• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार 

  • २४ जेष्ठ २०७९, मंगलवार १५:४३ मा प्रकाशित

  • २४ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो ।

    बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा कारोबारबाट ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम भने १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको भएको छ । मंगलबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै उत्पादन र प्रशोधन तथा बैंकका लगानीकर्ताले गुमाए ।मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले बढेको यसको मूल्य २१२६ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ । माउण्टेन इनर्जी ३.८२ प्रतिशतले घट्यो । मंगलबार हिमालयन बैंकको मूल्य नेगेटिभ सर्किट लेवलमा घटेको छ । ९.९७ प्रतिशतले घटेको यो कम्पनीको मूल्य ३२३.१० रुपैयाँमा झरेको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भयो ।

    Posted in अर्थLeave a Comment on मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार 

    बिदामा गएर समयमै नफर्किए साउदीमा तीन वर्ष प्रतिबन्ध

  • २२ जेष्ठ २०७९, आईतवार १४:४२ मा प्रकाशित

  • रियाद – बिदामा गएका विदेशी नागरिकहरू तोकिएको समयभित्र साउदी अरब नफर्किएमा ३ वर्षसम्म पुनरागमनमा प्रतिबन्ध लगाउने साउदी सरकारले जनाएको छ ।

    साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजत) ले एक्जिट र रि-इन्ट्री भिसा लिएर निश्चित अवधिभित्र नफर्केका आप्रवासीलाई ३ वर्षसम्म राज्य प्रवेशमा प्रतिबन्ध लगाइने जनाएको छ ।

    भिसामा तोकिएको अवधिभित्र प्रवासी फर्किएन भने रोजगारदाताले नयाँ भिसा जारी गर्नुपर्ने जवाजातले जनाएको छ । ‘निकास र फिर्ता आएन’ वाक्यांश कुनै पनि प्रवासीको लागि रेकर्ड गरिनेछ, जसले एक्जिट र रि-इन्ट्री भिसा जारी गरेको थियो, जवाजातले भनेको छ ।

    भिसाको म्याद समाप्त भएको दुई महिना पछि स्वचालित रूपमा आफूले छाडेर नफर्केका प्रवासीलाई दर्ता गर्न पहिले जस्तै राहदानी विभागमा जानु नपर्ने संकेत गरेको जवाजातलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।

    प्रवेश प्रतिबन्धको अवधि भिसा समाप्त भएको मितिबाट गणना गरिने र हिजरी क्यालेन्डरको आधारित हुनेछ । जावाजतका अनुसार आगमनलाई राज्यमा प्रवेश गर्नबाट रोक्ने निर्णयमा आश्रित र उनीहरूसँगै आउनेहरूलाई समावेश गर्दैन ।

    जवाजातले छोरा वा छोरीहरू जस्ता आप्रवासीका आश्रितहरू, एस्कर्टहरूको प्रस्थान र तिनीहरूको नफर्किने सम्बन्धमा प्रतिक्रिया दिँदै अभिभावकहरूले अबशेर प्लेटफर्ममा उनीहरूको निरन्तर उपस्थिति गरी उनीहरूलाई रद्द गरी छाडिने बताएको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on बिदामा गएर समयमै नफर्किए साउदीमा तीन वर्ष प्रतिबन्ध

    प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

  • २० जेष्ठ २०७९, शुक्रबार २०:४१ मा प्रकाशित
  • काठमाडौं । प्रवासी नेपाली  समन्वय समिति (पीएनसीसी) को १३ औं बर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । प्रवासमा रहेका नेपाली श्रमिकको हकहितको लागि स्थापना गरिएको संस्था २०६६ सालमा स्थापना भएको हो ।

    वैदेशिक रोजगारमा संलग्नहरू सदस्य रहने गरी ” फर दी माईग्रेन्ट बाई दी माईग्रेन्ट ” भन्ने मुल मन्त्रका साथ प्रवासी नेपाली समन्वय समिति ( पीएनसीसी) गैर सरकारी सामाजिक संस्थाको रूपमा स्थापित भएको संस्थाले जनाएको छ । यस दौरानमा राष्ट्रिय , क्षेत्रिय र अन्तराष्ट्रिय स्तरमा संस्थाले श्रमिकका विविध पक्षहरूलाई संबोधन गर्ने प्रयास गरेको संस्थाले जनाएको छ ।

    वैदेशिक रोजगारीको क्रममा विविध परिस्थितिमा समस्यामा परेका करिव २९ हजार भन्दा बढि आप्रवासी श्रमिक र उनीहरूका परिवारको विविध समस्याहरूको सहजिकरण गरेको संस्थाले उल्लेख गरेको छ ।

    संस्थाले मलेसिया तथा खाडी लगायतका देशमा रहेका नेपाली श्रमिकका समस्या बारे बारे पैरवी, उद्धार, सहजिकरण गर्दै आएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा

    वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

  • १५ जेष्ठ २०७९, आईतवार १९:४० मा प्रकाशित
  • काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बजारमा प्रोत्साहन गर्न सरकारले आरक्षणको व्यवस्था गरेको छ ।

    आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई शेयरमा १० प्रतिशतको आरक्षण प्रदान गरिने बताउनुभएको हो । यस्तै धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइने पनि मन्त्री शर्माले बताउनुभयो ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

    सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित)

  • १५ जेष्ठ २०७९, आईतवार १९:२७ मा प्रकाशित
  • तलब सुविधा पुनरावलोकनका लागि अध्ययन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने

    काठमाडौं । सरकारले सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

    चालू आर्थिक वर्षमा सबै कर्मचारीको तलब २ हजारका दरले वृद्धि गरेको सरकारले यस पटक बजेट भाषणमार्फत कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै जानकारी गराएका हुन् ।

    बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने, ‘निजामती सेवाका कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्र सेवकलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन विक्रम संवत् २०७९ साउन १ गतेदेखि लागू हुने गरी तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु । हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको छु ।’

    गत वर्ष पनि सरकारले महंगी भत्तालाई यसअघिकैलाई निरन्तरता दिने भनेको थियो । बजेटमार्फत नै निजामती कर्मचारीको सेवा सुविधालाई दक्षिण एसियाका अन्य मुलुकसँग तादात्म्यता कायम गर्न तलबमान सम्बन्धमा अध्ययन गरी सुझाव दिन विशेषज्ञ सम्मिलित अध्ययन गर्न समिति गठन गर्ने पनि घोषणा गरिएको थियो । नेपाल प्रेस बाट

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on सरकारी कर्मचारीकाे तलबः कसको कति बढ्याे ? (सूचीसहित)

    पोखराबाट मुस्ताङको लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन ।

  • १५ जेष्ठ २०७९, आईतवार ११:२७ मा प्रकाशित

  • सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना सवार

    काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाजमा २२ जना सवार रहेको पाइएको छ।

    जहाजमा दुई भारतीय नागरिक, दुई जना जर्मन नागरिक र १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य गरी विमान जम्मा २२ जना सवार रहेको खुलेको छ।

    आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। अहिले हेलिपक्टरसहितको टोली र प्रहरी टोलीमार्फत् विमानको खोजी भइरहेको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पोखराबाट मुस्ताङको लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन ।

    साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?

  • २९ बैशाख २०७९, बिहीबार ११:४९ मा प्रकाशित
  • आज एक अमेरिकी डलरको बिक्री दर १२३.८९ रुपैयाँ र खरिद दर १२३.२९ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो । यसैगरी, एक यूरोको बिक्री दर १३०.८० रुपैयाँ र बिक्री दर १३०.१७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टर्लिङको बिक्री दर १५३.२३ रुपैयाँ र खरिद दर १५२.४९ रुपैयाँ छ । ८६.७७ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद ८६.३५ रुपैयाँ छ ।

    यस्तै, सिंगापुर डलरको बिक्री दर ८९.४० रुपैयाँ र खरिद दर ८८.९७ रुपैयाँ छ । यता जापानी येनको बिक्री दर ९.५४ रुपैयाँ र खरिद मूल्य ९.५० रुपैयाँ छ । चिनियाँ युवानको बिक्री मूल्य १८.४३ रुपैयाँ र खरिद मूल्य १८.३४ रुपैयाँ छ ।

    यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.३१ रुपैयाँ र खिरिद मूल्य २८.१७ रुपैयाँ छ भने १०० कोरियन वनको बिक्री दर ९.७३ रुपैयाँ र खरिद दर ९.६८ रुपैयाँ छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?

    राष्ट्र बैंकले ल्यायो आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र

  • २७ बैशाख २०७९, मंगलवार ०२:०३ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र ल्याएको छ।

    राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका अनुसार बचत पत्रको लागि आगामी जेठ १८ देखि असार ६ गतेसम्म बचत पत्रका लागि आवेदन दिन सकिनेछ।

    यो बचतपत्रमा वैदेशिक रोजगारीमा गएका नेपाली तथा गैरआवासीय नेपालीहरुले रकम राख्न सक्नेछन्।

    वैदेशिक रोजगार बचतपत्र–२०८४ नाम दिइएको यस बचतपत्र ५ वर्ष पछि अर्थात २०८४ सालमा परिपक्व हुनेछ ।

    यसमा ब्याजदर १२ दशमलव ५० प्रतिशत दिइने विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जनाए।

    विभागले गैरआवासीय नेपाली संघ (एनआरनए) लाई पत्रचार गर्दै वैदेशिक रोजगार बचतपत्रमा आवेदन दिन आग्रह समेत गरेको छ।

    बचतपत्रको फाराम राष्ट्र बैंकको वेभसाइटमा https://obss.nrb.org.np/saving/ मा उपलब्ध छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on राष्ट्र बैंकले ल्यायो आकर्षक ब्याजदरसहितको वैदेशिक रोजगार बचतपत्र

    पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहायता दिँदै साउदी अरेबिया

  • १९ बैशाख २०७९, सोमबार ०९:५३ मा प्रकाशित
  • साउदी अरेबियाले पाकिस्तानलाई ८ अर्ब डलरबराबरको आर्थिक सहायता प्रदान गर्ने भएको छ।

    मुद्रा संकट, वैदेशिक मुद्रा सञ्चितिमा देखिएको कमी र कमजोर आर्थिक वृद्धिदरजस्ता समस्याको सामना गररहेको पाकिस्तानलाई साउदीे अरेबियाले महत्वपूर्ण आर्थिक सहयोगको प्रस्ताव अघि सारेको हो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार साउदी अरेबिया पाकिस्तानलाई उक्त आर्थिक सहयोगको लागि तयार भएको हो।

    यो सहयोगले पाकिस्तानलाई आर्थिक समस्या समाधानको बाटो खुल्ने अपेक्षा गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको साउदी भ्रमणको क्रममा यो सम्झौता भएको हो।

    एक अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानले तेलको सहयोग १ अर्ब २० करोडबाट बढाएर २ अर्ब ४० करोड डलर पुर्‍याउने प्रस्ताव गरेको थियो।

    त्यसमा साउदी अरेबिया सहमत देखिएको हो। साउदी अरेबियाले पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा पनि पाकिस्तानलाई ४ अर्ब २० करोड डलरको आर्थिक सहयोग प्रदान गरेको थियो।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहायता दिँदै साउदी अरेबिया

    अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने

  • १८ बैशाख २०७९, आईतवार १०:४३ मा प्रकाशित
  • काठमाडौं, वैशाख १८ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।

    इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा बाहिरबाट ब्यान्डविथ खरिद गरेर इन्टरनेट सेवा दिइरहेका छन्। उनीहरूले विदेशीसँग खरिद गरेर प्रयोग गरेको ब्यान्डविथकोे भुक्तानी विदेशी मुद्रामा दिनुपर्छ। तर सरकारले भुक्तानी गर्न विदेशी मुद्रा दिन रोक लगाएपछि सेवा बन्द हुने अवस्थामा आएको बताइएको छ।

    आइस्पानले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा सञ्चार मन्त्रालयले पूर्ण रोक लगाएको छ। मन्त्रालयको सिफारिस पछि राष्ट्र बैंकले विदेशी मुद्रा प्रदान गर्छ।

    आइस्पानका अनुसार ६ महिनादेखि ब्यान्डविथ खरिद गरेको भुक्तानी गर्न सकिएको छैन। आइस्पान अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चार मन्त्रालय नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न लागेको आरोप लगाए।

    आइस्पानले सरकारले इन्टरनेट सेवामा ४५ प्रतिशतभन्दा बढी कर लगाएको आरोप पनि लगाएको छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P