदिकवि भै नाम कलाए।
२
भानु जन्म तिम्रो नेपाली धर्ती
दिएर गएका छौ धेरै अर्ती ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ भक्तपुर ।
[७]
१.
चुँदी रम्घा जन्म भयो चिनियौ आदिकवि बनी
नेपाली भाषा साहित्यमा योगदान ठुलै छनी ।
२.
धर्म कर्म सस्कृती त्यो जोगाइ बनेका आदिकवि
नेपाली मनमा सरल रामायण लेखेर छोडौ छवि ।
✍️ नवीन जोशी
प्रदेस ७ कैलाली, हाल ब्याङ्लोर
[८]
१.
जसले जेसुकै भने पनि नेपाली भाषामा भानु
उल्लेख्य थियो योगदान आदिकवि किन नमानु ।
२.
कृति थिए उनका उबेला मान्नुपर्छ सशक्त
नेपाली भाषामा लेख्ने प्रथम कवि भानुभक्त ।
✍️ रचना शर्मा प्रतीक्षा,
महालक्ष्मी नगरपालिका-४, ललितपुर ।
[९]
१.
साहित्यका धरोहर बिर्सिएर भानु,
अन्तत हामीलाई नि छैन कहीँ जानु ।
२.
समाजको भाषा अनि संस्कृति बचाउने,
अध्यात्ममा तल्लीन भई घाँसी नचाउने ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१०]
१.
भानु एक नाम अनेक देवीभक्त भनि न्वारन गराए
फेरि दिएछन् कसले उनको नाम घाँसीले ज्ञान जगाए ।
२.
आहा ! क्या मिठो रसिलो भाषा छन्दै पनि कण्ठको
आदिकवि ! बधूशिक्षा रच्यौ रामायण धर्मको ।
✍️ योगप्रसाद उपाध्याय चापागाईं
गोठाटार, काठमाण्डौं ।
[११]
१.
नेपाली मनका अपूर्व गहना हौ भानु भाषा कवि
लेखेका सब नै पुराण जतिमा गुञ्जिन्छ भाका छवि ।
२.
भुल्दैनौ सबले सुरम्य कविता तिम्रा भएका जति
बाजेको उपदेश पूर्ण भरिलो, पाएर राम्राे मति ।
✍️ तारा घिमिरे
सङ्खुवासभा
[१२]
१.
जनजनको जिब्रोमा श्लोकको त्यो लहर भरे
धन्य हो भानु जस्ले मातृभाषाको उत्थान गरे।
२.
नेपाली भाषा उत्थानका मात्रै एउटै जो नाम
भानु तिमी नै हौ कहिले नअस्ताउने त्यो घाम।
✍️ बि.कुलुङ
दार्जिलिङ, भारत
[१३]
१.
घाँसी सँगको भेटले केही गरौं भन्ने उत्प्रेणा जागेर
भानुभक्तले अद्भुतै नाम कमाए साहित्यमा लागेर।
२.
रामायण लेखी पुस्तौं पुस्तालाई सजिलो बनाए
सबैले असार उनन्तीस गते भानु जयन्ती मनाए।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
[१४]
१.
भाषिक एकीकरण गर्ने तिमी महान कवि
महान कर्म गर्दै जादा बन्यो तिम्रो उच्च छवि ।
२.
रामायण, भक्तमाला, प्रश्नोतरी लेख्यौ
बौद्धिक व्याक्तित्व हुनाले साहित्य देख्यौ।
✍️ तिला लेकाली
बेलबारी,मोरङ।
[१५]
१.
राख केही काम गरी कृति भनि दिए घाँसीले अर्ती,
नेपाली साहित्यका खाँचोमा भानुभक्तले गरे भर्ती ।
२.
नेपाली साहित्यका जग राखे भानु कविले,
भर नेपालमा छायो त्यो देखेसरि छविले ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[१६]
१.
सानैमा संस्कृतका ज्ञान पाए
सबै मानिसको मनमा छाए ।
२.
विभिन्न विधामा कलम चलाए
साहित्य क्षेत्रमा प्रख्यात उदाए ।
✍️ आर्मित्मा थापा मगर
स्याङ्जा
[१७]
१.
आदिकविको पगरी लायौ तिमी भाग्यमानी ,
साराले पुज्छन् तिमीलाई तिम्रा महिमा जानी ।
२.
जन्मेपछि गर्नुपर्छ भन्थ्यौ राम्रो काम ,
भाषाको सेवा गरेर उच्च पार्यौ नाम ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[१८]
१.
साहित्यका महान ज्ञाता भानुभक्त थिए
बिर्सन नसक्ने घाँसीले उपदेश दिए ।
२.
सादा जीवन र उच्च बिचार भानुभक्तको थियो
इतिहासले नि भानुलाई अमर पदवी दियो ।
✍️ रुपा गौतम
बारा निजगढ
[१९]
१.
जब सुने दिव्यकुरा घाँस काट्ने दाइको ,
धन मात्रै मन ठुलो भएन याे भाइको ।
२.
कीर्ति राख्न नविन नाैला दिगाे काम गर्नु ,
भन्दै थिए घाँसी दाइले नित्य लागि पर्नु ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[२०]
भानुभक्त भनि तिमी,साहित्यमा उदायाैँ
रामायण लेखी सबै, विश्व सारा चिनायाैँ।
✍️ एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[२१]
१.
प्रेरणापुञ्ज प्रथम कवि देशले पाएको
भानुको नाम विश्वले आज खुलेर गाएको।
२.
सिर्जना शक्ति अपार थियाे भानुको माथमा
कवित्व बहु आयाम बन्यो घाँसीको साथमा।
✍️ त्रिलोचन भण्डारी
मेचिनगर, झापा
[२२]
अमर छन् भानु आदिकवि बनेर,
नेपाली काव्यमा इतिहास रचेर।
✍️ लक्ष्मण समीर
बर्दिया
[२३]
१.
चेतनाको मुहान नै रामायण थियो
अज्ञानीको मुलुकमा बल्न थाल्यो दियो।
२.
संसारमा तिमी नै रहेछौ चेतनशील
तिम्रो ज्ञानले नेपालमा भयो झिलमिल।
✍️ दस्ता कौशिक
पाँचथर।
[२४]
१.
भानुभक्त कवि भएर पनि बुझेनन् घाँसीका कुरा,
सोची बिचारी गरिकन पछी कुरा बुझे जो अधुरा।
२.
संस्कृतको रामायण नेपालीमा उल्था गरि देखाए
नेपाली भाषा विज्ञ बनि आदिकवि भनेर लेखाए।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[२५]
साहित्य विकासमा भानुकाे ठुलो योगदान ,
त्यसैले त हामी सबैले मानेको छाै महान ।
✍️ विक्रम तिरूवा सलिन
जुम्ला
[२६]
१.
घाँसी दाइको कुराले भानु भए छक्क ,
रामायण काव्य लेखी चर्चा पाए झक्क ।
२.
भानु भए तिम्रो देनले सबैको हाईहाई ,
प्रेरणाको श्रोत हौ तिमी नमन घाँसीदाई ।
✍️ बिके माकजु
भक्तपुर ।
[२७]
१.
भाषा साहित्यका महान् प्रणेता नै मानी
भानुभक्त कविलाई लिएँ मैले जानी ।
२.
आऊ भानु जन्मजयन्तीको पर्व पारी
श्रद्धाका यी भावपुष्प चढाउँछौँ भारी।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२८]
१.
उदाए भानु चुँदी रम्घा, बहाए आहा भाषाकाे गंगा ,
नेपाली भाषीलाई पारी दङ्ग, रामायण रूपी चङ्गा ।
२.
भाषा बिनाको त देश हुन्न ,
भानु उदाए याे देश उन्न ।
✍️ प्रद्युम्न चालिसे
[२९]
१.
भानु तिमी तनहुँमा बलेको एउटा ज्योति
साहित्यको बगैँचामा फुलेको एउटा मोति ।
२.
आदिकवि उपाधि पाउने न्वारनको नाउँ देवीभक्त
रामायणको नेपालीमा उल्था गर्याै नाउँ बन्याे सशक्त ।
✍️ देबकी के.सी.
दक्षिणकाली ,काठमाडौ
[३०]
१.
चुँदी रम्घा तनहुँमा उदाएका भानु,
प्यास मेट्न श्रम पूज्दै घाँसीकुवा जानू ।
२.
नेपालीमै साहित्यका ठेलीहरू बढे अहिले ,
जन्मदाता यी गाथाका उनै भानु थिए पहिले ।
✍️ धनु शर्मा
पाेखरा
[३१]
१.
नेपाली साहित्यका प्राथामिक कालका प्रतिनिधि कवि,
भानुभक्त हुन् सबका हृदयमा टाँसिएको उन्कै छवि।
२.
मिठो तुष्टि मनकन तुल्याउने भानुभक्त आचार्यका रचन,
अमर छन् ती घर दौलोमा गुन्जिरहने प्रसन्नताका वचन।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[३२]
१.
चम्किला तारा हुन् अादिकवि भानुभक्त
घाँसीकाे बुद्धि र अर्तिले बने सशक्त ।
२.
अादिकवि सम्झिदा घाँसीलाई नबिर्सनु हाेला
प्रेरणा थियाे उनैकाे सर्थक बनाए त्याे चाेला ।
✍️ भाेलामान बर्देवा
धरान
[३३]
१.
नेपाली भाषा, साहित्यमा पनि चलाए पहिरो,
भानुभक्त र घाँसी बिचमा सम्बन्ध छ गहिरो ।
२.
रामायण अनुवाद गरे सजिलो पाराले
पढ्न थाले भाका हाली हाली जगत साराले ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[३४]
१.
भानुभक्त तिमीलाई सम्झन्छु म घरीघरी
भुल्ने छैन म यो काय रहुन्ञ्जेल कसैगरी ।
२.
रामायण प्रश्नोत्तर पढी म ज्ञान पाई
अघाउँछु आफू म ती भित्रको रस खाई।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[३५]
१.
भानुले घाँसीबाट अादिकवि बन्ने प्रेरणा पाए,
भाषिक एकतामा नेपाललाई ठुलो गुन लाए।
२.
मान्छेमा इखले सर्पमा विषले महिमा बढेकाे
घाँसीको कुवाले भानु उदाए थे साहित्य पढेकाे ।
✍️ मनोहरी पौडेल
गैडाकोट १ मिलनटोल, नवलपुर
[३६]
पूर्वबाट मात्र होइन भानु चारैतिरबाट उदाए
छन्दको रथ चढाई नेपालीलाई कवितामा कुदाए।
✍️ दीपक ठटाल जलन
खरसाङ
[३७]
१.
नेपालीको जनजिब्रोमा झुन्ड्यो रामायण,
पाठ दियो सकलमा कर्तव्यपरायण ।
२.
लेख्यौ बधु शिक्षा, प्रश्नोत्तरी, भक्तमाला पनि,
नेपाली भाषा साहित्य, बनायौ मूर्धन्य धनी ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[३८]
तनहुँ रम्घा चुँदीका जङ्घार ती श्रीकृष्ण बाजेले हिँडाए
घाँसीका अर्ती रचना गाए नेपाली भाषा सबैमा चिनाए ।
✍️ निरज काेइराला
बेलका १ उदयपुर , हाल इटहरी
[३९]
१.
नेपाली भाषा साहित्य जग भानुले उठाए
शिक्षाको दिप बालेर सधै नेपाल चिनाए।
२.
मोतीरामले भानुको नाम जानेरै बताए
साच्चै हेर नेपाली युगमा भानु झैँ उदाए।
✍️ भुपेन्द्र राना मगर
नीलकण्ठ न•पा•२, धादिङ
[४०]
भानुभक्त थियौ तिमी एक विशाल साहित्यको तार
फैलाएर गयाै सारा नेपालीहरूमा काव्यकाे धार ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[४१]
१.
नेपाली भाषाको विकासको लागि योगदान दियौ
भानु तिमी साहित्यकै एउटा चम्किलो तारा थियौ ।
२.
घाँसीको अर्तीले भानुले दिव्य चक्षु खोले
बोल्नुपर्ने सबै कुरा साहित्यमा नै बोले ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[४२]
१.
विश्व भरि फैलिएको छ रवि,
साहित्यकाे उज्यालो हुन कवि।
२.
भानुभक्त विभिन्न साहित्यकाे धनी,
अनेकौँ विधामा सृजना पढ्छाै पनि।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[४३]
१.
भन्छन् जहाँ पुग्दैन रवि, त्यहाँ पुग्दछन् अरे कवि
नेपाली साहित्य जगतमा, फैलाए भानुले छवि ।
२.
ऐतिहासिक रामायण रचे नेपाली भाषामा कनी
उदाइरहे नेपाली साहित्यमा चम्किला तारा बनी ।
✍️ गोपालकृष्ण डंगोल
इटहरी, सुनसरी ।
[४४]
१.
भानुभक्तले छाेडेर गए कीर्ति असल
धनभन्दा मन ठुलाे लागाैँ बन्न सफल ।
२.
मेहनत गरी नाम सधैँभरि कमाऊँ
सत्कर्म साथ जुटेर वरिपरि रमाऊँ ।
✍️ भावना मञ्जु
माेरङ
[४५]
१.
अन्योलतामा थियो हाम्रो साहित्य न जग थियो न छानु,
भाषाको गरिमा बढाएर तिमीले बाटो देखायौ भानु।
२.
आफूलाई उच्च ठान्नेले आफूभन्दा कनिष्ठ छ भने मान्छे नै गन्दैन् ,
भानुको जस्तो मन उपदेश ग्रहण गर्नलाई घाँसी पनि भन्दैन्।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[४६]
१.
घर-घरमा सबैले रामायण बाचौं,
श्रीरामको आदर्श मन-मनमा साचौँ।
२.
नभुलौँ कसैले भानुको योगदान,
सबैले राखौं उनको मान-सम्मान।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[४७]
१.
घाँसीबाट प्रेरणा पाएर, ज्ञानको ज्योति देखाए ,
रामायण लेखी इतिहासमा आफ्नो नाम लेखाए ।
२.
आदिकवि भानुभक्त साहित्यमा झिल्को भइ उदाए ,
नेपाली साहित्यले महान् व्यक्तित्व ती भानुलाई पाए ।
✍️ बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[४८]
१.
भानुभक्त ज्ञानका भण्डार हुन्
संसार फैलेको छ उनको गुन् ।
२.
प्रेरणाका खानी आज देशले पाएको
रामायणबाट विश्व सबै रमाएको ।
✍️ गोमा गुरागाईँ
इटहरी
[४९]
१.
भानुभक्तको सम्झनामा मन हाम्रो रुन्छ
रामायणमा पढ्दै जाँदा भित्री मन छुन्छ।
२.
बधूशिक्षा भक्तमाला सबै तिम्रा कृति
घाँसीसँग नाता जोड्यौ लायौ माया प्रीति ।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
[५०]
प्रेरित गरे भानुले सुकर्म गर्नुपर्छ
भाषा धर्म र संस्कृतिको प्राण भर्नुपर्छ।
✍️ शारदा दहाल भण्डारी
[५१]
१.
मुक्तकण्ठ मिठो लय दुनियाले गाउदै छ कवि जाहाँ,
भानुका छन् रामायण वधूशिक्षा भक्तमाला जहाँ तहाँ।
२.
संस्कृत र साहित्यका भानुभक्त आदिकवि बने यहाँ,
समुन्नति हुदै गयो चेतनाको समाजमा जता जहाँ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[५२]
१.
घाँसीबाट प्रेरणा अनि उत्साह पाई,
उदाए भनु साहित्यमा जगमगाई ।
२.
नेपाली भाषामा लेखेर लयात्मक श्लोक रामायण,
राष्ट्रिय विभूति, आदिकविकाे पहिरिए विभूषण ।
✍️ बिबस पारदर्शी
भद्रपुर झापा
[५३]
१.
सधैंभरि नै गर्नेछौँ सम्मान
भुल्ने छैनौं भानुकाे योगदान।
२.
साहित्य सिर्जना गर्दा भानुभक्त याद आउँछ
तपाईंको यादहरुले धुरुधुरु रुवाउँछ ।
✍️ श्री लिम्बू
[५४]
१.
भानुभक्त आए धर्तीमा महान् कवि बनी,
उनै हुन नि नेपाली वाङ्गमयका धनी।
२.
दिए शिक्षा नदेखाई दम्भ,
भानुभक्त साहित्यको स्तम्भ।
✍️ महेश तामाङ
बेल्कोटगढी-६,नुवाकोट
[५५]
भानु तिमीले नेपाली भाषाकाे उन्नति गरायाै
धेरै साहित्य सिर्जना गरेर भण्डार भरायौ ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[५६]
१.
नेपाली साहित्यका उज्ज्वल एक तारा,
तिमी नै हाै भानुभक्त मान्छाैँ हामी सारा ।
२.
घाँसी अनि भानुको सम्बन्धलाई मानाैँ,
धन हैन कीर्ति साच्न हामी पनि जानाैँ ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५७]
१.
रामायण भाषानुवाद यसैले
भानुको महिमा भुल्दैन कसैले ।
२.
स्वार्थको सिरक ओढेछौ निर्मोही
घाँसी जस्तो प्रेरक बनेन कोही ।
✍️ रिजाल विनोद
[५८]
१.
साहित्यमा कति राम्रो भानुभक्त नाउँ
जन्मस्थल तनहुँकाे रम्घा चुँदी गाउँ ।
२.
नेपालीको एकताको सपना उनले देखे
जनमानसले बुझ्ने गरि रामायण लेखे ।
✍️ मित्र उराठी गाैतम
अमरपुर- गुल्मी हालःतिलाेत्तमा-२,रुपन्देही
[५९]
१.
सधैँ सम्झन्छाै हामीहरू भानुलाई
सुमधुर स्वरमा रामायण गाई।
२.
रामायण लेखेर कहलायाै जनमा
आदिकवि बस्याै हामी सबकाे मनमा ।
✍️ अरुण नदी खत्री
काठमाडाैँ
[६०]
१
त्याे संस्कृत र क्लिष्ट थ्याे नबुझिने रामायणैकाे पनि
उल्था गर्दिनु भाे सुरम्य लयमा बुझ्लान् सबैले भनी ।
२
तिम्राे देन अमूल्य नै हुन गयाे, साहित्यकाे क्षेत्रमा ,
ती हाम्रा कवि भानुभक्त सबका नाची रहे नेत्रमा ।
✍️ रामकृष्ण रिजाल
बाग्लुङ
[६१]
१.
नेपाली भाषा र साहित्य संस्कृति संस्कारमा भानुले त्यो बाटो देखाए,
रामायण,आदि कृतिहरूका इतिहासमा आदिकवि नाम लेखाए।
२.
धर्ती आकाश बिच जुन तारा बन्दै उज्यालो छरे,
घाँसीको कुराको ज्ञानले इतिहासमा नाम भरे।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[६२]
१,
हिड्दाहिड्दै बाटो छेउ, घाँसी कुवा भेटियो,
त्यही कुवामा भानुकाे, प्यास सबै मेटियो।
२,
धनाढ्यको छोरा भानु,के हो सेवा थाहा पाए,
यात्रामा प्यास लाग्दा, जब पानी उघाई खाए।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
[६३]
१.
ए भानु तिम्रो सम्झनाले मन रुन्छ
सधैँ तिम्रो कविताले ह्र्दय छुन्छ ।
२.
आहा कति मिठा कविता भानुले रचेका
त्यस्तै लेख्ने कला हाे हामीहरूले खाेजेका।
✍️ साधना पाैडेल
ओखलढुंगा
[६४]
१.
घाँसीबाट प्रेरणा लिएका थिए,
तारा जस्तै नेपाली माझ चम्किए।
२.
रातका प्रकाश चन्द्रमा दिनका रवि,
साहित्यको दियो बाल्ने भानु आदिकवि।
✍️ अम्बिका गिरी
विराटनगर
[६५]
१.
अविस्मरणीय कृति दिने आचार्य हुन रवि
मातृभाषा विकास गर्ने विशेष उहाँकै छवि ।
२.
श्रद्धा गरि सम्झिराखौअन्नपूर्ण ज्ञान
सबै माझ कीर्ति पस्के नेपालीको शान।
✍️ इश्वरी अधिकारी
लमजुङ्ग
[६६]
१.
कविताबाट भानुले उमङ्ग भरे
समाजको यर्थाथता चित्रण गरे ।
२.
भानुभक्त प्रेरणाका खानी हुन्
लगाएका छन् उनले धेरै गुन् ।
✍️ अम्बिका कोइराला
धुनिवेशी नगरपालिका ६ धादिङ
[६७]
१.
भानुको जन्म चुँदी रम्घा तनहुँमा भएकाे थियो,
बलोस् बत्ती सदा चम्की उनन्तिस असारको दियो ।
२.
चर्का चर्की रहोस् घाम चाहे होस् साउने झरी,
यी कवि भानुको चर्चाहोस् युगको युगौं भरी ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु -६ नवलपुर ।
[६८]
१.
उदायौ तिमी नै भानु भएर
बस्यौ जनको मनमा गएर ।
२.
अमर प्रेरणा घॉसीबाट लियौ
रचि रामायण जनलाई दियौ ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
[६९]
१.
भानु भानु भनिकन रामायण खोजे यो देशमा
र्यापहरू चिच्याइ बदलिए आधुनिक भेषमा ।
२.
घाँसी दरिद्र उपमा दिएर गर्यौ बुद्धिको बयान
कर्मले बनाउनु कृतित्व, नगर्नु आफ्नो अभिमान ।
✍️ जि कुमार गौतम
भद्रपुर १, पृथिविनगर झापा
[७०]
१.
साहित्य आकाशमा अस्त नहुने रवि
तनहुँमा जन्मे हाम्रो भानुभक्त कवि ।
२.
सुनेर घाँसी दाइको कुरा ती नालीबेली
घर घरमा पुर्याए रामायणका ठेली।
✍️ बिके मुखिया
दार्जीलिङ भारत।
[७१]
१.
नेपाली साहित्य आदिकवि हुन् भानु पिता,
पढ्न पाएको कृति मध्ये मिठो राम गीता ।
२.
असार उनन्तिसमा भव्य जन्मदिन मनाऊँ,
कहिले काहीँ रामायण पुस्तक पढी रमाऊँ।
✍️ भगवती दवाडी
झापा
[७२]
१.
तारा खसे फूलको बर्सात कति ठुलो मर्म,
घाँसीबाट प्रेरणा पाएर गरे राम्रो कर्म ।
२.
थोपाथोपाले समुन्द्र बन्छ सबै भन्दै थिए,
यही कुरा भानुबाट नै मैले प्रेरणा लिए ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका o४ बिगारे जुम्ला
[७३]
१.
उत्कृष्ट रचना गर्दै भानु आदिकविकाे उपाधि पाए
सरल मिठाे काव्य सिर्जनाले नेपालीको मनमा छाए।
२.
आदिकवि भानुभक्त नेपाली जगतका हुन माेति
रामायणलाई अनुवाद गरी छरे ज्ञानका ज्योति ।
✍️ रिना याेल्माे
दार्जिलिङ
[७४]
१.
नेपाली जनाकाशमा उदाएका रवि
पाऱ्यौ आलोकित धरा चम्कियो त्यो छवि।
२.
तनहुँको पावन धरतीलाई नमन
साहित्यले सजिएकाे त्याे अमूल्य जीवन।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम (भारत)
[७५]
१.
भानुभक्त नाम तिम्रो बन्याै जून तारा,
कृति सबै अपरम्पार सम्झिन्छाै सारा।
२.
जुगौ जुग अमर तिमी चर्चित टाेल समाज
भानु तिमीलाई नसम्झिने त कोहि छैनन् आज।
✍️ नानीबाबा अधिकारी
काठमाडौँ
[७६]
१.
भानु तिमीले घाँसी देखेर मनमा केही गुन्यौ,
छरिएको नेपाली भाषा एउटै सूत्रमा उन्यौ ।
२.
भानुभक्त सँगै घाँसी पनि युगौँ अमर भए,
दुबै जना महान् व्यक्तित्व इतिहास लेखि गए ।
✍️ कर्ण दयाल
मेलौली नगरपालिका ७ , बैतडी
[७७]
१
आदिकवि भानुभक्त उनको अजम्मरी काम
रामायण लेखी छोडे आज इतिहासमा नाम ।
२,
आदर गरि राख्नुपर्छ सदा भानुको नामको
अमर बनेर बलेको छ बत्ती आफ्नो ठामको ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा, हाल मलेसिया
[७८]
१.
घाँसीबाट अर्ती पाइ साहित्यमा लागि परे
नेपालमै रहेर भानुले सक्दो सेवा गरे ।
२.
भानु जयन्तीमा मात्र लौ! उनको सम्झना गर्ने हैन
त्यसो त अघिपछि सँधै सम्झिने शायद ! कोही छैन।
✍️ परिक्रमा श्रेस्ठ
धरान
[७९]
१.
हरे राम जप्दै जनले सरल रामायण पाठ गरे
छन्द मिलेकाे पुस्तक भानुकाे त्याे लाेकप्रिय भयाे अरे ।
२.
कुन जुगको रामायण अहिले सम्म मुखमा राम
फेरिए विकास भाे पुरानाे जुगकाे सुविधा र काम ।
रहेनछ हाम्रो कुनै काम ।
✍️ गुणनिधि घिमिरे
माेरङ हाल अमेरिका ।
[८०]
१.
नेपाली भाषाका ती हुन् मुहान,
श्रीगणेश कर्ता भानुकाे शान।
२.
घाँसीबाट प्रेरणा पाए ती कविले,
भानु चम्किए ऐतिहासिक छविले।
✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[८१]
१.
रामायण बधूशिक्षा भक्तमाला सुनी
साहित्यकाे आकाशमा अमर छन् उनी।
२.
प्रेरणाकाे श्राेत बन्याे घाँसी उनकाे पहिले
बदला तिर्न गार्हो हुने रैछ गुनकाे जहिले ।
✍️ सुस्मिता नेपाल
सुनसरी
[८२]
१.
सिर्जनाले यहाँ धेरै भानुभक्त झैँ बनेकाछन् ,
उनकाे कृति दुनियामा सधैँ अब्बल बन्याे झन् ।
२.
हामी पनि भानुभक्त जस्ता महाकवि बनेर,
लेखाउनु छ इतिहासमा अमर भाे भनेर।
✍️ कमला हरिमाया पाण्डे पराजुली
झापा
[८३]
१.
जन्मियौ भानु रम्घाको चुँदी तनहुँ फाँटमा
खुसीले रम्दै हुर्कियौ तिमी आमाको काखमा ।
२.
रामायण अनुवाद गर्यौ नेपाली भाषामा
अमर कृति छोडेर गयौ जन्मेको धरामा।
✍️ बिना रोका
घोराही दाङ।
[८४]
१.
जन्मे पछि राम्राे कामले नाम कमाउनु पर्ने
बुद्धिमान घाँसी थियाे महान उपदेश गर्ने ।
२.
भाषा एकीकरणकाे साथै महान काम गरे
आदिकवि भानुभक्तले साहित्यमा प्राण भरे ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी
>> जय टुक्का! जय साहित्य !! <<

✍️ प्रेम थापा ‘मन’, बागलुङ
१
सोझाएको बन्दुकलाई म त धार्मिक त्रिशूल सम्झें
हान्यौ मुटुमा छेद हुने गरि तर मैले फूल सम्झें
खै कसरी चल्छ र , सकारात्मक भइ को बदल्छ र
धोकाहरू नाचे आँखाभरि म त मायाको मूल सम्झें
स्तम्भ नै ढालिदियौ ,अझ म विश्वासको अतूल सम्झें ।
२
निमुखाहरूको पसिना सोस्ने पनि देखियो
गरीबको खुसीमा आगो झोस्ने पनि देखियो
सोझालाई कर तिराई , अझ तल गिराई ;
श्रमिकका ती कुम्ला सधैं खोस्ने पनि देखियो
नजिक बन्दै भ्रष्टलाई पोस्ने पनि देखियो ।
३
आजकाल आफैलाई बिरानो बनाएको छु
यिनै आँखाहरूलाई ओभानो बनाएको छु
यी बानीहरू भाग्छन् चोटहरू सामान्य लाग्छन्
मनको छानोलाई छिनोफानो बनाएको छु
मैले मेरो मुटुलाई अचानो बनाएको छु ।
४
को धाउँछ अनेक बाटो खोजेर बलियो आफ्नो तन भए
को पाउँछ चाहेको सबै भाग्य नभई फगत मन भए
किन मन हुन्थ्यो चन्चल , सधैं भरी नै हुन पर्थ्यो अटल
शत्रु पनि एकदिन मिल्न आउँछ मद्दत सघन भए
बलियो खम्बा पनि ठडिन्छ आफ्नासँग सुरम्य पन भए ।
५
आजभोलि मन फाटेको पटक्कै मन पर्दैन
त्यो अरुको कुरा काटेको पटक्कै मन पर्दैन
मलाई लाग्थ्यो भर पर्नु विश्वास किन नगर्नु
दम्भले एकार्का छाँटेको पटक्कै मन पर्दैन
त्यो आश देखाई ढाँटेको पटक्कै मन पर्दैन
६
झगडाले मात्र हुन्न दुश्मनको भाका बदल्नु पर्छ
कुरीति अनि कुसंस्कारको सब नाका बदल्नु पर्छ
नेपालमा देखियो सबै शासन , रैछन् यहाँ दुर्जन ;
आऊ है सबै मिलेर समाजको खाका बदल्नु पर्छ
मन भित्र सल्किएको दु:खका ती राँका बदल्नु पर्छ ।
७
सुन्दर यो मार्गमा उठाउ पाउ किन दम्भ
पौरख गरि आफूलाई पुराउ किन दम्भ
सक्दो गर्ने हो, र नयाँ सोच विचार छर्ने हो
सक्छौ भने अरु बिना नै रमाउ किन दम्भ
अब आफू आफ्नै सन्सार बनाउ किन दम्भ ?
८
बगलीमा छुरा बाहिर राम राम कहिलेसम्म
देशलाई अझ पछि धकेल्ने काम कहिलेसम्म
नेपाल बनायौ सस्तो,स्वार्थ अनि सत्ता मोह कस्तो
बन्द,हड्ताल,आन्दोलन र चक्काजाम कहिलेसम्म
देखियो अबन्नति यस्तो छलछाम कहिले सम्म ?

१
दिन
ढिलो चाँडो
अवस्य आउने सबैको !
२
माया
द्वेष हटाइ
मित्रतामा शुद्धता छर्ने !
३
स्वार्थ
चाहिँदा भाँडो
नचाहिँदा त्यही घाँडो !
४
इमान
कहिल्यै नझुक्ने
हिमाल जस्तै अटल !
५
अहमता
खहरे खोला
क्षणमै हुने विलिन !

१.✍️
म ता कविता हुनाले कविता मै बोल्छु सधैँ
सकेसम्म सबैसँग नम्रता नै घोल्छु सधैँ
लागे लाग मोहनी नत्र घरै छ बुढी भन्थे
कविताले नै सारा संसार बिथोल्छु सधैँ
बेकारमा दुनियाँका खुट्टा मोल्छु सधै ?
२✍️
कसले कस्तो बोली गर्छ मान्छे चिन्नु पर्छ
बोले टर्छ हाने मर्छ मान्छे चिन्नु पर्छ
मेरा बाले सिकाएको यस्तै मेरो बुद्धि
नम्रताले राम्रै पर्छ मान्छे चिन्नु पर्छ
यौटा फूल रोपें सर्छ मान्छे चिन्नु पर्छ
३✍️
मासिएर जान खोजे जान देऊ
भोकाएर खान खोजे खान देऊ
राम राम भन्नु सके काँध हाल्नु
छुट्याएर लान खोजे लान देऊ
सुर्तीको तलतल छ पान देऊ
४✍️
साहित्य हुँ साहित्य हिंड्छु सन्देश बोकी बोकी म
सरस्वति हुँ बयान फेर्दिन त जिभ्रो टोकी म
बित्थामा मात्तिनेलाई तितो मिठो सन्देश छर्दै
पटक पिच्छे गिराउँछु अदृष्य शक्ति रोकी म
अरू जस्तो होईन जन्म जन्मातरको झोंकी म
५✍️
म ता साहित्य हुँ हिंड्छु सधै मिठा मिठा रस बोकी म।
त्यसैले नता कतै हिड्छु कहिल्यै कसैलाई ठोकी म,
स्वतन्त्रहरूलाई त्यतिकै छाडीदिनु अरे भन्छन् नी,
अनि कसैका ईच्छा मार्दै हिंड्दिन कसैलाई रोकी म,
सरस्वति हुँ पिल्सिएकी छु सबैका जिभ्राले टोकी म ।
गुणनिधि घिमिरे अमेरिका

१
यार्सागुम्बा
भन्छन् ढुसी
एक शक्तिबर्धक औषधि !
२
गुर्जो
चिल्लो लहरो
कोरोनाको राम्रो औषधि !
३
टिमुर
पाकेको वासनादार
चपाउँदा मुख परपर !
४
तुलसी
अनुपम वृक्ष
उपयोगी यसको पात !
५
निम
तीतो गुण
सबै औषधिको राजा !
६
जडिबुटी
नेपालमा खानी
नचिन्ने हामी अज्ञानी !
७
सिलटिमुर
जस्तै टिमुर
तरकारीमा मसलाको रूप !
८
सिमल
नरम भुवा
जोगाउन गरौँ सुर !
९
सल्लो
क्यान्सरको औषधि
नेपालमै हुन्छ उत्पादन !
१०
रुद्राक्ष
शिवजीको रूप
सत्ताइस ओटासम्म मुख !
११
रिट्ठो
सिकाकाइ पनि
स्याम्पु बनाउन प्रयोग !
१२
बोजो
गलाको दुखाइ
कम गर्ने ओखती !
१३
बेल
काँचोमा तीतो
पाकेपछि सर्वत मिठो !
१४
ओखती
हत्केलाको आकार
पाँच औँलेको प्रकार !

उमेश कुशवाहा,बीरगंज: आज बिरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल नाइ समाज द्वारा नव निर्वाचित प्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन् भएको छ।
प्रमुख अतिथि प्रा.डा हरेराम ठाकुर र नेपाल नाइ समाजका सभापति राजेन्द्र ठाकुरको उपस्थितमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टीका,फुल माला दोसला ओडाइ स्वागत तथा सम्मान गरिएको छ।

कार्यक्रम मा प्रा.डा.राजेन्द्र ठाकुरले रु.५ लाख नेपाल नाइँ समाजको नाम दिने घोषना गर्नु भएको नेपाल नाइका सदस्य मुना ठाकुरले जनकारी गराउनु भयो।
पोखरिया नगरपालिका उप मेयर रूबी ठाकुर, गान्धी ठाकुर,फुलचन ठाकुर ,भरत ठाकुर ,चिरञ्जीवी ठाकुर ,सन्तोष ठाकुर,रुदल ठाकुर,सोहलाल ठाकुर,चन्दन ठाकुर,दीपक ठाकुर ,नागेश्वर ठाकुर लगायत पर्सा,बारा,रौतहटको नाइँ परिवार हरु उपस्थिति रहेको थियो ।
पारस ठाकुर,गान्धी ठाकुर,रूदल ठाकुर,सोहलाल ठाकुर र पत्रकार मुना ठाकुर लगायत हरुले आ-आफ्नो बिचार राखेका थिए ।

उमेश कुशवाहा,वीरगंज: लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश सदस्य मालती कुशवाहाले बहुदरमाई नगरपालिकाको जनता संग भेटघाट गरेकी छन।

कुशवाहाले बहुदरमाई नगरपालिकाका वडा नं.१,७,८,९ मा संसदीय क्षेत्र नम्बर ३( ख ) का जनताहरु सीत भेटघाट तथा आउने चुनावी विषयमा सुझाव ,स-सलाह तथा कुराकानी गरेकी छन।

कुशवाहाले नेपाल महिला मैत्री विकाश केन्द्रका अध्यक्ष तथा विश्व हिन्दू परिषदको प्रदेश सक्रिय चौकिदार समेत रहेकि छन।
आउने चुनावमा मालती कुशवाहाले पर्सा जिल्ला संसदीय क्षेत्र नम्बर ३(ख) बाट चुनाव लड़ने तयारीमा रहेकि कुशवाहाले हिमालयन दृस्टि ऑनलाइनका उमेश कुशवाहालाई बताउनु भयो।


काठमाडौ, २५ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

[१[
गर्जन
तस्विर बिम्बमा
सिङ्ग विनाकाे सिंह !
✍️
राेशन पराजुली
धरान।
[२]
दायित्व
बिरालोको दम्भमा
आफैँ सिंह मपाइत्व !
✍️
प्रेम थापा “मन”
[३]
बिरालो
हेर्दामा सिंह
वास्तवमा म्याउँ स्वर !
✍️
सविता के.सी.
काठमाडौँ ।
[४]
ऐना
अपारदर्शी सिसा
बिरालालाई सिंहको दर्पण !
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[५]
ऎना
सिंहको चित्र
बिरालोमा दम्भ विचित्र !
✍️
वसन्त अनुभव
घोराही, दाङ
[६]
दम्भ
देखिन्छ छायामा
खोज्दैन यथार्थ मुर्ख !
🙏
पशपती राई
खोटाङ
[७]
ऐना
सिंहको प्रतिबिम्ब
तस्बिर हेर्दै बिरालो !
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[८]
ऐना
नजिकै बिरालो
पर्दा पछाडिको सिंह !
✍️
आर्त अकुलीन
कैलाली
[९]
ऐना
सिंहको रुप
आफ्नै छाया चित्र !
✍️
दुर्गा आचार्य
मोरङ
[१०]
ऐना
यथार्थ प्रतिबिम्ब
चरित्र समेत स्पष्ट !
✍️
रमा पन्त
पाल्पा
[११]
बिरालो
सिंह सम्झने
गर्वले आफै फुल्ने !
✍️
भवानी घिमिरे
सर्लाही ।
[१२]
प्रतिबिम्ब
सत्ताको स्वरुप
भूँइखुट्टे जातको प्रतिनिधि !
✍️
कण्ठराज गिरी
टीकापुर कैलाली, हाल अष्ट्रेलिया
[१३]
बिरालो
ऐना हेर्दा
वास्तविक तस्बिर सिंहको !
✍️
मिलन के.सी.(थापा)
पोखरा
[१४]
बिरालो
अहङ्कारी मन
सम्झिन्छ आफू सिंह !
✍️
शिव खनाल जीवम
रुपन्देही ।
[१५]
प्रतिबिम्ब
आफ्नो स्वरुपमा
अरूलाई तुच्छ ठान्ने !
✍️
दुर्गा तामाङ
संखुवासभा
[१६]
बिरालो
मनको सिंह
आफूलाई ठान्छ ठुलो !
✍️
सीता पाण्डेय मरासिनी
तम्घास , गुल्मी ।
[१७]
समय
ऐनामा बिरालो
सम्झदै आफुलाई सिंह !
✍️
महानन्द भट्ट
कन्चनपुर
[१८]
बिरालाे
आफ्नाे पहिचान
खाेज्दैछ ऎना हेरेर !
✍️
बिनु बाबा
[१९]
बिरालो
ऐनामा बाघ
अहङ्कारको देख्छ राग !
✍️
होम प्रसाद
धरान,सुनसरी
[२०]
तस्बिर
सिंह अजङ्ग
बिरालो पर्यो दङ्ग
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा हाल मलेसिया
[२१]
प्रतिबिम्ब
मनको उत्कन्ठा
अद्भूत आफ्नो खुबी
✍️
घनश्याम पौडेल
पोखरा
[२२]
सिंह
वनको राजा
सम्झेर डरायो बिरालो !
✍️
देबकी के.सी.
दक्षिणकाली,काठमाडौ
[२३]
बिरालो
ऐनामा हेर्दा
देख्छ फरक रूप !
✍️
सुशीला
[२४]
ऐना
अहङ्कारी प्रतिबिम्ब
बिरालोमा सिंहको दम्भ !
✍️
बिके माकजु
भक्तपुर ।
[२५]
बिरालो
आफ्नो प्रतिबिम्ब
देख्यो जङ्गली बाघ !
✍️
सुमित्रा पोखरेल
काठमाडौं
[२६]
अहमता
चुलिन्छ स्वयंमा
सिंह ठान्छ बिरालो !
✍️
दुर्गा अधिकारी
भमरकोटे
[२७]
प्रतिबिम्ब
बिरालो दङ्ग
नहोस् सपना भङ्ग !
✍️
इश्वरी अधिकारी
लमजुङ
[२८]
बिरालो
हुने मन
कसलाई छ र ?
✍️
गोपाल प्रसाद
[२९]
बिरालो
ऐना अगाडि
प्रतिबिम्बित सिंहकाे रुप !
✍️
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[३०]
अहम्
सिंहको जस्तो
तुच्छ बिरालो कस्तो !
✍️
कमला देवकोटा
पाल्पा
[३१]
बिरालो
आफैँलाई देख्छ
ऐनामा ठूलो बाघ !
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[३२]
प्रतिच्छाया
ठूलो सोच
आफ्नै आत्मा भित्र !
✍️
गोपेन्द्र रिजाल
पाँचथर
[३३]
वंशज
सिंहकाे चित्र
बिरालाकाे प्रतिक्रिया बिचित्र !
✍️
नवराज भट्ट
महेन्द्रनगर
[३४]
विद्राेह
आफैँसँग द्वन्द्व
ऐनामा फुल्याे घमण्ड !
✍️
प्रद्युम्न चालिसे
देवघाट तनहुँ
[३५]
बिरालो
रुपको घमण्ड
वंशजमा ऎनाको चमत्कार !
✍️
सरस्वती वली
बर्दिया नेपाल
[३६]
ऐनामा
तस्बिर सिंहको
अन्तमा म्याउँ म्याउँ
✍️
रबि श्रेष्ठ
अर्घाखाँची हाल : बुटवल
[३७]
बिम्बले
बिम्ब देखेर
बिम्ब आफैँ डराउँछ !
✍️
रामचन्द्र शर्मा
बागलुङ
[३८]
बिरालो
ऐनामा देख्छ
काल्पनिक सिंह आकृति !
✍️
समुन्द्रा शर्मा
इटहरी सुनसरी
[३९]
डमरु
आत्म पहिचान
भविष्यको सिंह शक्तिमान !
✍️
टीकाराम जाेशी
काठमाण्डु
[४०]
ऐनामा
सिंह विराजमान
भयो बिरालोको अपमान !
✍️
तेजप्रसाद खनाल
लमही दाङ।
[४१]
देशमा
वनको स्याल
घरको भयो बाघ !
✍️
सागर कुस्मी
कैलाली ।
[४२]
बिरालो
ऐना हेरेर
सोच्दैछ आफू सिंह !
✍️
बालकृष्ण खनाल
टीकापुर कैलाली।
[४३]
प्रतिबिम्ब
बिरालोको दम्भ
सम्झन्छ आफूलाई सिंह !
✍️
सरस्वती श्रेष्ठ
बुट्वल रुपन्देही।
[४४]
अचम्म
पर्दै बिरालो
ऐनामा देखेर प्रतिरुप !
✍️
धर्मी शाक्य
बुटवल ,रुपन्देही
[४५]
ऐना
प्रतिबिम्ब अगाडि
सिंह सम्झन्छ आफुलाई !
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[४६]
सिंह
ऎना अगाडि
म्याउँ म्याउँ डुक्राइ !
✍️
भवानिश्वर
[४७]
चर्मचक्षु
बिरालाेकाे दम्भ
क्षमता माथिकाे साेच
✍️
सुरेशचन्द्र
[४८]
आफ्नो
पहिचान ऎनामा
झल्काउँछु दुनियाँमा सधैँ !
✍️
सलिन
[४९]
दर्पण
झुठो बोल्दैन
देखिन्छ हुबहु रुप !
✍️
मंगला
[५०]
बिरालो
आफ्नो रुपमा
परेको साह्रै दङ्ग !
✍️
दुर्गा भट्टराई
मोरङ
[५१]
बिरालो
सिंह बन्दा
झल्को आउँछ चुनावको !
✍️
नारायण कोइराला
तानसेन पाल्पा
[५२]
पतन
घमण्डको बाटो
आफूलाई सिंह सम्झिनेहरू !
✍️
हिमाल अम्मै
घोडाघोडी कैलाली
[५३]
ऐना
देखाउँदै प्रतिबिम्ब
सिंहको रुपमा बिरालो !
✍️
धनमाया चौधरी
कैलाली
[५४]
मुहार
हेरेर झल्कियाे
माग्दै पश्चातापकाे गुहार !
✍️
इन्दिरा ज्ञवाली
तानसेन ,पाल्पा
[५५]
बिरालाे
हेर्दै प्रतिबिम्ब
आफैँलाई सिंह सम्झियाे !
✍️
श्रद्धा आचार्य , पोखरा
[५६]
बिरालो
देखेर रङ्ग
सम्झन्छ आफैँलाई अजङ्ग !
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु
[५७]
आत्मगौरव
जागोस् सबैमा
सिंह हुँ भन्ने !
✍️
रोहिणी तिमसिना
असम, भारत ।
[५८]
प्रतिबिम्ब
देखिने दुरुस्त
ढुक्ने झम्टेर ध्वस्त !
✍️
जमुना
[५९]
बिरालो
सिंह असन्तुष्ट
यथार्थ र भ्रमहरू !
✍️
नरेन्द्रबहादुर क्षेत्री
बुटवल १२, रुपन्देही
[६०]
सिंह
तिमी नगर्जी
तलाउमा हेर्न जाऊ !
✍️
रोहित
[६१]
ऐना
जाल माया
प्रतिरुप अगाडि छाँया !
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[६२]
यथार्थ
ऐेनाको सामु
वास्तविक बिरालो म्याउँ !
✍️
कविता आचार्य
कैलाली
[६३]
ऐना
अनेकौँ रूप
सत्य आफ्नै छायामा !
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही
[६४]
बिम्ब
बिरालो दङ्ग
ऐनाको चमत्कारमा सिंह !
✍️
अम्विका अधिकारी,
झापा विर्तामोड