“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपचासौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०२/०७
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५०[एकसयपचासौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग::०१
पानी बढेर आउँदा
डुङ्गा चढेर आउँदा
कति रमाइलो भयो,
कुरा गढेर आउँदा
स्कुल पढेर आउँदा 🌹
-गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका।
पञ्चाङ्ग:०:२
हरियाे पहाड तल ताल छ
लहरसँगै आउने छाल छ
सुन्दर लाग्दछ प्रकृति हाम्रो,
यहाँ त डुङ्गाहरूकाे चाल छ
सुन्दर दृश्यकाे मीठो जाल छ।
-सुशीला पौडेल।
पञ्चाङ्ग:०३
पानी माझ तैरिएकाे डुङ्गा छ
हरियालीमा फूलकाे थुङ्गा छ
अनुपम रुप छ प्रकृतिकाे
पहाडकाे काेख भित्र ढुङ्गा छ
अगालाेमा बुट्यानकाे जुङ्गा छ।
-ह्यारिस
पञ्चाङ्ग-०४
डुङ्गा जस्तै हो जीवन कहिले कता कहिले कता हेलिन्छ हेर
भावको सागरमा रमाउँदै अभावसित कति खेलिन्छ हेर
हाँसोको बहनाले खियाउदै आँसुको ताल पार लगाउनु छ,
किनारा लाउन नसक्दा कहिलेकाहीँ कतिचोटी ठेलिन्छ हेर
सुखदुःख प्रकृतिको नियम हो घामपानी कति झेलिन्छ हेर।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
नेपालकाे पाेखरा साँच्चिकै सुन्दरताकाे खानी हजुर
जताततै ताल देखिन्छ स्वच्छ हिमालको पानी हजुर
विश्वमा माेहनि लगायाे पाेखराकाे प्राकृतिक छटाले
हिमशृङ्खला अद्भुतछन् गुफा प्रकृतिको रानी हजुर
बाह्य र आन्तरिक पर्यटकलाई ल्याउछ तानी हजुर ।
प्रधुम्न चालिसे

