२५ जना भन्दा बढी मलामी जान नपाइने, भोलिदेखि पशुपतिमा आरती बन्द

  • ७ चैत्र २०७६, शुक्रबार १७:२० मा प्रकाशित
  • काठमाडौं । बिश्वमा फैलिरहेको कोरोना भाईरसका कारण नेपाल सरकारले पनि दिनानुदिन गरिरहेको कडाईको अबसरमा पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ ।

    नेपाल सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

    पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको ढकालले जानकारी दिए । त्यस्तै हरेक साँझ हुँदै आएको आरती भोलि –शनिवार)बाट बन्द हुने भएको छ । राजधानीडेली.कमबाट

    Leave a Reply