मुग्लिङ हाईवे हस्पिटलले ईच्छाकामना गाउँपालिकाको सहकार्यमा सुरु गर्‍यो घरदैलो ज्वरो मापन सेवा ।

  • ९ बैशाख २०७७, मंगलवार २१:०६ मा प्रकाशित
  • समर्पण रम्जान


    ९ बैशाख २०७७, मुग्लिङ ! बिश्वभरी विध्वंस रुपमा फैलिएको कोरोना भाइरका कारण मुग्लिङ हाईवे हस्पिटलले ईच्छाकामना गाउँपालिकाको सहकार्यमा ब्यक्तिगत स्वास्थ्य तथा घरदैलो ज्वरो मापन सेवा दिन सुरु गरेको छ ।

    कोरोना भाइरसले संसारनै त्रसित बनाएपछि आफ्नो गाउँपालिका लाई यसबाट साबधान गराउदै हालको स्वास्थ्य अबस्था बिबरण सहित अभिलेख हुने हेल्थ हिस्ट्री रेकर्ड समेत गरि घरदैलो स्वास्थ्य परीक्षण सेवा आजबाट शुरु गरेको हो।

    घर घरमा स्वास्थ्य जोखिम हुने ब्यक्तिको पहिचान पनि गरिने र दीर्घरोगीहरुले औषधीमुलो पाएको नपाएको स्थिति पनि पत्ता लगाउने उद्धेश्यका साथ शुरु गरिएको उक्त सेवाबाट आज ५८० जना ब्यक्तिले सेवा प्राप्त गरेका छन्।

    मुग्लिङ हाईवे हस्पिटल र दारेचोक स्वास्थ्यचौकी कुरिनटारका स्वास्थ्यकर्मीहरु र गाउँपालिकाका जनप्रतिनिधिहरु उपाध्यक्ष श्री कीर्ति कुमार श्रेष्ठ, वडा अध्यक्ष श्री मोदराज सिलवाल समेतको सहभागिता रहेको थियो।

    यो घरदैलो सेवा पहिलो चरणमा वडा नं ६, ५, ४, ३ को हाईवे क्षेत्रमा गरी दोश्रो चरणमा वडा नं १, २, ७ मा गरिने कुरा गाउँपालिकाको उपाध्यक्ष श्री कीर्ति कुमार श्रेष्ठले जानकारी दिनु भयो।

    इच्छाकामना गाउँपालिकामा रहेका हरेक घरधुरीको स्वास्थ्य प्रोफाईल सहित ब्यक्तिगत विवरण भएको सफ्टवेयरमा स्वास्थ्य अभिलेख राखिने र सो विवरणको रेखदेख गाउँपालिकाको कार्यालयबाट नियमितरुपमा गर्न सकिने ब्यबस्था गरिन लागेको कुरा मुग्लिङ हाईवे हस्पिटलको अध्यक्ष श्री राम बहादुर लामाले बताउनु भयो।

    यस प्रकारको विवरण हेल्थ हिस्ट्री भएको सुबिधा नेपालमै पहिलो भएको र हरेक ब्यक्तिले आफ्नो नियमित स्वास्थ्य जोखिम र स्थितिको बिबरण रहेको हेल्थ हिस्ट्री आफ्नो मोबाईलमा एसएमएस एलर्ट सिष्टमबाट नियमितरुपले हेर्न सकिने कुरा पनि अध्यक्ष राम बहादुर लामाले जानकारी दिनु भयो।

    श्रोत मुग्लिङहाइवेहस्पिटलपेज ।

    Leave a Reply