१६ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्बन्धमा परिपत्र

  • १८ मंसिर २०७६, बुधबार २३:०३ मा प्रकाशित
    • वसन्त अनुभव
      नेपालले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, डिसेम्बर ५ का दिन पारेर राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउदै आएको छ ।
      यस वर्ष पनि १६ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस भोलि मिति २०७६ मंसिर १९ गते अर्थात डिसेम्बर ५ तारिख बिहिवारका दिन “गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवर्द्धनमा अहम् भुमिका” भन्ने मुल नाराका साथ भब्य रुपले मनाउने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
      राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने सम्बन्धमा समन्वय गरिदिनु हुन भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय शाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखी पठाएको थियोे । तदनुरुप मन्त्रालयले स्थानीय निकायलाई परिपत्र गरेको हो ।

    Leave a Reply

    Your email address will not be published.