
समर्पण
दैलेखमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ७ पुगेको छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर दैलेखको दुल्लु नगरपालिका –७ स्थित क्वारेन्टिनमा रहेका बेला शनिबार बिहान मृत्यु भएका थिए । आज उक्त मृतकको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
दुल्लु नगरपालिका-११ घर भएका ३५ वर्षीय ती पुरुषको स्वाव संकलन भने दुई दिनअघि नै गरेपनि रिपोर्ट भने शनिबार साँझमात्रै आएको हो।
उनले केहीबेरमा मन्त्रालयले औपचारिक रुपमा जानकारी गराउने बताए। हाल दैलेख प्रशासनले शव व्यवस्थापनको काम गरिरहेको उनले बताए।

