कतारले नेपाललाई सहयोग गर्यो ७ लाख ४२ हजार थान कोरोना भाइरस नियन्त्रण सामग्री।

  • १७ बैशाख २०७७, बुधबार १९:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    बिस्वमा महामारीको रुपमा फैलिएको नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि कतारले नेपाललाइ स्वास्थ्यकर्मी लगायत आवश्यक पर्ने ७ लाख ४२ हजार थान सामग्रीहरु पठाएको छ ।

    एक विज्ञप्ती प्रकाशित गर्दै कतार फण्ड फर डेभलपमेण्टका तर्फबाट नेपाल सरकारलाई कोभिड १९ सँग लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको जनाएको हो । यसअघि गत सोमवार कतारका अमिर शेख तामिम वीन हमाद अल थानीले नेपाललाई तत्काल स्वास्थ्य सामग्री पठाउन निर्देशन दिएका थिए ।

    विज्ञप्तीमा भनिएको छः कोरोनाको महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई मद्दतका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिनुको साथै यो सहयोग मित्र मुलुकलाई कोभिड-१९ विरुद्दको लडाईमा हातेमालो गर्न गरिएको हो । यो कोरोना भाईरसको संक्रमण रोक्न विश्वव्यापी रुपमा एकअर्कालाई गर्नुपर्ने सहयोग अन्तर्गत नै नेपाललाई सहयोग गरिएको महानिर्देशक अल कवारीले बताएका छन् ।

    कतारद्वारा गरिएको सहयोग अन्तर्गत थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ हजार थान, फेससिल्ड १५ हजार थान, ग्लोव्स ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थान सामग्री रहेको कतारका लागि नेपाल मानबअधिकार प्रतिनिधि तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक रमजान बाबू ले जानकारी दिनु भयो ।

    दुवै देशका महामहिम राजदुत ज्युहरु तथा राजदुतावास परिवारको अथक प्रयासमा यो सहयोग भएको हो । प्रायजसो यस्ता प्राकृतिक बिपत्तिको हरेक क्षणमा कतार महामहिम राजदुतहरुको अतुलनीय सहयोग र महत्त्वपूर्ण योगदान हुने गरेको छ । कतारले बिगतमा झैँ यस पटक पनि यो महत्त्वपूर्ण सहयोगले दु:खका वीच पनि हामी कतारबासी नेपालीहरुको दुखमा ठुलो सहयोग भएको र बर्तमान अवस्थामा कतारको यस सहयोगको जति नै प्रसंशा गरे पनि कमै हुनेछ।आगामी दिनहरूमा पनि कतारको तर्फबाट निरन्तर यस प्रकारका सहयोगको अपेक्षा रहेको कुरा रमजान बाबुले भन्नू भयो ।

    Leave a Reply