
-वसन्त अनुभव-
तुलसीपुर, चैत ६ गते / विश्वमै तहल्का मच्चाउन सफल पाण्डेमिक डिजिज कोभिड १९ दक्षिण एसियाली राष्ट्रहरुमा समेत देखा परिसकेको छ । चिनको वुहान प्रान्तबाट शुरु भएको यस रोगले लगभग विश्वभरी नै चपेटामा लिइ सकेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि अति जोखिमको सुचिमा राखेको पाईन्छ । तसर्थ दाङ लगायत अधिराज्य भरिमा पनि यसका लागि सतर्कता अपनाउन थालिएको छ ।
यसै बिच तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्धन शाखाद्वारा कोरोना हेल्थ डेस्क तुलसीपुरको दमारगाउँ र एयरपोर्टमा स्थापना गरि स्वास्थ्य जाच गरिदै आएको छ ।

गत फागुन ३० गतेदेखि सन्चालनमा ल्याइएको हेल्थ डेस्कमा भारत र नेपालगन्जबाट हालसम्म आएका यात्रुहरूमा जाँच गर्दा ज्वरो आई संकास्पद कोरोना संक्रमित भएको कुनै पनि ब्यक्ति नभेटिएको जानकारी जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल के.सी.ले दिनुभयो ।

उहाँले फागुन ३० गतेदेखि चैत्र ६ गतेसम्म जाँच गरिएका ८०८३ जनामा कसैमा पनि संक्रमणका चिन्ह तथा लक्षण नभेटिएकोले तुलसीपुर हालसम्म सुरक्षित रहेको तर यो भनेर ढुक्कसँग बस्ने अवस्था भने नरहेको र सबैले साबधानी अपनाउन जरुरी रहेको बताउनुभयो ।
हेल्थ डेस्क (दमारगाँउ र एयरपोर्ट ) बाट जाँच गरिएको बिस्तृत विवरण
फागुन ३० गते – १०११ जनामध्ये कोरोना शंकास्पद नभेटिएको
चैत १ गते – १०११ जनामध्ये कोरोना शंकास्पद नभेटिएको
चैत २ गते – १११० जनामध्ये कोरोना शंकास्पद नभेटिएको
चैत ३ गते – १२८० जनामध्ये कोरोना शंकास्पद नभेटिएको
चैत ४ गते – ११७५ जनामध्ये कोरोना शंकास्पद नभेटिएको
चैत ५ गते – १०६२ जनामध्ये कोरोना शंकास्पद नभेटिएको
चैत ६ गते – १२७२ जनामध्ये कोरोना शंकास्पद नभेटिएको
कोइलाबासमा ज्वरो आएका २५ जना भेटिए
स्वास्थ्य कार्यालय, दाङले मिति २०७६ चैत ४ गते दिएको जानकारी अनुसार दाङको तुलसीपुरका अलावा कोइलाबास नाका र बनगाँउ भुमहिमा पनि कोभिड १९ को स्क्रिनिङ जाँच भैरहेको छ । कोइलाबासमा गत फागुन २२ गतेदेखि चैत्र ३ गतेसम्म २९९१ जनाको जाँच गरिएको थियो । जसमध्ये २५ जनालाई ज्वरो आएको पाइएको थियो ।
ती २५ जनामध्ये २१ जनालाई भारत फिर्ता पठाइएको र ४ जनाको स्वा.चौ. कोइलाबासमा उपचार गरिएको जनाएको छ । त्यस्तै बनगाँउ भुमहीमा मिति २०७६ चैत ४ गते ४७५ जनाको जाँच गरिएको तर ज्वरो कोहि पनि नभेटिएको जनाएको छ ।



otewhy 7802dec3d1 https://marketplace.visualstudio.com/items?itemName=dsfdkk8.EXCLUSIVE-EZDrummer-V218-MacOSXVR