अब एउटा स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाइने

  • २३ चैत्र २०७६, आईतवार ०६:४५ मा प्रकाशित
  • शनिबार तीन जना व्यक्तिमा एकैचोटी कोरोना संक्रमण देखा परेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने भन्दै एक स्थानीय तहबाट अर्को स्थानीय तह जान नपाउने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले अब एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवागमन नियन्त्रित गर्ने जानकारी गराएका हुन्।

    यसका लागि प्रदेश सरकार र स्थानीय सरकार र सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्न भनिएको छ।

    यस्तै सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीकाई सुरक्षा कवज यथाशिघ्र उपलब्ध गराउने पनि निर्णय गरेको छ। साथै स्वास्थ्यकर्मीको काम र सुरक्षामा खलल पुर्याउने कसैलाई पनि कानुन बमोजिम कारवाही गर्ने भनिएको छ।

    सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लगायत अन्यलाई प्रोत्साहन गर्न ५० देखि १०० प्रतिशत भत्ताको व्यवस्था गरेको छ।
    सेतोपाटी

    Leave a Reply