जबरजस्ती करणीको खबर लुकाउने प्रयास ।

  • ११ असार २०७७, बिहीबार १६:२७ मा प्रकाशित
  • अषाढ ११ बारा । बाराको बिश्रामपुर गाँउपालिका वडा नं. २मा एक ५ बर्षिया बालिका माथि जबरजस्तीकरणीको प्रयास भएको आज सात दिन पछि मात्र खबर बाहिर आएको छ ।

    अषाढ ३ गते राति करिब ९ :३० बजे उखुबारीमा भएको यो घटनामा प्रहरी सुरु देखि नै सहयोग नगरेको पिडितको आरोप रहेको छ । एकासी बालिका राति कोठबाट हराएको र राति करिब ११ बजे सुनसान सडकमा रगताम्य अवस्थामा निवस्त्र परिवार जनलाई फेला पारेको बताईएको छ ।

    आफुहरु गरिब रहेकोले आफ्नो कुरा कसैले नसुने र हल्ला नगर्न नत्र अपराधी उम्कीने भनेर प्रहरीले भनेकोले खबर दिन नसकिएको पिडित बालिकाकी पिताले बताए । घटना स्थलबाट एक थान साईकल, पुरानो चपल तथा तेल राखिएको भडो समेत बरामद भएको बताईएको छ ।


    म एक गरिब मानिस हु दिन भरी रिक्सा चलाउँ छु । अनि मात्र खान पुग्छ पिताले भने । प्रहरीले पनि राम्ररी सहयोग नगरेको, कुनै कुरा सोध्यो भने हप्काउने गरेकोले न्यायको खोजिमा रहेको बलिकाको पिताको भनाई रहेको छ । बालिका राति राति झस्कीने गरेको उनले बताए ।


    सामाजिक अभियानता बृजेश्वर चौधरीले घटना बाहिर नआएको र प्रहरीको भुमिका निकै कमजोर देखिएको बताए । आफुले अषाढ ९ गते राति मात्र जानकारी पाएकोले पिडितलाई सहयोग गर्न चाहेको उनले बताए । वडा अध्यक्ष तथा गाउँपालिका प्रमुख समेत यो घटनाबारेमा बेखबर रहेको कुरा सुनेर आसचर्य लागेको बताए ।

    Leave a Reply