
साउदी अरब सरकारले आइतबार देखि खाद्य स्टोर र फार्मेसी बाहेक महत्वपूर्ण बजार र मल्ल बन्द गरेको जनाएको छ । साउदी सरकारले भोजनालय र क्याफेहरूमा प्रतिबन्ध पनि घोषणा गर्यो तर होम डेलिवेरी सर्भिस सेवाहरूलाई भने अनुमति दिइएको जनाएको छ। यस्तै विवाह समारोहलगायत सबै सार्वजनिक जमघटहरू निलम्बन गरेको छ भने राज्यमा कोरोनाभाइरसको फैलावट रोक्नको लागि शपिंग मल्लमा र बाहिर मनोरञ्जन र खेलकुद गतिविधिहरूका लागि तोकिएका स्थानहरू अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।

