“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकाउन्नौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१०/०१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५१[एकसयएकाउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१
योग गरौं र रोग भगाऔ हामी
तन मनमा उर्जा जगाऔं हामी
योग दिवसको शुभकामना छ,
स्वस्थ रहेर खुशी बगाऔं हामी
सुखकाे पहिरन लगाऔं हामी।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
योग गरौँ रोग भगाउनु सबैले
घर घर नारा जगाउनु सबैले
योग गरेर हामी नै स्वस्थ हुनेछौ,
मुहर्तमा मन लगाउनु सबैले
योगको नारामा सगाउनु सबैले।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग- ०३
स्वस्थ शरीर भएपछि मन पनि स्वस्थ हुन्छ हजुर
स्वस्थ मनले नै राम्रा- राम्रा सपना पनि बुन्छ हजुर
तन-मन दुवैलाई स्वस्थ राख्न योग गरौं नियमित,
नगरे योग तनमन दुवै वियोगले रुन्छ हजुर
त्यस्तो बेला करुणाको गीत पनि कसले सुन्छ हजुर।
-पशपती राई खोटाङ ।

