आलु र प्याजको कालोबजारी गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

  • १३ चैत्र २०७६, बिहीबार १७:०४ मा प्रकाशित

  • उमेश कुशवाहा बीरगंज

    विश्व भरी महामारीको रुपमा फैलीरहेको नोबेल कोरोना भाइरसको लक्ष्य गरी सरकारले एक हप्ताको लागि लक डाउन गरे पछि अति आवश्यक खाद्यान,ग्यास र तरकारीको अभाव हुन थालेको र कालो बजारी बढेको बिभिन्न सामजिक सञ्जालमा समाचार सम्प्रेषणको आधारमा प्रहरी खोज तलास गरी कालो बजारीलाई कार्यवाही गरेको समाचार प्राप्त हुन आएको छ।

    सरकार नेपाल सरकार द्धारा जारी गरिएको लक डाउनको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुर स्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका- ४ वस्ने वर्ष ४८ को प्रदिप अग्रवाललाई कदम चोकबाट भुतनाथ जाने बाटोमा, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-४ वस्ने वर्ष २० को अंकित साहलाई महाविर चोकको बाटोमा र जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-४ वस्ने वर्ष २० को बिकाश कुमार साहलाई महाविर चोकको बाटोमा आलु प्रति के.जी रू. ५० र प्याज प्रति के.जी रू. १००- मा बेचि रहेको अवस्थामा आलु र प्याज सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ ।

    प्रदेश न.२ का प्रहरी कार्यालय जनकपुरले प्रेस विज्ञप्ति निकालेको छ।

    Leave a Reply