
हात बाधेर बसौ
आँखा बन्द गरेर बसौ
या त
दुनियाँको सामु डाको छोड्दै
रुदै हिडौ
अह !
केही गर्न सक्दिन म
जसरी भुकम्प गएर बेला बेलामा
कम्पहरु गइरहन्छ
त्यसै गरि मेरा शरीरका अंग अंगबाट
कम्पहरु गइरहेछन
उता
भको एउटा छोरो परदेशमा
कोरोना लागेर अन्तिम अवस्थामा छ रे सुन्छु
यता!यता !
बिहान बेलुका छाक टार्नै धौ धौ हुने
खेतबारीको बालिनालिमा रोग ,किरा लागेर
सब सखाप छ
सब सखाप छ
अब परदेशमा भएको सन्तानलाई सम्झ्यौ
या घरमा भोक लागो आमा भन्दै
कराइरहेका सन्तानलाई सम्झ्यौ
अब भन्दिनुस महासय
यो कस्तो सङ्कटको अवस्था हो
म जिउदो भएर पनि
मरेतुल्य छु !
मरेतुल्य छु !

