कोरोना संक्रमण १०३ वर्षीया वृद्धा स्वस्थ भइन्

  • ७ चैत्र २०७६, शुक्रबार १७:४० मा प्रकाशित
  • तेहरान : कोविड १९ बाट संक्रमित भएका पाका उमेरका व्यक्तिका लागि निकै घातक हुने चेतावनी दिएको पाइन्छ। खासगरी वृद्धावस्था र बालबालिकामा यसको जोखिममा रहेको बताइन्छ।
    यसलाई इरानकी १०३ वर्षीया हजुरआमाचले गलत सावित गरेकी छन्। १०३ वर्षीया महिलालाई कोरोना संक्रमण भएपछि उनको जीवन खतरामा रहेको स्वास्थ्यकर्मीको बुझाइ थियो। फलस्वरुप सेमनन अस्पतालमा उनलाई भर्ना गरिएको थियो। उनी निको भएर फर्कने सम्भावना व्यक्त गरिएको थिएन।

    यद्यपि उनी इरानको तेहरानबाट १८० किलोमिटर टाढाको अस्पतालबाट संक्रमणलाई जितेरै घर फर्किएकी छन्। अधिकारीहरूले ती महिलाको नाम सार्वजनिक गरेका छैनन्। अस्पतालका निर्देशक नाविद दानाईले उक्त घटनाको पुष्टि गरेका छन्। उनको बारेमा इरानमा खुबै चर्चा हुन थालेको छ।

    यसअघि पनि दक्षिणपूर्वी इलाका केरमानकी बासिन्दा ९१ वर्षीया वृद्धा पनि निको भएर घर फर्किएकी थिइन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोविड संक्रमणबाट मृत्यु हुनेमा २१.९ प्रतिशतको उमेर ८० वर्षभन्दा बढी रहेको छ। –एजेन्सी

    Leave a Reply