
साउदी अरब |साउदी अधिराज्यमा हिजो आज कोरोना संक्रमितको संख्या दैनिक जसो सरदर २ हजारका दरले थपिँदै गएको अवस्था छ। आज १६ मेई २०२० का दिन मात्रै २ हजार ८ सय ४० जना नयाँ संक्रमितहरू थपिएको छ भने हाल सम्ममा ५२ हजार १६ जना पुगिसकेको छ। जस कारण आप्रवासी कामदारहरू प्रवाहित हुँदै आएको छ। यसै सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले आफ्नो आधिकारीक सामाजिक संजाल मार्फत साउदी अरब स्थित रहेको सबै संघसंस्था तथा सरोकारवाला सबैमा एक जुट हुन अपिल गरेको छ।
जसमा भनिएको छ: “कोरोना महामारिका कारण साउदी अरबमा प्रत्येक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ । हालसम्म साउदी अरबमा कार्यरत ६७४ नेपाली संक्रमित भइसकेको र एक जनाले ज्यान सेमत गुमाउनु परेको सम्बन्धित निकाय मार्फत अधिकारिक पुष्टी हुन आएको सर्वबिदितै छ । हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका २१७ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोग संग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउँदछौँ । साथै संघको साधन श्रोत र संयन्त्रले भ्याएसम्म यो कार्यलाई निरन्तरता दिने प्रतिबध्दता समेत ब्यक्त गर्दछौं ।
गैर आवासिय नेपाली संघ एक स्वच्छ गैर नाफामुलक, गैर राजनीतिक,कुनै जातिय, धार्मिक, साम्प्रदायिक, लिंग बर्ग रहित सम्पूर्ण नेपालीहरुको साझा संस्था हो । बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबैसँग संयुक्त रूपमा हातेमालो गर्दै कोरोना पीडित उद्धारको निम्ती अगाडि बढ्न हामी संस्थागत अपिल गर्दछौं । हामी सबै श्रमिक हौं, श्रमिक-श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर नेपाली श्रमिककै निम्ती हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थकर्ताको रूपमा आवाज बुलन्द बनाउन सक्छौं भन्नेमा हामी विश्वस्त छौं ।
दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ । अत: साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वय र हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म उद्धारको निम्ती सहकार्यमा एकत्रित भएर जुट्नको निम्ती गैरआवासीय नेपाली संघ साउदी अरब तत्पर रहेको जानकारी गराउँदै सम्पूर्ण सम्बन्धित सरोकारवालाहरुलाई संयुक्त अभियानमा जुटनको निम्ती हामी हार्दिक आव्हान गर्दछौं ।”



