देशै भर भैरहेको उपनिर्वाचनमा २४% मत खस्यो निर्वाचन जारी !

  • १४ मंसिर २०७६, शनिबार ०६:४९ मा प्रकाशित
  • काठमाडौं– तीनै तहका ५२ पदका लागि भइरहेको उपनिर्वाचनमा २४ प्रतिशत मत खसेको छ। मतदान जारी रहेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए।

    ३७ जिल्लाका विभिन्न स्थानमा उपनिर्वाचन भइरहेको हो। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका रिक्त ५२ पदका लागि मतदान भइरहेको हो।

    बिहान ७ बजेदेखि जारी मतदान बेलुका ५ बजेसम्म चल्ने छ। केही सामान्य घटनाबाहेक मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको अर्यालले बताए। उपनिर्वाचनका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका छन्।

    अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने प्रबन्ध मिलाउन आयोगले निर्देशन दिएको छ। आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन्।

    श्रोत :- नेपाल लाइभ ।।

    Leave a Reply

    Your email address will not be published.