नेपालमा हालसम्म कोरोना जाच पिसिआर प्रविधिबाट ७१,९०३ वटा र आरडिटी प्रवधिबाट ११३,७५७ वटा भयो

  • २० जेष्ठ २०७७, मंगलवार ००:०१ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं, १९ जेठ /
    नेपालमा हालसम्म आरटी पिसिआर प्रविधिबाट ७१ हजार ९ सय ०३ वटा नमुना स्याम्पलको परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र २ हजार ३ सय १० वटा नमुना परिक्षण गरिएको छ । त्यस्तै हालसम्म आरडिटी प्रविधिबाट १ लाख १३ हजार ७ सय ५७ वटा नमुना परिक्षण गरिएको छ भने विगत २४ घण्टाभित्र २ हजार ६ सय ४८ वटा नमुना परिक्षण गरिएको छ ।

    नेपालमा आज थप २२६ जना कोरोना संक्रमित थपिएका छन । थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन । आज थपिएका कोरोना संक्रमितसँगै संक्रमण हुनेको संख्या १७९८ पुगेको ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    प्रवक्ता देवकोटाका अनुसार थप संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा ९२ जना पोजिटिभ पाइएको छ । धनुषा जिल्ला धनौजिका १८ देखी ४८ वर्षका पुरुष ४ जना, हंसपुरका १९ र २० वर्षका पुरुष २ जना, जनकपुर प्रादेशिक अस्पतालका २१ वर्षका पुरुष १ जना रहेका छन ।

    कपिलवस्तु जिल्ला शिवराजको क्वारेन्टाइनमा रहेका १९ देखि ५५ वर्षीय पुरुष १२ जना, हरिहरपुरका १९ देखि ३८ वर्षीय पुरुष ८ जना, रंगिलाल मावी क्वारेन्टाइनका १७ देखि ३५ वर्षीय पुरुष ११ जना, चन्द्रौटा राष्ट्रिय मावी क्वारेन्टाइनका ४२ देखि ४८ वर्षीय पुरुष ३ जना, महाराजगंजका ३० र ३३ वर्षीय पुरुष २ जना र रघु सामुदायिक विद्यालय क्वारेन्टाइनका २७ र ४६ वर्षीय पुरुष २ जना रहेका छन ।

    महोत्तरी जिल्ला लोहारपाटिका १८/१८ वर्षीय पुरुष २ जना, महोत्तरी जिल्लाका ६१ वर्षीय पुरुष १जना, सर्लाही जनता मावी क्वारेन्टाइनका ९ देखि २७ वर्षीय महिला ५ जना र ११ देखि ७५ वर्षीय पुरुष ३३ जना, सिराहा जिल्ला सुर्यनारायण सत्यनारायण क्वारेन्टाइनका १८ देखि ६० वर्षीय पुरुष ५ जना र जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत उदयपुर जिल्लाका ३१ वर्षीय पुरुष १ जना रहेका छन ।

    सेती अस्पताल धनगढीमा गरिएको परिक्षणमा १८ जना कोरोना पोजिटिभ भेटिएका छन । जसमा अछामका १ वर्षीय बालक १ जना, कैलालीका २ देखि २८ वर्षीय महिला ३ जना र ५ देखि २७ वर्षीय पुरुष ११ जना, वैतडीका ३४ वर्षीय पुरुष १ जना, डोटीका २५ वर्षीय पुरुष १ जना र कंचनपुरका ११ महिने बालक १ जना रहेका छन ।

    प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापा जिल्ला बारादशीका ३२ र ४६ वर्षीय २ पुरुष जना कोरोना पोजिटिभ देखिएका छन ।

    प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा नवलपरासी कावासोतीका २२ र ३६ वर्षीय पुरुष २ जना र विना त्रिवेणीका १४ वर्षीय पुरुष १ जना पोजिटिभ देखिएका छन ।

    जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा ४३ जना कोरोना पोजिटिभ भेटिएका छन । जसमा दैलेख जिल्ला नारायण नपाका १७ देखि ३५ वर्षीय पुरुष ९ जना, सिमडाका २४ र २९ वर्षीय पुरुष २ जना, देवाकाडाका १८ र ३८ वर्षीय पुरुष ३ जना, सोधका ३५ वर्षीय पुरुष १ जना, साधुला २२ वर्षीय पुरुष १ जना, जुकेपानीका ७० वर्षीय पुरुष १ जना र दुल्लुका २३ र ३० वर्षीय महिला २ जना र २ देखि ३९ वर्षीय पुरुष ५ जना रहेका छन ।
    जुम्ला जिल्ला हिमाका २३ देखि ६३ वर्षीय पुरुष ८ जना, सिंजाका १२ देखि ४५ वर्षीय पुरुष ९ जना र जुम्लामा काम गर्ने ब्यक्ति २७ र ३४ वर्षीय पुरुष २ जना रहेका छन ।

    प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा दैलेख नारायण नपाका १० देखि ३६ वर्षीय पुरुष १६ जना, महाभाउ गापाका २५ वर्षीय पुरुष १ जना, सल्यान बनगाड कुभिण्डेका २० देखि ४० वर्षीय पुरुष १० जना र सुर्खेत बराहतालका २० देखि २६ वर्षीय पुरुष ५ जना रहेका छन ।

    धुलिखेलअस्पतालमा गरिएको परिक्षणमा २० जना कोरोना पोजिटिभ देखिएका छन । जसमा कपिलवस्तु जिल्ला ३१ र ३८ वर्षीय महिला २ जना, रौतहट पर्ववाका १९ देखि ४५ वर्षीय पुरुष १४ जना, यमुनामाई गापाका २० वर्षीय पुरुष र २२ देखि ३५ वर्षीय पुरुष रहेका छन ।

    भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना कोरोना पोजिटिभ देखिएका छन । जसमा सबै बाँके डुडुवाका १७ देखी ३५ वर्षीय पुरुष रहेका छन ।

    दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा गढवा गापाका २४ र ३६ वर्षीय पुरुष २ जना, तुलसीपुर उपमहानगरपालिकाका १८ देखि ३२ वर्षीय पुरुष ५ जना, लमही नपाका ४० वर्षीय पुरुष १ जना र राप्ती गापाका ३६ वर्षीय पुरुष १ जना रहेका छन ।

    नेपालका ७ प्रदेशका विभिन्न ५९ जिल्लाहरु कोरोना प्रभावित हुन पुगेका छन । आज डोटीमा केस भेटिएसँगै ५९ पुगेको हो । जसमा प्रदेश नं १ का ९ जिल्ला, प्रदेश नं २ का ८ जिल्ला, बागमती प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला, प्रदेश नं. ५ का १० जिल्ला, कर्णाली प्रदेशका ५ जिल्ला र सुदुरपश्चिम प्रदेशका ९ जिल्ला रहेका छन ।

    नेपाल अधिराज्यभर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको संख्या १ लाख ३३ हजार ९ सय ७५ रहेको छ । त्यस्तै आइसोलेसनमा रहेका संक्रमितको संख्या १ हजार ५ सय ६९ रहेको छ । हाल आइसोलेसनमा रहनेमा प्रदेश नं १ मा १३८ जना, प्रदेश नं २ मा ५८९ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश नं. ५ मा ५७० जना, कर्णाली प्रदेशमा १९७ जना, र सुदुरपश्चिम प्रदेशका ३७ जना रहेका छन

    प्रदेश अनुसार हालसम्मको संक्रमित संख्या निम्न अनुसार रहेको छ । प्रदेश नं १ मा १६८ जना, प्रदेश नं २ मा ६९४ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश नं. ५ मा ६२१ जना र कर्णाली प्रदेशमा १९८ जना र सुदुरपश्चिम प्रदेशमा ४५ जना रहेका छन ।

    नेपालमा उपचाररत कोरोना संक्रमितहरु मध्ये आज १ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा डडेल्धुरा अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष रहेका छन ।

    आज डिस्चार्ज भएको ब्यक्ति सँगै घर फर्कनेको संख्या २२१ पुगेको छ। जसमा १७३ पुरुष र ४८ महिला रहेका छन ।हालसम्म डिस्चार्ज हुनेमा प्रदेश नं १ मा ३० जना, प्रदेश नं २ मा १०४ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा ४८ जना र सुदुरपश्चिम प्रदेशका ७ जना रहेका छन ।

    त्यस्तै कोरोनाका कारण हालसम्म नेपालमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    वेवसाइट र मोबाइल एप मार्फत कोरोना सम्बन्धि आफ्नो विवरण भर्ने ब्यक्तिहरुको संख्या हालसम्म ६० हजार ३ सय २३ पुगेको छ ।भने रेडजोनमा पर्नेको संख्या ४७३ रहेको छ । विगत २४ घण्टामा बिवरण भर्नेको संख्या ४६५ रहेको छ । जसमध्ये ३ जना रेडजोन परेका छन । रेडजोनमा पर्नेहरु काठमाडौ,पर्सा र सिराहाका रहेका छन ।

    Leave a Reply