“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसतरीऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७०———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०९/२१
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
अहंकारी आफैं पछि पर्ने छ
त्यस्ताको खुसी अरूले हर्ने छ
आफू आफैंलाई महान् सम्झिने,
आफैंलाई आक्रमण गर्ने छ
आफैमा दुःखको बीज छर्ने छ।
-सुशीला पौडेल
पञचाङ्ग :०२
मन वाणी शरीरले ईश्वरकाे भजन गर राम्रो
भगवान त! एकै हुन् छैन भिन्न नाम र थर राम्रो
लालनपालन भरणपोषण उनकै हुन्छ जिम्मा ,
परमात्मा साक्षी रूपमा हृदयमा बस्छ नर राम्रो
केवल प्रभु! इच्छामा पर्नु पर्छ हामीले भर राम्रो ।
-प्रद्युम्न चालिसे
पञ्चाङ्ग:०३
किन मनमा पिर पर्दा मुटु जल्दो रहेछ
आगो माथि घ्यू थप्दा जिन्दगी नै बल्दो रहेछ
आज एउटा सँग त भोलि अर्कैसँग हुन्छौ,
जेजे गरे पनि यो सहरमा चल्दो रहेछ
दिनै फेरिने फल कसरी पो फल्दो रहेछ।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग-०४
चुप बस्नै सक्दैन नेपाली बोलेर नै आगो बाल्न आउँछ
आफू सुति- सुति भएपनि उठ्न खोज्नेलाई ढाल्न आउँछ
सायद दिमाग धेरै भएर होला म भन्दा अरु देख्दैन,
काम गरौं जाँगर छैन खाली अरुकै गिदी चाल्न आउँछ
बरू बन्न लागेको काममा
सधैं भाँजो मात्र हाल्न आउँछ।
-पशपती राई खोटाङ ।

