
कोहिबिना रोकिदैन ,जिन्दगी यो माने हुन्छ।
आफै नमरी देखिदैन स्वर्ग ,यो कुरा जाने हुन्छ ।।
घमन्ड किन गर्छ मान्छे , जाने बाटो एउटै हो।
एक मुठि स्वासको भार जोखि हेर एउटै हो ।।
लुकाउछ दुख मान्छे ,देखाउनलाई खुशिहरु।
झुक्याएर बाच्छ मान्छे ,मनमा पाली आशाहरु ।।
खेल्छ मान्छे समयसङ, जिन्दगीका खेलहरु।
भाग्छ मान्छे आफैसङ ,तरी चुनौतिका भेलहरु ।
भोगाईको माला बुन्दै, पाईला यतै चाल्नुपर्ने ।
सुखदुःख आफै चुन्दै, केलाई यतै फाल्नुपर्ने ।
ढुङ्गा माथी छाप छोड्ने ,कर्म गर्ने मान्छे जाती।
चुनौतीका पहाड तोड्ने ,मान्छे हुन्छ सधैं माथी ।
काठमाण्डौ, नेपाल

