दाङ जिल्लामा २ स्थानमा उपनिर्वाचन, ७३,१७२ जना मतदाता

  • १४ मंसिर २०७६, शनिबार ०६:२८ मा प्रकाशित
  • बसन्त अनुभब


    दाङ जिल्लाको २ स्थानमा उपनिर्वाचन शुरु भएको छ । कुल मतदाता संख्या ७३,१७२ रहेको छ । दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३(२) मा प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भईरहेको छ । दाङ जिल्ला प्रदेश नं. ३(२) को प्रदेश सभा सदस्य पदका लागि ६८ हजार ७ सय १९ जना र घोराही उ.म.न.पा. वडा नं.१६ को वडाध्यक्ष पदका लागि ४ हजार ४ सय ५३ जना मतदाताहरुले मतदान गर्दैछन । साथै प्रदेश सभा सदस्य पदका लागि २ जना स्वतन्त्र र १२ राजनैतिक दलका गरि १४ जना उम्मेदवारहरु र वडाध्यक्ष पदका लागि २ जना स्वतन्त्र र ५ राजनैतिक दलका गरि ७ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्दैछन ।
    आज शनिवार बिहानै देखि मतदाताहरु लाइनमा बसि मतदान गरिरहेका छन । कुल ३४ वटा मतदान स्थलहरु मध्ये वडाध्यक्षका लागि २ वटा मतदान स्थलको ५ वटा मतदान केन्द्रबाट र प्रदेश सभा सदस्यका लागि ३२ वटा मतदान स्थलहरुको ७७ मतदान केन्द्रबाट मतदाताहरुले मतदान गर्दैछन । बिहान करिब साढे नौ बजे सम्ममा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ हजार ८१ मत खसेको जानकारी प्राप्त भएको छ ।

    बम विस्फोट
    कास्की जिल्ला २ को मतदान स्थल नजिक बम विस्फोट भएको छ । स्थानीयका अनुसार पोखराको नयाँबजारको नवप्रतिभा मा.वि. मतदान स्थल नजिक शनिबार बिहान बम विस्फोट भएको थियो । करिब २० मिनेटको जति मतदान स्थगन पछि मतदान जारी रहेको छ ।

    उम्मेदवार गरे मतदान
    बिहानै देखि शुरु भएको उपनिर्वाचनको मतदानमा उम्मेदवारहरुले आ-आफ्ना मतदान केन्द्र बाट मत हालेका छन । दाङ ३(२) प्रदेस सभा सदस्य पदकी ने.क.पा. कि उम्मेदवार बिमला वलिले दंगिशरण गाउँपलिका वडा नं. ६ मा रहेको मा.वि. श्रीगाउँ मतदान केन्द्रबाट सबैभन्दा पहिला मतदान गरेकी हुन । त्यस्तै प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले दंगिशरण गाउँपलिका वडा नं. ५ मा रहेको आ.वि. सरौला मतदान केन्द्रबाट सबैभन्दा पहिला मतदान गरेका हुन । उनले ७ बजेर १५ मिनेट जादा मतदान गरेका थिए ।

    Leave a Reply