आज एकैदिन भेटिए २२६ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या पुग्यो १७९८

  • १९ जेष्ठ २०७७, सोमबार १८:२४ मा प्रकाशित
  • नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।  .

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९८ पुगेको जनाए ।

    संक्रमित हुनेमा

    • दैलेखका ४१
    • कपिलवस्तुका ४०
    • सर्लाहीका ३८
    • जुम्लाका १९
    • रौटहतका १८
    • कैलालीका १४
    • सल्यानका १०
    • दाङका ९
    • बाँकेका ७
    • धनुषाका ७
    • सुर्खेतका ५
    • सिरहाका ५
    • नवलपरासी पूर्वका ३
    • पाल्पा ३
    • रुपन्देही २
    • झापाका २
    • महोत्तरीका २
    • मकवानपुरका १
    • उदयपुरका १
    • अछामका १
    • बैतडीका १
    • डोटीका १
    • कञ्चनपुरका १

    क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

    मन्त्रालयका अनुुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

    हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ । कान्तिपूर समचार ।

    Leave a Reply