नेपालमा फेरि बढ्यो लकडाउन, जेठ ३२ सम्म

  • १७ जेष्ठ २०७७, शनिबार २१:२६ मा प्रकाशित
  • काठमाडौंमा – आज शनिबार भएको मन्त्रिपरिषद् बैठकले भइरहेको लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । 

    सँगै सरकारले विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । 

    चैत ११ गतेबाट देशब्यापी सुरु भएको लकडाउन पछिल्लो पटक कायम गरेको अबधि आउदो मंगलबार सकिदै थियो ।

    Leave a Reply