
–वसन्त अनुभव-
नेपालगन्ज, २०७७ बैशाख २१ गते
नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। यो सहित नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ जना र नेपालभरमा ७५ जना हुन पुगेको छ।
शंकास्पद व्यक्तिहरुको स्वाव नमुना प्रयोगशालामा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका – ८ का का थप ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । संक्रमित हुनेमा ३ जना १६, २१, ३४ वर्षका पुरुषहरु र ३ जना ४०, ५५, ६० वर्षका महिलाहरु रहेका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र निजहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले बताउनुभयो ।
आइतबार दिउसो मात्र नेपालगञ्ज उपमहानगरपालिका – ८ का ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै शुक्रबार नेपालगञ्जमा पहिलोपटक एक जनामा कोरोना पोजिटिभ देखिएको थियो।
प्राप्त जानकारी अनुसार शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। आइतबार मात्र नेपालभर १६ जना नयाँ संक्रमित थपिएका छन । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि नभएपनि संक्रमितको संख्या भने बढ्दै गएको छ ।


