
काठमाडौं, १० जेठ
नेपालमा थप ३२ जनामा कोरोना पोजिटिभ देखिएको छ। नयाँ थप भेटिए सँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।
नयाँ संक्रमितहरु मध्ये कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना, बाराका १ जना, काठमाडौका १ जना, रुपन्देहीका ८ जना र चितवनका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा शनिबार ८:४० मा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आज नयाँ संक्रमित हुनेमा कपिलवस्तु वाणगंगा नपाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन । त्यस्तै सर्लाही गोडैता कविलासी नपाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष रहेका छन । त्यस्तै बारा करैयामाई गापाका ३७ वर्षीय महिला र काठमाडौका ३५ वर्षीय पुरुष रहेका छन । त्यस्तै रुपन्देही गैडहवा र रोहिणी गापाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर- ६ का ५२ वर्षीय पुरुष रहेका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालत कोभिड १९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षण क्रममा निजहरूको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो।


