एकाएक चलेको हावाहुरीका कारण टेलिकमकाे टावर ढल्दा एक घरमा क्षति

  • ६ जेष्ठ २०७७, मंगलवार ११:१५ मा प्रकाशित
  • वसन्त अनुभव
    राैतहट, ६ जेठ
    एकाएक मंगलबार बिहानै चलेको हावाहुरी र बतास सहितको पानीले राैतहट जिल्लाका केही स्थानहरुमा क्षति पुर्‍याएको छ ।

    सोही हावाहुरीका कारण रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा रहेकाे नेपाल टेलिकमकाे टावर ढल्दा एक घरमा क्षति हुन पुगेको छ । मानवीय क्षति भने नभएको जानकारी प्राप्त भएको छ ।

    हावाहुरीका कारण भएका क्षतिका पुर्ण बिवरण भने आउन बाकी छ ।

    Leave a Reply