२१ भदौ, काठमाडौं । विश्वकप छनोट अन्तर्गत आइतबार राति इटलीले स्विट्जरल्याण्ड्सँग बराबरी खेले पनि अन्तर्राष्ट्रिय फुटबलमम अपराजित रहने कीर्तिमान बनाएको छ । इटलीले लगातार ३६ खेलसम्म अपराजित रहने नयाँ कीर्तिमान बनाएको हो । यसअघि ब्राजिल र स्पेनको नाममा रहेको लगातार ३५ खेलको कीर्तिमान इटलीले तोड्यो । युरो २०२० को च्याम्पियन इटलीले त्यसयता विश्वकप छनोटमा लगातार दुई खेल बराबरी खेलेपछि लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान बनाएको हो । रोवर्टो मान्सिनीको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको इटलीले सन् २०१८ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता कुनै खेल हारेको छैन । इटलीलाई स्विट्जरल्याण्डविरुद्धको खेल जित्न अवसर पनि थियो । तर जर्जिग्नोहले पेनाल्टीमा गोल गर्न नसकेपछि इटलीले बराबरीमै चित्त बुझायो । जर्गिन्होको पेनाल्टी स्वीस गोलकिपर यान सोमेरले बचाए । समूह सी मा इटली पाँच खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । तीन खेलबाट ७ अंकसहित स्विट्जरल्याण्ड दोस्रो स्थानमा छ ।
काठमाडौं २०-भदौ/ नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।
नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो । दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।
भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।
पहिलो खेलअघि प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भए पनि जितकै लागि खेल्ने बताएका थिए । तर पहिलो खेल बराबरी भएपछि उनले नेपाली समर्थकसँग माफी माग्दै अझै सुधार गर्नुपर्ने बताए । भारतीय प्रशिक्षक इगोर स्टिमाकले भने भारत अझै २(३ गोलको हकदार भएको बताएका थिए ।
दुवै प्रशिक्षकको भनाइले पनि जितकै लागि खेलेको प्रष्ट हुन्छ । दोस्रो खेलमा जितकै लागि खेल्ने यो भनाइले संकेत गर्छ । पहिलो खेल हुने अघिल्लो दिन मात्र अखिल नृपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए ।
गत चैतमा नेपालमै आयोजना भएको थ्री नेशन्स कप फुटबलमा पनि दर्शकलाई प्रवेश अनुमति थियो । तर वैशाख(जेठमा भएको नेपाल सुपर लिगमा भने निषेधाज्ञाका कारण दर्शक प्रवेश अनुमति थिएन । नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।
नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ । साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ । नेपाल र भारतबीच दोस्रो खेल आईतबार साँझ ५स्३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमै २(१ ले पराजित गरेको थियो । भारतले भने पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई २(० ले पराजित गरेको थियो ।
नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपाल भारतबीच जुन खेल हुँदा पनि त्यसको छुट्टै महत्व हुन्छ र चर्चा हुन्छ । फुटबल विश्वव्यापी रुपमै चर्चित खेल भएकोले पनि यसको चर्चा झन् बढी हुनु स्वभाविक हो । त्यसमा पनि दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्रको फुटबल राईभर्ली पनि चर्चित नै छ । नतिजा जस्तो आए पनि दुवै टिम हार्न चाहँदैन । अर्को टिमलाई हराएर जित नै हात पार्न चाहन्छ ।
पहिलो खेलमा सुरुमा गोल खाएपछि भारतीय बेन्च नै तनावपूर्ण बनेको थियो । अलमुताइरिको आगमनपछि नेपाली टिमको मानसिकतामा परिवर्तन आएको छ र अन्तिमसम्मै आक्रमक रुपमा खेल्न थालेको छ । सन् २०१३ मा अनिल गुरुङ र जुमानु राईको गोलमा भारतलाई हराएको नेपाल फेरि एकपटक भारतलाई घरेलुमैदानमा हराउन चाहन्छ । उता थोरै समय मात्र सँगै प्रशिक्षण गर्न पाएको भारत पनि दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने लक्ष्मा छ ।
पहिलो खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पूर्व कप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए । भारतविरुद्धको दोस्रो खेलमा मैदान उत्रिएपछि किरण विराजलाई पछि पार्दै नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनको नाममा ७४ क्याप हुनेछ ।
यस्तै पहिलो खेलमा युवा मिडफिल्डर नितिन थापाले डेब्यु गर्ने अवसर पाएका थिए । यस्तै १८ वर्षीय आयुष घलानले पनि पहिलो पटक पहिलो रोजाइमा खेलेका थिए । दोस्रो खेलमा अबदुल्लाहले कस्तो रणनीतिमा खेलाउँछन् हेर्न बाँकी छ । नेपाली टिममा रहेका मध्ये गोलकिपर विशाल श्रेष्ठ र दीप कार्की अनि डिफेण्डर राजन गुरुङले डेब्यु गर्न बाँकी छ ।
काठमाडौं। बिहीबार साँझ दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग बराबरीमा रोकिएको छ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले अन्जन विष्टको गोलमा अग्रता बनाएको थियो। दोस्रो हाफमा भारतका परिवर्तित खेलाडी अनुरुध थापाले गोल गर्दै टोलीको हार टारे। अब दोस्रो खेल आइतबार हुनेछ।
खेलपछि प्रशिक्षक अब्दुल्लाहले दिएको प्रतिक्रिया यस्तो छ:
माफी चाहन्छु, नतिजा गर्व गर्न लायक भएन । तर खेलबाट सन्तुष्ट हुनुहुन्छ होला। हामीले सुधार्नुपर्छ। यदि हामी साफ र एसियन कपमा छनोट हुन चाहन्छौं भने सुधार गर्नुपर्छ । आज भारत बलियो देखियो।
दोस्रो हाफको सुरुआती १० मिनेट मात्रै हामीले हार्यौं । सुरुआतदेखि नै हामीले जितको लागि खेलेका थियौं। किरणको मिस्टेक होइन, भाग्य हो।
मसँग भएका सबै खेलाडीले मौका पाउनेछन्। जब खेलाडी सम्पूर्ण रूपले तयार हुन्छन् तब मौका पाउँछन्।
१५ भदौ, काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । ६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन् । प्रतियोगिता अगष्ट २० देखि ३१ तारिखसम्म दुबईमा भएको थियो । ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ । पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कास्य जिते । क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० गोलले पराजित गर्दै छिरिङले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसँग चुके । पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते । घरेलु प्रतियोगितामा चावहिलको बक्समाण्डुबाट खेल्ने छिरिङको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कास्य पदक जिते । पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कास्य पदक सुनिश्चित भएको थियो । सेमिफाइनलमा दुवै भारतीय खेलाडी पराजित भए । कास्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसँगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए । अध्यक्ष अवालेले खेलाडीको सफलताले बक्सिङ परिवार मात्र नभई सिंगो मुलुकलाई गौरवान्वित तुल्याएको धारणा व्यक्त गर्दै नेपाली खेलाडी पनि कोहीभन्दा कम छैनन् भन्ने सन्देश दिन सफल भएको बताए ।
उमेश कुशवाहा,पर्सा/ विश्व कुस्ती च्याम्पियनशिपका लागि नेपालबाट ४ जना खेलाडीहरु छानिएका छन।
पर्सेली बासीको लागि खुशीको कुरा पनि रहेको छ, ती चार जना सहभागी नेपालभरीका खेलाड़ी मध्य तीन जना कुस्ती खेलाडी पर्सा जिल्लाका रहेकाछन् ।
नेपाल प्रहरीका भगवत साह,राज यादव, सुनील साह पर्साका खेलाड़ी रहेकाछन भने अर्को नेपाल आर्मिका सुरेश कुमार चुनारा रहेका छन।
नेपाल प्रहरीका भागवत साहले ६१ किलो तौल समुहमा प्रतिष्पर्धा गर्ने छन् । उनी पनि पर्सा जिल्लाकै स्थानीय बासिन्दा हुन । ११५ किलो तौल समुहमा पर्सा जिल्लकै राज यादव ,९७ किलो तौल समुहमा पर्साकै सुनिल कुमार साह छनौट भएकाछन् ।
नेपाल आर्मीका सुरेश कुमार चुनारा ७४ किलो तौल समुहमा छनौट भएकाछन् । अक्टोवर २ देखी १० सम्म प्रतियोगिता नर्वेमा हुने छ । नेपाल कुस्ती सघले विश्व च्याम्पियनशिपका लागि शनिबार काठमाण्डौमा खेलाडी छनौट गरेको थियो ।
नेपाल प्रहरीका भागवत साह पहिला पनि इंडोनेशियामा भएको खेलमा सहभागी भएका थिए।
११ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । ओमान पुगेपछि नेपाली खेलाडी र अफिसियलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि टोलीले बिहीबार प्रशिक्षण शुरु गरेको हो । नेपालले लिग–२ सिरिजअघि पीएनजीसँग सेप्टेम्बर ५ र ८ मा एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपालले लिग–२ अन्तर्गत पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ मा खेल्नेछ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा यस पटक १७ सदस्यीय टोली ओमान गएको छ । जसमा गुल्शन झा नयाँ अनुहारको रुपमा छन् । गुल्शनसँगै विक्रम सोव, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी छ । गत वैैशाखमा नेपालमै भएको टी–२० त्रिकोणात्मक सिरिजमार्फत टी २० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस पटक एकदिवसीय अन्तर्राष्ट्रियमा पनि ओपनिङ गर्ने सम्भावना छ । सन् २०२० फेब्रुअरीमा नेपालमै लिग २ को सिरिज खेलेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।
टोकियो ओलम्पिकममा साउदी पहिलो स्वर्ण पदकको नजिक थियो। साउदी र इरानका खेलाडी आमनेसामने थिए। रेफ्री थिए टर्कीका। साउदीका तारिग हामेदी ४-१ ले अघि थिए। हामेदीले इतिहास रच्नै लागेका थिए। त्यतिबेलै हामेदीले इरानका सज्जाद गंजजादेहलाई किक प्रहार गरे र उनी त्यहीँ ढले।
टर्कीका रेफ्री उगर कुवासले यसलाई नियमको गम्भीर उल्लंघन माने। हामेदी हिंसक भएको भन्दै खेलमा इरानीलाई जिताए। स्वर्ण पदक इरानका सज्जादलाई दिने निर्णय गरे। त्यसपछि साउदीका समर्थक भड्किए र यो गलत निर्णयको बिरोध गरे !
२३ वर्षे हामिदी फाइनलमा अघि रहेर पनि रजतमा चित्त बुझाउन बाध्य भए। ओलम्पिकमा यो साउदीका लागि दोस्रो रजत पदक हो। यसअघि साउदीले सन् २००० को सिड्नी ओलम्पिकमा ४०० मिटर दौडमा रजत पदक जितेको थियो।
हामेदी साउदीमा अहिले कुनै हिरो भन्दा कम छैनन्। यो ओलम्पिकमा साउदीका लागि उनले एकमात्र मेडल जित्न सफल रहे। त्यसैले साउदीका खेलमन्त्री अब्दुल अजिज बिनले उनलाई १३ लाख डलर पुरस्कार दिने घोषणा गरे।
हामेदीको ‘टेक्निकल गल्ती’का कारण स्वर्ण पदक गुमे पनि रेफ्रीको पक्षपाती निर्णयका कारण साउदीले स्वर्ण जित्न नसकेको भन्दै सोसल मिडियामा बिरोध भैरहेको छ ।
आलोचननापछि रेफ्री कुवासले पनि ट्वीटरमा आफ्नो मौनता तोडेका छन्।
‘सामाजिक सञ्जालमा अहिले मलाई जति निशाना बनाइएको छ, त्यति कहिले म बनेको थिइन। म आफ्नो अकाउन्ट बन्द गर्नेछु,’ उनले ट्वीटमा लेखेका छन्, ‘म मिडल रेफ्री हुँ र नियमले बाँधिएको छु। यो निर्णय पाँच रेफ्री र दुई डाक्टरको सहयोगमा लिइएको हो। मैले बहुमतको निर्णय मानेको हुँ।’
अर्कोतर्फ हामेदीले लेखेका छन्: लक्ष्य त स्वर्ण पदकको थियो। तर पनि अल्लाहलाई धन्यवाद। म यो उपलब्धिलाई किंग सलमान, क्राउन प्रिन्स र खेलमन्त्रीलाई समर्पण गर्न चाहन्छु।
भएको के थियो?
खासमा हामेदको एक किक इरानी खेलाडीमाथि भारी परेको थियो। त्यसपछि सज्जाद बेहोसी हालतमा ढलेका थिए। तत्काल डाक्टरहरुको एउटा टिम आयो। र, उनलाई अक्सिजन मास्क लगाएर स्ट्रेचरमा हालेर लिएर गए।
यसपछि गोल्ड मेडल सज्जादलाई स्वर्ण पदक दिने निर्णय गरियो। तर, सज्जाद जब मेडल लिन आए, उनी एकदमै ठीक थिए।
मेडल लिएपछि उनले भनेका थिए: म गोल्डमेडल लिएर खुशी छु। तर मलाई यो जसरी मिलेको छ, त्यसमा भने निराश छु।’
हामेदीले भने यो निर्णयले आफू दु:खी भएको प्रतिक्रिया जनाएका थिए।
यसका बावजुद साउदीमा हामेदी छाएका छन्। मंगलवार उनले क्राउन प्रिन्स मोहम्मद बिन-सलमानसँग भेटेका थिए।
साउदी अरब र ओलम्पिक
साउदी अरबका लागि ओलम्पिकमा स्वर्ण कुनै सपना भन्दा सानो विषय होइन। सन् १८९४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को गठन गरिएको थियो। त्यसको दुई वर्षपछि एथेन्समा ओलम्पिक सम्पन्न भयो।
त्यसयता विश्वयुद्धलाई छाड्ने हो भने हरेक ४ वर्षमा ओलम्पिक हुँदै आएको छ। सन् १९३२ मा आएर आधुनिक साउदीको स्थापना भएको थियो।
साउदी सन् १९४५ मा संयुक्त राष्ट्र संघमा सदस्य बन्यो। तर, खेल क्षेत्रमा अझै सम्पर्कमा आएको थिए। ओलम्पिकमा सहभागिता अझै टाढाको कुरा थियो।
सन् १९५६ मा साउदीले फुटबल संघ बनायो र तत्काल फिफाको सदस्यता लियो। तर, त्यसअघि नै साउदीमा फुटबल क्लबहरु थिए। फुटबलको माहोल थियो। सन् १९६५ अघि साउदीको ओलम्पिक कमिटी बनेको थिएन। र, साउदीका खेलाडीले म्युनिख गेम्स १९७२ सम्म प्रतिस्पर्धामा गएनन्। त्यसपछि १२ औं समर गेममा खेलाडी पठाएको थियो। सन् १९८० को मस्को ओलम्पिक अमेरिकाले बहिस्कार गर्दा साउदी पनि त्यही खेमामा थियो।
साउदीलाई ओलम्पिकमा पहिलो सफलता सन् २००० मा मिलेको थियो। हादी सोउहान सोमाइलीले दौडमा रजत जिते भने खालिद अल इदले पनि एथलेटिक्समै काश्य जिते।
लण्डन ओलम्पिक २०१२ साउदीका लागि खास बनेको थियो। त्यतिबेला साउदीबाट एकजना महिला खेलाडीले ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। त्यसपछि सन् २०१६ को रियो ओलम्पिकमा साउदीका सात पुरुष र चार महिला खेलाडीले सहभागिता जनाएका थिए।
हालसम्म साउदीले एथलेटिक्समा १, करातेमा १ र घोडचडीमा दुई गरी कुल ४ पदक जितेको छ।
२७ साउन, काठमाडौं । अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी)मा अनुबन्धित भएका छन् । मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो । यस्तै मेस्सीका लागि तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प खुल्ला गरिएको छ । पीएसजीले मेस्सीलाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेको हो । पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाका साथ पछिल्लो वर्ष स्टार खेलाडीहरु अनुबन्ध गरिरहेको छ । ला लिगाको आर्थिक नियम बाधक बन्दा मेस्सीले दुई दिनअघि मात्र आफ्नो प्रिय क्लब बार्सिलोना छाड्नुपरेको थियो । ६ पटकका बालोन डे ओर अवार्ड विजेतालाई अनुबन्ध गरेपछि पीएसजीमा अब मेस्सीसंगै नेमार र किलिएन एमबाप्पेको अट्याकिङ लाइन हुनेछ । यसअघि नै पीएसजीले अच्रफ हाकिमीलाईलाई इन्टरबाट अनुबन्ध गरेको थियो भने सर्जियो रामोस, जर्जिनिओ विजनाल्डम र जियानलुजी डोनारुम्बालाई फ्रि एजेन्टको रुपमा अनुब्धन गरेको थियो । बार्सिलोनामा दुई दशक भन्दा बढी समय बिताएर पीएसजी पुगेका मेसीले नयाँ क्लबमा करियर शुरु गर्न आफू आतुर रहेको बताएका छन् । ‘पेरिसमा मेरो करियरको नयाँ अध्ययाय सुरु गर्न म उत्साहित छु । यस क्लबको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन् ।,’ मेस्सीले सम्झौतापछि भनेका छन् । मेस्सीले पीएसजीको खेलाडी र स्टाफको क्षमताको बारेमा आफू जानकार रहेको पनि बताए । ‘म उनीहरुसँगै मिलेर क्लबमा राम्रो गर्न प्रतिबद्ध छु ।’ मेस्सीले पार्क डे प्रिन्सको पिचमा जान समेत आफू आतुर रहेको बताए । त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेस्सीलाई आफ्नो भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् । ‘लिओ मेस्सीले पीएसजीलाई छनोट गरेकोमा म खुशी छु र उनलाई पेरिसमा हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ,’ नासेरले भने । मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन् । मेस्सी १३ वर्षको उमेरमै सन् २००० मा बार्सिलोनामा आबद्ध भएका थिए । उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले क्याटलान क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता समेत हुन् । ६ पटका बालोन डे ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए । फोटो : पीएसजीको ट्विटरबाट
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न वार्षिक एक अर्ब ५० करोड डलर खर्चदै आएको साउदी अरेबियाले इटालीसँगै सहआयोजक राष्ट्रका रूपमा विश्वकपमा दाबेदारी प्रस्तुत गर्ने अर्को वर्ष कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । अब कतारपछि मध्यपूर्वी एसियाकै अर्को देश साउदी अरेबियाले सन् २०३० को विश्वकप आयोजना गर्ने इच्छा देखाएको छ । साउदी अरेबियाले इटालीसँगै विश्वकपको सहआयोजक राष्ट्रको भूमिका निर्वाह गर्न तयार रहेको शुक्रबार घोषणा गरेको हो । साउदी अरेबिया र इटालीबीचको दूरी दुई हजार दुई सय पाँच माइल्स टाढा छ । फिफाले २०३० को विश्वकपमा ४८ देशले ८० खेलमा प्रतिस्पर्धा गर्ने जनाइसकेको छ । खेल र सहभागी राष्ट्र धेरै हुने भएकाले विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले २०३० को विश्वकप आयोजना गर्न एक राष्ट्रले नसक्ने बताएको छ । यसैकारण नौ वर्षपछि हुने विश्वकप आयोजना प्राप्तिका लागि बेलायत र आयरल्यान्ड संयुक्त रूपमा दाबी गर्ने तयारीमा छन् । पछिल्लो समय साउदी अरेबिया विश्व खेलकुदकै हब बनिरहेको छ । यहाँ बक्सिङ, टेनिस, गल्फ तथा फर्मुला वानका विश्वस्तरीय प्रतियोगिता नियमित रूपमा सञ्चालन भइरहेका छन् । साउदी अरेबियाले यो २० वर्षभित्र भौतिक पूर्वाधारदेखि आर्थिक रूपमा धेरै प्रगति गरिसकेको छ । आर्थिक रूपले धेरै सम्पन्न देश साउदी अरेबिया पयर्टकीय हब पनि बनिरहेको छ । द एथलेटिकअनुसार इटालीले अन्य राष्ट्रभन्दा साउदी अरेबियासँगै संयुक्त रूपमा विश्वकप गर्न चाहन्छ । साउदीसँग दुई हजारभन्दा बढी माइल टाढा रहे पनि आर्थिक रूपमा सम्पन्न देश साउदीसँग इटाली विश्वकपमा सहकार्य गर्न तयार भएको द एथलेटिक्सको भनाइ छ । साउदी २०३० को विश्वकपका लागि मोरक्को तथा इजिप्टलाई समेत सहकार्य गर्न तयार छ । तर, मोरक्को र इजिप्टमा विश्वकप आयोजना गर्न भौतिक अवस्था कमजोर भएकाले समस्या आउन सक्ने सम्भावना छ । मोरक्वो र इजिप्टसँग सहकार्य गर्न नसकिए साउदीले अन्य छिमेकी राष्ट्रलाई फकाउन सक्ने अर्को सम्भावना पनि छ । साउदीले प्रत्येक वर्ष विश्वस्तरीय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक अर्ब ५० करोड डलर खर्चँदै आइरहेको छ । साउदी अरेबियाबाट प्रकाशित हुने रेली पत्रिकाले यहाँ गल्फ पनि त्यत्तिकै चर्चित इभेन्टका रूपमा रहेको छ । फुटबलमाथि राज गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको साउदी अरेबियाले इंग्लिस प्रिमियरसिप लिगको न्युकास्टल युनाइटेडलाई गत वर्ष आफ्नो स्वामित्वमा लिएको थियो । न्युकास्टलमा साउदीले तीन सय मिलियन पाउन्ड लगानी गरेको छ । दुई वर्षअघि साउदीले इटालियन सुपर कपको फाइनल खेल आयोजना गरेको थियो । यता इटालीले भने मेजर फुटबल प्रतियोगिताको दाबेदारी ३० वर्षपछि गर्न लागेको हो । यसै साता २०२० को युरोकप उपाधि उचाली इटालीले विश्व फुटबलमा उत्कृष्ट कमब्याक गरेको हो । सन् २०१८ को रसिया विश्वकपमा छनोट नहुँदा इटालीले ठूलै आलोचना सहनुपर्यो । प्रशिक्षक रोवर्टो मान्सिनीले तीन वर्षको मिहिनेतमा इटालीलाई युरोकप च्याम्पियन बनाए । इटालीले साउदी अरेबियासँग विश्वकपमा सहकार्य गर्न तयार नै देखिन्छ । अर्कोतिर बेलायतले ‘फुटबल घरमा फर्काउने’ नारा राखी २०३० विश्वकप गर्ने जनाएको हो । राजकुमार विलियम र प्रधानमन्त्री बोरिस जोनसनले गत वर्ष नै विश्वकप आयोजनासम्बन्धी निर्णय गरेका थिए । द टेलिग्राफले बेलायतको ठूलो योजना नै विश्वकप आयोजना गर्नु हो । सन् १९६६ मा पहिलोपटक विश्वकप आयोजना गर्दा बेलायत च्याम्पियन बनेको थियो ।
काठमाण्डौ – इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कपको विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो । यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए । इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।