साउदी अरबमा रहेर कार्यरत नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५” आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्। प्रतियोगिताका विजेता तथा अन्य उत्कृष्ट खेलाडीहरूका लागि निकै आकर्षक पुरस्कारहरू प्रदान गरिने भएका छन्। आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टोलीले शानदार ७,७७७ साउदी रियाल करिब दुई लाख असि हजार नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले पनि ४,४४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्ने कुरा साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजु ले जानकारी गराएका छन् ।
यति मात्र नभई, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका म्यान अफ द म्याच लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिने जानकारी सचिव तामाङले दिएका छन्।
युनाइटेड नेपाल फुटबल क्लबका व्यवस्थापक ओम बहादुर कुमालले प्रतियोगिताको मुख्य लक्ष्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलको माध्यमबाट एकताबद्ध गराउनु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए। व्यवस्थापक कुमालले भने, ‘यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकतालाई अझ बलियो बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो। हामीले बकर इद जस्तो पवित्र पर्वको अवसर पारेर यस किसिमको कार्यक्रम आयोजना गरी समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन चाहेका छौं।’ स्मरण रहोस्, गत रमादान इदमा सम्पन्न भएको दोस्रो दमाम भेट्रान गोल्डकप–२०२५ को उपाधि पनि युनाइटेड क्लबले नै जितेको थियो। यस पटकको प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाबलाई थप विस्तार गर्न क्लबले विश्वास लिएको छ। मध्यान्ह राष्ट्रिय दैनिक यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको छ ।
साउदी अरबको पूर्वी क्षेत्र अल्खोबरमा सम्पन्न दमाम दोस्रो भेटरान गोल्ड कप २०२५ को उपाधि युनाइटेड नेपाल फुटबल क्लबले उपाधि हात पारिसँगै उक्त खेल भव्य रुपमा सम्पन्न भएको छ।
मुस्लिम धर्मालम्बीहरूको महान् चाड ईदको अवसर पारेर मार्च ३० र ३१ गरी दुई दिनसम्म चलेको उक्त खेलमा साउदी अरबमा रहेका विभिन्न खेलप्रेमी नेपालीहरू आबद्ध क्लबहरू सहभागी भएका थिए।
सो सुखेलको उपाधि युनाइटेड नेपाल फुटबल क्लबले जित्न सफल भएको छ। फाइनल खेलमा युनाइटेडले सम्रानी फुटबल क्लबलाई २-० ले हराउदै उपाधि चुम्न सफल भएको हो।
विजेता टिमले ७००० रियाल (करिब नेपाली २ लाख ५४हजार) र मेडल प्रमाण पत्र र उपविजेता टिमले ४००० रियाल (करिब नेपाली १लाख ४५ हजार) र मेडल प्रमाण पत्र प्राप्त गरेको थियो।
विधागत तिर उत्कृष्ट गोलकिपर ऊज्वल घिमिरे, बेष्ट डिफेन्डर बिशाल पुन, बेष्ट मिडफिल्डर सन्दिप राई र MVP योञ्जन हमाल ले प्राप्त गरेका थिए।
साउदी अरबको पुर्बि क्षेत्रमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको छ।
मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् ।
उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरु , खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका छन्। दमाम भेट्रान फुटबल क्लब, दमामले ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया खसी बजारमा हुने छ।
प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल, दोश्रो पुरस्कार ४ हजार रियाल ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार रहेको छ।
बुधबार बसेको फिफाको बैठकले आधिकारिक रुपमा साउदी अरेबियालाई २०३४ को विश्वकपको आयोजना को अधिकार दिने घोषणा गरेको छ। यसो त प्रक्रियागत रूपमा २०३४ को विश्वकप साउदी अरबियाले पाउने पक्कापक्की जस्तै भइसकेता पनि आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको थियो। यो घोषणा भएसँगै २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ भने साउदी अरब सरकारले यसको तयारी स्वरूप पहिलेदेखि नै साउदी अरबको विभिन्न क्षेत्रहरुमा यसको तयारी स्वरूप यसका पूर्वाधारहरू बनाउन सुरु गरिसकेको छ।
पञ्चाङ्ग साहित्य समाज नेपालको चौथो वार्षिकोत्सव यही असार १३ गते सम्पन्न भएको छ । पाँचै तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठीक आधार,भन्ने मूल नाराका साथ मिति २०७९/०३/१३ देखि विधिवत दर्ता भई पञ्चाङ्ग लेखन यात्रा सुरुआत भएको थियोे । जुन यही असार ३ गते तेस्रो वर्ष पूरा गरी चौथो प्रवेशमा गरेको छ ।
समाजले उक्त अवसरमा सम्पूर्ण कार्यसमिति परिवार, संरक्षक परिवार, सल्लाहकार परिवार, कानूनविद् परिवार, प्रेस सल्लाहकार परिवार र पञ्चाङ्ग स्रष्टाज्यूहरू लगाएत पञ्चाङ्गलाई यहाँसम्म ल्याउन साथ सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गरेको थियो ।
उक्त अवसरमा विभिन्न पञ्चाङ्ग स्रष्टाहरूले आफ्नो शुभेच्छासहित पञ्चाङ्ग प्रस्तुत गर्नुभएको थियो ।
🙏🙏पञ्चाङ्ग 🙏🙏🙏 सधैं सबैलाई जोड्ने पुल बनोस् पञ्चाङ्ग। साहित्यको एकद्वार मूल बनोस् पञ्चाङ्ग। वार्षिक उत्सवमा दिन्छु शुभकामना म, मन्दिरमा सजाउने फूल बनोस् पञ्चाङ्ग। लामखुट्टे भगाउन झुल बनोस् पञ्चाङ्ग। 🙏पञ्चाङ्ग:🙏 सबैको मनमा बस्न सफल पञ्चाङ्ग। लेखाइमा पूर्ण कस्न सफल पञ्चाङ्ग। वार्षिक उत्सवको हार्दिक शुभकामना, खराब विचार डस्न सफल पञ्चाङ्ग। सफा हृदयमा फस्न सफल पञ्चाङ्ग। सुशीला पाैडेल
सम्पूर्णमा पुन पञ्चाङ्गको प्रगति र उन्नतिको लागि शुभकामना दिनु हुन हार्दिक अनुरोध छ। 🙏🙏🙏🙏🙏🙏 पञ्चाङ्गबारे सल्लाहकार तोयानाथ सुवेदी दाजुको भनाइ सहित शुभकामना।।
चाैथाे वर्ष प्रवेश गर्छ सहजै पञ्चाङ्गकाे याे विधा पाँचाै लाइनमा समाप्त गरिने हाे एकताकाे विधा मेराे याे शुभकामना छ सबमा लेख्नाेस् तपाईं पनि स्थायी एक रहन्छ चार सँग ता याैटा स्वतन्त्रै छ नि। (१) चाराेटा अनुप्रास निश्चित गरी राखेर लेख्ने गराैँ लेख्दा सुन्दर भाव झल्कन पुगाेस् भन्ने मनैमा धराैँ याे साहित्य समाजका कविरमा बिन्ती यही गर्दछु मेराे याे तन स्वस्थ भाे यदि भने पञ्चाङ्ग याे भर्दछु। (२)
पञ्चाङ्गकाे उपविधा सुरु भएकाे आज ३ वर्ष पूरा भएकाे छ पञ्चाङ्गका प्रवर्द्धक साेमनाथ लुइँटेल र सुशिला पाैडेलाई धेरैले साथ दिँदै पञ्चाङ्ग लेखिरहेका छन्। याे वैदिक कालदेखि पञ्चाङ्ग आयुर्वेदमा र पात्राेमा उल्लेख हुँदै आएकाेमा अब काव्यकाे जगत्मा पनि उदाएकाे छ। याे वार्षिकोत्सबकाे अवसरमा सम्पूर्ण पञ्चाङ्ग परिवारलाई हार्दिक बधाई तथा शुभकामना छ।पञ्चाङ्गले यसैगरी सधैँ सार्थकता पाओस् भन्दै १ पञ्चाङ्ग प्रस्तुत गर्दछु । जय साहित्य,धन्यवाद
🙏पञ्चाङ्ग 🙏 पञ्चाङ्गले मेराे पनि मन छुन्छ सधैँ नानाथरी तानाबानाहरू बुन्छ सधैँ धेरै शुभकामना छ मेराे सबैलाई लेख्नाेस् स्थायी अनिवार्य यस्मा हुन्छ सधैँ अनुप्रास मिलाएर राम्राे तुन्छ सधैँ। तोयानाथ सुवेदी २०८१/०३/११
पञ्चाङ्ग साहित्य समाज बिधिवत रुपमा दर्ता भएर अाज ३ बर्ष पार गरि चौथो बर्षमा प्रबेश गरेको छ। यस पञ्चाङ्ग साहित्य समाजका प्रवर्द्धक लगायत कार्यसमितिका पदाधिकारीहरुको मेहनतबाट अाज यो संस्थाले अरु साहित्य विधाले जस्तै अग्रगति लिईरहेको छ। अागामी दिनहरुमा पनि यसरिनै छलाङ्ग मार्दै जावस र सम्पुर्ण पञ्चाङ्ग स्रष्टाहरुले पनि साथ दिनु हुनेछ भन्ने विस्वासका साथ यो पावन अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
🙏पञ्चाङ्ग 🙏 ****** दिन प्रतिदिन पञ्चाङ्ग चुली रहेको छ। गाउँ घर बस्ती बस्तीमा डुली रहेको छ। छोटो मीठो लेखनीको बिदा भएर होला। स्रष्टाहरुको यहाँ मन भुली रहेको छ। त्यसैले त अाज पञ्चाङ्ग खुली रहेको छ। ********** मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा सल्लाहकार
पञ्चाङ्ग साहित्य समाजले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।यश कार्यसमितिका पदाधिकारीहरुको मेहनत ,संघर्षको कदर गर्दै ,आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !! 🙏पञ्चाङ्🙏 शुभकामना पञ्चाङ्ग साहित्य समाज देख्न पाउँदैछौं उचाईमा स्रष्टाले खोजेजस्तै समाज रोजेजस्तै मलम लाउँदैछौं उचाईमाव घमण्ड नगर्नु कहिल्यै ठाउँ बलियो तोड्न सक्दैन कसैले भनी निराश पनि नहुनु अब जुन अगाडि उठाउँदैछौं उचाईमा मेहनतले एकजुट भइ नछोडौ लेख्न छाउँदैछौं उचाईमा अम्बिका अधिकारी झापा बिर्तामोड
🙏पञ्चाङ्ग 🙏 चौथो बर्ष प्रवेशको शुभकामना भन्छु तिमीलाई गहन काव्य बिधाको गणनामा म गन्छु तिमीलाई निखारेर लेखेमा कुन बिधा पो नराम्रा छन् र यहाँ साधनाले शिखर चुमोस् आशिर्वाद कन्छु तिमीलाई समेटिउन् जीवन्का उकाली ओराली भन्छु तिमीलाई!
कमला देवकोटा , पाल्पा 🙏शुभकामना🙏 पञ्चाङ्ग साहित्य समाज नेपाल ले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
🙏पञ्चाङ्ग 🙏 अक्षर-२५
पञ्चाङ्ग तिमी ७९-३-१३मा आयौँ संम्बृद्धिको साथमा शुभकामना बन्दै, आउनु है सगरमाथा झैँ उच्च तिमीले माथमा शुभकामना बन्दै। शुभ जन्मदिनको शुभ आसिस अटल,अम्मरको तिमीलाई आज, ज्योति छर्दै दिनहरु चलाउनु कलम हातमा शुभकामना बन्दै , तिमीले सुर्य सरि प्रकाश छर्नु सबको गाथमा शुभकामना बन्दै।
दुर्गा अाचार्य
🙏🙏 शूभकामना 🙏🙏 हार्दिक बधाई छ पञ्चाङ्ग परिवार । साहित्यको यो नयाँ प्रयोगले धेरै नयाँ तथा स्थापित साहित्यकारहरूलाई नयाँ ढंगले साहित्य सिर्जना गर्दै समाजमा रहेका विकृति विसंगति माथि प्रहार गर्दै जनचेतना जगाउने कार्यमा सहयोग पुर्याइरहेको छ । आगामी दिनहरूमा अझै सशक्त बन्दै निरन्तर अगाडि बढिरहोस् । शुभकामना । दुर्गा अधिकारी भमरकोटे
पञ्चाङ्ग साहित्य नेपाल तीन वर्ष पूरा गर्दै चार वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पञ्चाङ्ग साहित्य परिवारमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्द्छु🙏🙏
🙏शुभकामना🙏 पञ्चाङ्ग साहित्य नेपाल तीन वर्ष पूरा गर्दै चार वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पञ्चाङ्ग साहित्य परिवारमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्द्छु 🙏🙏
🙏🙏पञ्चाङ्ग 🙏🙏 सधैँ सगरमाथा झैँ गम्भिर् रहोस्। हिमाल जस्तै नै यहाँ चम्कि रहोस्। सधैँ एकताले अगाडि बढ्नु पर्छ, सदाको दिन अगाडि लम्की रहोस्। सधैँ पञ्चाङ्ग साहित्य सम्झि रहोस्। बेदु न्यौपाने 🌹🌹
समाजका विकृतिलाई हटाउन आउ पञ्चाङ्ग तिमी ! गगनको कालो बादल फटाउन आउ पञ्चाङ्ग तिमी ! पाँचै तत्व पाँचै विकार साहित्यमा तिम्रो मूल नारा ! साहित्यिक मन भित्र अटाउन आउ पञ्चाङ्ग तिमी ! सर्जकको सिर्जित रचना पटाउन आउ पञ्चाङ्ग तिमी ! विष्णु भट्टराई विभु संरक्षक 🙏🙏 शूभकामना🙏🙏 पञ्चाङ्ग साहित्य समाज नेपालले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !! 🙏🙏पञ्चाङ्ग 🙏🙏 सबैको मनमा फुलोस् पञ्चाङ्ग। सारा विश्वभर डुलोस् पञ्चाङ्ग। पञ्चाङ्गलाई छ शुभकामना, गीत र लयमा झुलोस् पञ्चाङ्ग। चन्द्रमा जस्तै खुलोस् पञ्चाङ्ग। ह्यारिस
हार्दिक शुभकामना आज @पञ्चाङ्ग साहित्य समाज नेपाल तेस्रो बर्ष पूरा गर्दै चौथो बर्षमा प्रवेश गरेको दिन । यहाँसम्म सबै जना पञ्चाङ्गका स्रस्टाहरूलाई हार्दिक अभिवादन र धन्यवाद छ । अबका दिनमा हामीहरूले पञ्चाङ्गलाई अझै उचाइमा पुर्याउनु हजुरहरूको साथ र सहयोगको उपक्षेया राख्दै । सम्पूर्ण पञ्चाङ्गका मित्रहरूमा म अस्वस्थ भएतापनि तपाईहरू सबैबाट साथ पाएको छु साथै कार्यसमिति तथा अभ्यास अनि ग्रुपमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रवर्तक सोमनाथ लुइटेल “रवि पाल्पाली”
🙏🙏शुभकामना🙏 🙏 पञ्चाङ्ग साहित्य समाज नेपालकाे चौथो बार्षिक उत्सवमा उन्नति प्रगति सु स्वास्थ्य ,दीर्घायुकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । नियमित रूपमा पञ्चाङ्ग लेखेर सहयोग गर्ने , सल्लाह दिएर उत्साह थप्ने , वाचन गरेर रङ्ग भर्ने ,पढेर स्वाद लिने , बेला बेलामा झुल्केर उज्यालो दिने ,तेल थपि थपि पञ्चाङ्गलाई निभ्न नदिने, र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहय गर्नु हुने शुभ चिन्तक, पञ्चाङ्ग प्रेमी , सबै सबमा हार्दिक आभार प्रकट गर्दछु । यहाँहरुकाे साथ सहयोगले पञ्चाङ्ग विधा मौलाउन सकेको छ र भाेलिका दिनमा अझै दत्तचित्तकन साथ लाग्नु हुनेछ भन्ने अपेक्षा छ ।🙏🙏🌹🌹🌹 🙏🙏पञ्चाङ्ग 🙏🙏 शुभकामना छ अनगिन्ती लटरम्म फलाेस भन्छु जगतलाई उज्यालो दिन झलमल्ल बलाेस भन्छु । मनाउँदै छु पञ्चाङ्ग तिम्रो जन्म दिन केक काटेर, कलम न्यायका निमित्त त्यो अविरल चलाेस भन्छु । हुनु पर्छ तिमी चिरञ्जीवी ग्रहले न छलाेस भन्छु ।
भवानी घिमिरे सर्लाही 🙏🙏 शूभकामना🙏🙏 चौथो वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दछु। पञ्चाङ्ग साहित्य समाजमा जोडिनु हुने सम्पूर्ण साहित्यप्रेमी महानुभाव तथा कार्यसमिति परिवारमा मेरो हृदयदेखि शुभकामना छ। जय होस् सबैको । साहित्य तोड्ने होइन जोड्ने माध्यम हो । सबैमा नमस्कार छवि वैरागी घिमिरे संरक्षक
🙏🙏पञ्चाङ्ग 🙏🙏🙏 शुभकामना छ सधैं चम्किरहोस् पञ्चाङ्ग। साहित्यलाई लिएर लम्कीरहोस् पञ्चाङ्ग। पाँचलाईन,बराबरी अक्षरहरुमा सुन्दर शब्दमा सधैँ झम्किरहोस् पञ्चाङ्ग, नबिर्सिनु है कहिल्यै गम्कीरहोस् पञ्चाङ्ग। शोभा आचार्य गौतम काठमाडौँ
🙏🙏पञ्चाङ्ग 🙏🙏 तीन बर्ष पार गर्यौ असिम बर्ष पार गरोस् सजिलै। साहित्यमा पाठकको मन जितेर जोश भरोस् सजिलै। चौथो वार्षिकोत्सवको शुभकामना पञ्चाङ्ग विधालाई, विश्वभर आफ्नो सकारात्मक विचारहरु छरोस् सजिलै। फलोस् फूलोस् उन्नतिले कठिनाइका खोला तरोस् सजिलै। सुस्मिता अधिकारी ,काठमाडौँ
🙏🙏शुभकामना👍🙏 पञ्चाङ्ग विधा कविता तिमी , साहित्य समाज सलल बग्यौ तेजिलाे धार , साहित्य समाज। चौथाेमा वर्ष टेकेछौ तिमी , कामना हजार श्वदेशै भरि झाँगिनु तिमी , साहित्य समाज प्रेरणादायी पञ्चाङ्ग तिमी , साहित्य समाज । तीर्थ राज जोशी
पञ्चाङ्ग तेस्रो वर्ष पुरा गरी चौथो वर्ष प्रवेश गरेको शुभकामना साहित्यिक हृदयमा मीठा शव्दायोजन छरेको शुभकामना यसका रसास्वादनले तृप्त रहुन् जनमानस अनन्तकाल अनेकौं वहस माझ पनि सफलताले चरेको शुभकामना हर निबमा सरस्वती माताको आशिष भरेको शुभकामना । शर्मिला श्रेष्ठ सल्लाहकार ललितपुर
👉🙏🙏 पञ्चाङ्ग 🇧🇹🙏🙏 पाँच तत्व मिलाइ लेख्ने पञ्चाङ्ग शब्दै शब्द सिलाइ लेख्ने पञ्चाङ्ग ठिक आधार जानेर पञ्चाङ्ग नै अभिप्राय दिलाइ लेख्ने पञ्चाङ्ग पूर्ण भाव पिलाइ लेख्ने पञ्चाङ्ग।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग साहित्य समाज नेपालले तीन वर्ष पुरागरि चौथो वर्षमा प्रवेश गरेको छ । आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जाओस् ! साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरुप्रति उच्च सम्मान प्रदान गर्दै आजको वार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !! 🙏🙏🙏पञ्चाङ्ग 🙏🙏 साहित्यको सुन्दर बाग बनोस् पञ्चाङ्ग कल्कलाउँदो मिठो साग बनोस् पञ्चाङ्ग मोहित पारोस् दुनियाँ आफ्नो सुस्वादले, अनुपम गीतको राग बनोस् पञ्चाङ्ग साहित्य पारखीको माग बनोस् पञ्चाङ्ग । ✍️ वसन्त अनुभव, प्रेस सल्लाहाकार घोराही, दाङ
🙏🙏पञ्चाङ्ग 🙏🙏
सबैको मन र मुटुमा बसेको छौ पञ्चाङ्ग साहित्यको मूल धारमा कसेको छौ पञ्चाङ्ग नयाँ नयाँ साहित्यकार बटुल्दै जानु तिमी हामी जस्ता सिकारुसंग फसेको छौ पञ्चाङ्ग सञ्जालबाटै सबैमाझ पसेको छौ पञ्चाङ्ग |
सरिता सेढाई धादिङ
🙏🙏पञ्चाङ्ग 🙏🙏 केही राम्रा कुरा पनि भए पहिला मनका मयल पखाली गए पहिला जहाँ पनि हुन्छ तिता मिठा कुराहरु ख्याल छ कस् कसले के के कए पहिला अव राम्रो बिचार गर्नु तए पहिला
सुमित्रा पोखरेल काठमाडौं
“पञ्चाङ्ग” सबैको मन मन्दिरमा नै झुलोस् यो पञ्चाङ्ग झरी पछिको आकास जस्तै खुलाेस् याे पञ्चाङ्ग चौथो बर्षको लाखौ शुभकामना संग सगै लेक बेसी तराईसम्म नै डुलाेस् याे पञ्चाङ्ग हजारौ बर्षसम्म नै फलोस् फुलोस् यो पञ्चाङ्ग।
ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब द्वारा “परं परोपकारार्थं यो जीवति स जीवति ” भन्ने मूल मन्त्रका साथ आयोजित “ 2nd NRNA GOLD CUP 2024” फूटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ I संघ द्वारा आयोजित उक्त दुई दिने प्रतियोगिता १६ जुनको साँझ सुरु भएर १८ जुनको बिहान समापन गरिएको हो I
संघका अनुसार साउदी अरबको पूर्वी सहर अलखोबार स्थित तुक्बा खेल मैदानमा भएको उक्त प्रतियोगितामा २२ वटा फुटबल क्लबहरुले सहभागिताको लागि प्रतिबद्धता जनाएको थियो भने २१ फुटबल क्लबले टिम दर्ता गरेका थिए I प्रतियोगितामा सहभागिताको लागि दर्ता भएको फुटबल क्लबहरु मध्ये २० वटा क्लबहरु सहभागी भएका थिए I जस बाट युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई पछी पार्दै तृतीय पुरस्कार(नगद साउदी रियालः१,६१६/-) प्राप्त गरे भने जोयम एफसीले किंरात राई यायोक्खा एफसी संगको फाईनल खेलमा उपविजेता बन्दै द्वितीय पुरस्कार (नगद साउदी रियालः ३,३३३/-) हाशिल गरे । यसरी किंरात राई यायोक्खा एफसी उक्त 2nd NRNA GOLD CUP-2024 को च्याम्पीयन बन्दै प्रतियोगिताको विजेता बनेI किँरात राई यायोक्खाले विजेता भए संगै प्रथम पुरस्कार (नगद साउदी रियालः ६,६६६/-) प्राप्त गरेका छन्।
फाईनल खेल सके संगै महावाणिज्य दूतावास जेद्धाका लागी कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रेल प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा उपस्थित नेपाली राजदूतावास रियादका लागी जनसम्पर्क अधिकारी नारायण पासवान संगै साउदीअरब स्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा उपस्थित रहेको समापन कार्यक्रममा पुरस्कार विवरण संगै बेस्ट गोल किपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफील्डर, बेस्ट फर्वाड, हाई स्कोरर्, बेस्ट म्यानेजर र बेस्ट कोचलाई ट्रफीका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि चित्र कुमार चाम्लिङ राईको सयोजकत्वमा गठित खेलकुद उप-समितिलाई संघले प्रेस विज्ञप्ती जारी गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। उक्त समिति सदस्यहरुमा एनआरएनए एनसीसी सदस्य पदम महत, आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी, सह-कोषध्यक्ष दीपक खांड, सदस्य घनेन्द्र ईजम लिम्बु, पूर्व एनसीसी सदस्य गणेश अर्याल, NRNA सदस्य पासाङ शेर्पा, तुल्सी नेयोङ, प्रेम भण्डारी, सदस्य सचिव शुक्र मोक्तान, पर्यवेक्षक द्वय श्रीप्रसाद यावा लिम्बु र राजेन्द्र अर्याल रहेका थिए I संघले विज्ञप्ती मार्फत उक्त प्रतियोगितालाई प्रायोजन गरेका प्रायोजकहरू, स्वयंसेवकहरू, विवाद रहित तथा अनुशासित खेल खेलाएका रेफ्री र लाईनस मेनहरू, सहभागी फुटबल क्लबहरूलाई आयोजकका तर्फ बाट विशेष धन्यवाद ज्ञापन गरेका छन्।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना गर्ने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमामको एक स्थानीय खेलमैदानमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल आधाको अवसर पारेर यही जुन महिनाको १६ र १७ तारिखका दिन उक्त आयोजना हुन लागेको संघले जनाएको छ।
फिफाको नियम अनुसार नकआउट विधिबाट सञ्चालन हुने उक्त खेल गैरआवसीय नेपाली संघ साउदी अरबले विगतमा गरिएका राहत तथा उद्धारका कार्यहरूलाई निरन्तरता दिन एवं नेपाली फुटबल खेलाडीहरूको खेलप्रतिको लगावलाई समेत निरन्तरता दिँदै हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। संघले उक्त प्रतियोगितामा सहभागी टिमहरूमध्ये विजेतालाई प्रथम पुरस्कार ६,६६६/- साउदी रियाल राखिएको छ भने द्वितीय पुरस्कार ३,३३३/- र तृतीय पुरस्कार १,६१६/- रियाल रहने जनाएको छ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको उपाध्यक्ष तथा खेलकुद समिति संयोजक राज गिरीको मातहतमा रहने गरी गठन भएको उपसमिति संयोजक चित्रकुमार चाम्लिङ राईले जनाए अनुसार जुन महिनाको दोस्रो हप्ताभित्रमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा हुने जनाएको छ। उनका अनुसार समितिका पदाधिकारीहरूलाई विभिन्न अलगअलग जिम्मेवारी सुम्पिएर तयारी अगाडि बढाएको छ।
समिति सदस्य पासाङ शेर्पाका अनुसार हालसम्म २३ वटा फुटबल क्लबले सहभागिताको लागि आशय व्यक्त गरेका छन् भने ती मध्यबाट १९ वटा फुटबल क्लबले सहभागिताको लागि सुनिश्चितता जनाई सकेको छ। त्यस्तै गरेर चारवटा क्लबले भने आफ्नो सहभागिताको सुनिश्चितता गर्न बाँकी रहेको छ। पूर्व सूचनालाई उल्लेख गर्दै उनका अनुसार १३ जुन २०२४ को रातको १२ बजे भित्रमा टिम दर्ता गर्न सकिने जनाएको छ। उक्त समयभन्दा पछाडि टिम दर्ताको लागि आउने फुटबल क्लबहरूलाई दर्ता गर्न नसकिने पनि जनाएको छ। उनका अनुसार टिम दर्ता शुल्क साउदी रियाल ६६६ रहेको छ। उनले समयमा नै आफ्नो टिम दर्ता गराउनको लागि सम्बन्धित सबै फुटबल क्लबहरूलाई आह्वान समेत गरेका छन्।
उक्त फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न साउदीअरब स्थित क्रियाशील सामाजिक संघ संस्थाहरू, बैचारिक एवम् राजनीतिक दलका भातृ संगठनहरू, सक्रिय फुटबल क्लबहरू र समाजसेवी व्यक्तित्वहरूलाई साथ र सहयोग गरिदिन संघका अध्यक्ष रबिना अर्यालले आह्वान गरेकी छिन्।
काठमाडौं- नेपाल र श्रीलंकाबीच बुधबार बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ। खेल हुने तय भएको अमेरिकास्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाबीच बिहान ५:१५ बाट खेल सुरु हुने कार्यतालिका रहेको थियो। तर वर्षाका कारण टस समेत नभइ खेल रद्द भएको हो।
समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन्।
यो सँगै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। यसअघि श्रीलंका सुरुवाती दुई खेलमा पराजित भएको थियो। नेपालको भने यो दोस्रो खेल हो।
विश्वकपअन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो खेल गुमाएको थियो।
पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले दोस्रो खेल बंगलादेशसँगपनि हारेको थियो।
अब अन्तिम खेल बाँकी हुँदा श्रीलंकाको केवल १ अंक रहेको छ। यदि उसले अन्तिम खेल जितेपनि अब शीर्ष आठमा पुग्ने छैन।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना गर्ने भएको छ। साउदी अरबको पूर्वी प्रान्त दमामको एक स्थानीय खेलमैदानमा इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल आधाको अवसर पारेर यही जुन महिनाको १६ र १७ तारिखका दिन उक्त आयोजना हुन लागेको संघले जनाएको छ। फिफाको नियम अनुसार नकआउट विधिबाट सञ्चालन हुने उक्त खेल गैरआवसीय नेपाली संघ साउदी अरबले विगतमा गरिएका राहत तथा उद्धारका कार्यहरूलाई निरन्तरता दिन एवं नेपाली फुटबल खेलाडीहरूको खेलप्रतिको लगावलाई समेत निरन्तरता दिँदै हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ। संघले उक्त प्रतियोगितामा सहभागी टिमहरूमध्ये विजेतालाई प्रथम पुरस्कार ६,६६६/- साउदी रियाल राखिएको छ भने द्वितीय पुरस्कार ३,३३३/- र तृतीय पुरस्कार १,६१६/- रियाल रहने जनाएको छ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको उपाध्यक्ष तथा खेलकुद समिति संयोजक राज गिरीको मातहतमा रहने गरी गठन भएको उपसमिति संयोजक चित्रकुमार चाम्लिङ राईले जनाए अनुसार जुन महिनाको दोस्रो हप्ताभित्रमा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा हुने जनाएको छ। उनका अनुसार समितिका पदाधिकारीहरूलाई विभिन्न अलगअलग जिम्मेवारी सुम्पिएर तयारी अगाडि बढाएको छ।
समिति सदस्य पासाङ शेर्पाका अनुसार हालसम्म २३ वटा फुटबल क्लबले सहभागिताको लागि आशय व्यक्त गरेका छन् भने ती मध्यबाट १९ वटा फुटबल क्लबले सहभागिताको लागि सुनिश्चितता जनाई सकेको छ। त्यस्तै गरेर चारवटा क्लबले भने आफ्नो सहभागिताको सुनिश्चितता गर्न बाँकी रहेको छ। पूर्व सूचनालाई उल्लेख गर्दै उनका अनुसार १३ जुन २०२४ को रातको १२ बजे भित्रमा टिम दर्ता गर्न सकिने जनाएको छ। उक्त समयभन्दा पछाडि टिम दर्ताको लागि आउने फुटबल क्लबहरूलाई दर्ता गर्न नसकिने पनि जनाएको छ। उनका अनुसार टिम दर्ता शुल्क साउदी रियाल ६६६ रहेको छ। उनले समयमा नै आफ्नो टिम दर्ता गराउनको लागि सम्बन्धित सबै फुटबल क्लबहरूलाई आह्वान समेत गरेका छन्।
उक्त फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न साउदीअरब स्थित क्रियाशील सामाजिक संघ संस्थाहरू, बैचारिक एवम् राजनीतिक दलका भातृ संगठनहरू, सक्रिय फुटबल क्लबहरू र समाजसेवी व्यक्तित्वहरूलाई साथ र सहयोग गरिदिन संघका अध्यक्ष रबिना अर्यालले आह्वान गरेकी छिन्।