
काठ्माण्डौँ/नेपाल
हाल विश्व व्यापी महामारीको रूपमा फैलिएको COVID-19 कोरोना भाईसको नियन्त्रण तथा उपचारको लागी गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ । संघको २० मार्च २०२० आइतबारका दिन बसेको ७२ औं बैठकले १ करोड रुपैँया बराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाह बमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको हो ।
संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिती त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको छ ।
नेपालमा हाल सम्ममा विश्व भरी फैलिएको कोराना भाईरसको संक्रमितको संख्य दुई जना रहेको पुस्टि भएको छ। पहिलो बिरामी ३ जनवरी २०२० मा चिनको हुवेई प्रान्तको वुहान बाट नेपाल फर्किएको ३२ वर्षिय पूरूष रहेको थियो भने दोस्रो बिरामी १७ मार्चमा फ्रान्स बाट कतार हुँदै नेपाल फर्केकी २१ वर्षिय महिला रहेको पुस्टि भएको छ। पहिलो बिरामी १३ दिनको उपचार पश्चात निको भएर घर फर्किसकेको छ भने दोस्रो बिरामी शुक्रराज शास्त्री ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भईरहेको छ।

