तुलसीपुरका एक ब्यक्तिमाथी खुकुरी प्रहार

  • २० जेष्ठ २०७७, मंगलवार २०:०८ मा प्रकाशित
  • तुलसीपुर, २० जेठ / दाङ जिल्लाको तुलसीपुरका एक ब्यक्ति माथी खुकुरी प्रहार भएको छ । उक्त खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर का ४३ वर्षीय कृष्ण सुनार नेपाली घाइते भएको ईप्रका तुलसीपुरले जनाएको छ ।

    ईप्रका तुलसीपुरका इनस्पेक्टर चक्र डम्बरपालका अनुसार मंगलबार बेलुकी साढे पाँच बजे सोही ठाउँ निबासी ३० बर्षका सन्तोष सुवेदीले सुनारमाथि खुकुरी प्रहार गरेका थिए ।

    घाइते सुनारको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

    Leave a Reply