नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ‘सफ्ट लन्च’ आउँदो शुक्रबार गर्ने भएको छ ।
नेपालमा अवैध मोबाइल आयात रोक्ने उद्देश्यसहित उक्त कार्य गर्न लागेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। भन्सार छलेर र चोरी पैठारीमार्फत् अवैध रुपमा भित्रिएका मोबाईल बन्द गर्न सरकारले यो सिस्टम ल्याउन लागेको हो।
एक कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता जनाए । नेपाल मोबाइल वितरक संघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा सम्पन्न सो गोष्ठीमा एमपीआइएका अध्यक्ष दीपक मल्होत्राले हाल मोबाइलको प्रयोग गाँस, बास र कपासपछिको अति आवश्यक वस्तुको रुपमा भइरहेको बताउँदै पछिल्लो समय सरकारले विलासी वस्तुको रुपमा मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएकोमा दुख व्यक्त गर्दै सो कार्यको आपत्ति जनाए ।
हाल व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिस्ट्र्र्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ भने व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता प्राधिकरणको वेबसाइटबाट गर्न सकिने व्यवस्था छ ।
यो प्रणाली पूर्ण रूपमा लागू भए कसैको मोबाइल हराएमा चोरि भएमा नेपालमा नचल्ने गरि बन्द गर्न सकिने छ। यदै तपाइलाइ कसैले उपहार स्वरुप विदेशबाट मोबाइल पठाएको छ भने यो लिंक मार्फत दर्दा गर्न सक्नु हुन्छ।
कसरि दर्ता गर्ने :
सर्बप्रथम https://eir.nta.gov.np/login मा जानुहोस। त्यसपछि SIGN UP मा क्लिक गर्नुहोस र Individual Application छान्नुहोस्। आफ्नो सम्पूर्ण विवरण भरि SUMBIT गर्नुहोस।
नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५० रुपैयाँ ९२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ १ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ५४ पैसा र बिक्रीमा २८ रुपैयाँ ६७ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ २५ पैसा र बिक्रीमा ४१६ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ७८ पैसा तोकिएको छ।
साउदी अरब सरकारको वाणिज्य मन्त्रालय द्वारा जारी सूचनामा जनाइएअनुसार स्टोरहरूले ग्राहकलाई एउटा मात्र उत्पादन चाहिने अवस्थामा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् यदि यस्तो गरेको पाइएमा कानुनी कारबाहीको लागि तयार हुनुपर्नेछ।
साउदी अरेबियाको वाणिज्य मन्त्रालयले स्पष्ट पारेको छ कि विक्रेताले ग्राहकहरूलाई एउटामात्र सामान चाहिएको अवस्थामा अर्को पनि किन्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना गर्ने अधिकार बताएको छ सुचनामा भनिएको छ १ प्राप्त गर्न वा एउटा उत्पादनको बिक्रीलाई अर्कोसँग जोड्नका लागि 2 उत्पादनहरू किन्न बाध्य पार्ने अधिकार छैन”।
यो सुचना ग्राहक अधिकारको बारेमा जनचेतना जगाउने साप्ताहिक अभियानको एक भागको रूपमा वाणिज्य मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट स्पष्टीकरणमा आएको हो।
यद्यपि, मन्त्रालयले यस नियममा दुई अपवादहरू निर्दिष्ट भने गरेको छ।
१.पसल वा बिक्रेताहरूलाई यो विधि प्रयोग गर्न अनुमति दिइन्छ यदि पसलमा कुनै निश्चित उत्पादन खरिद गर्दा 1 वस्तु नि:शुल्क प्राप्त गर्ने प्रस्ताव छ।
जब उत्पादनको ब्रोसर वा क्याटलगले निर्दिष्ट गर्दछ कि दुई वस्तुहरू एकअर्कासँग जोडिएका छन्।
यसो भएको अवस्थामा भने बिक्रेतालाई उल्लेखित कानुन आकर्षित हुने छैन ।
राज्यको वाणिज्य मन्त्रालयले सबैलाई थप जानकारीको लागि https://dalil.mc.gov.sa/ भ्रमण गर्न र ग्राहक गाइडको लिङ्कमा क्लिक गर्न आह्वान गरेको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकोे पहिलो रोजाइमा मलेसिया पर्न थालेको छ । मलेसियाले कामदारको पारिश्रमिक र सेवा–सुविधामा वृद्धि गरेपछि नेपाली कामदारहरूको पहिलो प्राथमिकतामा मलेसिया पर्न थालेको हो । साउदी अरबमा कार्यरत कामदारहरू पनि नेपाल फर्केर मलेसिया जान थालेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजार) पुर्याएको छ । त्यस्तै, दैनिक दुई घन्टा अतिरिक्त काम गर्न अनिवार्य गरिएको छ । अतिरिक्त कामका लागि पनि रोजगारदाताले पारिश्रमिक भुक्तानी गर्छन् । सामान्य कामदारले मलेसियामा अहिले मासिक ६० देखि ७० हजारसम्म कमाउन सक्नेछन् । तर, साउदी अरबले आप्रवासी कामदारलाई खानासहित न्यूनतम ज्याला एक हजार रियाल (२७ हजार नेपाली रुपैयाँ) तोकेको छ । कामदारले १० घन्टा काम गर्नुपर्छ । अतिरिक्त कामको सुविधा पनि नभएको म्यानपावर व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए ।
कोभिडको अवधिमा अन्य मुलुकले कडाइ गरेका कारण धेरै नेपाली कामदार साउदी अरब गएका थिए । अहिले अन्य मुलुकले पनि नेपाली कामदारलाई प्रवेशको स्वीकृति दिएपछि साउदी अरब छोड्न थालेका हुन् । साउदीमा गएका नेपाली कामदार विभिन्न बहाना बनाएर भिसा अवधि सकिनुपूर्व नै नेपाल आउने गरेको विभागका पूर्वमहानिर्देशक शेषनारायण पौडेलले बताए ।
‘सम्झौताअनुसारको पारिश्रमिक नपाइएको वा काम नभएको भन्दै नेपाली कामदारले साउदीबाट म्यानपावर नेपाल फर्काइदिनू भन्ने निवेदन विभागमा आउँछ । नेपाल आएपछि अब के गर्छौ भनेर सोध्दा मलेसिया जाने भन्छन्,’ उनले भने । कतिपय कामदार त साउदी अरबबाट काठमाडौं ओर्लिएपछि घर पनि नपुगी मलेसिया उड्ने गरेको विभागले जनाएको छ । तुलनात्मक रूपमा साउदी अरबभन्दा मलेसिया खुला छ । रमाइलो गर्न, स्वतन्त्र भएर हिँड्न पाइने सुविधा छ । त्यसैले पनि नेपाली कामदारको रोजाइमा मलेसिया पर्ने गरेको हो ।
मलेसियन रोजगारदाता शून्य लागतमा नै कामदार लैजान तयार मलेसियन रोजगारदाता कम्पनीहरू शून्य लागतमा नै नेपाली कामदार लैजान इच्छुक भएको पाइएको छ । अहिले नेपालमा सञ्चालित केही म्यानपावर कम्पनीले शून्य लागतमा नै कामदार मलेसिया पठाउन थालेका छन् । शून्य लागतमा नेपाली कामदार लैजाँदा मलेसियन रोजगारदाताले म्यानपावर कम्पनीलाई ६०० मलेसिया रिंगेट (१७ हजार रुपैयाँ) दिन्छन् । रोजगारदाताले कामदार घरबाट निस्केदेखि रोजगारदाताको कम्पनीमा पुग्दासम्मको सबै खर्च व्यहोर्छन् ।
मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी करिब ४२ हजार पुर्याएको छ । तर, साउदी अरबले कामदारलाई खानासहित न्यूनतम ज्याला २७ हजार नेपाली रुपैयाँ तोकेको छ ।
यहाँसम्म कि उनीहरूले नेपाली कामदार घरबाट काठमाडौं आउँदासम्म लागेको बस खर्चसमेत भुक्तानी गर्ने गरेको एक व्यवसायीले बताए । तर, नेपाली म्यानपावर कम्पनीले नेपाली कामदारको यस्तो सुविधा खोस्ने गरेको उनको दाबी छ । उनका अनुसार नेपाली म्यानपावर कम्पनीका सञ्चालक मलेसियन रोजगारदाताकोमा पुगेर उल्टो कमिसन दिन्छन् र डिमान्ड ल्याउँछन् । उता दिएको कमिसन रकम कामदारबाट असुल्ने गरेको उनले बताए ।
यद्यपि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिहिन अनुगमन गरी यस्तो खालको विकृति हटाउन सम्भव भएको ती व्यवसायीको भनाइ छ । यसका लागि मन्त्रालय र विभागले नेतृत्व लिनुपर्छ । तर, विभागले गर्ने अनुगमन पनि देखावटी मात्रै हुने गरेको यो विकृति हट्न नसकेको उनले दाबी गरे ।
शुक्रबारदेखि आप्रवासी कामदारका लागि खुला हुँदै मलेसिया मलेसियन सरकारले आगामी शुक्रबारदेखि आप्रवासी कामदारका लागि खुला गर्ने भएको छ । मलेसिया मावन संसाधन मन्त्रालयले सूचना जारी गर्दै आप्रवासी कामदारलाई पुनः खुला गरिएको जानकारी दिएको हो । मन्त्रालयले केही दिनअगाडि संशोधित रोजगार ऐन १९५५ कार्यान्वयन ल्याउन लागेको भन्दै १५ दिन आप्रवासी कामदारका लागि मागपत्र प्रमाणीकरण स्वीकृति नगर्ने सूचना जारी गरेको थियो । तर, त्यहाँ स्थित कामदार र रोजगारदाताको अनुरोधमा मलेसियन सरकारले दुई दिनमा नै आप्रवासी आगमन खोल्ने निर्णय गरेको हो ।
मलेसियामा नेपालीलगायत भारत, बंगलादेश, श्रीलंका फिलिपिन्सलगायतका कामदार कार्यरत छन् । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य हो । तर, तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले बायोमेट्रिकमा घोटाला भएको भन्दै लामो समय मलेसिया रोजगारी बन्द गरिदिए । जसका कारण धेरै नेपाली कामदार मलेसिया जान पाएनन् । त्यस्तै, कोरोना भाइरसका कारण मलेसियन सरकारले नै आप्रवासी कामदारलाई रोक लगाएपछि नेपाली कामदारले पनि प्रवेश गर्न पाएनन् । तर, आगामी दिनमा भने मलेसियामा नेपाली कामदारको संख्या बढ्ने म्यानपावर व्यवसायीको अनुमान छ । नयाँ पत्रिका बाट सभार गरिएको।
पहिलोपटक कोहलपुर–जमुनाहा सडक खण्डको पाँच स्थानमा आकासे पुल बन्ने भएका छन् । पाँच स्थानमा आकासे पुल निर्माणको लागि सडक डिभिजन नेपालगन्जले मंगलबार ठेक्का आह्वान गरेको छ ।
नेपालगन्ज क्षेत्रमा तीन र कोहलपुर क्षेत्रमा दुई आकासे पुल निर्माणको लागि ठेक्का आह्वान गरिएको हो । पाँच वटा आकासे पुल निर्माणको लागि १० करोड छुट्याइएको सडक डिभिजन नेपालगन्जका ईन्जिनियर निज्जल श्रेष्ठले जानकारी दिए ।
‘आकासे पुल निर्माणको लागि टेण्डर आह्वान गरिएको छ’ उनले मिसन टुडेसँग भने, ‘मापदण्ड पुगेका निर्माण कम्पनीले ठेक्का हाल्न सक्नेछन् ।’ आधुनिक खालका आकासे पुलहरु निर्माण हुने उनले बताए । बेलहिया–बुटवल सडकमा निर्माण भएका आकासे पुलको मोडालिटीमा पुलहरु निर्माण हुने बताइएको छ । अपाङ्गता भएका व्यक्तिहरु समेत आकासे पुलबाट आवतजावत गर्नेगरी पुल डिजाइन गरिएको छ ।
‘आकासे पुलबाट अपाङ्गता भएका व्यक्तिहरु समेत सहज रुपमा आवतजावत गर्न सक्नुहुनेछ । ह्विलचियर गुड्नेगरी छुट्टै स्थान छुट्याइनेछ’ ईन्जिनियर श्रेष्ठले भने, ‘अन्य व्यक्तिहरुमा लागि पुलमा छुट्टै सिडी निर्माण हुन्छ ।’
नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक र कारकाँदो चोकमा गरेर तीन स्थानमा आकासे पुल निर्माण गरिनेछ । कोहलपुरमा भने न्यूरोड चोक र त्रिभुवन नमूना उमाविको अगाडि आकासे पुल निर्माण गरिने तय भएको छ ।
न्यूरोड चोकमा बनाउने आकासे पुललाई राँझा चोकमा निर्माण समेत गर्न सकिने बताइएको छ । ठेक्का स्विकृत भएपछि निर्माण कम्पनीले १५ महिनाभित्र काम सक्नुपर्ने गरी ठेक्का आह्वान गरिएको सडक डिभिजन नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए ।
‘ठेक्का सम्झौता भएको १५ महिनाभित्र सबै काम सम्पन्न गर्नुपर्ने सर्त टेण्डर आह्वानमा राखेका छौं’ उनले भने, ‘ठेक्का सम्झौता भएको १५ महिनाभित्र नै काम सम्पन्न हुन्छ ।’
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ । आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो ।
कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई ४ बुँदे माग अघि सारेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै ति समस्याका लागि पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरेका हुन् ।
मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले साउदी र मलेसिया दूतावासमा धेरै समस्या रहेको र ति समस्याबारे मन्त्रीलाई अवगत गराइएको बताए । मलेसिया दूतावासबाट प्रमाणीकरणमा भइरहेको ढिला सुस्तीलाई चुस्त दुरुस्त बनाउन अविलम्ब जनशक्ति थप गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै श्रमिकले गरेको मेडिकलको रिपोर्ट एफडब्लूसीएमएस बाट म्याद गुज्रँदा समेत अनलाइन नभइरहेको परिस्थितिमा उक्त समस्याको समाधानका लागि कुटनीतिक पहल गर्न मन्त्री कुँवरलाई सुझाव दिएका छन् ।
म गन्तव्य मुलुक पुगेर मेडिकल अनफिट भएर फर्केका श्रमिकको ठाउँमा परिपूर्ति गर्न फेसिममा कोटा खाली गराउन आवश्यक रहेकोले त्यसको पहल गर्नुपर्ने र प्राय सबै गन्तव्य मुलुकमा जाने हवाई भाडामा भएको मूल्य बृद्धि अस्वभाविक रहेकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नियन्त्रणको लागि पहल गर्नुपर्ने माग अघि सारेका छन् ।
समस्या सुनेपछि मन्त्री कुँवरले आफु समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । आफुले सम्बन्धित देशका राजदूतलाई भेटेर नेपाली कामदारलाई सहज वातावरण बनाउन पहल गर्ने मन्त्री कुँवरको प्रतिबद्धता थियो । अहिले वैदेशिक रोजगारीमा खालका समस्या देखिएको भन्दै श्रमबजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउन सबैले पहल गर्नुपर्नेमा मन्त्री कुँवरको जोड थियो । सभार: तातो पाटी बाट
प्रहरीले काठमाडौंबाट भन्सार छली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
भारतको पन्जाब घर भई गौशाला बस्दै आएका ३५ वर्षीय सन्दीप अहुजालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार अहुजाले १२ थान मोबाइल भन्सार छली गरी ल्याएको आरोप छ।
प्रहरीले अहुजालाई शुक्रबार गौशालाबाट पक्राउ गरेको हो।
प्रहरीले भारतबाट भन्सार छलेर मोबाइलहरू ल्याएको भन्ने गोप्य सूचना पाएको थियो। प्रहरीले सोही सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक कोइरालाले अहुजाको साथबाट एक थान आइफोन, एक थान भिभो, सात थान ओप्पो, दुई थान सामसङ र एक थान एनफिनिक्स बरामद गरेको बताए। प्रहरीले उनलाई भन्सार कार्यालय गौचरन पठाएको जनाएको छ।
आर्थिक रूपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ।निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ। निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ।निगम व्यवस्थापनका अनुसार अहिले निगमले तीन अर्ब २७ करोड रुपैयाँ जुनसुकै समय चलाउन सक्छ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा ५८ करोड रुपैयाँ नगद मौज्दात भएकोमा करिब दुई अर्ब रुपैयाँको नगद मौज्दात भई एक अर्ब ३५ करोड रुपैयाँ (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ।दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।ओभर ड्राफ्ट रकम भुक्तानीले पाँच महिनाको अवधिको निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत हुन गएको छ। यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रूपमा निगमलाई ठूलो राहत भएको छ ।
निगमको आठ महिनामा आठ अर्ब आम्दानी
निगमले चालु आर्थिक वर्ष २०७८-७९ को प्रथम आठ महिना (साउनदेखि फागुन)सम्म आठ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा आम्दानी पाँच अर्ब ७० करोड रुपैयाँ रहेको थियो।निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ।
कात्तिकमा ए-३२० ले सात घण्टा ३८ मिनेट र ए-३३० ले छ घण्टा ३८ मिनेटले बढेको छ। चैतमा नौ घण्टा ४८ मिनेट ए-३२० को र १० घण्टा ४१ मिनेट ए-३३० को समय बढेको छ। विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सञ्चालन भएका छन्।निगमका एक उच्च अधिकारीका अनुसार कात्तिकमा दिल्लीको दैनिक एक उडान भएकामा हाल दुई उडान भइरहेको छ। मुम्बईको बन्द रहेको उडान हाल सातामा तीन उडान भइरहेको छ। बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान संख्या बढाएर उडान भएका छन्।
निगमले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ र कार्गोतर्फ २४ वायुसेवाहरूसँग सम्झौता गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ। अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखी निगमको उडानको सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातिमा पनि वृद्धि गरिएको छ।निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पिएसएस’ पद्धतिमार्फत रिजर्भेशन, टिकेटिङ, एयरपोर्ट चेकिङ, इन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ।
मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल परीक्षण र अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ।
काठमाण्डाै – प्रहरीले काठमाण्डौ तीनकुनेको ‘स्काई वर्ल्ड सर्भिस सेन्टर’ मा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ । विभिन्न प्रकारका प्रविधिमार्फत धाकधम्की दिने, व्यक्तिगत गोपनीयता ह्याकिङ गरेर रकमको मोलमोलाइ गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरले आज साेमवार तीनकुनेको कल सेन्टरमा छापा मारेको हो । एक जना चिनियाँ र दुई जना भारतीय नागरिकसहित ३६ जनालाई पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । काठमाण्डाै प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छापा मारेर आठ लाख रुपैयाँभन्दा धेरै नगद, तीन सय ३२ थान ल्यापटप, सात सय ४८ थान डेस्कटप कम्प्युटर र एउटा डीभीआर पनि बरामद गरेको छ । यसअघि हिजो शनिवार पनि रुपन्देहीको तिलोत्तमाको जानकीनगरमा भारतीयले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेर नाै जना सञ्चालकलाई प्रकाउ गरेको थियाे ।