
उमेश कुशवाहा,बीरगंज
जेष्ठ १
आज मात्रा बिहानै दोस्रो पटक मा स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका सह प्रवक्त डा. समिरकुमार अधिकारी अनुसार ५ जनामा कारोना (कोभिड १९) पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा सर्लाहीको धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, जनकपुर र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष, र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र क्लबा नगरपालीक निवासी १६ र ३५ वर्षीय पूरुषहरु रहेका छन् ।

यसअघि आजै मात्रा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३५ जना उपचारपछि घर फर्किसकेका छन् ।

