मलेसियामा कोरोना सङ्क्रमित सबै नेपाली निको भए

  • ३ असार २०७७, बुधबार २०:३७ मा प्रकाशित
  •  मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिक सबैजना निको भएको दावी गरिएको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र उनीहरुमध्ये सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

    मलेसियामा दुई हप्ताअघि नै सङ्क्रमित ८१ मध्ये ४८ जना पूर्ण रुपमा निको भएको र ३३ जना निको हुने चरणमा थिए । पछिल्लो दुई हप्तामा कोही पनि नयाँ सङ्क्रमित नभएको र निको हुने चरणमा रहेका ३३ जना पनि निको भएको दूतावासले जनाएको हो ।

    मलेसियामा अहिलेसम्म ८ हजार ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७ हजार ७३३ जना निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १२१ जनाको ज्यान गएको छ । आजको बिश्वसन्देश.कमले छापेको छ ।

    Leave a Reply