
वसन्त अनुभव
घोराही, दाङ, ११ असार
कोभिड १९ संक्रमणको आशंकामा संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार ६०७ जनाको स्वाव नमुना पिसिआर विधिबाट परिक्षण गरिएकोमा ६०७ जनाकै कोरोना नेगेटिभ देखिएको छ । प्रतिष्ठानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
प्राप्त जानकारी अनुसार आज परिक्षण गरिएका स्वाव नमुनाहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही उपमहानगरपालिका, बबई गाउँपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, तुल्सिपुर रक्षाचौर, सल्यान कपुरकोट, जनस्वास्थ्य कार्यालयबाट संकलन गरिएको थियो ।
प्रतिष्ठानमा हालसम्म १३,६४४ जनाको स्वाव नमुना संकलन गरिएको छ भने ११,६७७ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
जसमध्ये ५१४ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको थियो भने ११,१३५ जनाको नेगेटिभ देखिएको थियो । संकलित नमुना स्वाव मध्ये १९६७ जनाको कोरोना परिक्षण गर्न वाकी रहेको विज्ञप्तिमा जनाइएको छ । साथै २८ जना फलोअपमा आएको जानकारी दिएको छ ।



