काठमाडौ, २६ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खला कार्तिक २६ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५९ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
भोट हालौँ ढुक्कसँग छानौँ मान्छे राम्रो, यौटा कुरा हेक्का रहोस् जित होस् पक्कै हाम्रो । वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] धम्की होइन यो कुरा न हो चेतावनी, बुझ्नु होला याचकको अनुरोध भनी । 🌑 वसन्त अनुभव घोराही, दाङ
[२] हेर्दै जाऔँ कसैले त काम गर्ला जनताको, हाम्रो भन्दा पनि राम्रो हुनुपर्छ समताको। 🌑पवन अधिकारी
[३] कहिलेकाहीँ बज्छ ताली, कहिले सुन्नुपर्छ गाली, सज्जन नेता हुनुपर्यो नि, सबका सब छन् जाली । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४] बुद्धि विवेक प्रयोग गरौँ भोट हाल्नको लागि, राम्रालाई जिताऔँ हामीले सारा जनता जागी । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[५] बोतल नयाँ रक्सी पुरानोमा दिन्न अमूल्य भोट, सकभर नयाँ दुइटै भए चाहिन्न केही नोट। 🌑म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर
[६] हाम्रोलाई छाेडी राम्रोलाई मतदान गरी हेरौँ, भ्रष्टाचारी नेताहरू छानीछानी यसपालि फेरौ। 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[७] हाम्रोलाई होइन राम्रोलाई मत हालौँ, यसपालि चुनावमा पुरानो सबै फालौँ । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[८] मुखमा राम ! राम ! हजुर बगलीमा बोकौँ छुरा, अर्काले जित्यो भने त कहाँ हुन्छ आफ्नो स्वार्थ पूरा 🌑त्रिलोचन भण्डारी मेचीनगर,झापा
[९] मङ्सिर चार ध्यानमा राखेर, भोट हालौँ नेता राम्रा छानेर । 🌑मन्जु जोशी डिलासैनी,बैतडी
[१०] चुनाव अब नजिक आयो हाल्नु छ लौ भोट, सबैको आफैँ विचार बुझ्नु नहेर्नू ती नोट ! 🌑आर्त अकुलीन कैलाली
[११] भोट हाल्ने मन अति थियो नेता भेटिनँ राम्रा, उम्दा सबै पाखा लगाई टिकट पाउने हाम्रा ! 🌑इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१२] राम्रो छानी भोट हालौँ, पुछौँ जनताको आँसु, उम्दा रोजौँ सब मिलेर, खान छोडेर मासु। 🌑मनोज खत्री अछामी
[१३] जति राम्राे छाने पनि राजनीतिले नराम्रै हुन्छ, जितेपछि मातिएर जनता विरुद्ध जाल बुन्छ। 🌑दीपक ठटाल जलन
[१४] चुनावमा जिउ हजुरी, मिठा सपना बाड्छन्, चुनाव जितेपछि नाता सम्बन्ध सबै छाड्छन् । 🌑प्रेम थापा “मन” बागलुङ
[१५] भोट हाल्दा नोट आउँछ रे, खोजौँ धेरै दिने, हरेक पल्ट यसरी नै नेताले मान्छे किने । 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[१६] भोज नोट खोज्ने हैन योग्यलाई भोट, आँखा चिम्ली भोट हाल्दा पर्नेछ है चोट! 🌑कमला देवकोटा पाल्पा
[१७] प्रदेशीको रुपैयाँ चल्छ भोट चल्दैन, प्रदेश नआए पेटको भोक टल्दैन । 🌑असिराम डंगौरा जोशीपुर कैलाली हाल भारत
[१८] न राम्रा भेटिन्छन् न हाम्रा भेटिन्छन्, दुःखीका दुःख खै कसरी मेटिन्छन् ? 🌑मित्र `उराठी´ गाैतम तिलाेत्तमा-२, रुपन्देही
[१९] च्याउ उम्रेझैँ छ्यापछ्याप्ती नै छन् नेता अचेल बजारमा, योग्य युवा नेता छानौँ आउने उनासी मंसिर चारमा। 🌑दिनेश संगम
[२०] देशको मुहार फेर्ने भए, राम्रो राम्रो छान्नु पर्छ, देउता खोज्दा दानव परे भोक निद्रा सबै हर्छ ! 🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल
[२१] सबै कुरा बुझेपछि ,मात्र भोट हाल्नुहोस्, प्रतिनिधि बनाएर संसदमा फाल्नुहोस्। 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[२२] राम्रो मान्छे त मैले खोइ देखिनँ भोट हाल्न, पूरानालाई यसपालि सबले थालौँ फाल्न। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:सुनापति-१ हाल:अमेरिका,बोस्टन।
[२३] जो नेता राम्रो, त्यो नेता हाम्रो । 🌑बिके माकजु भक्तपुर ।
[२४] हाम्राे मान्छे जिताउँ चुनावमा दुई चार पैसा कमाऊँ राम्रा सबै पाखा लगाई फेरि पनि पुर्पुराे त्याे समाऊँ । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी
[२५] चुनाव जितेपछि नेताको हुन्छ उहीँ चाल, भोट दिने जनताको चैँ जस्ताको तस्तै हाल । 🌑राजेन्द्र प्रधान ‘ पासा,’ दार्जिलिङ, (भारत)
[२६] राम्रो भनेर हाम्रो छान्छन् कुहिएका आलु, छैन विकास भ्रष्ट बन्छन् समाउँछन् तालु। 🌑प्रदीप के रिमाल इटहरी, सुनसरी ।
[२७] देशलाई बनाउनेहरूभन्दा धेरै बिगार्नेहरू छानेको, दशकौँ भइसक्यो है साथी हामीले अँध्यारोमा ढुङ्गा हानेको! 🌑बि.कुलुङ
[२८] हाम्रो हैन राम्रो छानौँ यसपटकको नारा, नारालाई साकार पार्न सचेत बनौँ सारा। 🌑अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[२९] हाल्नु पर्दछ भाेट, विकृतिलाई पुग्ने गरी चाेट, हालसम्मकै कमजोरीहरूकाे मेटियाेस् है खाेट । 🌑रामप्रसाद पुरी बादेल खाेटाङ ।
[३०] राम्रो त सबै छन् तर भ्रष्टचारी भए, कारबाही भएन कानुन माथि गए । 🌑पैरवी
[३१] सबै भन्छन् आफ्नै राम्रो बनेका छन् झुण्ड, खै कस्लाई भोट दिनु देख्छु सुण्ड मुण्ड ! 🌑बिबस पारदर्शी भद्रपुर झापा,
[३२] भाेट हालाैँ याे पाली असल मान्छे छानी, फरक पर्न जाला है अरू कतै हानी । 🌑शाेभा आचार्य गाैतम काठमाडौ
[३३] राम्रालाई भोट हाले हुन्छ देशको हित, अमुल्य मत दिई गराऔँ युवाको जित। 🌑सम्झना (कुसुम )
[३४] नातागोता सबै मिली छानौँ मान्छे हाम्रो, हाम्रा मान्छे जितेपछि कमिसन राम्रो। 🌑मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
[३५] विचार गरौँ सोचौँ अनि मात्र खसाऔँ मत, हाम्रो होइन राम्रो नेता नलागेको होस् खत । 🌑महेश्वर प्रधान गोरुबथान,भारत।
[३६] देशभक्त नेतालाई भोट हालौँ सोचेर, अयोग्यलाई अब पाखा लगाऔँ घोचेर । 🌑भगवती दवाडी झापा
[३७] सचेत होऔँ भोट हाल्न हाम्रो छोडी राम्रोलाई खोजौँ, देशको विकास गर्नसक्ने असल व्यक्तिलाई रोजौँ । 🌑दुर्गा आचार्य मोरङ
[३८] राम्रो मान्छेलाई छानी भाेट दिँदा हुन्छ पक्कै जित, बुझ्नेछन् जनताका पिर मर्का हुनेछ हाम्रै हित । 🌑केसी उर्मिला
[३९] वडाका समस्या उठान गर्ने सल्ट्याउने पनि, हेरौँ सबैले प्राथमिकता कसले हेर्छ भनी । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[४०] अल्लि राम्रो नेता छानी खसालौँ है मत, अब्बल त भेटिँदैनन् झुटो छ जगत । 🌑बाबुराम गौतम, गुल्मी
[४१] बुढाखाडा जति सबै लगाउँदै पाखा, युवालाई मत दिऔँ खोलिकन आँखा । 🌑सरिता सेढाई धादिङ
[४२] खसाउ भोट जन हो, विचार गरेर, गर्छ विकास जसले, जाँगर भरेर । 🌑नवशिला बेलबारी -२, लालभित्ती,मोरङ
[४३] चुनाव आयो सबैले मत हाल्नुपर्छ, विकास नगर्ने नेता यहीँ फाल्नुपर्छ । 🌑तारा घिमिरे
[४४] देख्दा त भ्रष्टचारी कति सुन्दर लाग्छन्, चुनाव जितेपछि चिल्ला कारमा भाग्छ्न् । 🌑सुरेशकुमार पान्डे
[४५] चुनाव आउँछ जान्छ केवल नेतालाई, बेल पाक्यो हर्ष न बिस्मात चुनाव आई । 🌑चुडामणि देबकोटा च न पा १३ काठमाडौ
[४६] भोट त दिने हो नेतालाई, निम्त्याइन्छ कि झन् ब्यथालाई । 🌑सुमित्रा पोखरेल काठमाडौं
[४७] पत्याउनेले पत्याइहाल्यो त ढाँट्नेले ढाँट्यो, ठिक छु भन्छन् सबैले यो देश के गर्न आँट्यो। 🌑राममणी जोशी
काठमाण्डौँ, २६ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
काठमाडौ, कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला कार्तिक १९ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
सारा नेपाली सिङ्गापुरे, हुन्छन् अष्ट्रेलियाली, छ्यापछ्याप्ती भिसा झार्नेछु, चुनाव जितौँ खाली । वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] हावादारी कुराहरू सबै चुनावकाे नारा सस्ताे, भाेट माग्दा म्याउँम्याउँ गर्ने जितेपछि बाघ जस्ताे । 🌑ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] हजुर त साह्रै देशप्रेमी, दुरगामी छ सोच, खुलस्त राख्दिनु भो मत, नमानी कुनै सङ्कोच । 🌑वसन्त अनुभव घोराही – १४, दाङ
[३] युवा जति पलायन छन् बूढाबुढी छन् घरमा, खुराफाती गफाडी नेताकाे नपराैँ है भरमा । 🌑मीरा ज्ञवाली बुटवल
[४] गरिब सामु नफैलाऊ हात विलासी जीवन भोग्नेहरू, पहिलेको बाचा पूरा गर्यौ त चुनावमा खुट्टा ढोग्नेहरू? 🌑असिराम डंगौरा जोशीपुर कैलाली हाल -भारत
[५] झुठो आस र आश्वासन के देखाउँछौ जाली, युवा जति विदेश पठायौ बन्यो देश खाली । 🌑बेदु न्यौपाने काठमाडौ
[६] आफन्त नजिक भएर के भयो भोट नआएपछि, भाग ठूलो पर्दा कसैलाई नदिई एक्लै खाएपछि । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[७]
यहाँ भोक र सपना बाँडिन्छ भोटसँग साटिन्छ, चुनावी खर्च असुल्न श्रमजीवीको गाँस काटिन्छ ! 🌑भुषणजंग
[८] नेपाली जति विदेशमा गई बन्ने भए परदेशी, नेपालका नेताहरू मात्र देखिनेभए नि स्वदेशी । 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप,सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
[९] सम्भावनाका भिरहरू भत्काउँदै छाैँ हामी, ठूला देशकाे मागी खाँदा निक्कै बन्छाैँ नि नामी । 🌑निरज कोइराला बेलका १ उदयपुर
[१०] झझल्को मात्र लगाएछौ दुई दिन आएर, केही हुन्न आखिर आदर्शको गीत गाएर । 🌑आर्त अकुलीन कैलाली
[११] टुक्का ठुला देश पठाइदिने आस देखाएर, के विकास गर्छौ युवा विदेश पठाएर । 🌑भुपेन्द्र राना मगर धादिङ
[१२] भोट दिई जिताउन होला नजानेकै, पक्कै नि असल नेता होला नछानेकै। 🌑काजि प्रसाद खतिवडा
[१३] बुढापाका जितेर मसानघाट विकास गर्छन्, अझै त्यस्तालाई नै भोट दिए आफ्नु धोक्रो भर्छन् । 🌑सुशांक दाहाल विराटनगर मोरङ
[१४] देशको विकास गर्नतिर होइन आफ्नो विकास गर्न खट्छ्न् जाली, लागिपर्छन् उनीहरू भोटलाई नोटमा परिवर्तन गर्न खाली। 🌑जोगरत्न बज्राचार्य भिंन्छेबहाल ललितपुर।
[१५] सरकार बनाउँछन् अनी गर्छन् राज आलो पालो, हाम्रो मत लिएपछि सधैँ बन्छन् विदेशी गोठालो। 🌑सुरेशकुमार पान्डे
[१६] नेता भन्छ लौन भोट दिनोस् देशलाई बनाउँछु सिङ्गापुर, जितेपछि के मतलब देशको माटो बन्न जान्छ अझै झुर । 🌑चूडा निर्भीक
[१७] नारा बनाए जनता मोहित पार्ने, विना ढेउवामै भिसा टिकट झार्ने । 🌑सुर्यमणी रेग्मी
[१८] थर्काएर भाषणमा किन भुक्छस् ? सरकार समस्यामा किन लुक्छस् ? 🌑मदन चाैहान
[२०] चुनावी घाेषणापत्रकाे बाहिरी आवरणमा कति मिठाे नारा, भित्री पेजमा गहिरिएर पढ्दा भने देखियाे खुरापाती पारा । 🌑 राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी सङ्गम काेलाेनी भक्तपुर ।
[२१] चुनाव अघि आश्वासनका बाँड्छन् मिठा पाेका, मिसन पूरा भएपछि दिन थाल्छन् है धाेका । 🌑त्रिलाेचन भणडारी मेचीनगर,झापा [२२] युवा जति विदेश हुँदा बोल्ने होइनन् कोही अनि, हालीमुहाली बुढाकै छ भनिरहँदा अझै पनि । 🌑भगवती दवाडी झापा
[२३] देशनै बेचेर खानेको ओइरो बन्दैछ फाइदा हुने ठाउँ हेरेर पैरो खन्दैछ। 🌑शन्जना सर्मा दाङ लमही
[२४] गफ छाँटे पनि उहीँ अस्थिरताको बीउ रोप्छौ चुनाव सकिएपछि, उनै दुखियालाई कोप्छौ । 🌑प्रेम थापा “मन” बागलुङ
[२५] भोटमात्र देऊ जनता संसार घुमाउँछौँ, फ्री भिसा, फ्री टिकटमा सारा देश उडाउँछौँ । 🌑बिबस पारदर्शी भद्रपुर झापा,
[२६] हाम्रा नेता सबै भए जाली, जनता अझै ठोक्दै छन् ताली। 🌑मनोज खत्री अछामी
[२७] भिसा झारी देश रित्याउने कस्तो याे नेताको चाल? अचेर्नु खाएर पनि नअघाई बुन्छौ फेरि जाल? 🌑दीपक ठटाल जलन
[२८] भाेट मात्रै पाऊ हामीले सारा संसार सम्याउँछाैँ जितिसके भन्छन् तिनीहरू तेरो मेरो ठम्याउँछाैँ। 🌑शर्मिला खतिवडा विर्तामोड ,झापा ।
[२९] गद्दार नेता जनतालाई मतपत्रमा मात्र गन्छन् युवालाई विदेश पठाई मनपरि गरौंला भन्छन् 🌑पुष्पा सुवेदी नेपालगञ्ज – ४, बाँके ।
[३०] नेपाली भ्रष्ट नेताहरू सबै दादा बन्छन् बुथ क्याप्चर गरेर चुनाव जित्ने भन्छन्। 🌑शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
[३१] गद्दार नेता चुनिनुको हो यो प्रतिफल, भोट हाल्दा मतदाताले सोचौँ पल पल। 🌑म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर
[३२] राहदानी बनाइयाे बारी बेचेर, मतदान गरौँ अब धेरै साेचेर । 🌑दिनेश कोइराला
[३३] भोट त माग्छन् नेताहरू नोट बाँडेर, चुनाव जितेपछि सबै जान्छन् छाडेर। 🌑मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा
[३४] धूर्तहरू सारा देशको सत्तामा बसे, भाग्य खोज्दै युवाहरू खाडीतिर पसे। 🌑बि.कुलुङ दार्जिलिङ
[३५] बत्तिसौँ वर्षदेखि जनता खाँदै आ’काछन् धोका, जन्ता नै छन् भेडाहरू बाँड आश्वासनका पोका । 🌑ईशहाक हुसैन जीतपुर सिमरा १४ बारा
[३७] गर्नु छ खेती फेरि पनि झुटको यहाँ चुनाव जित्नलाई, लुकाउन अनुहार कति पो लाग्छ पाँच वर्ष बित्नलाई । 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[३८] युवा जति विदेश पठाई लाउँछन् धेरै फुर्ती, त्यहीँ युवाकाे रेमिट्यान्सले मासु रक्सी र सुर्ती । 🌑छत्र शाही
[३९] भोट माग्दा नेताहरू त, सोझासाझा हुन्छन् जितेपछि जनता चुस्न अनेक् जाल बुन्छ्न् । 🌑नवीन विष्ट
[४०] जितायाै फेरि जिताऊ, देशलाई बनाउँछु तारा, वारिपारि बेसाउने, स्वयम् बनाउँछु सर्वहारा । 🌑टंक बहादुर आले त्रियुगा नगरपालिका, उदयपुर
[४१] चुनाव जितेर जनतालाई विदेश तिर पठाऔँ, राज्यको ढुकुटी जति भ्रष्टहरू मिलेर नै पचाऔँ । 🌑विक्रम तिरूवा सलिन जुम्ला
[४२] जनतामाझ गएर सुनाउँदैछौ आश्वासनका कुरा, जितेपछि गरिब जनतामाथि गर्छौ कि प्रहार छुरा ? 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४३] सारा युवा पिँढी राेजगारकाे लागि विदेशतिर धाउने, देश खाली हुन लाग्याे नेता यहाँ चुनावका गीत गाउने। 🌑शाेभा अाचार्य गाैतम काठमाडाै
[४४] नसम्झ दुवालो फर्काई माछा मारेजस्तो सबैलाई थाहा छ, पाइदैन भिसा सस्तो । 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[४५] विदेश अनि खाडी पसी दु:ख गर्नु पर्दा, चुनावपछि दु:ख हुने भ्रष्टाचार गर्दा । 🌑लक्ष्मण देउवा आदर्श ५ डोटी
[४६] भोट तेरो नोट मेरो भन्छौ सधैँ खाली, के देश बन्ला खै तिमीलाई भोट हाली ? 🌑मिम पौडेल पोखरा -१७ बिरौटा
[४७] भ्रम छर्ने मालिक भा’छन्, श्रम गर्ने नाेकर, कहिलेसम्म रहलान् नि हाम्रा यस्ता जाेकर । 🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’ शीतगङ्गा-५,अर्घाखाँची हाल: बुद्धभूमि -३, कपिलवस्तु ।
[४८] युवाहरू सबै विदेश लागे रित्तो बनाई गाउँ, बुढा नेताहरू देश बनाउन लड्दैछन् चुनाउ । 🌑दिपेन्द्र आचार्य
[४९] नेता त्यो हो लिङ्ग छुटिएका बिचारका छक्का, नदी जस्तै भूगोल बेच्ने नेताका कुरा पक्का । 🌑बिके माकजु भक्तपुर ।
[५०] सुनो जित निश्चित है हमारी, तुम् लाेग् हमके कमारा कमारी । 🌑बासुदेव हुमागाई
[५१] ढाँट्न छल्न सजिलो छ नेपाली सकल जन, छोड्नै मान्दैन सत्ताको मोहमा परेको मन । 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[५२] नेता तिम्राे त उता नि छ दसैँ आएको, यता हाम्राे त हेर साह्रै दशा लाएकाे । 🌑सुर्योदय दिपाली
[५३] युवाहरूलाई विदेश पठाउँछु भनेर भोट माग्ने, नेपाल वृद्धआश्रम हो र घैटोमा घाम कहिले लाग्ने । 🌑दयावस सन्तोष दाहाल
[५४] चुनाव अघिका कुरा, हाेला पूरा कति ? चुनावमा स्मार्टसिटी, आश्वासन जति। 🌑राजन श्रेष्ठ
[५५] फोस्रा गफ हाँक्छौ किन पचाएर शर्म ? जितेपछि तोडी हाल्छौ वाचा अनि धर्म । 🌑बाबुराम गौतम गुल्मी
[५६] भाेट माग्न घर-घरमा नेताज्यू आए डुल्दै, जितेपछि देश जनता जान्छन् यिनले भुल्दै । 🌑दुर्गा भट्टराई मोरङ
[५७] आफू बनेपछि अरूको किन गर्छन् र ख्याल , आखिर सबैको उहीँ सत्ता हत्याउने चाल । 🌑गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
[५८] युवा जति विदेश खेद, देशमा आफैँ राज गर, देश चाहे भाँडमा जाओस् आफ्नोे चाहिँ भुँडी भर। 🌑मित्र `उराठी´ गाैतम अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२, रुपन्देही
[५९] खेदेर भुरा बने बाम, विषालु पानी गुम्यो नाम। 🌑झलकभट्टराई झापा
[६०] जनतालाई मिथ्या नेपाल सिंगापुर बनाउने सपना देखायौ, लुटेरा र भ्रष्टाचारीको रुपमा इतिहासमा आफ्नो नाउँ लेखायौ। 🌑करन बहादुर शाह डडेल्धुरा
[६१] नेताहरूको कुरामा, नबुझी नबजाऔँ ताली, राम्रो नेता चुनेर सबैले पठाऔँ यसपाली । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[६२] काम गर्ने जनशक्ति सबै विदेशतिर, मलामी नि पाईन्न यहाँ पर्नुपर्यो पिर । 🌑सरिता सेढाई धादिङ
[६३] चुनावको बेला लाउँछौ आश्वासनको गगनभेदी नारा, सिंहदरबार छिरेपछि त किन कुरा बिर्सी जान्छौ सारा ? 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[६४] विदेश गई नकमाएसम्म घरमा छाक टर्ने छैन, नेताहरूको भाषण मात्र ठूला-ठूला माखो मार्ने हैन । 🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !
१) हो तिमी नै मेरो तन मन जीवन भन्नेले! म मुटु तिमी चाहिँ मेरो धड्कन भन्नेले!! आज घर न घाटको बनाएर गएकी छे, हिजो म मुना तिमी मेरो मदन भन्नेले!!
२) हो एकपछि अर्को गर्दै लगातार आउँछ! एकाबिहानै बजारमा अखबार आउँछ!! विचरा गरीब भोकै मर्छ केही थाहा हुन्न, नेताज्यू घुम्न गएको समाचार आउँछ!!
३) हजारौं कथा कहानी किताब पढेर! सकियो बरू जवानी किताब पढेर!! र पनि अझै बुझ्न सकिएन साथी, के हो जिन्दगानी ? किताब पढेर!!
४) हो म साह्रै बहकिन्छु, झरी परेको बेला! यादै यादमा तड्पिन्छु, झरी परेको बेला!! किसानले आफ्नो खेत बारीलाई सम्झेझै, म उनीलाई सम्झिन्छु, झरी परेको बेला!!
५) हो यो छाती त्यतिबेला चर्किएर आउँछ! रसाउँछन् आँखा आँसु दर्किएर आउँछ!! हजारौं सपना बोकी परदेशिएको छोरा, जब बाकसभित्र घर फर्किएर आउँछ!!
६) खै खुसीहरू यसरी कसले भगाउँछ? यी आँखाले भने आँसु मात्रै बगाउँछ!! समयले चोटैमाथि चोट दिन्छ हिजोआज, नियतिले ओखती भन्दै नुनचुक लगाउँछ!!
७) घाउ हेरेर अनि उठेका ठेला, हेरेर! हेरेर चिसै भिजेका परेला, हेरेर!! अझ धेरै दु:ख पाउलास् भन्छन् , ज्योतिष हात हेरेर, हत्केला हेरेर!!
८) समयले पनि यसरी नै छल्छ होला कहिलेसम्म? तड्पिएरै नि जिन्दगी यो चल्छ होला कहिलेसम्म?? छोडी जाने निष्ठुरीलाई अझै भुल्न सक्या छैन, यादै यादमा मन मुटु यो जल्छ होला कहिलेसम्म??
९) न छ उपचार न छ ओखती, यस्तै हुन्छ! जल्छ मुटु, पोल्छ भतभती, यस्तै हुन्छ!! न दिनमा भोक लाग्छ, न रातमा निद्रा, साँच्ची छुटेपछि माया पिरती,यस्तै हुन्छ!!
१०) न चिन्ता लिन्थे न पीर, यसैमा खुसी हुन्थें! एकदिन मर्नैछ आखिर यसैमा खुसी हुन्थें!! देशकै लागि जन्मेको हुँ देशकै नाउँमा, चढाउन पाएँ यो शिर, यसमै खुसी हुन्थें!!
११) आज यस्तो होला त्यतिबेला सोचेकै थिइनँ! समयले यसरी धोका देला सोचेकै थिइनँ!! हिजो फूलसरी मन मुटुमा सजाएको मान्छे, आज काँडा भएर निस्केला सोचेकै थिइनँ!!
१२) न त वार भएको छ, न त पार भएको छ! आफ्नो जिन्दगी आफैलाई भार भएको छ!! मनको मान्छे एकाएक ढुङ्गा भई निस्केपछि, उसलाई पगाल्ने प्रयास बेकार भएको छ!!
साहित्य उन्नतिका लागि उत्साहजनक सहभागी भई मुक्तक राखिदिनु हुने सम्पूर्ण आदरणीय मुक्तककार ज्यूहरूमा सादर साधुबाद सहित नमन छ ।
सहभागी मुक्तककारहरू र उहाँहरूका मुक्तक निम्न छन् ।
✍️मुक्तक 🇳🇵
यो मन पनि दोमन हुँदा म भित्रको मलाई चिन्न सकिन विलापमा दु:खीहरू रुँदा म भित्रको मलाई चिन्न सकिन सम्झिएकै हो, विकृति र विसङ्गति कम गर्न तम्सिएकै हो यहीँ सबैको मर्मले नछुँदा म भित्रको मलाई चिन्न सकिन ।
✍️प्रेम थापा “मन “🇳🇵
✍️मुक्तक 🇳🇵
म केवल मलाई मात्र हेर्छु अवसर पाए रङ्ग घसि फेर्छु दुनियाँ स्वार्थमा सबै त्याग्छ आफू बन्न देश चक्र व्यूहले घेर्छु।
गणेश पौडेल
कालिका ६ चितवन
✍️मुक्तक 🇳🇵
मनका कुरा नि:स्वार्थले भन्न दिनुस् मबाट जीवनको दर्शन, बाटो खन्न दिनुस् मबाट यसैले,म धेरै अघि बढ्नु छ मित्र, यी बुझ्नु र त, मलाई सधैं म बन्न दिनुस् मबाट ।
प्रदिप नेपाली बिहादी ५ उराम,पर्बत।
✍️मुक्तक 🇳🇵
म के हुँ म को हुँ भन्दै आफू भित्रको म चिन्न सके राम्रो मन् भरी रहेका कलुषित अहंकारी भावना छिन्न सके राम्रो बल्ल बल्ल पाएको मनुष्य चोलालाई हामीले सधैं सत्मार्गमा लगाई सत्यको बाटो हिंड्न सके राम्रो। सरस्वती श्रेष्ठ इटहरी
✍️मुक्तक 🇳🇵
खराबलाई खराब राम्रोलाई दामी भन्नुपर्छ जो चर्चामा रहन्छन् उसलाई नामी भन्नुपर्छ रत्तिभर घमण्ड गर्नु हुँदैन कुनै पनि कुरामा, जहिल्यै आदर गर्दै म होइन हामी भन्नुपर्छ ।
वसन्त अनुभव घोराही- १४, दाङ
✍️मुक्तक 🇳🇵
म बाहेक अरु देखेनौं र पो यस्तो भयो हाल त्यसैले त इमान्दारिताको सस्तो भयो सवाल कहिले यता ठिक्क कहिले उता ठिक्क तिमी सदाचार हराए पछि अवसरवादको बुन्यौ जाल। निर्मला सुवेदी,बागलुङ।
✍️मुक्तक 🇳🇵
आफुलाई संसारको सबभन्दा जान्ने हु भन्छ सबैले मेरा अगाडि शिर निहुर्याइ मान्ने हु भन्छ घमण्डले सानातिनालाई भुसुना सम्म सम्झदैन अर्काको मार्कालाई सहयोग गर्न छान्ने हु भन्छ अम्विका अधिकारी झापा विर्तामोड
✍️मुक्तक 🇳🇵
के पढाए कुन्नि राम्रो म भन्छन् अरूलाई भुसुना मात्र गन्छन् चल्दैन यसरी जीवन, बुझ्नुपर्ने अझै नि अरूको खोइरो खन्छन् ।
सविता के.सी., काठमाडौँ ।
✍️मुक्तक 🇳🇵
राम्रो कामको लागि हामी सधैं लागि पर्नु पर्छ यसको लागि सर्वप्रथम शुरु म बाटै गर्नु पर्छ म पछि अनि अर्को धेरै म थपिएर हामी बन्छौ थोपा थोपा मिलेर ताल होइन सागर भर्नु पर्छ। -पशपति राई खोटाङ्ग
✍️मुक्तक 🇳🇵
दोष सबै अरूलाई बोकाई म ले आफूलाई ज मा छ मुखले फैसला सुनाए पछि आत्माले म लाई स मा छ झुट खेतीको फसल खान्छन दुनियाँलाई रिस पोखाई चोर अौँला ठड्याए तीन अौँलाको खवरदारी म मा छ ।
काठमाण्डौँ, १९ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
photo: social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓🚓 [१] चुनाव जनको तनाव कहाँ लाउने छाप ? 🌑 वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
पञ्चाङ्ग चित्रपट भाग:-१६ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०७/१६ देखि १७ गते ८ बजे साँझसम्म।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १६[सोह्रौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रवर्तक तथा परिकाल्पनाकार ================= सोमनाथ लुइटेल “रवि पाल्पाली”
सह प्रवर्तक ======= सुशीला पौडेल
प्रशिक्षक : ———— गुणनिधि घिमिरे तोयानाथ सुवेदी
चित्र संकलन गुगलबाट
सोमनाथ लुइटेल “रवि पाल्पाली”
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & सुशीला पौडेल
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजन ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग ०१
घर गोठ ढलेकोछ गरिबको । आगो पनि बलेकोछ गरिबको । बाढी आयो आँधी आयो नेता कता , घर धनी गलेकोछ गरिबको । यस्तै यस्तै चलेकोछ गरिबको ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग ०२
दयनीय अवस्था कति देख्नु पर्छ यहाँ । नेताले सकेसम्म आफैलाई गर्छ यहाँ । चुनाव नै जित्न बन्दुकबाट गोलि चल्छ , दु:ख पर्दा नेता गोठमा किन सर्छ यहाँ । गरिबको जस्तो दु:ख कसरी टर्छ यहाँ ।
✍️शन्जना शर्मा, लमही दाङ ।
पञ्चाङ्ग ०३
गोठमा गाई बाँध्ने पारा राम्रो । उसैले खाने घाँस चारा राम्रो । दूध यिनको अमृत समान , छेउमा राखेको खै धारा राम्रो । यसरी गाई पाल्नु सारा राम्रो ।
✍️भगवती दवाडी ,झापा ।
पञ्चाङ्ग ०४
गुजारामुखी भएर गोठमा चलाउँछ किसान । थोरैथोरै भएपनि अाम्दानी फलाउँछ किसान। जसोतसो गरेर परिवार पाल्नु पर्छ बिचरा, दुःख दुःखैमा जीवन यसरी गलाउँछ किसान। खै!कहिले हो समृद्धिको दिन पलाउँछ किसान।
✍️होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग ०५
गरिबको झुपडी छ बाँचेकै छौँ सबै। गाई भैंसीहरू पनि साँचेकै छौँ सबै। हामीले दु:ख सुख गरी खाएता पनि, खुसीसाथ मिलीजुली नाचेकै छौँ सबै। बारुले कम्मर पनि भाँचेकै छौँ सबै।
✍️मल्ल लक्ष्मी श्रेष्ठ, मेची किनार बिर्तामोड झापा ।
पन्चाङ्ग ०६
गजबका दिन आएछन् हेर साथी । चुनाव आयो नयाँ लुगा फेर साथी । म पुरानो विचार फेर्छु यसपालि , थोरै नैतिकता हुनेले टेर साथी । नहुनेहरू न आऊ म नेर साथी ।
✍️देवी पन्थी ।
पञ्चाङ्ग ०७
मेरो त घर गोठको छानो हरायो । गर्दा गर्दै हेर मेरो मानो हरायो । दरिद्रता छायो खालि मलाई हो कि , घरको मुली नहुँदा रानो हरायो । गोठमा पालेको पाठो सानो हरायो ।
✍️संगिता शर्मा, सिन्धुली ।
पञ्चाङ्ग ०८
पूर्व झुल्किने बिहानीको आस राम्रो । सन्तोषले फेरिने स्वच्छ सास राम्रो । लिनु र दिनु के नै छ र आखिरीमा, मिलेर खुसीले खाएको गास राम्रो । महल भन्दा झुपडीको बास राम्रो ।
✍️आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०९
चुहिने खरको छाना जसो तसो बाचिएको छ । त्यहीँ भित्र गाई भैँसीहरुपनि साचिएको छ । परिश्रमी बन्दै दुई छाक मीठो मसिनो खान्छौ, परिवारमा मिलिजुली कम्मर भाचिएको छ । पर्व आउदा मिलेर सद्भावले नाचिएको छ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
पञ्चाङ्ग १०
बारीको गोठपनी भत्केर गयो कसरी छाउने हो। विदेश तिर गएको छोरो पनि कहिले आउने हो। गोठ भत्किएकोले नै भित्र बस्तु बान्न पाएको छैन, मलजल गरेर सागसब्जी पो कहिले लाउने हो। कहिले आउँछ सुख घर गोठ कसरी धाउने हो।
✍️बेदु न्यौपाने काठमाडौ ✍️
पञ्चाङ्ग ११
खरले बनाएकाे त्यो गाेठ पल्टिँन आटेकाे छ। भर्खरै जन्मेको बाच्छीलाई गाईले चाटेकाे छ। न छेक्दछ हावा यसले न त पानी नै छेक्दछ, कठै ग्वाला र गाईले दुखैमा दिन काटेकाे छ। गाेठ मात्र नभई ग्वालाकाे वस्त्र नि फाटेकाे छ।
✍️मनिषा विष्ट, मेचिनगर १५ फुलमासी ।
पञ्चाङ्ग १२
घामपानी लागेपनि पानी परेपनि सम्झना आइरहने गरायौ । सन्तानले छोडेर गएपनि माया त लाइरहने गरायौ । उध्रेको घरको छानो भत्केको गाह्रो टाल्न विदेशीएको छोरो, भित्तामा राखेको तिम्रो तस्विरले निन्द्रा लाइरहने गरायौ । कहिले आउलान् सन्तानको यादहरू छाइरहने गरायौ ।
✍️कला ढकाल, झापा [झापाली] ।
पञ्चाङ्ग १३
पौरखी यि हात गोठमा चलाएर खान्छौं । हाम्रा पाखा बारीमा अन्न फलाएर खान्छौं । पर्दैनौ अरुको भर स्वाभलम्बी भएर , रगत पसिनाले माटो गलाएर खान्छौं । सिमा मिच्न आउनेलाई ढलाएर खान्छौं।
✍️तारा घिमिरे , संखुवासभा ।
पञ्चाङ्ग १४
झुपडीमा गरिबको वास हुन्छ सधैँ। देखेर मन कति हो कति रून्छ सधैँ। गरिबीको उत्थान गर्छौ हामी भनेर, नेताहरू चै अग्ला शहर घुम्छ सधैँ। यो देखेर मुटु मेरो अब छुन्छ सधैँ ।
✍️सीता शर्मा पन्थी /बिरगंज ।
पञ्चाङ्ग १५
भाग्यले छेल्यो कर्मले ठेल्यो झुप्रो नी लड्यो है। छाउँ ता खर छैन नी मेरो दुःख पो बड्यो है। गरिबी पन छैन नी धन भोकको ज्वालाले , दन्दनी बल्छ पेटको आगो झन्के रिस्चड्यो है । गरिब भएँ दिनानुदिन जिन्दगी सड्यो है .
✍️गुणनिधि घिमिरे, अमेरिका ।
पञ्चाङ्ग १६
चुनाव आयो दियौं भोट पनि। मन भित्र न राखी खोट पनि। हात्थिछापलाई मन्त्री बनायौँ, जिताउँन त खायौं चोट पनि। सुध्रिएनन् दियौं त्यो नोट पनि।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही१८।
पञ्चाङ्ग १७
बासको लागि एउटा कुटी रहेको छ मेरो । यसैमा सारा संसार जुटी रहेको छ मेरो । एकतालाई जोड दिनुपर्नेमा आजभोली , छिमेकीका सहारा त छुटी रहेको छ मेरो। सबै छोडे एक्लै दिल टुटी रहेको छ मेरो ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १८
हावाहुरी घाम र पानी छेल्नु पर्छ मैले। चुल्हो बाल्न सयौँ पापड बेल्नु पर्छ मैले। झुत्रेझाम्रे लाउनु छ भत्केका छन् घर गोठ , गरिबीको खेल किन खेल्नु पर्छ मैले। मुटु चिर्ने पीडा कति झेल्नु पर्छ मैले ।
✍️श्रीकृष्ण शर्मा, पोखरा ।
पञ्चाङ्ग १९
आज यहाँ नयाँ नेपाल नाम मात्र भयाे । ठुलो चलखेल दैनिकी काम मात्र भयो । खाेइ कृषिको बजेट अनि गाेठ सुधार , सबै पुरानो पारा नयाँ खाम मात्र भयो । संविधान कार्यन्वयन जाम मात्र भयाे ।
✍️भवानी घिमिरे,सर्लाही ।
पञ्चाङ्ग २०
राम्रो बानी सिक्नु पर्यो खराब जति सबै छोडिनु पर्छ। अर्काको खेत कति खन्ने अब आफ्नै मकै गोडिनु पर्छ। जाँगर चलाए त यही माटोमा उब्जन्छ नि अर्गानिक , बिदेशिएका पाइला अब स्वदेश तर्फ मोडिनु पर्छ। अब घर सङ्गै गोठ, गाउँ सङ्गै शहर जोडिनु पर्छ।
✍️पशपति राई , खोटाङ्ग ।
पञ्चाङ्ग २१
औषधि अति नमीठो हुन्छ भन्दछन् खानेले। कहिले बित्ला भनेर पला गन्दछन् खानेले। बिहान हुॅदा खाॅदिन भन्छ बेलुका तड्पिन्छ, बिरालो जस्तो भए नि सिंह बन्दछन् खानेले। ऑफूले हिॅड्ने कुबाटो ऑफै खन्दछन् खानेले।
✍️घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग २२
देशको हालत कस्तो भयो बाटोमा परेका छन् । नेताहरू जति सबैले आफ्नै खल्ती भरेका छन् । भ्रष्टाचार मौलायो गणतन्त्र र बहुदलले , कामको खोजिमा युवा तराइतिर झरेका छन । ट्वाल्ल नेता पर्दै जनतालाई के गरेका छन् ।
✍️जानुका गौतम, काठमाडौं ।
पञ्चाङ्ग २३
भाग्यले ठगेको देशमा बाचेका छौं। भष्ट नेताहरू पछाडि नाचेका छौं। आकाशे फलको आसामा उम्मिद छ, सत्यताको लागि जीवन साचेका छौं। मेहनती बनि कम्मर भाचेका छौँ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
पञ्चाङ्ग २४
छाप्रो भन्दा गोठ राम्रो छ। दुध भन्दा छुर्पी चाम्रो छ । यहि गरिबको चिनारी , दुध बेच्ने बानी हाम्रो छ । खुट्टा भाँचे बाँध्ने काम्रो छ ।
✍️धनमाया चौधरी, कैलाली ।
पञ्चाङ्ग २५ [०१] बस्नको लागि यहाँ एउटा घर छ मेरो । यही झुपडी छाउने थोरै खर छ मेरो । मलाई त शहर भन्दा गाउँ मन पर्छ , त्यसैले यहाँका छिमेकीकै भर छ मेरो । अन्तमा एक्लै हुँला भन्ने डर छ मेरो। [०२] सानो खरको छानोमा जसोतसो बाँचिएकै छ । त्यही छानो भित्र गाई बस्तु पनि सांचिएकै छ । मिहिनतले दुई छाक त मिठो मसिनै खान्छौँ , त्यही सानो झुपडीमा माया प्रीति गाँसिएकै छ । हरेक चाडपर्वमा मिलीजुली हाँसिएकै छ ।
✍️दुर्गा भट्टराई , मोरङ।
पञ्चाङ्ग २६
आज म जता त्यतै चक्का जाम देख्छु। हेर्नू हुलाकमा त खाली खाम देख्छु। कठै त्यो दिन र आज कति फरक, तैछाड मैछाड नै खुले आम देख्छु। आफ्नो फोटो राखी अरूकै नाम देख्छु।
✍️कमला , झापा ।
पञ्चाङ्ग २७
यस्तै गोठ अनि यस्तै घर छ हाम्रो। गाई-बस्तु र बाख्राको भर छ हाम्रो। चौपाया तल राख्छौँ थारामा छौँ हामी, दुःखै सही खानलाई तर छ हाम्रो । चुहिए छानो छाउन खर छ हाम्रो।
✍️अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग २८
खनी खोस्री गर्ने एउटा पाटो छ हाम्रो। धन आर्जनको चौपाय बाटो छ हाम्रो। खरकै छानो भए पनि ओत लाग्ने ठाउँ छ, अन्न बाली फलाउन उर्बर माटो छ हाम्रो। जे जस्तो भए पनि पुर्खौली खाटो छ हाम्रो।
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग २९
जाँदैन बाहिर पानी यस्तै छ हजुर। दर्दनाक जिन्दगानी यस्तै छ हजुर। कतिबेला उड्छ हावा, हुँरीसँगै घर, तब मेटिन्छ कहानी यस्तै छ हजुर सकिन्छ बस्ने र खानी यस्तै छ हजुर ।
✍️वसन्त अनुभव, घोराही, दाङ ।
पञ्चाङ्ग ३०
त्यही पुरानो खरको झुपडी पर्छ मन। जन्मे र हुर्केको माटोले मेरो हर्छ मन। पखेटा हालेर जहाँ जहाँ उडे तापनि, गाउँको गाउँले जीवनमा नै सर्छ मन। गाउँमै हासी खुसी रमाउदै टर्छ मन।