
२१ बैशाख । बिश्वमा कोरोनाको कहर फैैैलने क्रमसँँगै नेेेपालमा बार आइतबार मात्रै १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
आजकै दिनमा नेपालगन्जमा ९ र पर्सामा १ जना संक्रमित भेटिएको जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः थप ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
उनीहरुमा नेपालगन्जमा ३ जना पुरुषहरु र ३ जना महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालगन्जमा आजमात्रै १५ जना नयाँ संक्रमित भेटिएका हुन् । ।
स्वास्थ मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षण अनुसार ६ जना याँ पुष्टि भएको हो ।


