
२०८२ फागुन १३ दाङ
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा ‘निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कार’ का लागि शनिबार घोराहीमा बाल कविता प्रतियोगिता सम्पन्न भएको छ। घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलमा आयोजित उक्त प्रतियोगितामा १० वटा विद्यालयका १४ वर्ष भन्दा मुनिका २८ जना विद्यार्थीहरू सहभागी थिए।
प्रतियोगितामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, ज्योति पुञ्ज बोर्डिङ स्कुलकी प्रेशा खनाल द्वितीय, गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलकी प्रिन्सा पोखरेल तृतीय र जनज्योति विद्यामन्दिरकी रुबी अधिकारी सान्त्वना भएकी छिन्।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा पुरस्कार संस्थापक संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्य तथा गोर्खा इन्टरनेसनलका प्रिन्सिपल मानसिङ घर्ती विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, देवेन्द्र रिजाल र विना रोका निर्णायक रूपमा रहनुभएको थियो । कार्यक्रम संयोजक सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसी र अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले गर्नुभएको थियो।

