साप्ताहिक पञ्चाङ्ग भाग-१८४

  • ७ जेष्ठ २०८३, बिहीबार ०५:३५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयचौरासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८४———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०१/०७

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    हामी बीच प्रेम जगाएर जाउँ प्रिय
    भएका वेदना भगाएर जाउँ प्रिय
    मानव जिन्दगी अजीब लाग्दो रहेछ,
    सुख खुसी सबै मगाएर जाउँ प्रिय
    प्रेमरूपी फूल लगाएर जाउँ प्रिय।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    मानिस जिन्दगी जिउन सिक्नु पर्छ
    नकारात्मक चिजलाई झिक्नु पर्छ
    खराब व्यक्तिको साथ छोड्नको लागि,
    तिनको छायाँदेखि टाढा हिक्नु पर्छ
    सकारात्मक व्यक्तिसँग टिक्नु पर्छ।
    ह्यारिस ह्यारिसन

    पञ्चाङ्ग:०३
    पञ्चाङ्ग किन हरायो उल्का लाग्छ
    लेखन शैली डरायो उल्का लाग्छ
    किन सबैजसो देख्छु लाखापाखा ,
    मनले मन भरायो उल्का लाग्छ
    देखेर शब्द करायो उल्का लाग्छ।
    कला ढकाल

    पञ्चाङ्ग:०४
    मान्छेकाे त!आफ्नै मन वैरी हुनेरहेछ हजुर
    सापटी दिएको धन वैरी हुनेरहेछ हजुर
    शत्रु आफ्नु काखी हुन्छ खाेज्न टाढा जानू पर्दैन रे,
    वृद्ध भएपछि तन वैरी हुनेरहेछ हजुर
    समयले बाेली झन वैरी हुनेरहेछ हजुर ।
    प्रधुम्न चालिसे

    \ पञ्चाङ्ग:०५

    भन्दैछ मनले युवा हुँ , केस कालाे छैन
    बत्तीस दन्त सबै झरे पुष्ट गालाे छैन
    पखेटा हाले बचेराले लागे परदेश ,
    महल छ तीन तले घरमा बालाे छैन
    नयाँ पात पलायाे पुरानोकाे पालाे छैन ।

    भवानी घिमिरे (सद्भावना )
    सर्लाही ।

    पञ्चाङ्ग-०६
    संविधान लेख्दा लेख्दा विज्ञको हातहरू नै खिएका छन्
    संविधानमा सबैलाई हक त समान नै दिएका छन्
    व्यवहारमा भने मत्स्येन्यायकै सिद्धान्त पो लागू हुन्छ ,
    यहाँ त बलियाहरूले सधैं निर्धाको आँसु पिएका छन्
    गरिब सधैं नै गरिब सुकुम्बासी जीवन जिएका छन् ।

    -पशपती राई खोटाङ।