छन्द संगम कार्यक्रमको ५५औ श्रृङ्खला घोराहीमा सम्पन्न

  • १३ मंसिर २०७६, शुक्रबार १३:५६ मा प्रकाशित
  • -बसन्त अनुभब

    राप्ति साहित्य परिषद जिल्ला शाखा दाङको आयोजनामा आज द्वैमासिक नियमित कार्यक्रम अन्तर्गत “छन्द संगम ५५ अाै श्रृङ्खला” कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ‌। उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुले छन्दमा कविता बाचन गर्नु भएको थियो ।
    कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटा, हरिप्रसाद पौडेल, गिरिजाप्रसाद पन्थी, तिला पन्थी लगायतका साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो ।
    नरेन्द्र गुरुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालकाे प्रमुख अातिथ्य तथा परिषदका दाङ शाखा अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षता रहेको थियो । कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, दाङ शाखाका सल्लाहकार डा.लाेकराज पराजुली, र‌ाप्ती साहित्य परिषद् प्युठान शाखाका अध्यक्ष देवेन्द्रकुमार रिजालले शुभेच्छा प्रकट गर्नुभएको थियो भने कार्यक्रमकाे सहजीकरण परिषद्का काेषाध्यक्ष गाेपाल भुसाल ‘अभिलाषी’ले गर्नुभएको थियो ।

    Leave a Reply

    Your email address will not be published.