उमेश कुशवाहा बीरगंज
पर्साको बीरगंज छपकैया ३ बाट श्रीमान श्रीमती सहित ५ जना लागू औषध सहित पक्राउ परेका छन।
लागू औषध भण्डारगरी खरीद बिक्री गरिरहेको सूचना प्राप्त संगे जिल्ला प्रहरी कार्यलयबाट गएको टोलीले बीरगंजको छपकैया बाट लागू औषध र मानिसहरु लाई पनि नियन्त्रणमा लिएको छ।
बीरगंज महानगर पालिका वड़ा न.३ छपकैया बस्ने रामबालक पटेलको छोरा बर्ष ४६ को सन्तोष पटेलले आफ्नो घरमा बक्स पलङ भित्र बिक्रि बितरण गर्न लुकाई छिपाई राखेको अबस्थामा फेला परेको छ ।
फेला परेका लागु औषध Dialex-Dc ८७ बोतल (१००ML) , Onerex-१०३ बोतल (१००ML), Nitrazepam-२० पिस,Nitravet- ३६ पिस र Simplexct-८ पत्तामा ५७ पिस निज सन्तोष पटेल लगाएत निम्न व्यक्तीहरु पनि पक्राउ परेका छन।
जिल्ला पर्सा बी.म.न.पा.वडा नं.३ बस्ने रामबालक पटेलको छोरा बर्ष ४६ को सन्तोष पटेल , सन्तोष पटेलको श्रीमती बर्ष ३७ की बबिता देवी ,त्याहीका राजु श्रीवास्तवको छोरा बर्ष २८ को टिँकु श्रीवास्तव,
बिन्दवासिनी गा.पा.वडा नं.२ बहुअर्वाभाठा बस्ने महाविर प्रसाद यादवको छोरा बर्ष २८ को राजनाथ यादव,बारा प्रसौनी गा.पा.वडा नं.३ नौतन बस्ने रामायण साहको छोरा बर्ष ३२ को मुग्रिम साह लाई लागू औषध सहित पक्राउ गरी अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले जनकरि गरेको छ।



