“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउन्नासीऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७९———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/१२/०२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
अति सुन्दर फूल फुलाउन मन छ
विषमा नि अमृत घुलाउन मन छ
मानिसहरुको घमण्ड हुन्छ विचित्र,
घमण्डीलाई सधैं झुलाउन मन छ
संस्कारीलाई सँगै डुलाउन मन छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
जब उमेर ढल्दै जान्छ
भित्री शरीर गल्दै जान्छ
तब घरमा हुन्छ हेला,
आगो मनमा बल्दै जान्छ
यस्तो हर्कत चल्दै जान्छ।
-कला ढकाल ,झापा।
पञ्चाङ्ग:०३
कसैले जिते कसै हारे चुनावमा
तर तम्सेर छक्क पारे चुनावमा
‘म बन्छु प्रधानमन्त्री भनेर’ खोइ,
भाषणले नै मार्नु मारे चुनावमा
कतिले त छाक नै बारे चुनावमा ।
✍️अच्युत घिमिरे,
सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०४
–
मिलेर अगाडि बढे के हुन्छ कुन्नि साहेब
मैमत्ता भएर असत्य कुरा सुन्नी ? साहेब
भाराे पर्ममा सम्पन्न हुन्थ्यो हिजो हाम्राे काम,
किन चलेकाे छ एकले अर्काे थुन्नी साहेब
संस्कार भुलेर नै अरू किन चुन्नी साहेब ।
-प्रधुम्न चालिसे
पञ्चाङ्ग-०५
न साँघु लायौ एउटा भवसागर तर्छौ के
जन्मेका जति सबै मर्छन् तिमी चाहिँ मर्छौ के
धर्म कर्म गर्छु भन्दाभन्दै पापैपाप गर्यौ,
तेरो मेरो भन्दाभन्दै बितिगो दिन गर्छौ के
आफैं माटोमा रोपिने बेला भो बिउ छर्छौ के?
-पशपती राई खोटाङ

