
-वसन्त अनुभव-
चौघेरा, दाङ, ५ चैत २०७६
गोरक्ष सिद्धरत्ननाथ मठले आफ्ना विविध गतिविधि सहितको गोरक्षरत्न स्मारिका प्रकासन गरेको छ । धेरै लामो इतिहास बोकेको (वि.स.८०९ भन्दा अगाडिकाे) सिद्दरत्ननाथ मठ र गाेरखनाथ वैदिक गुरुकुलकाे सकृयतामा तयार पारिएको गाेरक्षरत्न स्मारिका ,गाेरक्ष सिद्दरत्ननाथ मठ भित्ते पात्राे २०७७ र मठकाे परिचय पत्र एकसाथ भब्य समाराेहका बिच लोकार्पण गरिएको थियो।
अाध्यात्मिक चिन्तक डा. चिन्तामणि याेगी, वरिष्ठ साहित्यकार ,ज्याेतिष परिषद् दाङका अध्यक्ष गिरिराज अधिकारी, लगायतका वरिष्ठ व्यक्तिहरुले संयुक्त रुपमा लाेकार्पण गर्नुभएकाे थियाे ।

इतिहासमै पहिलोपटक मठले यसरी स्मारिका ,भित्तेपात्राे र मठकाे परिचय पत्र एकैपटक लाेकार्पण गरि सर्वसाधारणलाई जानकारी गराएकोमा वक्ताहरूले खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
साहित्यकार उत्तमकृष्ण मजगैयाले अहिले मठमा भएका रचनात्मक कृयाकलापले मठकाे गरिमा माथि उठाएकाे भन्दै गुरुकुलका अध्यक्ष ,मठका याेजनाकार मठाधीश देवनाथ महाराजकाे कार्यबाट आफु प्रभावित भएकाे धारणा व्यक्त गर्नुभएको थियाे ।
अर्का वरिष्ठ साहित्यकार डा.कृष्णराज डि.सि.ले स्मारिकाकाे समीक्षा गर्दै भन्नुभयाे सिद्दरत्ननाथ मठ पुरानाे मठ भएर पनि अाेझेलमा रहेकाे छ। अहिले यसमठमा सबैकाे ध्यान केन्द्रित गराउन अावस्यक रहेकाे छ। गुरुकुल खुलेपछि मठमा विविध कृयाकलाप भैराखेका छन् याे हामि सबै माझ प्रशंसनिय कार्य हाे । स्मारिकाले मठका गतिविधि लाई उजागर गरेकाे छ भन्दै सबैकाे पहुचमा यसकाे महत्व पुर्याउन सफल वनाेस् भनी शुभकामना व्यक्त गर्नुभएको थियाे ।
स्मारिकाका संपाादक चन्द्रबहादुर थापाले स्वागत एवम् कार्यक्रमबारे जानकारि गराउनु भएकाे थियाे ।
सह सम्पादक गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले स्मारिका प्रकाशन गर्दाका विविध विषयमा प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका मठका पूर्व पीर महाराज याेगी देवनाथले सिद्दरत्ननाथलाई गुरुगाेरखनाथले दिनुभएकाे उपदेशका वारेमा चर्चा गरि सवैलाई उपदेशकाे अर्थसुनाई मन्त्रमुग्ध बनाउनु भएको थियो । साथै उहाँले सबैलाई धन्यवाद सहित मठमा जाेडिन अनुराेध गर्दै कार्यक्रमको समापन गर्नुभएकाे थियाे ।
कार्यक्रमको संचालन गुरुकुलका सचिव एवम् मठ समितिका सदस्य ताेयनाथ याेगीले गर्नुभएकाे थियाे भने गाेरखनाथ वैदिक गुरुकुलका वटुक तथा कन्याद्वारा स्वस्तिवाचन गरिएकाे थियो ।

