• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

महिला टिमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाल एसियन कपमा छनोट हुने अवसर छ

  • १४ फाल्गुन २०७७, शुक्रबार १२:३१ मा प्रकाशित
  • नेपाली महिला राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिम एफसी वुमेन्स एसियन कप २०२३ का लागि  छनोट हुने राम्रो अवसर भएको बताएका छन्। 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियन नागरिक फिलिप्सलाई बिहीबार राष्ट्रिय महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको थियो। 

    नियुक्त भएपछि एन्फासँग कुरा गर्दै फिलिप्सले नेपालले सन् २०२३ मा भारतमा हुने महिला एसियन कप खेल्ने अवसर भएको बताए। 

    ‘मैले आफ्नो जिम्मेवारीलाई गम्भीर रुपमा लिएको छु। हामीसँग विकास गर्न राम्रो अवसर छ,’ उनले भने,’हामी एसियन कपमा छनोट हुने राम्रो अवसर छ।’

    नेपालले एसियन कप छनोटका लागि आगामी महिनादेखि तयारी थाल्ने उनको भनाइ छ। एसियन कपको छनोट आगामी १३ देखि २५ सेप्टेम्बरमा हुँदैछ। छनोटबाट ८ टिम आगामी वर्ष भारतमा हुने एसियन कपका लागि छानिनेछन्।

    ‘तत्काल हामी लिगमा राम्रोल खेलेका खेलाडीलाई अभ्यासमा बोलाउँछौं। त्यसबाट माथिल्लो स्तरका लागि उनीहरुलाई तयार गर्छौं,’  उनले भने, ‘हामीले केही फरक तरिकाले अभ्यास गर्ने आशा गरेका छौं। प्रत्येक खेलाडीको प्रतिभा थाहा पाउने कोशिस गर्नेछौं। हामी युवा खेलाडीलाई पनि स्थान दिनेछौं।’

    जुनसम्ममा नेपाली राष्ट्रिय टिमलाई पूर्णरुपमा तयार पर्ने उनले बताए।

    राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा घाइते हुँदा महिला टिमलाई ठूलो घाटा भएको उनले बताए। 

    Posted in खेलLeave a Comment on महिला टिमका नवनियुक्त प्रशिक्षक भन्छन्- नेपाल एसियन कपमा छनोट हुने अवसर छ

    नगरस्तिरिय भलिबल प्रतियोगिता सम्पन्न

  • १० फाल्गुन २०७७, सोमबार २०:५१ मा प्रकाशित

    मेलम्ची नगरपालिकाको आयोजना तथा नेपाल गोजुरियो कराँते दोसंघ सिन्धुपाल्चोकको संयोजनमा भएको नगरस्तिरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मेलम्ची नगरपालीका वडा नम्बर ७ दुवाचौर ‘ए’ टिम पहिलो र वडा नम्बर २ दोस्रो भएको छ । त्यस्तै प्रतियोगितामा वडा नम्बर ७ दुवाचौरकै ‘बि ’ र मेलम्ची ११ तेस्रो भएको कार्यक्रम ब्यबस्थापक राजनमान श्रेष्ठले जानकारी दिनुभयो । गत ७ गतेबाट सुरु भएको प्रतियोगिताको नगरप्रमुख डम्बर अर्यालले उद्घाटन गर्नुभएको थियो । आज भएको फाइनल खेलमा दुवाचौरले मेलम्ची २ लाई हराएको हो । विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख डम्बर अर्यालले बधाई दिदै आगामि दिनमा अझै राम्रो प्रगतिको कामना गर्नुभयो । प्रमुख अर्यालले खेल क्षेत्रका विकासको लागि नगरपालिका सकारात्मक रहेको बताउदै यस्ता खाले प्रतियोगिताले खेलाडि तथा खेलप्रेमि हरुमा हौसला मिलेको विस्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख, ५० हजार र २५ ,२५ हजार ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । सुरुवातमा मेलम्ची २ले मेलम्ची ७लाई २५÷२३, दुवाचौरले मेलम्ची २ लाई २५÷२० फेरी मेलम्ची २ले दुवाचौरलाई २५ १६मा हराएको थियो र निकै प्रतिस्पर्धा र रोमाञ्चक बनेको खेलमा दुवाचौरले २५ ÷२१ र १५÷११ले हराउदै नतिजा आफ्नो पोल्टामा पार्न सफल भएको नेपाल गोजुरियो कराँते दोसंघ सिन्धुपाल्चोकका संयोजक सानुबाबु गिरिले जानकारी दिनुभयो ।

    Posted in खेलLeave a Comment on नगरस्तिरिय भलिबल प्रतियोगिता सम्पन्न

    लख्खन कप फुटबल प्रतियाेगिताकाे सेमिफाइनल काे समिकरण पुरा

  • ९ फाल्गुन २०७७, आईतवार २१:२७ मा प्रकाशित

    तुलसिपर फागुन ९

    लख्खन कप फूटबल प्रतीयोगिताको २०७७ काे सेमिफाईनल समिकरण पूरा भएको छ ।आज भएका क्वाटर फाईनल खेलहरूमा युनाइटेड युथ क्लबरातो , सक्सेस र युएनबिसि बिजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका छन ! बिहान भएको नवलपुर फूटबल एेकेडेमि र युनाइटेड युथ राताे बिचको खेल
    निर्धारित समयमा २-२ को स्थितिमा समाप्त भएपछि
    खेल टाईब्रेकरमा पुगेको थियो र ४-४ गोलको बराबरी
    पश्चात भएको सडन डेथमा नवलपुर फूटबल एेकेडेमिका खेलाडी पेनाल्टीमा चुकेपछि युनाइटेड युथ राताे ५-४ ले बिजयी भएको थियोे ।त्यस्तै दिउसो भएको खेलमा राप्ती क्लब र सक्सेस ०-० को बराबरी खेल्दै टाईब्रेकरमा पुगेको खेलमा सक्सेसले ३-२
    खेल जित्यो भने आजको अन्तिम खेलमा युएनबिसिले बडहरा युथ क्लबलाई ४-१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो यस अगिनै एस.एस .याफे सेमिफाइनलमा पुगिसकेको छ ।

    Posted in खेलLeave a Comment on लख्खन कप फुटबल प्रतियाेगिताकाे सेमिफाइनल काे समिकरण पुरा

    आईपीएलमा सन्दीप लामिछाने बिकेनन्

  • ७ फाल्गुन २०७७, शुक्रबार ०८:१८ मा प्रकाशित

  • ६ फागुन, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् ।

    ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन ।
    तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन् ।

    Posted in खेलLeave a Comment on आईपीएलमा सन्दीप लामिछाने बिकेनन्

    तुलसिपुरमा राष्ट्रिय स्तरकाे टेबल टेनिस प्रतियाेगिता हुने

  • ५ फाल्गुन २०७७, बुधबार २२:०८ मा प्रकाशित

    तुलसिपुर फागुन ५
    दाङको तुलसीपुरमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा प्रतियोगिता हुने भएको हो । “युथ अफ तुलसीपुरकोे” आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
    स्थानीय खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको “युथ अफ तुलसीपुरका” सल्लाहकार अरुण लहरेले जानकारी दिए । उनले खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए ।
    जस अन्तर्गत प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
    त्य्स्तै महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई नगद १० हजार ,प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने लहरेले बताए ।
    प्रतियोगीतामा पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
    युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन अरुण लहरेले गरेका थिए ।।
    प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ ।

    Posted in खेलLeave a Comment on तुलसिपुरमा राष्ट्रिय स्तरकाे टेबल टेनिस प्रतियाेगिता हुने

    लखन कप फुटबल प्रतियाेगिताकाे तुलसिपुरमा माननिय हिराचन्द्र के.सिद्वारा समुदघाटन

  • २ फाल्गुन २०७७, आईतवार १९:३० मा प्रकाशित

    प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ आज आईतवार देखि सुरु भएको छ।
    नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला समन्वय समिती दाङको संयुक्त ब्यबस्थापन मा दाङ तुलसिपुर अरनिको मैदान संचालित प्रतियोगिता को माननीय सभासद हिरा चन्द्र केसि ले उद्घाटन गर्नु भएको हो ।

    उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी केसि ले सिङ्गो खेल क्षेत्र लाई देशको समृद्धि संग जोडेर लगे मात्र खेलकुद ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताउनु भएको छ !मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेल क्षेत्रको बिकास तत्कालको आबश्यक्ता हो अब स्थानिय स्तर बाटै खेलकुद को बिकासमा जुट्नु पर्ने बेला आएको छ उहाले भन्नु भयो ।

    त्यस्तै बिशिस्ट अतिथी तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेले खेलकुद को शहर तुलसिपुर लाई खेलकुदको हवको रुपमा बिकास गर्ने लक्ष्य का उपमहानगर अगाडि बढेको बताउनु भयो ।हामी स्थानिय स्तर बाट खेलकुद को बिकास गर्नु पर्छ भन्ने लक्ष्य र उदेश्य का साथ अगाडि बढेका छौ यसमा सबैको चासो र चिन्तनको आबश्यक्ता छ उहाले भन्नू भयो ! बिशिस्ट अतिथी नेपाल मगर संघ का केन्द्रीय बरिस्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तिमगर ले खेलकुदको उच्च आदर्श लाई आत्म साथ गर्दै खेल बिकास मा जुट्नु पर्ने बताउनु भयो ।जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।

    यसैबिच प्रतियोगिता संचालन मुल समिती का संयोजक घनश्याम पुनको अध्यक्षता मा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खलु पुन, गोरखा माबी तुलसिपुरका प्राचार्य बिजय जिएम ले नेपालका प्रथम सहिद लखन थापाको सम्झना र सम्मान का लागि आयोजना गरिएको प्रतियोगिता लाई भब्य, सभ्य र बिबाद रहित बनाउन सबैमा आग्रह गर्नु भयो ।
    प्रतियोगिता का प्राबिधिक उपसमिती संयोजक ईन्द्र पुनको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा विभिन्न झाकी जुलुस सहित आएका मगर संस्कृती झल्कने नृत्य हरु प्रस्तुत गरिएको थियो ।कार्यक्रम को संचालन नेपाल मगर संघ तुलसिपुर नगर कमिटी का अध्यक्ष राम कुमार घर्ती र एच आर मगर ले गर्नु भएको थियो ।
    यसैबिच स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा युनाईटेड युथ क्लब तुलसिपुर ले बिजयी सुरुवात गरेको छ ।

    उद्घाटन खेलमा बिजौरी फुटबल क्लब लाई सुन्यका बिरुद्ध १ गोल अन्तर ले पाखा लगाउदै युनाइटेड ले बिजयी यात्रा सुरु गरेको हो ! प्रतियोगिता अन्तरगत भोलि सोमबार तुलसिपुर ४ खाद्रे र शान्तिनगर गाउँ पालिका बिच हुनेछ । खेल बिहान ८ बजे सुरु हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुन ले जानकारी दिनु भएको छ ।प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,डिएन दहाल,बिनोद बिक,सुरेन्द्र चौधरी र आदेश केसि रहनु भएको छ ।

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।

    Posted in खेलLeave a Comment on लखन कप फुटबल प्रतियाेगिताकाे तुलसिपुरमा माननिय हिराचन्द्र के.सिद्वारा समुदघाटन

    खेल युवा पिढीहरु को गहना हो – नेता पटेल,बहुदरमाईमा नगर स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन

  • १ फाल्गुन २०७७, शनिबार १६:४४ मा प्रकाशित

    वीरगञ्ज १ फागुन
    जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य शिव पटेल ले खेल युवा पिढिहरु को गहना भएको बताउनु भएको छ।

    समग्र नेपाल नामक संस्था द्वारा आज बहुदर माइ नगरपालिका-२ पिपरा को बहुदर माइ मन्दिर नजिक तिलावे नदि को किनार मा अव्स्थित मैदान मा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिता को उद्घाटन गर्दै नेता पटेल ले खेल ले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ्य मात्र नबनाइ यसले अनुशासन, लगनशीलता र युवाहरूको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउदै आजको युगमा खेलमा राम्रो गर्ने लाई सरकार ले सम्मान का साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन युवाहरू लाई आग्रह गर्नुभयो ।

    स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको चर्चा गर्दै नेता पटेलले बहुदर माइ नगरपालिका को खेल प्रती कुनै चासो नभएको र यहा का नगर प्रमुख कमिसनमा मात्र रुमलिएको बताउनु भयो।

    समग्र नेपाल नामक संस्था का अध्यक्ष शुभराती अन्सारी को अध्यक्षता मा आयोजित सो उद्घाटन कार्यक्रममा जसपा पर्सा का सचीव श्रीराम जि गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नपा- २ का वडा अध्यक्ष जितेन्द्र पटेल,समाजसेवि एवम शिक्षाबिद प्रोफेसर लक्ष्मी साह लगायत ले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

    प्रतियोगिता मा नगरपालिका का ८ वटा वडा बाट क्रिकेट टिम सहभागी भएका छन। फाइनल खेल पस्चात राम्रो प्रदर्सन गर्ने खेलाडी चयन गरि नगर स्तरिय टिम बनाउने सोच रहेको आयोजक ले बताएका छ्न । आज को खेल भौराटार गम्हारिय बिच शुरु भएको छ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on खेल युवा पिढीहरु को गहना हो – नेता पटेल,बहुदरमाईमा नगर स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन

    आइपिएलको अक्सनमा आठ नेपाली

  • २४ माघ २०७७, शनिबार ०७:४७ मा प्रकाशित
  • सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारी विश्वव चर्चित आइपिएलको अक्सनमा

    इन्डियन प्रिमियर लिग (आइपिएल) मा आठ नेपाली खेलाडी अक्सनमा परेका छन् । भारतीय क्रिकेट बोर्ड (बिबिसिसी)ले यसपटकको अक्सनमा एक हजार ९७ जना खेलाडीले नाम दर्ता गराएको जनाएको छ । बिसिसिआईको मिडिया रिलिजमा नेपालबाट आठ खेलाडी अक्सनमा रहेको मात्र उल्लेख गरेको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले शुक्रबारै आइपिएलको अक्सनमा परेका आठ नेपाली खेलाडीको नाम विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।नेपालबाट सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषवाकर, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी तथा विनोद भण्डारी अक्सनमा रहेको क्यानको विज्ञप्तिमा उल्लेख गरेको छ । १४औँ आइपिएलको खेलाडी नाम दर्ता मिति ४ फेब्रुअरीसम्म थियो । पहिलोपटक नेपालबाट आठ खेलाडी अक्सनमा परेका हुन् । सन्दीप यसै सिजन दिल्ली क्यापिटल्सबाट रिजिल भएका हुन् । यसअघि उनले दिल्लीमा तीन सिजन बिताएका थिए । सन् २०१८ को अक्सनमा सन्दीपलाई तत्काल दिल्ली डेयरले २० लाख भारुमा अनुबन्ध गरेको थियो । रिकी पोन्टिङको प्रशिक्षणमा सन्दीपले त्यही वर्ष नै डेब्यु अवसर पाए । गत वर्ष युएईमा भएको आइपिएल संस्करणमा दिल्ली पहिलोपटक फाइनलसम्म प्रवेश गर्दा सन्दीप बेन्चमै रहे । बेन्चमा रहँदै सन्दीप आइपिएलकै उपविजेता खेलाडी बने । आइपिएलमा सन्दीपले २०१८ र २०१९ मा गरी कुल नौ खेलमा सहभागिता जनाए । यसक्रममा उनले १३ विकेट लिए । २०१८ को डेब्यु सिजनमा उनले तीन खेलमा पाँच विकेट लिए । सन्दीपले आइपिएलमा रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै विकेट लिँदै सनसनी मचाए । उनले डेब्यु खेलमा चार ओभर बलिङ गरी २५ रन खर्चेर एक विकेट लिएका थिए । सो सिजनमा दिल्ली प्ले अफ दौडबाट बाहिरिएको थियो । २०१९ को सिजनमा सन्दीपले सुरुमै स्थान बनाए । यस सिजनमा उनले ६ खेलमा आठ विकेट लिए । दिल्लीले खेलाडी रिलिज गरेको सूचिीमा परेका सन्दीपले आफूलाई अक्सनमा समावेश गरेका हुन् । बिसिसिआईका अनुसार १८ फेब्रुअरीमा अक्सन हुनेछ । यसमा भारतबाट ८ सय १७ खेलाडी अक्सनमा छन् । यसैगरी २ सय ८३ विदेशी खेलाडीले अक्सनमा आफ्नो नाम समावेश गराएका छन् । अक्सनमा एसोसिएट राष्ट्रबाट २७ खेलाडी परेका छन् । एसोसिएट राष्ट्र नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई र अमेरिकाका खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका हुन् । युएईबाट सर्वाधिक नौ खेलाडी एसोसिएट राष्ट्रका रूपमा छन् । भारतबाट क्याप जितेका २१ खेलाडी पनि अक्सनमा रहेको बिसिसिआईले जनाएको छ । भारतबाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका १ सय ८६ खेलाडी पनि अक्सनमै छन् । आइपिएलमा सबैभन्दा धेरै खेलाडी भारतबाट छन् । आइपिएलको अक्सनमा ६१ खेलाडी बिक्री हुनेछन् । बिसिसिआईका अनुसार एक टोलीमा आठभन्दा बढी विदेशी खेलाडी राख्न पाइँदैन । यता एकदिवसीय विश्वकप ट्रफी उचालिसकेको वेस्ट इन्डिजका ५६ खेलाडी पनि अक्सनमा छन् । साविक एकदिवसीय विश्वकप च्याम्पियन अस्ट्रेलियाका ४२ तथा दक्षिण अफ्रिकाका ३८ खेलाडी अक्सनमा रहेको बिसिसिआईले उल्लेख गरेको छ । श्रीलंकाका ३१, न्युजिल्यान्डका २१ तथा इंग्ल्यान्डका २९ खेलाडी अक्सनमा समावेश छन् । टेस्ट मान्यताप्राप्त बंगलादेश र आयरल्यान्डबाट समान खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । जिम्बावेका एक खेलाडी मात्र अक्सनमा छन् । ‘अक्सनमा केवल ६१ खेलाडी मात्र बिक्री हुनेछन्,’ बिसिसिआईले जारी मिडिया रिलिजमा भनिएको छ, ‘प्रत्येक फेन्चाइज टोलीले धेरैमा २५ खेलाडी राख्न पाउँछ ।’ यो खबर नयाँ पत्रिकाको आजको अंकमा छापिएको छ !

    Posted in खेलLeave a Comment on आइपिएलको अक्सनमा आठ नेपाली

    “क्रिकेट” पीएम कपको विजेताले १० लाख पाउने

  • १३ माघ २०७७, मंगलवार २२:१८ मा प्रकाशित
  • “क्रिकेट” पीएम कपको विजेताले १० लाख पाउने 

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । प्रतियोगिता राजधानीमा जारी छ ।
    मंगलबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले प्रतियोगिताको विजेतालाई १० लाख दिने निर्णय गरेको हो । उपविजेताले पाँच लाख पाउनेछ । सेमिफाइनलमा पुग्ने टिमले जनही ५० हजार रुपैयाँ पाउने छन् ।
    प्लेयर अफ दी सिरिजले ५० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५/२५ हजार पाउने जनाइएको छ ।
    बुधबार हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन् ।

    Posted in खेलLeave a Comment on “क्रिकेट” पीएम कपको विजेताले १० लाख पाउने

    पालिका स्तरीय टी २०को उपाधि पोखरिया नपाले हात पार्यो

  • १९ पुष २०७७, आईतवार २०:४६ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज पौष १९। पोखरिया युवा समाजको आयोजनामा पालिका स्तरीय टी २० क्रीकेट टुर्नामेन्टको फाइनल खेलमा पोखरिया नगरपालिका ५७ रनले कलिकामाइ गाउँपालिका लाइ हराउदै बिजय प्राप्त गरेको छ ।


    ट्च जितेर पहिलो ब्याडिङ रोजेको पोखरिया नगरपालिकाले २० ओवरमा ८ विकेटको छतिमा १८६ रन बनाएको र १८७ रन जितको लक्ष्य लिएर कालिकामाइ गाउपालिकाले मैदानमा उतरेेेको थियो,२० ओवर मा ९ विकेटको छतिमा १२९ रन मात्र बनाए ।

    आज को खेल को मैन ओफ दि मैच पोखरिया नगरपालिका का नितेश चौधरी भएका थिए जस्ले ४३ गेन्द मा ८८ रन बनाए का थिए ,मैन ओफ दि सिरिज पोखरिया नगरपालिका का बिकास दास भए जस्ले २३९ रन र ९ विकेट लिएका थियो।

    Posted in खेलLeave a Comment on पालिका स्तरीय टी २०को उपाधि पोखरिया नपाले हात पार्यो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P